Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

‘एकीकरणमा पुनः अगाडि नबढ्ने हो भने ओली नेतृत्वको समूह पनि विभाजित हुनसक्छ’

नेपाल रिडर्स नेपाल रिडर्स
चैत्र १४, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेकपा एमालेका केन्द्रीय सदस्य डा विजयकुमार पौडेलले एकीकरणमा पुनः अगाडि नबढ्ने हो भने केही महिना वा वर्षपछि केपी ओलीले नेतृत्व गरेको समूह पनि विभाजित हुनसक्ने बताएका छन् ।

    पार्टीको नाम विवादको निहुँ बनाएर सर्वोच्च अदालतमा दायर गरिएको मुद्दा उपर कम्युनिस्ट आन्दोलनलाई क्षतविक्षत बनाउने गरी आएको राजनीतिक फैसलाको वर्गीय सार र कम्युनिष्ट आन्दोलनलाई धराशायी बनाउने राष्ट्रिय–अन्तर्राष्ट्रिय रणनीतिको व्याख्या विश्लेषणतिर नलागी बिना कुनै कारण एकता भंग गरेर हिँड्नु गम्भीर त्रुटी भएको उनको भनाइ छ ।

    एमालेको झलनाथ खनाल–माधव कुमार नेपाल समूहको केन्द्रीय समितिका सदस्यहरुको विशेष भेलामा आफ्नो लिखित धारणा राख्दै पौडेलले गल्ती सच्याउन ढिला गर्न नहुनेमा जोड दिए । ‘त्रुटि सच्याउन हामी जति ढिलो गर्ने छौं, त्यति नै गम्भीर पथ विचलनको दलदलमा फस्दै जाने छौं, अवसरवादका नयाँनयाँ रुप र प्रवृतिका सिङ र जुरो हामी भित्रैबाट उठ्न थाल्ने छन् । गल्ति सुधार्न जतिजति ढिलो गर्दै जाने छौं, त्यति त्यति हाम्रो क्रान्तिकारी धार भुत्ते हुँदै जाने छ, हामी झन् ठूलो घेराबन्दीमा फँस्ने छौं’, पौडेलको भनाइ छ ।

    कम्युनिस्ट विरोधी देशी–विदेशी प्रतिक्रियावादीहको अहिलेको मूल रणनीति कम्युनिस्ट आन्दोलनलाई छिन्नभिन्न बनाउनु भएको पनि उनको दावी छ ।  यसलाई असफल पार्ने भनेको सही धारमा कम्युनिस्ट आन्दोलन अगाडि बढाउनु भएको पौडेलको भनाइ छ  । ‘बुझे हुन्छ, सही वैचारिक–सांगठनिक कार्यनीतिका साथ एकीकरणमा पुनः अगाडि नबढ्ने हो भने केही महिना वा वर्षपछि के.पी.ओलीले नेतृत्व गरेको समूह पनि विभाजित हुने छ’, उनको भनाइ छ ।

    प्रस्तुत छ, डा पौडेलले माधव–झलनाथ समूहको बैठकमा राखेको लिखित डकुमेन्टको पूर्णपाठ

    केन्द्रीय सदस्यहरूको विशेष भेलामा उपस्थित दुवैजना वरिष्ठ नेताहरु, स्थाई समितिमा रहनुभएका नेताहरु र सबै केन्द्रीय सदस्य कमरेडहरू, देशको कम्युनिष्ट आन्दोलनमा देखिएको विखरावको खतरा, दिशाहिनता वा अन्यौल र सही वैचारिक एकताको प्रयासका लागि बुँदागत र अत्यन्त सङ्छिप्तरुपमा आफ्नो विचार राख्न चाहन्छु । सविस्तार लिखत आवश्यक भएमा सोका लागि पनि प्रयास गर्ने छु ।

    (१) एकीकरणको दौरानमा जे–जस्ता कमजोरीहरू रहेका भएता पनि २०७५ जेष्ठ ३ गते तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का बीचमा एकीकरण गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गर्नु ठीक थियो । त्यही एकताको जग बसाल्नका लागि गरिएको साझा मोर्चागत प्रदेशसभा र प्रतिनिधिसभाको उमेदवारीको प्रक्रिया पनि ठीक थियो ।

