Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

फाइजर भ्याक्सिनबाट भएको मृत्युबारे अमेरिकी मिडिया किन बोलेनन्?

सहयोगीबाट सहयोगीबाट
माघ ५, २०७७
- कोभिड–१९, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नर्वेमा फाइजर खोप लिएपछि २९ जना बृद्धहरुले ज्यान गुमाए । तीमध्ये १३ को अध्ययन गर्दा तिनीहरुको मृत्यु खोपको ‘आम साइड इफेक्टको गम्भिर प्रतिक्रिया’ले भएको नर्वेली मेडिसिन एजेन्सीले बताएका छन्।

    नर्वे यूरोपको उत्तरमा रहेको एक सानो देश हो। त्यहाँ करीब २५,००० लाई फाइजर खोपहरू लगाइएको छ। सो खोपका कारण करीब २३ (हाल २९ जना) को मृत्यु भइसक्दा पनि मूलधारका भनिने अंग्रेजीभाषी मिडियाले घट्नाका बारेमा समाचार प्रकाशन/प्रसारण गरेनन्। त्यतिमात्र होइन अमेरिका र बेलायतका प्रमुख मिडियाहरूले जानाजानी मृत्युको संख्यालाई लुकाउँदै गएका थिए।

    यसको विपरित, ती प्रमुख पश्चिमी मिडियाले चिनियाँ खोपहरूका केही अस्वाभाविक सूचना प्राप्त हुनासाथ तुरून्तै युद्धस्तरमा प्रचार गर्दै आएका छन् र सर्वसाधारणको मनोविज्ञानमा नराम्रो प्रभाव बढाउन कोशिस गर्दै आएका छन्। उदाहरणको लागि, चीनको सिनोवाक भ्याक्सिनको प्रभावकारिता ब्राजिलमा अपेक्षित भन्दा कम देखियो। यस कुरालाई पश्चिमी मिडियाले धुवाँधार प्रचार गरेका थिए। पश्चिमी मिडियाका लागि ब्राजिलका एक स्वयंसेवकको मृत्यु एक प्रमुख घटना भएको थियो। तर पछि उनको मृत्यु खोपको कारण नभएको प्रमाणित भयो तर पश्चिमी मिडियाले यसबारे कुनै समाचार बनाएनन्।

    वर्तमान महामारीको स्थिति अत्यन्त नाजुक छ। कोभिड-१९ को खोप गम्भीर वैज्ञानिक विषय हो। कोभिड–१९ विरुद्ध लड्नका निम्ति खोपको अत्याधिक मात्रा उपलब्ध हुनु मानवजातिको हितमा छ। यद्यपि केही मुख्यधारका अमेरिका र बेलायती मिडियाले खोपलाई भू-राजनीतिक दर्जा दिन नेतृत्व गरिरहेका छन्। तिनीहरूले खोपहरूबारे राजनीतिक दृष्टिकोणका साथसाथै वैज्ञानिक दृष्टिकोणलाई पुर्वाग्रही धारणा बनाउन हस्तक्षेप गरिरहेका छन्। यसैकारण उनीहरुले आफ्ना प्रचारलाई फाइजर खोपहरूको प्रभाव बढाउन र चिनियाँ खोपहरूबारे अफवाह फैलाउन प्रयोग गरिरहेका छन् ।

    वास्तवमा, कोभिड–१९ का सबै खोपहरूको अनुसन्धान र विकास गर्ने कार्य अपेक्षाकृतरुपमा हतारहतारमा गरिदैंछ। जबकि यसको खोपलाई बजारमा उपलब्ध गराउनु अघि नै जतिसक्दो धेरै नमूना परीक्षणहरू र लामो चिकित्सकिय प्रमाणिकरण गर्दै गरिनुपर्थ्यो। तर महामारीले समय दिदैंन। यसैकारण खोपहरूलाई अति नै छोटोबाटोबाट जनता सामू पुर्‍याउन खोजिएको हो।

    अमेरिकी औषधि कम्पनी फाइजर र जर्मन पार्टनर बायोटेकको कोभिड–१९ खोप–एएफपी

    जहाँसम्म कुनै पनि आविष्कारको तुलना गर्दा वैज्ञानिक तथ्यमा आधारित गरिनुपर्छ। हालको विभिन्न खोपहरुबारे पनि यही कुरा लागू हुन्छ। हालसम्मको अध्ययनबाट प्राप्त ज्ञान अनुसार चीनको निष्क्रिय खोप (inactivated vaccine) फाइजरको एमआरएनए खोप (mRNA vaccine) भन्दा सुरक्षित छ भन्न सकिन्छ। निस्क्रिय भ्याक्सिन टेक्नोलोजी (inactivated vaccine technology) दशकौंदेखि क्लिनिकल परीक्षण भैरहेको र एकदम परिपक्व सिद्ध छ। तर एमआरएनए टेक्नोलोजी ( mRNA technology) खोपमा लागू गरिएको यो पहिलो पटक हो। मानवजातिको बृहत जनसंख्या गरिने परीक्षणको एक निरन्तर प्रक्रिया कै रुपमा फाइजरको भ्याक्सिनको ठूलो स्तरमा प्रवर्द्धन हुँदैछ। जुन टेक्नोलोजी अझै परीक्षणमा नै गुज्रदैंछ।

