Date
आइत, बैशाख २७, २०८३
Sun, May 10, 2026
Sunday, May 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

तराई–पहाड मिलाएर प्रदेश बनाउ, नत्र चल्दैनः सप्तरीका मतदाता

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
भदौ ३०, २०७४
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    संविधान विरुद्ध मधेसी मोर्चाले गरेको आन्दोलनको माग थियो ‘पहाडबाट अलग गरिएको स्वायत्त मधेस, एक प्रदेश ।’ मोर्चा आवद्ध दलको यही मागलाई समग्र मधेसको माग भनेर तीन वर्षसम्म उत्पातको हिंसा पनि भयो । तर, यो मधेसी जनताको माग थिएन अरु कसैको रणनैतिक स्वार्थको माग थियो भन्ने स्थानीय चुनावका क्रममा मधेसका मतदाताले पुष्टि गरेका छन् ।

    प्रदेश नम्बर २ मा ८ वटा तराईका जिल्ला मात्रै राखेको र त्यसमा पहाड नमिलाइएको भन्दै सप्तरीका मतदाताहरुले राजनीतिक दलका उम्मेदवारहरुलाई र्याख्र्याख्ती पार्न थालेका छन् । पहाड नमिलाइएको प्रदेशमा विद्युत उत्पादन हुन नसक्ने, बनजंगल खनिज नहुने र तराई मात्रैको प्रदेश स्रोत साधन विहीन हुने भन्दै मतदाताहरुले २ नम्बर प्रदेशमा पहाडलाई पनि मिलाउन माग गरेका हुन् । प्रदेश विभाजन गर्दा पहाड र तराईलाई अलग गराउन नहुने मत राख्दै आएको एमालेलाई भने भारतीय पक्ष, कांग्रेस, माओवादी र मधेसकेन्द्रित दलले मधेस विरोधी रहेको आरोप लगाउँदै आएका छन् । मधेसकै मतदाता भने ती दल र भारतको माग विपरित प्रदेश २ मा पहाड पनि समेट्नु पर्ने वताउँछन् ।

    सप्तरीका अधिकांश मतदाता प्रदेश २ लाई ‘गुदी’ नभएको प्रदेशका रूपमा चित्रण गर्छन् । स्थानीय ६० वर्षीय मनीराजप्रसाद सिंह आफू बूढो भए पनि संघीय व्यवस्था सफल नभए भावी पुस्ताले दुस्ख पाउने चिन्ता पोख्छन् । ‘स्रोत र साधन अर्कैतिर छ, हाम्रो प्रदेशमा के छ ? न बिजुली छ, न सिँचाइ छ, न त वनजंगल नै छ,’ उनले भने, ‘हाम्रो प्रदेश योभन्दा पनि झनै पिछडिने हो कि भन्ने चिन्ता पो लाग्न थाल्यो ।’

    राष्ट्रिय जनता पार्टी (राजपा) ले सीमांकनको मुद्दा उठाएर चुनावमा मत मागिरहेका बेला गजेन्द्रनारायण सिंह र रामराजा प्रसाद सिंहको गृहक्षेत्रका बासिन्दा भने तराईलाई पहाडसँग अलग्याउन नहुने मात्र होइन, पहिल्यैको पाँच विकास क्षेत्रलाई नै संघीय प्रदेश बनाएको भए राम्रो हुने ठान्छन् । ‘पहिलाको विकास क्षेत्रमा पहाड, हिमाल र मधेस सबै जोडिएको थियो र हामी सबै दाजुभाइ थियौंं,’ स्थानीय बासिन्दा राघवप्रसाद सिंहले भने, ‘तर अहिले मधेसका जिल्ला मात्रै समेटर प्रदेश बनाउँदा भविष्यमा के हुने हो, हामी त आज छौं भोलि छैनौंको अवस्थामा पुग्छौं । भावी सन्ततिले दुःख पाउने हुन् कि भन्ने लाग्या छ ।’

     मधेस आन्दोलनका अभियन्ता गजेन्द्रनारायण सिंहले ०४० सालमै नेपाल सद्भावना परिषद् स्थापना गरेर मधेस आन्दोलन सुरु गरेका थिए । सिंह अहिंसावादी थिए भने गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहले त्यसको विपरीत धारको नेतृत्व लिएका थिए । ०४६ सालमा प्रजातन्त्रको पुनस्स्थापनापछि गजेन्द्रनारायणले त्यही सद्भावना परिषद्लाई सद्भावना पार्टी बनाएर चुनावमा भाग लिँदै आए । ०५७ मा उनको निधनपछि पार्टी पनि टुक्रँदैटुक्रँदै गयो र अहिले आएर राजपामा समाहित भयो ।

    चुनावको माहोलले चौतर्फी ढाकिरहेका बेला उनकै भूमिका बासिन्दा भने गजेन्द्रनारायणको पथमा मधेस केन्द्रित दलहरू हिँड्न नसकेकै कारण विकासमा पछि परेको बताउँछन् । गजेन्द्रनारायण अहिंसात्मक आन्दोलन र विकासलाई सँगै जोडेर अघि बढ्थे । ‘तर, त्यसपछिका पुस्ताले न त विकास गरे, न आन्दोलनलाई बैठान गर्न नै सके,’ राधवकुमार सिंहले भने, ‘सरकारलाई पनि मधेसतिर चासो छैन । मधेस केन्द्रित दलले पनि आफ्नो भूमिको विकासमा चासो दिएनन् ।’

     २० वर्षपछि स्थानीय तहको चुनाव हुन लागेकाले अब विकास होला कि भन्ने आस पनि छ उनीहरूलाई । स्थानीय निकायमा जनप्रतिनिधि नभएकै कारण बजेटजति कर्मचारी र दलका नेताहरूले भागबन्डा मिलाएर खाँदै आएकाले विकास ठप्प भएको उनीहरूको गुनासो छ । ‘स्थानीय तह नभएका बेला सबै काम उपभोक्ता समितिबाट हुन थाल्यो, उपभोक्ता समितिमा चाररपाँच दलका नेता र कर्मचारी मिल्यो, पचास प्रतिशत खायो, पचास प्रतिशत मात्रै यसो गरेको देखायो,’ कोइलाडी–३ सकरपुराका स्थानीय नीलाम्बर झाले भने, ‘अब जनता जे चाहन्छन् त्यही नेताले पूरा गर्नुपर्छ । त्यस्तो नेता मात्रै अब छान्न सक्नुपर्छ ।’ चक्रपथ डटकमबाट

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.