Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
Friday, May 1, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

यो ढुङ्गाले किन तताइरहेको छ पूर्व?

राजेश चाम्लिङ राई राजेश चाम्लिङ राई
फाल्गुन २५, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    देशको पूर्वी क्षेत्रमा अहिले एउटा ढुङ्गाको विषयलाई लिएर तातो बहस भइरहेको छ। वराहक्षेत्रअन्तर्गत त्रिवेणीमा रहेको यो ढुङ्गा फुटाउने अभिव्यक्ति सार्वजनिक भएपछि एकाएक यसले पूर्व क्षेत्र तताएको हो। किरात राई समुदायले ‘खुवालुङ’ भनेर विश्वास गरेको ढुङ्गा फुटाउने विषयबारे चर्चा चुलिँदै जाँदा सामाजिक सञ्जाल, सडकदेखि सिङ्गो पूर्वी पहाड तरङ्गित भइरहेको छ। सामाजिक सञ्जालमा यो ढुङ्गा फुटाउन पाइन्न भनेर चर्को विरोध भइरहेको छ। किराती राई समुदायका सामाजिक संस्थाहरूले यसविरुद्ध सार्वजनिक अपिल नै गरेका छन्। ठाउँठाउँमा विद्यार्थी, युवा तथा प्राज्ञिक व्यक्तिहरूले समेत विरोध गरिरहेका छन्।

    यसअघि उक्त ढुङ्गाबारे खासै चर्चा थिएन। तर, केही साताअघि विराटनगरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीले दिनुभएको एक अभिव्यक्तिलाई उक्त ढुङ्गासँग जोडिएपछि यसले राजनीतिक तथा सामाजिक क्षेत्रको पारो तताइरहेको छ। प्रधानमन्त्रीले खुवालुङ भनेर विश्वास गरिएको ढुङ्गा फुटाउने भन्नुभएको छैन। उहाँले अरूण नदीमा हाल सञ्चालन भइरहेको जेटबोटको मार्गलाई अझ सुविधासम्पन्न बनाउने प्रसङ्ग आउँदा त्यहाँ एउटा ढुङ्गा अवरोध भइरहेकाले उक्त ढुङ्गा फुटाएर चतरादेखि १५ मिनेटमा भोजपुर पुग्नेगरी नदीमा यातायात सञ्चालन गर्ने आशयको अभिव्यक्ति दिनुभएको थियो। तर, यसैलाई ‘खुवालुङ’ फुटाउन लागिएको भनेर प्रचार भइरहेको छ।

    के हो खुवालुङ ?

    मुन्दुमलाई आफ्नो इतिहास, जीवनदर्शन, संस्कार, चिन्तन र समग्रमा समाज सञ्चालनको मूल आधार मान्दै आएका किरात राई समुदायका लागि खुवालुङ ऐतिहासिक स्थल हो। मुख्यतः राई, लिम्बू, याक्खा, सुनुवारलगायतका जातिमा बाँडिएका किराती यही बिन्दुबाट आफ्नो पुर्खा छुट्टिएको विश्वास गर्छन्। मुन्दुम अध्ययेताहरूले उल्लेख गरेअनुसार मुन्दुममा खुवालुङबारे थुप्रै वर्णन पाइन्छ। त्यसमध्ये पनि महत्वपूर्ण व्याख्याचाहिँ शक्ति प्राप्ति, दाजुभाइबीच विछोड र तराईबाट पहाडतर्फ प्रवेशको कथा प्रचलित छ।

    मुन्दुममा उल्लेख भएअनुसार किराती पुर्खाहरू मैदानबाट पहाडतर्फ चढ्नेक्रममा सप्तकोसी  (हालको वराहक्षेत्र) हुँदै ‘खुवालुङ’ आइपुगे। त्यहाँ पुग्दा खुवालुङ बन्द थियो। खुवालुङमा सबैभन्दा पहिले बुसुरु आइपुगेका थिए। उसले मुन्दुम फलाक्दै क्याँकी वा जुरेली चरा काटेर भोग दिएपछि खुवालुङ खुल्यो। उसले पार गरेपछि खुवालुङ फेरि बन्द भयो। त्यसैक्रममा वाछप्पा, छछप्पा पनि आइपुगे।

    उनीहरूले बुसुरुलाई कसरी पार ग-यौ ? भनेर सोध्यो। बुसुरुले आफूसँग भएको एक चेलीको भोग दिएपछि ढोका खुलेको उत्तर दिए। उनको कुरा स्वीकार गर्दै वाछप्पा र छछप्पाले पनि आफूसँगै आएका चेलीको खुट्टाको कान्छी औँलामा थोरै चोट पारेर खुवालुङलाई रगत चढाए। चेलीको रगत परेपछि खुवालुङ सधैँका लागि खुलेको खुलेकै भयो। यो किरात राईहरूमध्ये चाम्लिङ समुदायमा प्रचलित मिथक हो। तर, खुवालुङबारे योमात्र व्याख्या पाइँदैन।