    हामीलाई विश्वास छ अहिले अमेरिका र केही पश्चिमी देशहरूसँग उत्तम विकल्प छैन। फाइजरको खोपलाई नै आमरुपमा दिइनु आवश्यक छ। यदि जोखिमहरू छन् भने पनि ती देशहरूले जोखिमहरु बेहोर्नु नै पर्छ। यदि धेरै मानिसहरुको जीवन बचाउने हो भने केही राम्रो पक्ष र नराम्रो पक्ष स्वीकार गर्नैपर्छ। पश्चिमी मुख्यधारका मिडियाले भ्याक्सिनको कारणले मृत्यु भएको कुरामा आँखा चिम्ले, त्यही कुरा नै भ्याक्सिनको कारणले हुनसक्ने मृत्युलाई स्वीकार गर्ने मानसिकता बनाएको भन्न सकिन्छ।

    पश्चिमी मिडियाको खोपहरूसम्बन्धी र उनीहरूको अस्वस्थकर मानसिकतामा कच्चा दोहोरो मापदण्डले देखाउँछ कि अमेरिका र बेलायती मुख्यधारका मिडियाको चीनप्रतिको मानसिकता अत्याधिक भूराजनैतिक रङ दिएको छ। दोहोरो मापदण्ड उनीहरुका लागि उचित राजनीतिक कार्य हो । तिनीहरूले अब चीनसँग प्रतिस्पर्धा गर्नुपर्ने छैन भन्ने ठानेका छन्। चीनलाई आक्रमण गरिरहनु उनीहरूको हतोत्साहित लक्ष्य हो।

    कोभिड– १९ खोपहरूको मामलामा, चीनियाँ समाज र चीनियाँ सरकारले विज्ञान र वस्तुनिष्ठतालाई प्राथमिकतामा राखेको छ। व्यावहारिक र यथार्थपरक रूपमा चीनले चिनियाँ खोपमा तथ्यहरु अझै पर्याप्त नभएको कुरालाई स्वीकार गरिरहेको छ। चीनियाँ कोभिड–१९ खोपहरू बजारमा पुर्‍याइएको छ तर विभिन्न सशर्तमा। यस खोपको प्राथमिकतामा बृद्धहरू पर्दैनन्, धेरै संसर्गमा आउने १९ देखि ५९ वर्ष बीचको उमेरका जनसंख्या पर्छन्। कुनै पनि वरिष्ठ चिनियाँ अधिकारीले खुलारूपमा चिनियाँ खोपहरूको समर्थन गर्न आएका छैनन्। चीनको भ्याक्सिनहरुलाई अधिक प्रशंसा विदेश बाट भएको छ। विकासोन्मुख देशमा भएका तेस्रो चरण परीक्षणहरूको तथ्यांक हेरेर ती देशका धेरै नेताहरूले चिनियाँ खोपहरू लगाएका छन्।

    यद्यपि फाइजर खोपलाई अमेरिकी प्रशासन र पूंजीद्वारा प्रवर्द्धन गरिएको छ। त्यसको सम्भावित जोखिमलाई कम आँक्ने पश्चिमी जनमत बनेको छ। त्यो जनमत यस्तो छ पहिलो पटक प्रयोग भइरहेको फाइजरको mRNA खोप, चिनियाँ खोप भन्दा सुरक्षित छ। तर यो कुरा वैज्ञानिक तथ्यमा आधारित छैन।

    दुःखको कुरा, वाशिंगटनले चीन अमेरिका टकरावलाई बढावा दिइरहेको छ। खोप प्रवर्द्धनमा समेत अमेरिका र यसका प्रमुख सहयोगीहरूले वैचारिक उन्माद देखाएका छन्। के यो उचित हो? उनीहरू चीनलाई दबाउनु र गलत काम गर्नु सही हो भन्ने विश्वास गर्छन्। त्यस्तो मनोभावले वैज्ञानिक र मानवीय क्षेत्रहरुलाई राजनीतिभत्र घिसारेको छ।

    त्यस्तो मनोभावको विरुद्ध चीनियाँ जनताले चाहे पनि नचाहेपनि कडा वैचारिक द्वन्द्वको सामना गर्नुपर्छ। हामीले चीनको राष्ट्रिय हितको रक्षा गर्नुपर्दछ र महत्त्वपूर्ण प्रतिस्पर्धामा आफ्नै देशलाई समर्थन गर्नुपर्दछ। चीनको प्रतिस्पर्धालाई कमजोर पार्नका लागि अमेरिका र यसका मित्रहरूका जनमतले नैतिकतालाई पूर्णतया बेवास्ता गर्‍यो। चीनप्रति उनीहरूको दृष्टिकोण भूराजनीतिक तर्क मात्र हो। हामी उनीहरूको आक्रमणबाट तितरवितर हुनेछैनौं। – ग्लोबल टाइम्स

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.