    पार्टीको नाम विवादको निहुँ बनाएर सर्वोच्च अदालतमा दायर गरिएको मुद्दाउपर कम्युनिस्ट आन्दोलनलाई क्षतविक्षत बनाउने गरी आएको राजनीतिक फैसलाको वर्गीय सार र कम्युनिष्ट आन्दोलनलाई धराशायी बनाउने राष्ट्रिय–अन्तर्राष्ट्रिय रणनीतिको व्याख्या विश्लेषणतिर नलागी बिना कुनै कारण एकता भंग गरेर हिँड्नु गंभीर त्रुटी थियो । यो त्रुटी सच्याउन हामी जति ढिलो गर्ने छौं, त्यति नै गंभीर पथविचलनको दलदलमा फँस्दै जाने छौं, अवसरवादका नयाँनयाँ रुप र प्रवृतिका सिङ र जुर्रो हामीभित्रैबाट उठ्न थाल्ने छन् । गल्ति सुधार्न जतिजति ढिलो गर्दै जाने छौं, त्यतित्यति हाम्रो क्रान्तिकारी धार भुत्ते हुँदै जाने छ, हामी झन् ठूलो घेराबन्दीमा फँस्ने छौं ।

    (२) जनअनुमोदित भैसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटाउन संस्थागतरुपमा गुटबन्दी गर्ने, मनपरीढंगले सरकार सञ्चालन गर्ने, सरकारलाई केही निश्चित कम्पनी र व्यक्तिहरुको हितका लागि परिचालन गर्ने, सरकारलाई संस्थागतरूपमा भ्रष्टाचारको अखडा बनाउने, जनताका बीचमा रहेको धार्मिक सहिष्णुतामा दीर्घकालिन विष (स्लो पोइजन) छर्ने उपक्रम गर्ने, नेताहरुको योजनाबद्ध चरित्र हत्या गर्ने/गराउने, त्यस्तो कार्यमा अग्रसर हुने भ्रष्ट आचरण र विवादित छवी भएका मानिसहरूलाई राजनीतिक नियुक्ति दिने, कम्युनिस्ट आचरण–व्यवहार र विचारबाट च्युत, तीनववटा नीति कार्यक्रम र बजेटमा कतै पनि गरीखाने श्रमजीवी वर्गको हितमा कुनै कार्यक्रम नल्याउने, पार्टीको बैठकमा उपस्थित हुनसमेत नमान्ने, संवैधानिक काम–कार्यवाहीमा समेत षडयन्त्र गर्ने, सीमित व्यक्तिको पहुँचमा मात्रै बस्न रुचाउने पार्टी र सरकारका यावत प्रवृतिका विरुद्ध विगतमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकताबद्ध रहेका बखत संघर्ष गर्नु बिल्कूल जायज थियो । त्यस्तो प्रवृति बोकेका मानिसलाई कारवाही गर्नु पनि ठीक थियो ।

    (३) कम्युनिस्ट आन्दोलनले झण्डै सात दशक पुरा गर्ने बेलासम्म आइपुग्दा हजारौं सहिद, लाखौं कार्यकर्ता र लाखौंलाख समर्थक शुभचिन्तकहरुको बलिदान, त्याग र समर्पणको एकमुस्ट अभिव्यक्ति थियो–कम्युनिस्ट पार्टीले प्राप्त गरेको झण्डै दुईतिहाइ नजिक रहेको बहुमत । त्यसरी बनेको सरकारलाई श्रमजीवी वर्गको हित हुनेगरी सञ्चालन नगरेर सीमित कम्पनी र स्वार्थ समूहको हितमा परिचालन गर्नु के.पी.शर्मा ओलीले कम्युनिस्ट आन्दोलनका विरुद्ध गरेको गम्भीर कुठाराघात हो ।

