Date
सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
Monday, April 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

भारतले अग्राधिकारको विषय उठायो, पञ्चेश्वरको डिपिआरमा जुटेन सहमति

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
भदौ २३, २०७४
- आधारभूत संरचना, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    भारतीय पक्षले तल्लो शारदा ब्यारेजमा उपलब्ध भइरहेको पानी आवश्यक उपभोगमा तलमाथि हुन नहुने भन्दै अग्राधिकारको विषय उठाएपछि पञ्चेश्वर जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) ले अन्तिम रुप प्राप्त गर्न सकेन।

    भारतको राजधानी नयाँ दिल्लीमा आज सम्पन्न दुई देशका सचिवस्तरीय प्राविधिक समितिको बैठक निष्कर्षविहीन हुन पुगेको बैठकमा सहभागी अधिकारीले जानकारी दिएका छन्।

    भारतले तल्लो शारदा ब्यारेजमा उपभोग गरिरहेको पानीको मात्राबाहेक उपलब्ध हुने पानी बाँडफाँट गर्नुपर्ने विषय राखेपछि नेपाली पक्ष सहमत हुन नसकेको हो। अग्राधिकार नै दिएर भारतलाई पानी उपयोग गर्न दिने विषयमा नेपाली पक्ष सहमत हुन नसकेपछि सचिवस्तरीय बैठक पुनःबस्ने गरी स्थगन भएको हो। यद्यपि, दुवै पक्ष छलफललाई निरन्तर अगाडि बढाउन भने सहमत भएको बैठकमा सहभागी ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेले जानकारी दिए।

    बैठकको नेतृत्व नेपालका तर्फबाट जल तथा ऊर्जा आयोग सचिवालयका सचिव मधुसूदन अधिकारी र भारतको केन्द्रीय जल आयोगका अध्यक्ष नरेन्द्र कुमारले गरेका थिए । उक्त प्रतिनिधिमण्डलमा नेपालका तर्फबाट १६ र भारतका तर्फबाट ११ विज्ञ सम्मिलित थिए । संयुक्त बैठकमा सहभागी हुन नयाँ दिल्ली जानुअघि नेपाली टोलीले बैठकको तयारी र छलफलको कार्यसूचीबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराएको थियो।

    भारत भ्रमणका क्रममा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले एक महिनाभित्र पञ्चेश्वरको डिपिआर तयार पार्ने र त्यसका लागि आवश्यक तयारी गरिने बताए। नेपाल र भारतबीच भएको महाकाली सन्धिअनुसार पञ्चेश्वर परियोजनाको पानी र जलविद्युत् ५०–५० प्रतिशत हुनुपर्ने हुन्छ तर त्यसविपरीत भारतले शारदा ब्यारेजमार्फत लिइरहेको पानीको मात्रा घट्न नहुने धारणा राखेपछि थप छलफलको जरुरी परेको सहसचिव घिमिरे बताउँछन्।

    सचिवस्तरीय वार्ताबाट पञ्चेश्वरको प्रतिवेदनमा सहमति जुट्ने र परियोजना अगाडि बढ्ने अपेक्षा नेपालले लिएको थियो । पञ्चेश्वर जलाशय बनेपछि पनि भारतले वर्षाका समयमा पानी चाहिने धारणा राखेको थियो । डिपिआर तयार पारिरहेको परामर्शदाता वापकोसले पञ्चेश्वरको जडित क्षमता पाँच हजार ४० मेगावाट हुने प्रतिवेदन तयार पारे पनि सो आयोजनाबाट वर्षैभरि ९२५ मेगावाट बिजुली (फर्म पावर) उत्पादन हुने विषयमा भने सहमति जुटेको छ। त्यसमध्ये ४६२ मेगावाट बिजुली नेपालले प्राप्त गर्नेछ।

    सहसचिव घिमिरेका अनुसार बैठकमा सन् १९६२ देखि सन् २०१२ सम्मको ५० वर्षको जलवायुको प्रतिवेदनलाई दुवै पक्षले स्वीकार गरेका छन् । परियोजनामा कूल लागतमध्ये एक तिहाइ नेपालले र दुई तिहाइ भारतले अर्थात् क्रमशः ३७ र ६३ प्रतिशत लगानी गर्ने भएका छन् । महाकाली सन्धिअनुसार पानी, बिजुली र लगानी आधाआधा हुने भनिए पनि नेपालतर्फ सिँचाइ हुने भूभाग कम भएपछि पानीको उपभोगमा भने समान नहुने अवस्था आएको हो।