    एक अर्को कथनअनुसार किराती पुर्खाहरू मुकुबुङ (भोटे) जेठा, हर्कबुङ (किराती) माइला र रिब्लबुङ (थारू) कान्छा तीन दाजुभाइ भएको प्रसङ्ग आउँछ। यसमा चरा मारेर भोग दिने मुकुबुङ हुन्छन्। चेलीको भोग दिने हर्कबुङ हुन्छन् भने रिब्लबुङ खुवालुङ पुग्दा दाइहरू कसरी तरे, कहाँ पुगे पत्तो नपाएर त्यतै बसेको प्रसङ्ग आउँछ। खुवालुङ तरेपछि फैलिएका किरातीका सन्तानमध्ये एक भाइ सुनकोसी पछ्याउँदै गए, एक भाइले अरूण पछ्याउँदै अघि बढे भने अर्को भाइ तमोर पछ्याउँदै अघि बढेको मुन्दुममा उल्लेख छ।

    खुवालुङबारे किरात राई समुदायभित्र प्रचलित यी दुईवटा प्रतिनिधि दृष्टान्तमात्र हुन्। यही मूल भावमा आधारित भएका अन्य थुप्रै व्याख्या तथा प्रसङ्ग छन्। त्यसमा पनि मेवाहाङ, याम्फू, चाम्लिङ, साम्पाङ, बान्तवा, वाम्बुले, खालिङलगायत करिब दुई दर्जन भाषिक समूह भएका किरात राई समुदायभित्र आ–आफ्नै व्याख्या छन्। तर, मुख्य कुरा यी सबैका मुन्दुममा ‘खुवालुङ’को प्रसङ्ग भने आउँछ। मात्र पात्र वा केही घटना फरक छन्।

    शाब्दिक अर्थ

    भाषाविद् डा. तारामणि राईका अनुसार भोट–बर्मेली वा टिबेटो वर्मन भाषाअन्तर्गत गर्ने किरात राईहरूको दर्जनौँ भाषा भए पनि ती सबैमा ‘खु’ र ‘वा’ले पानी भन्ने अर्थ राख्छ भने ‘लुङ’ भन्नाले ढुङ्गा भन्ने बुझिन्छ। ती क्षेत्रमा अधिकांश खोला र पानी भएको स्थानको नाममा खु र वा जोडिनुले पनि यसको पुष्टि गर्छ। जस्तो खोटाङमा रावा, मेवा, दिखुवाजस्ता चर्चित खोला छन् भने भोजपुरमा पिखुवा, ओखलढुङ्गामा लिखु आदि थुप्रै चर्चित खोला छन्। अर्थात् शाब्दिक रूपमा खुवालुङ भनेको पानीमा भएको ढुङ्गा भन्ने बुझ्नुपर्छ।

    भौगोलिक अवस्थिति र मुन्दुमी व्याख्या

    अब प्रश्न उठ्छ कि पानीमा भएको ढुङ्गालाई मुन्दुममा कसरी ढोकाका रूपमा व्याख्या गरियो? वा खुवालुङ कुनै ढुङ्गा नभएर काल्पनिक कथ्यमात्र त हैन? त्यसका लागि केही भौगोलिक अवस्थिति र मुन्दुमका विषयको व्याख्यान शैली बुझ्न जरुरी छ।
    नेपालको नदी प्रवाह प्रणालीअनुसार वराहक्षेत्र अरूण र तमोर नदीको सङ्गमस्थल नजिकै पर्छ। यी दुई नदीबीच भेट हुनुअघि सिन्धुपाल्चोकबाट अघि बढेको इन्द्रावती र भोटेकोसीको भेट हुन्छ। यी दुई भेट भए मिलेर बन्ने नदीमा सिन्धुली र ओखलढुङ्गाको सिमानामा रामेछापबाट झरेको तामाकोसी मिसिन्छ।

    यी तीन नदी मिलेर बग्न थालेको नदीलाई सुनकोसी भनिन्छ। उदयपुर हुँदै अघि बढ्ने सुनकोसीले भोजपुरको सिमाना नजिक अरुण नदी भेट्नुअघि सोलु हुँदै, खोटाङ र ओखलढुङ्गाको सीमा निर्धारण गरेर अघि बढेको दूधकोसी भेट्टाउँछ। यी सबै मिसिएर थोरै अघि बढेपछि सङ्खुवासभाबाट सुरु भएको तमोर भोजपुर र धनकुटाको सीमा नजिकै भेटिन्छ। यहाँबाट एकीकृत नाम सप्तकोसी हुन्छ ।