    (४) नेपालको संविधानको अक्षर र भावनाविपरित षडयन्त्रपूर्ण तरिकाले प्रधानमन्त्री के.पी.शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा भंग गर्ने काम कम्युनिस्ट आन्दोलनको मात्रै हैन, समग्र लोकतान्त्रिक आन्दोलनको विरुद्धमा थियो । यसैले त्यो प्रतिगमनकारी घटना थियो । प्रधानमन्त्रीको सो प्रतिगमनकारी कदमको विरुद्ध देशव्यापीरुपमा गरिएको आन्दोलन ठीक थियो । त्यो आन्दोलनका क्रममा एक दिन राखिएको नेपाल बन्दको कार्यक्रम भने बिल्कुलै अनावश्यक र जनभावना विपरित थियो । त्यो एकदिने बन्दबाहेक आन्दोलनका सबै रुप र तरिका सही र जायज थिए ।

    प्रतिगमनका विरुद्ध गरिएको त्यो आन्दोलनले कम्युनिस्ट एकतालाई अझै बढी विस्तारित र एकताबद्ध बनाउने वातावरण तयार गर्दै थियो भने आमजनता र खासगरी युवा पुस्तामा नयाँ जागरण र उत्साह भरेको थियो । देशका सबै राम्रा मानिसहरु, विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरु, वरिष्ठत्तमदेखि लिएर नौजवान अधिवक्ताहरु, सबका सब हाम्रो आन्दोलनका साथमा हुनुहुन्थ्यो । नागरिक आन्दोलनले पनि सही दिशा पक्रिने प्रयास गर्दै थियो । यी सबैकुरालाई विचारधारात्मक व्याख्यामा लैजाने, आन्दोलनका उपलब्धीहरुलाई पूँजीकृत गर्ने कुराको खाँचो छ र सो गर्न सकिने समय अझै बाँकी  छ ।

    आन्दोलनका यी उपलब्धिहरूलाई सैद्धान्तिक, वैचारिक र सांगठनिक रुपमा संस्थागत गर्न नलागी अन्यत्र लाग्नु वा प्रतिगमनकारी पक्षसँग यो वा त्यो बहानामा आत्मसमर्पण गर्नु, त्यसो गर्नका लागि अनेक शब्द जाल खोज्न लाग्नु कम्युनिस्ट आन्दोलनका लागि गंभीर धोखा हुने छ ।

    (४) कम्युनिस्ट आन्दोलन विभाजित नहोस् भन्ने भावना आफैंमा पवित्र छ । तर कुन कम्युनिस्ट आन्दोलन ? पाएको बहुमतलाई  बुद्धिमत्तापूर्णढंगले परिचालन गरी पार्टी एकतालाई सुदृढ गर्न चाहने, भएको एकतालाई जोगाउने र एकीकरणको विस्तारलाई निरन्तरता दिने, भ्रष्टाचारको विरोध र सुशासनको पक्षपोषण गर्ने, कानुन र संविधानअनुसार सरकार र सत्ता सञ्चालन हुनु पर्दछ भन्ने प्रवृतिको कम्युनिस्ट आन्दोलन कि कम्युनिस्ट पार्टीको आवरणमा विभाजन, विखण्डन  र भ्रष्टाचारलाई संरक्षण गर्ने पश्चगामी प्रवृति ? कुन रोज्ने ?

    हामीभित्रको यौटा प्रवृति देखेर म धेरै दुःखी भएको छु । कमरेडहरू एकताको लागि चिन्तित  हुनुहुन्छ । यो राम्रो कुरा हो तर बनिसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता जोगाउन विल्कुलै चिन्तित नहुने तर प्रतिगमनकारी भनेर आफैंले त्यति ठूलो संघर्ष गरेको प्रवृति संग झिना– मसिना शर्त राखेर एकता गर्न तयार हुने प्रवृति आफैंमा पश्चगामी दिशातिर अभिमुख छ । यसो नगरौं, सही बाटो रोजौं । त्यो भनेको नाम जेसुकै होस्, बनिसकेको नेपाल कम्युनिस्ट पार्टी  (नेकपा)को सांगठनिक संरचनामा फर्कौं । अनि बाँकी अरु कम्युनिस्ट घटकसँग पनि एकताका लागि पहल गरौं ।

