Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

‘ओली समर्थक माओवादी’का सांसदहरूको पद धरापमा

सहयोगीबाट सहयोगीबाट
फाल्गुन २९, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेकपा माओवादी केन्द्रले सरकारमा रहेका आफ्ना दलका सांसदहरूलाई सरकारबाट फिर्ता बोलाएपछि सरकारमा रहेका माओवादीका सांसदहरूको पद धरापमा परेको छ।

    सर्वोच्चको परमादेशपछि नेकपा नेकपा एमाले र नेकपा माओवादी केन्द्रकै स्वरूपमा फर्किए पनि माओवादीबाट सांसद बनेकाहरू सरकारबाट हटेका छैनन्। बरु उनीहरू एमालेको केन्द्रीय सदस्य मनोनीत भए। उनीहरू एमालेमै बस्ने पक्कापक्की भएपछि शनिवार माओवादी केन्द्रले मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेपछि उनीहरूको सांसद पद नै धरापमा परेको छ।

    राजनीतिक दल सम्बन्धी कानुन अनुसार उनीहरूले अब कि पार्टीमा फिर्ता आउनुपर्नेछ। एमालेमै बस्ने हो भने सांसद पद त्याग्नुपर्नेछ।

    राजनीतिक दल सम्बन्धी ऐनको परिच्छेद ६ को दफा ३१ मा ‘कुनै दलको तर्फबाट उम्मेदवार भई निर्वाचित भएको सङ्घीय संसद्को सदस्य, प्रदेश सभाको सदस्य वा स्थानीय तहको सदस्यले त्यस्तो पदको पदावधि कायम रहेसम्म जुन दलको उम्मेदवार भई निर्वाचित भएको हो त्यस्तो दल त्याग गर्न नसक्ने उल्लेख छ। कानुन अनुसार दल त्याग गरेमा निर्वाचित भएको पद निजले दल त्यागेको मितिदेखि स्वतः रिक्त भएको मानिने’ उल्लेख छ।

    उनीहरूले नेकपा माओवादी छाडेको घोषणा गरेका त छैनन् तर शुक्रवार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले राखेको बैठकबाट उनीहरू एमालेको विभिन्न पदमा मनोनीत भएका छन्।

    माओवादीको स्थायी कमिटी बैठक बसेर सरकारमा रहेका आफ्ना सात जना मन्त्रीहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन समेत निर्देशन दिएको छ।

    राजनीतिक दल सम्बन्धी ऐनमा निष्कासन गर्नु अघि सम्बन्धित दलको केन्द्रीय समितिले त्यस्तो सदस्यलाई आफ्नो सफाइ पेस गर्ने मनासिब मौका दिनुपर्ने उल्लेख छ। सोही प्रावधान अनुसार आज स्थायी कमिटीले उनीहरूसँग स्पष्टीकरण माग गरेको देखिन्छ।

    माओवादी केन्द्रले आइतबार केन्द्रीय समितिको बैठक राखेको छ। यदि उनीहरूले स्पष्टीकरण नबुझाए या चित्त बुझ्दो स्पष्टीकरण नआए पार्टीबाट निष्कासन गर्ने माओवादीको तयारी देखिन्छ।

    राजनीतिक दल सम्बन्धी कानुन अनुसार ४० प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाउन सक्नेछन्। यो उपदफामा ‘नयाँ दल बनाएमा वा अर्को कुनै दलमा प्रवेश गरेमा वा त्यस्ता सदस्यहरू समेत भई नयाँ दल गठन गरेमा त्यस्तो संसदीय दलका सदस्यले दल त्याग गरेको मानिने छैन,’ लेखिएको छ।

    ऐनको दफा ३५ मा दल त्याग गरेको सदनलाई जानकारी दिनुपर्ने व्यवस्था छ। यस्तै दफा ३६ मा दल त्याग गरेको सूचना सङ्घीय संसद्को सचिवालयमा टाँस भएपछि मात्र त्यस्तो सदस्यको स्थान रिक्त हुनेछ। यो ऐन बमोजिम सदस्यको स्थान रिक्त भएको जानकारी सम्बन्धित सचिवालयले निर्वाचन आयोगलाई १५ दिनभित्र दिनुपर्ने व्यवस्था राजनीतिक दल सम्बन्धी ऐनमा छ।

    माओवादीका तर्फबाट अहिले गृहमन्त्रीमा रामबहादुर थापा बादल, ऊर्जा मन्त्रीमा टोपबहादुर रायमाझी, खानेपानी मन्त्रीमा मणि थापा, सिँचाई मन्त्रीमा प्रभु साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा लेखराज भट्ट, खेलकुद मन्त्रीमा दावा लामा र श्रम मन्त्रीमा गौरीशङ्कर चौधरी छन्।

    एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले गृहमन्त्री बादललाई नेकपा एमालेको बागमती इन्चार्ज र आपूर्ति मन्त्री भट्टलाई सुदूरपश्चिम इन्चार्ज बनाएका छन्।

    मन्त्री नछाडे के हुन्छ?

    माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गणेश शाह उनीहरूले पार्टीको निर्देशन नमाने राजनीतिक दल सम्बन्धी ऐन र दलको विधानमा व्यवस्था भए अनुसारका निर्णय हुने बताए। त्यो भनेको पार्टीबाट निष्कासनै हो।

    तर माओवादीको तर्फबाट सरकारमा रहेकाहरूबिच फिर्ता हुने कि एमालेमै बस्ने भन्ने टुङ्गो लागेको देखिएन। माओवादीतर्फका सिँचाइमन्त्री प्रभु साहले भने आफू फिर्ता हुन पनि सक्ने प्रतिक्रिया दिए। ‘फिर्ता हुन पनि सक्छौ,’ उनले उकेरासँग भने, ‘छलफल गरेर टुङ्ग्याउँछौ।’

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको सचिवालय माओवादीमा फर्कने सम्भावना नरहेको बतायो।

    ‘मन्त्रीज्यू बिहानैदेखि कार्यकर्ता भेटघाटमा हुनुहुन्छ,’ सचिवालयका कार्यरत कर्मचारीले भने,‘हामी फेरी माओवादीमा फर्कने सम्भावना छैन।’-ukeranews

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.