Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
Saturday, May 2, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

समताको कथाः मिस पिंक र मिस्टर ब्लुको कथा

दिप्ती मेहता दिप्ती मेहता
माघ १३, २०७७
- समाचार, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    भारत भन्ने देशमा रहेको कुनै गाउँको र कुनै समयको कुरा हो। प्रायः सबै गाउँहरु हाम्राजस्तै हुन्छन् त्यहाँका परिवार पनि हाम्रै गाउँघरका जस्तै थिए। त्यहाँका धेरैजसो परिवारमा बाबुआमा, एक साना केटी र एक सानो केटा हुन्थे। त्यस्ता बच्चाहरुलाई मिस पिंक र मिस्टर ब्लु भन्ने गरिन्थ्यो।

    ती दुवैलाई दुई रङका भएजसरी भिन्नभिन्न किसिमले व्यवहार गरिन्थ्यो। अन्ततः, तिनीहरूको संसार नै निलो र गुलाबी रङमा परिभाषित थियो। एउटाको काम सेवा लिनु र अर्कोको काम सेवा गर्नु थियो। मिस्टर ब्लुले आदेश दिन्थ्यो र मिस पिंकले आदेसपालन गर्थिन्। गाउँहरुमा अरू कुनै प्रकारका रङलाई स्वागत गरिँदैनथ्यो।

    घरपरिवार भनिने सानो अधिराज्यमा मिस्टर ब्लु राजा भनेर चिनिन्थ्यो भने उसको छत्रछायाँअन्तर्गत पिंक प्रजा मानिन्थिन्। यदि वास्तविक राजा र रानी नै भएपनि पिंक केटी ब्लुकी नोकरचाकरझैं नै थिइन्। प्रत्येक घरमा साना केटाहरूलाई ब्लु हुनु भनेर हुर्क्याइन्थ्यो र साना केटीहरूलाई पिंक हुन सिकाइन्थ्यो। सानो उमेरकी मिस पिंकले परिवारभित्रको काम गर्नुपर्थ्यो, र वयस्कभएपछि कहिल्यै देखभेट नभएका ब्लुका घरमा भित्रनुपर्थ्यो। उनले आफ्नो गाउँठाउँ त्याग्दै आफू हुर्केको घरपरिवार र नामसमेत विर्सँदैं अपरिचित र नयाँ परिवारका साथ नयाँ जीवन शुरू गर्नुपर्थ्यो।

    त्यो संसारमा, पिंकलाई पारिवारिक बोझ मानिइन्थ्यो, र ब्लु सुखको धरोहर हुन्थ्यो। पिंक परिवारको गहना थिइन् भने ब्लु परिवारको गौरव। पिंक परायाको नासो थिइन् भने ब्लु परिवारको विरासत थियो। नासोलाई कसैकहाँ सुम्पनुपर्थ्यो, विरासतले कसैलाई दुलही बनाई भित्र्याउँथ्यो।

    उनीले परिवारका लागि बलिदान दिनु पर्थ्यो। उसलाई छोरा जन्माइदिन, गर्भ बोक्न र प्रसव–पीडा खप्नु पर्थ्यो। पिंकको रक्षक हुन, पिंकको स्वामी हुन र त्यो संसारले कोरिदिएको नियमको लक्ष्मणरेखा पार गर्न नसक्ने गरी कज्याएर राख्नु ब्लु रङको जिम्मेवारी थियो। जीवनले जस्तो मार्ग पक्डिन्छ, नियति त त्यस्तै हुने भयो। त्यसैले ब्लु र पिंकले त्यस संसारले माग गरेको भूमिका निर्वाह गर्नु नै पर्‍यो।

    यसरी नै मेरो कथाकी पिंकले वास्तवमै आफू को हुन् भन्ने बिर्सिन् र उनको नयाँ परिचयमा आफ्नो पहिचान हराइन्। उनी स्वामीको ब्लु (निलो) रङमा विलोप भइन्।

    उति धेरै अघिको कुरा पनि होइन, उनी पनि सोच्ने गर्थिन्– गुलावी रङ अपशकुन हो। आफू यस्तो भएकोमा आफ्नै कारण हो र निलो रङ उनको उद्धारकर्ता हो। उनीबाट छोरीको जन्म भएमा उनका स्वामीलाई धोका दिएको भनेर अरुले औंला ठड्याउने डरले उनको शीर झुक्थ्यो। उनले छोराको जन्म होस् भनेर मिस्टर ब्लुसँगसँगै देवीदेवताको प्रार्थना गरिन्। गाउँका धामी वैदाङ्गीले बताएका ओखतिहरू खाइन्। तिनीहरुले भनेबमोजिम स्वामी मिस्टर ब्लुसँग छुट्टिएर बसिन्।