    मुन्दुममा व्याख्या भएअनुसार नै हाल किरातीको बस्ती त्यही नदी प्रवाह प्रणालीवरिपरि विस्तार भएका छन्। जीवनको मुख्य स्रोत पानी भएकाले विश्वभरिका महत्वपूर्ण सभ्यता नदीकिनारमा विकसित भएको तथ्य छ। त्यस अर्थमा मुन्दुममा उल्लिखित नदी प्रवाह प्रणालीमा कुनै प्रश्न आवश्यक देखिन्न। बाँकी खुवालुङ ढुङ्गा हो कि ढोका वा ढोका भनिएको खुवालुङ ढुङ्गा कसरी? यस प्रसङ्गमा किराती नछुङ (धामी)ले साँस्कृतिक कार्यमा फलाक्ने मुन्दुममा खुवालुङको व्याख्यालाई बुझ्न जरुरी छ।

    मुन्दुम फलाक्दै उनीहरू जब खुवालुङ पुग्छन्, उनीहरू पानीमाथि हिँड्नुपर्ने र त्यो निकै चिप्लो भएको प्रसङ्ग आउँछ। उनीहरूमा के विश्वास छ भने अन्य ठाउँमा ठिकै छ तर खुवालुङ आइपुग्दा थोरै पनि मुन्दुम ‘तल–माथि गरियो’ वा बिग्रियो भने खसिन्छ अर्थात् मरिन्छ। त्यसैले खुवालुङ पुग्दा नछुङहरू निकै चनाखो हुन्छन्।

    यदि यो व्याख्यालाई मान्ने हो भने खुवालुङ एक महत्वपूर्ण ढुङ्गा नै भएको विश्लेषण गर्न सकिन्छ। यसलाई ढोका मान्नुको अर्थचाहिँ नदीहरूको सङ्गमस्थल भएकाले हुन सक्छ। हाल खुवालुङ अरूण नदीमा अवस्थित भए पनि उक्त स्थान तमोरको दोभानभन्दा केही सय मिटर अगाडि मात्र छ। अरूणले तमोरलाई भेट्नु केही सय मिटर अगाडि मात्र सुनकोसीसँग मिसिन्छ।

    खुवालुङबारे मुन्दुम कति पुरानो हो यकिन छैन। तर, यसको वर्णनअनुसार यो मानिसको घुमन्ते जीवन अन्त्य नहुँदैको अवस्था हो भन्न सकिन्छ। त्यसैले पक्कै पनि यो हजारौँ वर्ष पहिलेको मिथक हो। यस अवधिमा पक्कै पनि नदीको बहाव परिवर्तन भयो। त्यसैले खुवालुङको अवस्थिति पनि परिवर्तन भएको हुनुपर्छ। त्यसबेला ढोका भन्नुको अर्थचाहिँ यो निकै ठूलो र नदीहरूबीच रहेकाले नदी तर्दा कुनै न कुनै ढङ्गले यसलाई माध्यमका रूपमा प्रयोग गरिएको भएकाले ढोका भनिएको हुन सक्छ।

    बाँकी व्याख्या

    प्रसङ्गलाई पछ्याउँदै जाँदा जब चेलीको खुट्टाबाट रगत बगेर खुवालुङ खुलेको खुलेकै भएपछि किराती पुर्खाहरू पहाडतिर चढ्छन्। चेलीको रगत बग्नेक्रम रोकिन्न। रगत केराको पातमा पनि लाग्छ। रगत लागेको त्यो पात बाख्राले खान्छ। यसरी आफ्नो चेलीको रगत लागेको घाँस खाएको हुनाले किराती राई समुदायमा बाख्राको मासु खानुहुन्न भन्ने मान्यता छ। अर्थात् खुवालुङ किरात राईहरूको संस्कार, इतिहास, चेलीको बलिदान, शक्ति प्राप्तिको व्याख्या आदि सबैसँग जोडिएको छ। यसैले यो उनीहरूका लागि निकै महत्वपूर्णको ऐतिहासिक थलो हो।

