Date
बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026
Wednesday, April 29, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

प्रधानमन्त्रीज्यू ! सडकमा देखिएका यी को हुन् ?

सहयोगीबाट सहयोगीबाट
माघ १६, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    मेची-महाकाली सडक मानवमुक्क्त अभियान यात्राअन्तर्गत गत मंगलबार काठमाडौंका सडकबाट मानवसेवा आश्रमले ४० जनाको उद्धार गर्‍यो । पशुपति क्षेत्रबाट नौ बालबालिका र २९ जना अन्य सडक मानवलाई उद्धार गरेको थियो । पशुपतिनाथको दर्शन गर्ने मानिसलाई लागेको थियो । अब पशुपति क्षेत्रमा सडक मानव देख्न पर्दैन । तर त्यसको भोलिपल्ट पनि सडक मानव र बालबालिका उस्तै अवस्थामा देखिएका छन् ।

    पशुपतिनाथको दर्शन गर्न गएका बौद्ध नयाँबस्तीका भगवान पुडासैनीले अझै पनि सडक मानव उत्तिकै अवस्थामा रहेको बताए । उनले भने, ‘‘सडक बालबालिका झन् धेरै देखिन थालेका छन् । सडक बालबालिका बिहान-बेलुका सडकमै हुन्छन् । यसले पशुपतिमा दर्शन गर्न आउने मानिसलाई प्रत्यक्ष प्रभाव पारेको छ । पैसा माग्दै मानिसलाई झुन्डिन आउँछन् ती बालबालिका ।”

    अझ यति मात्रै होइन, गत आइतबार प्रधानमन्त्रीले राष्ट्रिय सभागृहमा अपांगता भएका नागरिकका मागसहित साक्षात्कार कार्यक्रम भनेका थिए । पहिला जताततै सडक बालबालिका थिए । तर अहिले छैनन् । उनले आफू एक किसिमको अपांगता भएको सन्दर्भलाई जोड्दै यस्तो भनेका थिए । प्रधानमन्त्री ओलीले सडकमा ‘खाते’ पनि छैनन् भनेका थिए । उनले भनेका थिए, “सरकारले अभिभावकको भूमिका खेलेको छ । हिजो सडकभरी बालबालिका हुन्थे । र उनिहरू खाते भनेर अपमानित हुन्थे । अहिले कुनै पनि नेपालीका छोराछोरीलाई खाते भनेको सुन्नु परेको छैन । हामी सडक बालबालिकालाई खाते हुन दिँदैनौं । यस्ता यावत प्रधानमन्त्रीका भाषण झुटा साबित भएका छन् । अझै पनि सडक मानव र सडक बालबालिकाको अवस्था उस्तै छ ।”

    शिक्षाविद् तथा सामजिक अभियान्ता अजय अधिकारीका अनुसार लकडाउन खुलेयता सडक बालबालिका धेरै देखिन थालेका छन् । उनले भने, ‘‘सडक बालबालिका कसरी सडकमा आइपुगे भन्ने कुरा थाहा पाउन जरुरी छ । कतिपय बालबालिका आमाबुबाको रोजगारी गुमेको कारणले सडकमा आएका छन् । भने कतिपय न्युन आयश्रोतका कारण । सरकारले उद्धार गरीरहेको सडक बालबालिकालाई राज्यले हेरचाह गर्नुपर्छ । सडक मानव पनि सडकमा गीत गाएर गुजारा चलाउन बाध्य छन् । बौद्धनाथ, पशुपतिनाथ, स्वयम्भू, रत्नपार्क, नयाँबसपार्कलगायत सडक क्षेत्रमा सडक बालबालिका र मानव भेटिने गर्छन् ।”

    पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडा सडक मानव र बालबालिकाले पर्यटन क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको बताउँछन् । उनी भन्छन्, ‘‘बाह्‍य पर्यटक पशुपति घुम्न आउँदा नेपालका बालबालिका र सडक मानवको अवस्थाको सन्देश लिएर जान्छन् । धार्मिक तथा सांस्कृतिक क्षेत्रका रुपमा परिचित क्षेत्रमा पर्यटन घट्ने गर्छन ।”

    राष्ट्रिय अपांग महासंघ नेपालका अध्यक्ष मित्रलाल शर्माले सडक बालबालिका र सडक अपांगता भएका मानवका समस्या मनन् गर्न गाह्रो भएको बताए । उनले भने, ‘‘प्रधानमन्त्रीज्यू ! सडकमा मागेर बस्न कसैलाई पनि रहर हुँदैन । सडक मानवले गीत गाएर जीविकोपार्जन गर्न बाध्य छन् । यसरी मागरै जीवन निर्वाह गर्न नपरोस् । भाषणमा मात्रै सीमित भएर हुँदैन । आज बालबालिका भोलिका देश चलाउने मानिस हुन् । यिनीहरूको उचित व्यवस्थापन र शिक्षा, स्वास्थ्यको ग्यारेन्टी होस् ।”

    मानवसेवा आश्रमका अभियान्ता रामजी अधिकारीका अनुसार पुस ७ गतेदेखि सुरु भएको मेची-महाकाली यात्राअन्तर्गत हालसम्म करिब ८०० जना सडक मानवको उद्धार गरिएको छ । उनले भने, ‘‘काठमाडौं क्षेत्रका सडकपेटी धार्मिक स्थल, मठमन्दिर पाटीपौवामा निरन्तर अनुगमन गर्नेछौं । सडक बालबालिकालाई बालबालिका खोलतलास केन्द्रको जिम्मा लगाएका छौं । बालबालिकाको पहिचान खुलेपछि पारिवारिक पुनर्मिलन गराइनेछ । नखुलेका बालबालिकालाई मानवसेवा आश्रममा राख्नेछ ।”

    आर्थिक वर्ष ०७६/७७ मा पाँच सय ७४ जना (बालक चार सय ६५ सडक मानव १०९ जना बालिका) सडकमा रहेका बालबालिकाको उद्धार गरिएको प्रतिवेदनमा उल्लेख छ । संरक्षण तथा पारिवारिक पुनर्मिलन र पुनःस्थापनाको व्यवस्था गरिएको राष्ट्रिय बालअधिकार परिषद्ले जनाएको छ ।

    परिषद्ले प्रकाशन गरेको ‘नेपालमा बालबालिकाको स्थिति प्रतिवेदन, २०७७ अनुसार उद्धार गरिएका बालबालिकामध्ये हाल सम्पर्क गृहमा रहेका दुई सय ५५ जना, सामाजिक केन्द्रमा रहेका ९९ जना, विभिन्न बालगृहमा संरक्षणमा ५० जना, पारिवारिक पुनर्मिलन भएका आठ सय दस जना, विभिन्न तालिममा पठाइएका १ सय ८४ र तालिम पछि ५९ जना रोजगारमा समेत संलग्न छन् ।

    सडक बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ७ को उपदफा (४) मा जोखिममा परेका वा सडकमा बस्ने बालबालिकालाई सुनिश्चित भविष्यका लागि राज्यबाट तोकिएबमोजिम विशेष संरक्षण पाउने अधिकार हुनेछ ।

    नेपालको विभिन्न कानुनी एवं नीतिगत व्यवस्थाहरूले सडक बालबालिकाको सूचना सडकमा आएका बालबालिकाको उद्धार, परिवारिक सहयोग र पुनर्मिलन, मनोसामाजिक, मनोविमर्शलगायत कार्यक्रम सञ्चालन गर्न लागेका परिषद्ले जनाएको छ । बाह्रखरी

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.