Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026
Monday, April 13, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

किन हिमाल उक्लिँदैछ बाढी?

मौसमी चक्रमा देखिएको यो अप्रत्यासित परिवर्तन हामी कसैका लागि पनि उपयुक्त होइन। झन् हाम्रो हिमाली पर्यावरणका लागि त घातक नै छ। यसले पारिस्थितीकीय प्रणालीसमेत बिथोलेर त्यहाँको जनजीवन कष्टकर बनाउने निश्चित छ।

डा. विमल रेग्मी डा. विमल रेग्मी
साउन ३०, २०८०
- यो हप्ता, समाचार, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    पहिले हिमाल र पहाडबाट उत्पत्ति भएका नदीमा जल सतह बढेपछि तराई क्षेत्रमा मात्रै बाढी आउँथ्यो। अहिले भने नदी-खोलाको मुहानमै बाढीले वितण्डा मच्चाउन थालेको छ। २०७८ जेठमा मनाङमा बाढी आयो। अहिले (२९ साउन) मुस्ताङको कागबेनीमा आएको बाढीले ३० भन्दा बढी घर बगाएको छ।

    माथिल्लो क्षेत्रमा धेरै पानी परेपछि तलको नदी तटीय क्षेत्रमा बाढी आउँछ भन्ने हाम्रो आंकलन हुन्थ्यो। अहिले जलवायु परिवर्तनको असरले गर्दा हाम्रो परम्परागत आंकलन गलत साबित हुन थालेको छ। जलवायु परिवर्तनले हाम्रो नियमित मौसमी चक्रलाई बिथोलेको छ। मौसमका कारण हुने विपद्का घटना बढेका छन्। मनाङ, मुस्ताङको बाढी त्यसैको परिणति हो।

    हिमाल पारीको जिल्ला मुस्ताङ ‘रेन स्याडो’ मा पर्छ। अर्थात् यो क्षेत्रमा निकै कम वर्षा हुन्छ। यहाँ सिमसिमे पानी पर्नुपर्ने हो। उत्तरी क्षेत्रमा रहेका अग्ला पहाड र हिमालले पानी बोकेका बादल हिमाल पारी जान दिदैंनन्। जसका कारण हिमाल पारीको भूगोलमा ठूलो पानी पर्दैन भन्ने हाम्रो अहिलेसम्मको अनुभव र ज्ञानलाई जलवायु परिवर्तनले गलत सावित गरिदिएको छ।

    हाम्रो अध्ययनले नै अब मौसमका कारणले हुने विपद्का घटना झनै बढ्न सक्ने देखाएको छ। जलवायु परिवर्तनले मौसमी चक्रमा हुने गडबढीका कारण हिमालमा बाढी, तराईमा सुख्खा जस्ता ‘एस्ट्रिम इभेन्ट’ बढ्छन्। यस्ता घटनाले सामान्य अवस्थामा भन्दा बढ्ता क्षति पनि गर्छन्।

    हिमाली क्षेत्रमा जसरी वर्षा भईरहेको छ, यो हाम्रो भूगोल र यसको अनुकुलनसँग पटक्कै मिल्दैन। हिमाली क्षेत्रमा मुसलधारे पानी पर्नु नयाँ मौसमी परिघटना हुन्। हिमाली क्षेत्र त सधैं सुख्खा भइरहने र तीब्र हावा चल्ने क्षेत्र हुन्। यो सबै जलवायु परिवर्तनका कारणले भएको हो।

    उदाहरणका लागि हामीले अहिलेसम्म तराई क्षेत्रमा बाढी पूर्वानुमानको प्रविधि राखेका थियौँ। तराईमा बाढीका लागि त्यहाँका मानिसलाई सचेत पनि गराइरहेका हुन्छौँ। त्यसै अनुसार त्यहाँ जनधनको क्षति नहोस् भनेर सरकारले तयारी पनि गरेको हुन्छ। तर, हिमालमा त हामीले बाढीको कल्पना गरेका हुँदैनौं। त्यसकारण त्यहाँ बाढीको पूर्व तयारी पनि गरिएको हुँदैन। बाढीको पूर्वानुमान, पूर्वतयारी नगरिएको ठाउँमा बाढी जाँदा स्वभाविक रुपमा क्षति पनि बढी हुन्छ।