    नेपालतर्फ कैलाली र कञ्चनपुरका ९३ हजार हेक्टरमा मात्र सिँचाइ हुने देखिएको छ। बर्दिया र कैलाली सिमाना कर्णाली चिसापानीमा रानीजमरा–कुलरिया सिँचाइ आयोजना निर्माणाधीन रहेकाले कैलालीमा महाकालीको पानी आवश्यक नपर्ने देखिएको हो तर तल्लो तटीय लाभअन्तर्गत नेपालले भारतसँग पानीको लाभका विषयमा छलफल गर्नुपर्ने माग भने विभिन्न सरोकार भएका व्यक्ति तथा निकायबाट उठ्ने गरेको छ।

    नेपालको औपचारिक भ्रमणका क्रममा २०७१ साउन १८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चेश्वर अगाडि बढाउने वचन दिएपछि प्रक्रिया अगाडि बढेको हो । दुई मुलुकबीच सहमतिका आधारमा पञ्चेश्वर विकास प्राधिकरण गठन भएर विभिन्न काम शुरु भइसकेको छ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      च्याट जीपीटीबाट मानव समाजमाथि खतरा छ?

      च्याट जीपीटीबाट मानव समाजमाथि खतरा छ?

      सनी
      मंसिर १९, २०८०

      च्याट जीपीटी नामक सफ्टवेयर बजारमा आउनासाथ मेसिनले मान्छेलाई दास बनाउनेछ भनेर हल्ला चलेको छ। यस हल्लाभित्र यो सफ्टवेयर बनाउने निर्माता...

      हमास अतिवाद र इजरायलको राज्य-आतङ्क

      हमास अतिवाद र इजरायलको राज्य-आतङ्क

      झलक सुवेदी
      अशोज २६, २०८०

      गत शनिवार प्यालेष्टाइनी उग्रवादी समूह हमासले इजरायलमाथि यस अघि कल्पना नगरिएको स्तरको एकीकृत हमला गरेपछि अहिले पश्चिम एशिया क्षेत्रमा तनाव...

      मार्क्सवादी विकल्पमाथि राम कार्कीको बहस

      मार्क्सवादी विकल्पमाथि राम कार्कीको बहस

      नेपाल रिडर्स
      अशोज २०, २०८०

      विकल्प समता, समाजवाद र मुक्त दुनिया शिर्षकमा माओवादी नेता राम कार्कीको नयाँ पुस्तक बहसको साँघुरो गल्लीमा आफ्ना लागि बाटो बनाउँदै...

      सल्किन नपाओस् धरानको झिल्को!

      सल्किन नपाओस् धरानको झिल्को!

      रोहेज खतिवडा
      भदौ ९, २०८०

      मनसुनको सिजन छ। बंगालको खाडीबाट भारत हुँदै आउने हावाले लगातार पानी परिरहेको छ। जलवायु परिवर्तनमा चासो राख्ने वैज्ञानिकहरू भन्छन्- आजकाल...

      किन हिमाल उक्लिँदैछ बाढी?

      किन हिमाल उक्लिँदैछ बाढी?

      डा. विमल रेग्मी
      साउन ३०, २०८०

      पहिले हिमाल र पहाडबाट उत्पत्ति भएका नदीमा जल सतह बढेपछि तराई क्षेत्रमा मात्रै बाढी आउँथ्यो। अहिले भने नदी-खोलाको मुहानमै बाढीले...

      अमेरिकाको दबावमा सत्ताबाट हटाइएका थिए इमरान खान, दबाव दिएको प्रमाण सार्वजनिक

      अमेरिकाको दबावमा सत्ताबाट हटाइएका थिए इमरान खान, दबाव दिएको प्रमाण सार्वजनिक

      नेपाल रिडर्स
      साउन २८, २०८०

      पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई अमेरिकाको दबावमा सत्ताबाट हटाइएको अमेरिकाकै अनलाइन पत्रिका द इन्टरसेप्टले खुलासा गरेको छ। दक्षिण तथा मध्य एसिया...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.