    (५) हाम्रो समूहले इज्जत नामक नाक जोगाउनका लागि राखेका साना–झिना–मसिना शर्त पनि के.पी.शर्मा ओलीले मान्नु हुन्न । त्यहाँ गएर न त नवौं महाधिवेशनका नीति लागू गर्न सकिने छ, न त आउने निर्वाचनमा जनताका असल प्रतिनिधिले चुनाव लड्ने टिकट नै पाउने छन् । के.पी.ओलीको नेतृत्वमा महाधिवेशनको नाटक हुने छ र केही देखाउने प्रयोजनबाहेक आमरुपमा सही कम्युनिस्टहरूलाई बढारेर मिल्काइने छ । विन्ती, अनुरोध र प्रार्थनाबाट तानाशाहको मन पग्लिँदैन । कसैमा के.पी.ओलीको हृदय परिवर्तन गराउन सकिन्छ भन्ने लाग्छ भने त्यो कुरा मृगमरिचिका मात्रै हो ।

    (६) अदालतको राजनीतिक फैसलाको पुनरावलोकन हुनुपर्दछ पनि भन्ने, अदालतले क्षेत्राधिकार बाहिर गएर गरेको फैसला गलत छ पनि भन्ने अनि झिना–मसिना शर्त राखेर प्रतिगमनको प्रवृतिबोकेको प्रवृति संग एकता गरेर पार्टी र आन्दोलन सुधार्छु भन्ने विचार र दृष्टिकोण भनेको दुई नाउमा खुट्टा राख्नु जस्तै हो । दुई नाउमा खुट्टा राखेको मान्छे जंघार तर्दैन भन्ने जानकारी पक्कै छ ।

    (७) आउने वर्षदिनभित्रैमा आम निर्वाचन हुने प्रवल संभावना देखिन्छ । राजनीतिमा दिक र काल    (टाइम एण्ड स्पेस) को धेरै ठूलो महत्व हुन्छ । यदि हामी छुट्टै समूह बनाएर जान्छौं भने त्यसका लागि स्पेस र चुनावसम्म धेरै गरिसक्नका लागि टाइम कम छ भन्ने पनि बुझ्न आवश्यक छ । अर्को कुरा, हामी हरेक काम झारा टराईका रुपमा गरिरहेका छौं । त्यति ठूलो राष्ट्रिय कार्यकर्ता भेला गरियो तर न त कार्ययोजना छ, न कार्यविभाजन छ । के हामी यो सबै सर्वसत्तावादी के.पी.ओलीसंग बार्गेनिङका लागि गरिरेका छौं ? बैठक वा भेला राख्दा सुस्पष्ट योजनाका साथ राखौं, कार्यकर्ता अल्मल्याउने प्रयोजनले काम नगरौं भन्ने अनुरोध गर्न चाहन्छु ।

    (८) राजनीतिक लाइन भनेको तारमा विद्युतीय करेण्ट प्रवाह भएजस्तै हो जुन सही दिशामा हुँदा शक्ति र उज्यालो निस्कन्छ भने डबल लाइन क्रस हुँदा आगोले खरानी पनि हुनसक्छ है ।

    (९) स्थानीय निकायका जनप्रतिनिधिहरूलाई आ–आफ्नो ठाउँमा रहेर राम्रो काम गर्नुस् भन्ने र सोका लागि निगरानी राख्दा पुग्छ । माननीय सांसदहरुका हकमा सही काम गर्दै जाने र परिआएको बेहोर्ने कार्यनीति सही हुने छ । लतारिएर काम छैन ।

    (१०) कम्युनिस्ट विरोधी देशी–विदेशी प्रतिक्रियावादीहरुको अहिलेको मूल रणनीति भनेको कम्युनिस्ट आन्दोलनलाई छिन्नभिन्न बनाउनु हो । यसलाई असफल पार्ने भनेको सही धारमा कम्युनिस्ट आन्दोलन अगाडि बढाउनु हो । बुझे हुन्छ, सही वैचारिक–सांगठनिक कार्यनीतिका साथ एकीकरणमा पुनः अगाडि नबढ्ने हो भने केही महिना वा वर्षपछि के.पी.ओलीले नेतृत्व गरेको समूह पनि विभाजित हुने छ ।

    गलत प्रवृतिको विरुद्ध संघर्ष गर्र्दै तत्काल कम्युनिस्ट पार्टी एकीकरणको काममा लागौं ।
    धन्यवाद !
    मितिः २०७७/१२/१४ 

    (रातोपाटी)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.