    वैज्ञानिकहरूको खोजले पत्ता लगाए अनुसार ‘होलोसिन’ भन्ने समय पृथ्वीको मौसम र जलवायुका लागि सबैभन्दा स्थिर र शान्त समय हो। यही समयमै मान्छेले मौसम, ऋतुको चक्र चाल पायो।

    ऋतुहरूको प्रादुर्भावसँगै हामीले निश्चित समयमा पानी पर्छ भन्ने थाह पायौँ। निश्चित समयमा जाडो हुन्छ, हिउँ पर्छ र गर्मी हुन्छ भन्ने चाल पायौँ। मौसमको यही चक्रका आधारमा हामी कृषि युगमा प्रवेश गर्‍यौँ। तर, पछिल्लो समय मानवीय क्रियाकलपाले जलवायु परिवर्तन भइरहेको छ। पृथ्वीको तापक्रम बढी रहेको छ। हावा प्रदुषित हुँदैछ र नदीहरुको सतह पहिलेको भन्दा घट्ने वा बढ्ने भइरहेको छ।हामीले बाढी, पहिरो, सुख्खा, अतिवृष्टि, अनावृष्टिको मार खेप्नु परेको छ।

    जलवायु परिवर्तनका कारण नेपालमा सरदर वा औसत पानीको मात्रामा घटबढ नभए पनि कुनै ठाउँमा धेरै र कुनै ठाउँमा कम पानी पर्न थालेको छ। जलवायु परिवर्तनका कारण छोटो समयमा धेरै पानी पर्ने घटना अत्याधिक बढेका छन्। एक हप्तासम्म पर्नुपर्ने पानी एकाध घण्टामै पर्न थालेको छ। यस्तो हुँदा जमिनले पानी सोस्न पाउँदैन र बाढी, पहिरोको खतरा बढ्छ। हिमाली क्षेत्रमा यसरी पानी पर्दा झन समस्या हुन्छ, किनभने हिमाली क्षेत्रको भूगोलले धेरै पानी सहन सक्दैन्। हिमाली क्षेत्रको अस्थिर भूगोलले त्यो पानी आफूभित्र सोस्न सक्दैन र एकाएक ‘फ्ल्यास फ्ल्ड’ आउँछ। ०७८ मा मेलम्चीमा पनि यही प्रकृतिको बाढी आएको हो।

    अर्कोतिर ‘क्लाउड ब्रष्ट’ अर्थात आरिघोप्टे पानी पर्ने घटना पनि निकै देखिन थालेको छ। यस्तो हुँदा एउटा निश्चित ठाउँमा ठूलो मात्रामा बादल बन्ने र एउटै ठाउँमा मात्र वर्षिने हुन्छ। ‘फ्ल्यास फल्स’ र ‘क्लाउड ब्रष्ट’बाट पर्ने पानीले ठूलो विनास निम्त्याउँछ। यस्तो पानी हिमाली क्षेत्रमा पर्‍यो भने त्यसको असर झन बढी हुन्छ।

    मनाङ, मुस्ताङ जस्ता जिल्ला मुसलधारे, आरि घोप्टे पानी पर्ने ठाउँ होइनन्। हिमाली क्षेत्रमा जसरी वर्षा भइरहेको छ यो हाम्रो भूगोल र यसको अनुकुलनसँग पटक्कै मिल्दैन्। हाम्रा हिमाली क्षेत्रमा मुसलधारे पानी पर्नु नयाँ मौसमी परिघटना हुन्। हिमाली क्षेत्र त सधैं सुख्खा भइरहने र तीब्र हावा चल्ने क्षेत्र हुन्। त्यहाँको भूगोलले ठूलो मात्रामा पानी सहन सक्दैन।