    हाल आएर जुन ढुङ्गालाई खुवालुङ भनेर विश्वास गरिएको छ, त्यो फुटाउन प्रदेश सरकारबाट रकम विनियोजन भइसकेको खुवालुङ संरक्षण समितिका अध्यक्ष बलराम राईले जानकारी दिनुभएको छ। तर, उक्त ढुङ्गा फुटाउने जिम्मा पाउनुभएका स्थानीय विकास राई भने कतैबाट बजेट नपरेको बताउनुहुन्छ। ‘काठमाडौँको एकान्तकुनामा भएको पानीजहाज कार्यालयमा हामीले नै गएर अनुरोध गरेपछि ढुङ्गा फुटाउन ११ लाख दिने भनिएको हो,’ सप्तकोसी जलमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्षसेमत रहनुभएको विशाल राईले भन्नुभयो, ‘त्यो पनि, त्यति रकमले काम सम्पन्न गर्न सम्भव छैन भनेर हामीले लिएका छैनौँ। यसबाहेक कहीँ कतैबाट रकम परेको हामीलाई थाहा छैन।’

    उहाँले उक्त ढुङ्गा खुवालुङ नै हो भन्ने यकिन भए अन्य विकल्प खोज्न उपभोक्ता समिति तयार रहेको पनि बताउनुभयो। ‘तर, यहाँका ८०/८२ वर्षीय पाका जानकारहरू यो ढुङ्गा केही दशक अघि नदीकिनारमा रहेको र पछि ठूलो बाढी आउँदा यता सरेको भन्दै छन्,’ उहाँले भन्नुभयो, ‘त्यहीँ ढुङ्गा नजिक अर्को त्योभन्दा ठूलो ढुङ्गा पनि छ, जुन एकदम चिप्लो छ र पानीमुनि करिब दुई फिट जति पुरिएको छ । मैले सुनेअनुसार खुवालुङलाई कतै–कतै सावालुङ पनि भनिन्छ। र, हामीले पहिले सावलुङ भनिआएको ढुङ्गा भने पानीमुनि छ।’ जलमार्ग निर्माण स्थानीयको आर्थिक समृद्धिका लागि महत्वपूर्ण हुने भएकाले विकल्पसहित बाटो खुलाउनुपर्ने उहाँको जिकिर छ।

    संरक्षण समितिका अध्यक्ष र अभियन्ताहरू भने हाल देखिएको ढुङ्गा नै खुवालुङ भएको दाबी गरिरहेका छन्। यस्तोमा खुवालुङ कुन हो त? यसबारे राज्य, सम्बन्धित विषय विज्ञ तथा सरोकारवालाले अनुसन्धान विश्लेषण गरेर काम गर्न जरुरी छ। हुन त मिथकमा आधारित धेरै कुरा विश्वासमा अडेको हुन्छ। उदाहरणार्थ खोटाङको हलेसी गुफामा महावदेव लुकेको कसैले देखेका थिएनन्। मात्र नागरिकको विश्वासमा त्यसलाई महादेव बसेको गुफा मानिन्छ। कहीँ, कतै राम्रो ढुङ्गा देख्यो कि देवता मानेर पुज्ने हाम्रो प्रचलन छ। यस अर्थमा हाल देखिएका ढुङ्गालाई आमकिरातीले यदि ‘खुवालुङ’ भनेर विश्वास गर्ने हो भने त्यसलाई राज्यले सहज रूपमा स्वीकार्नुपर्छ।

    किरातीहरू आफूलाई प्रकृतिपुजक मान्छन्। उनीहरूको जीवनदर्शन प्रकृतिवादमा आधारित छ। प्रकृतिवाद धेरै हदसम्म भौतिकवादसँग नजिक छ। यस अर्थमा किरातीहरूले मात्र आध्यात्मिक विश्वास हैन, वैज्ञानिक पुस्ट्याइँमा विश्वास गर्न जरुरी छ। यसका लागि खुवालुङबारे पुरातात्विक, भौगोलिक, साँस्कृतिक सबै पक्षबाट अध्ययन हुन जरुरी छ। त्यसैले हाललाई ढुङ्गा फुटाउने कार्य तत्कालका लागि स्थगित हुनु सकारात्मक पक्ष हो। अर्कोतर्फ त्यहाँको भौगोलिक अवस्थिति हेर्दा बग्ने पानीको बहावलाई अर्कोतर्फ मोड्नेलगायतका सजिला विकल्प पनि छन्।

    सरोकारवाला निकायले यसबारे तत्थगत प्रमाणसहित पुस्ट्याइँ गर्न सके त्यस क्षेत्रको मात्र होइन, सम्पूर्ण नेपालका लागि उक्त स्थान पर्यटकीय र समाजशास्त्रीय अध्ययनका लागि महत्वपूर्ण केन्द्र हुन सक्छ। यस अर्थमा हाल भइरहेको बहसले उक्त क्षेत्रको मात्र हैन, समग्र समुदायको विकास र साँस्कृतिक चेतको वृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको मान्नुपर्छ।-गोरखापत्र

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      राजेश चाम्लिङ राई

      राजेश चाम्लिङ राई

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.