    तुरुन्तै उनले आफू अप्सरा हुँ भन्ने बिर्सिइन् र आफ्नी आमाले सिकाएझैं आँफुलाई बोझ ठान्नथालिन्। त्यसैले उनी दुर्बल भइन्। उनले पहिचान गुमाइन्। स्वत्व गुमाइन्। उनी अब फलानाकी श्रीमति र छोराको आमाको रूपमा चिनिइन थालिन्। उनको मृत्युले  ब्लुलाई केही क्षति हुँदैनथ्यो सिघ्र नै अर्को गुलावी रङलाई भित्र्याएर क्षतिपूर्ति गर्नसक्थे।

    मिस्टर ब्लुका कपाल जति नै फुलुन् तर उसले अरु गुलावीलाई ग्रहण गर्न सक्थ्यो। उसको सेवामा आएकी नयाँ पिंकगुलावी उसको पहिचान पाएर आफूलाई भाग्यमानी ठान्थिन् र उसका लागि अर्को ब्लु जन्माउन पीडा खप्न तयार हुन्थिन्।

    यदि छाँया भएर भाग्यमानी बनेकी मिस पिंकले मिस्टर ब्लुलाई गुमाइन् भने उनले कपाल खौरन पर्थ्यो,  बरखी बारेर सेता वस्त्रमा पहिरहनु पर्थ्यो र मृतक ब्लुको नाममा जीवन बिताउनु पर्थ्यो।   गुलावी कोपिला नै भएपनि ब्लु गुमाएपछि उनको जीवनको आकाश कालो रङमा परिणत हुन्थ्यो। त्यसपछि उनले कहिल्यैपनि अरु कुनै ब्लु रोज्न सक्दिनथिन्। जिन्दगीभर अलक्षिना र ब्लु टोकुइको आरोप खेपिरहन्थिन्।

    यो कथा शुरू भएको सदियौं भयो तर यो सकिएको छैन। यो कथामात्र होइन। यो प्राणवायु हो, मैले सास धान्नुपर्ने । पानी हो तपाईंले पिउनु पर्ने। यी हाम्रै वरिपरिका रङहरु हुन्। दुर्भाग्यवस यो कथा वास्तविक हो।

    तर अब हामीले अर्को कथा रचना गर्नुपर्छ। त्यस्तो भूमिमा कथा रचना गर्नु पर्छ कि त्यहाँ यहाँका कथाहरु नपुगेको होस् र यहाँका पिंक र ब्लु छुट्याउने मानिसहरु पुग्न नसकुन्। यो कथा मैले यहाँको अध्याँरो रातमा देखेको सपनाको संसारको हो।

    त्यो संसार हामीबाट धेरै प्रकाशवर्ष टाढाको एक ग्रह हो। खुशीको कुरा, हालसम्म त्यहाँका मानवहरुले यस मायावी संसारको बारेमा केही थाहा पाएका छैनन् र तिनीहरुले आफ्ना प्रियहरुलाई मिस्टर ब्लु र मिस पिंक नाम राख्न न्वारान गरिरहन पर्दैन। यसरी नै त्यो ग्रहको पनि नाम छैन। म त्यही नामविहिन ग्रहको कुरा गर्दैछु। त्यस ग्रहमा मानिस भन्दा धेरै उच्च प्राणी होलान्। तिनीहरूले आफ्ना शरीरलाई बुझ्ने प्रविधिको चमत्कार र चिकित्सा जगतमा फड्को नमारेका हुन सक्छन्। तर, तिनीहरूले सद्भाव, शान्ति र प्रेमको चमत्कारलाई एक सूत्र बाँधेका छन्।

    त्यो त्यही संसारको कुरा हो, जहाँ साथीसँगीहरुबीच सहानुभूति र प्रेम भरपुर हुनेछ। तिनीहरूका घरपरिवारमा न्यानो आत्मीयता र उनीहरूका सपनाहरू साकार पार्ने उत्कट चाहना हुनेछ। तिनीहरू साधारण प्राणी भई आनन्ददायी, सन्तुष्ट जीवनका सिर्जनाकर्ता र भरपूर जीवन बिताइरहेका हुनेछन्। यस्तो मायालु ग्रहको त्यस्तै कुनै घरमा दुई जीवहरू एक अर्का भन्दा फरक हुनसक्छन्,  तर एकअर्काका शक्ति र छाँया जस्ता देखिनेछन्– एउटा बैजनीको अद्वितीय छाँया र अर्को पहेलोको अनौंठो छाँया।

    र त्यहाँ अरू घरहरू पनि  हुनेछन्। ती घरहरुका स–साना प्राणीहरू एक साथ रहेर विभिन्न रङका छायाँहरुको इन्द्रेणी बनाइरहेका हुनेछन्। तिनीहरू सँगसँगै हुर्किनेछन्, तिनीहरू सँगसँगै खेल्नेछन्, र एकअर्कालाई रोज्नेछन्। तिनीहरूले जातिपाति र धर्मको चिन्ता नगरी आआफैँ मिलेर जीवन– साथी रोज्नेछन्। तिनीहरू हरेकले एक हजार सूर्यको प्रकाशले उज्यालो पारेको आकाशमा आआफ्नो अनौंठो इन्द्रेणी बनाएका हुन्छन्, तर सूर्यको तापले कोही जल्नेछैनन्। सप्तरङ्गीका हरेक रङले  आफ्नो आकाशलाई आआफ्नै मौलिकताले सुशोभित गराइरहेका हुनेछन्।