    ठूलो पानीले हिमाली क्षेत्रको भौगोलिक संरचना नै खलबल्याउँछ जसले गर्दा, पहिरो जाने, माटो बग्छ। यसै कारण नदी-खोला थुनिन्छन् र बाढी आउँछ। यी अप्रत्यासित बाढीका घटनाले हिमाली क्षेत्रको समग्र पर्यावरणमा असर परिसक्यो। कतिसम्म भने यी हिमाली जिल्लामा नियमित पर्नुपर्ने पानी भन्दा १७२ प्रतिशत बढ्ता पानी परिरहेको छ।

    मौसमी चक्रममा देखिएको यो अप्रत्यासित परिवर्तन हामी कसैका लागि पनि उपयुक्त होइन। झन् हाम्रो हिमाली पर्यावरणका लागि त घातक नै छ। यसले पारिस्थितीकीय प्रणालीसमेत बिथोलेर त्यहाँको जनजीवन कष्टकर बनाउने निश्चित छ।

    बढ्दो तापक्रमका कारण हाम्रा कतिपय हिमताल विस्फोटनको संघारमा छन्। त्यसमाथि हिमाली क्षेत्रमा भइरहेको मुसलधारे वर्षाले यो जोखिम झनै बढाएको छ। पानीको मुहानमै हुने यस्ता घटनाले तलको तटीय क्षेत्रमा पनि जोखिम बढाउँने निश्चित छ।

    मौसमी चक्रममा देखिएको यो अप्रत्यासित परिवर्तन हामी कसैका लागि पनि उपयुक्त होइन। झन् हाम्रो हिमाली पर्यावरणका लागि त यो घातक नै छ। यस्तो परिवर्तनले त्यहाँ जनधनको क्षति त गर्छ नै। त्यहाँको पारिस्थितीकीय प्रणाली समेत बिथोलेर त्यहाँको जनजीवन पनि कष्टकर बनाउने निश्चित छ।

    मौसममा देखिएको यो अप्रत्यासित परिवर्तनसँगै अब हामीले पनि आफूलाई यसका लागि तयार बनाउनुपर्छ। अब हामीले मनाङ-मुस्ताङमा पनि बाढी जान सक्छ भनेर पूर्व तयारी र सुरक्षाका लागि काम गर्नुपर्छ। मनाङ-मुस्ताङ मात्र होइन, जुनसुकै पनि हिमाली जिल्लामा बाढी पहिरो जानसक्छ। हामीले बाढी, पहिरोको कल्पना नगरेका क्षेत्रमा पनि यस्ता घटना हुनसक्छन् भनेर तयार बस्नुपर्छ। जलवायु परिवर्तन रोक्ने क्षमता हाम्रो हातमा नभए पनि त्यसले निम्त्याउने असर कम गर्न भने हामी सक्छौ।

    हामीले अब हाम्रा विकास संरचना, भौतिक पूर्वाधार पनि यस्तै ‘एक्स्ट्रिम क्लाईमेट इभेन्ट’ लाई सहन सक्नेगरी बनाउनु पर्ने हुन्छ। हिमाल, चुरे जस्ता संवेदनशील भूगोलमा कुनै पनि प्रकारका विकास निर्माणका काम गर्दा, संरचना बनाउँदा भविष्यमा हुनसक्ने जोखिमको आंकलन गरेर बनाउनुपर्छ। मौसम पूर्वानुमानलाई थप बलियो बनाउनु पर्छ। जलवायु परिवर्तन अनुकुलनमा राज्यको लगानी गरेर सचेत हुनुको विकल्प छैन। हामीले अब यस्ता घटना आउँदा दिनहरुमा झनै भोग्नुपर्छ हुन्छ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      डा. विमल रेग्मी

      डा. विमल रेग्मी

      डा. रेग्मी, वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषदका विज्ञ सदस्य हुन्।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.