    यही हो मेरो सपनाको संसार। तर मेरो यो स्वप्नको संसार म यहाँ निर्माण गर्न सक्दिन। किनकि म पनि गुलाबी रङ(पिंक) नै हुँ। जन्मजात नै म गुलावी रङ भएँ। मैले यसको विरोध गरें, खुट्टाहरु दह्रो टेकें, निराशा र कुण्ठालाई त्यागें , तरपनि मेरो मष्तिष्कमा अझै गुलाबी रङका जालाहरु हट्न सकेनन्। यदि म मेरो सपनाको संसारमा गएँ भने मैले उनीहरूलाई पनि संक्रमित गर्नुपर्ने हुन्छ। र, त्यसैले मैले नचाहेको भएपनि मँ सधैंको लागि गुलाबी रङमा यहीं कैद हुनेछु।

    मेरो पितृसत्ताले जित्यो। त्यसले तिनीहरूले मलाई पितृसत्ता र लैङ्गिकको अदृश्य टालोले बेरे। तापनि अझै आशा छ। यस्तो आशा मेरो लागि होइन, मबाट यस संसारमा आएकाका लागि गर्दैछु। म उनलाई ‘उनी’ भन्छु किनभने म गुलाबी रङ हुँ र मलाई अझ राम्ररी थाहा छैन, तर उनी सुन्तले रङमा उत्परिवर्तन भएकी हुन्, उनी मेरो नयाँ संस्करण हुन्।

    शायद ‘उनी’ मेरो सपनाको संसारको ग्रहको हुन सक्छिन् जसलाई निलो र गुलाबी रङले रङ्गिन बाध्य हुनु पर्नेछैन। शायद ‘उनी’सँग उनको आफ्नै आकाश हुनेछ। शायद उनले आफ्नो कल्पनाशक्ति र क्षमताले आफ्नो संसारको निर्माण गर्नेछिन्। शायद म उनी मार्फत बाँच्नेछु। के बेर! म पनि उनैमा सुन्तलाको रङमा उत्परिवर्तन हुन्छु कि!

    (आणविक तथा सेलुलर जीव विज्ञानमा विद्यावारिधी गरेकी दीप्ति मेहता एक वैज्ञानिक, अभिनेता र लेखक हुन्। उनी प्रखर वक्ताका रुपमा समेत परिचित छन्।)

    साभारः जनवरी २२, २०२१ को अल जजिराबाट।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      दिप्ती मेहता

      दिप्ती मेहता

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      जलवायु परिवर्तन र खाद्य अधिकार

      जलवायु परिवर्तन र खाद्य अधिकार

      डा. भेषराज अधिकारी
      असार १, २०८१

      १. विषय प्रवेश संसारको हरेक कुनामा जहाँ जहाँ मानव वस्ती छ, प्रायः त्यहाँ कुनै न कुनै रूपमा खाद्य अभाव तथा...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      लोकसंस्कृति र मादीका विशिष्टता

      लोकसंस्कृति र मादीका विशिष्टता

      झलक सुवेदी
      बैशाख ७, २०८१

      विषय प्रवेश/परिभाषा मान्छे आफ्ना इच्छाहरूभन्दा स्वतन्त्र रहेका उपलब्ध भौतिक साधनहरूको प्रयोग गर्दै उत्पादन कार्यमा संलग्न हुन्छ, परिभाषित पद्धतिमा आबद्ध भएर...

      ओझेल परेको समताको जलवायु न्याय

      ओझेल परेको समताको जलवायु न्याय

      डा. विमल रेग्मी
      चैत्र २५, २०८०

      जलवायु परिवर्तनको त्रासदीबाट विश्वलाई जोगाउन भनी अधिकांश राष्ट्रहरूले सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिलाई पारित गरेका थिए। तर २०२३...

      प्रविधिले सँस्कृति, सँस्कृतिले पहिचानलाई गतिशील बनाइरहन्छन्: डा. सुरेश ढकाल

      प्रविधिले सँस्कृति, सँस्कृतिले पहिचानलाई गतिशील बनाइरहन्छन्: डा. सुरेश ढकाल

      नेपाल रिडर्स
      चैत्र २२, २०८०

      प्रविधिले सँस्कृति, सँस्कृतिले पहिचानलाई गतिशील बनाइरहन्छन्: डा. सुरेश ढकाल https://youtu.be/itG0btnpZUo

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.