Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026
Thursday, August 27, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

मेलम्ची विपदको कारण र असरको खोजी

सहयोगीबाट सहयोगीबाट
असार ४, २०७८
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    असार महिनाको पहिलो दिनको साँझदेखि मेलम्ची र इन्द्रावती नदीमा आएको बाढी २ गते मध्यरातिबाट केही मत्थर भए पनि स्थानीयमा थप संकटको भय उत्तिकै छ । बाढीले नदी वरपरका कैयन ठाउँको धरातलीयस्वरुप नै परिवर्तन गरेको छ । दर्जन बढीले ज्यान गुमाएका छन् । करिब ३ सय परिवार घरवारविहीन भएका छन् । नदीले वहाव क्षेत्र बढाउँदै लगेको कारण यो संख्या अझै थपिने अनुमान छ ।

    हजारौंले पुरै वा आंशिक रुपमा खेत गुमाएका छन् । नदीको दायाँ–बायाँका लगभग सबै फाँटहरु लेदो र ढुंगाले पुरिएका छन् । बालीनाली, पशु चौपाया, व्यापार व्यवसायमा पुगेको नोक्सानीको हिसाव गरी साध्य छैन ।

    स्थानीय पाकाहरुका अनुसार यस्तो बाढी उनीहरुले यसअघि कहिल्यै देखेका वा सुनेका छैनन् । भूकम्पले समेत सबैभन्दा बढी प्रभावित यस क्षेत्रमा अर्को अकल्पनीय विपत्ति थपिएको छ । पुरानो र यस क्षेत्रकै मौलिक चिनारी बनेका मेलम्ची र चनौटे बजार अब उही स्वरुपमा देख्न कठिन छ ।

    नदी आसपासका अरु कैंयन साना–ठूला वस्ती पनि नराम्ररी प्रभावित छन् । दशकौंको प्रयासपछि बनेका मोटर पुलहरु छिनभरमै भत्किएका छन् । केही छिटपुट बाहेक सबै झोलुंगे पुल पनि बाढीले बगाएको छ । कैंयन सामुदायिक संरचनामा असर पुगेको छ । तालामाराङ, ग्याल्थुम आदि स्थानका विद्यालयहरु बाँकी रहने, नरहने टुंगो छैन ।

    ​हेलम्बु क्षेत्रको तल्लो भेगमा ट्राउट माछा पालन राम्रो व्यवसायको रुपमा विस्तार भइरहेको थियो । यहाँको उत्पादन काठमाडौं बाहिरका शहरमा पनि पुग्न थालेको थियो । सबै माछा फार्महरू बाढीले सखाप पारिदिएको छ । ती व्यवसाय तुरुन्तै शुरु गर्न सकिने स्थिति छैन ।

    नदीको दुवैतिरका खेतहरू मुख्य खाद्य उत्पादनको क्षेत्र थियो । यसको उत्पादनले यस भेगका बसोवासीलाई खान पुग्ने अन्न उत्पादन हुने गर्दथ्यो । बाढीले हजारौं रोपनी खेत नष्ट गरिदिएको छ । पोटाउन लागेको धानखेतमा पुरै लेदो, ढुंगाले भरिएको छ । कतै नामोनिसान नहुने गरी रेटिएको छ । यसकारण, सयौं परिवार भूमिहीन हुन पुगेका छन् । बाँकी रहेका खेतका पनि सबै कुलाहरु मासिएका छन् । यसले हजारौंको जिविकामा संकट थपेको छ । यसले आगामी दिनमा भोकमरी र गरिवी बढाउने निश्चित छ ।

    यो बाढीले सडक र मोटर पुलमा पुगेको क्षतिले यस क्षेत्रको यातायात सेवामा आगामी केही वर्ष कठिनाई थपिनेछ । धेरै झोलुंगे पुलसमेत नष्ट भएकाले आवात–जावत कठिन हुने नै भयो ।

    नदी आसपासका नागरिकहरु बाढी आउने समयमा खाना खाने तरखरमा थिए । एक्कासी बाढीको डरलाग्दो आवाज आएसँगै खाना नखाइकन उनीहरु घरबाट भाग्नुपर्यो । असाध्यै लेदो र ढुंगाहरु बाढीले साथमा ल्याएको थियो । त्यसैमा ठोक्किएर हुनुपर्छ, नदी आसपास मात्र हैन, निकै माथिको गाउँसम्म भुँईचालोले हल्लाएजस्तै घरहरु हल्लाएको थियो ।

    असार २ गते बुधबारको दृश्य निकै ठिटलाग्दो थियो । ठाउँ–ठाउँमा मानिसहरु जम्मा भएर खोलाको बहाव अब कता जाला, के होला भनेर हेरिरहेका थिए । आफन्त, घर खेत र व्यवसाय गुमाउनेहरुको रुवावासी थियो । नदीमा जुन किसिमको लेदो आएको थियो, त्यसलाई हेरेर कतै ज्वालामुखी फुटेको हो कि ? पहिरो मात्रले यस्तो बाढी आएको कसैले विश्वास गर्न सकिरहेका थिएनन् ।

    विस्थापितलाई अस्थायी आवास र खाद्यान्नको सहायता पहिलो आवश्यकता हो । सुरक्षाकर्मी र स्वयमसेवी परिचालन गरेर बाढी आउने क्रम निरन्तर रहेको र भर्खर वर्षात् शुरु भएको हुँदा नदी आसपास क्षेत्रका नागरिकलाई थप सजगता अपनाउन निरन्तर सूचित गर्न आवश्यक छ । मेलम्ची बजारभन्दा केही माथि सडक अवरुद्ध भएका कारण त्यहाँ सबै नेता, सहयोगी, सुरक्षाकर्मीहरु कमै मात्र पुगे ।

    जुन समयमा बाढी आयो, सोही समयबाट विद्युत गयो । तल्लो तटीय क्षेत्रमा ठूलो पानी परेको थिएन । विद्युत गएको केही समयपछि नेपाल टेलिकमको फोन सेवा पनि अवरुद्ध भयो । यी सेवाहरु शिघ्र सूचारु गरिनुपर्दछ । विद्युत नभएपछि रेडियो, टेलिभिजन, इन्टरनेट सबै सेवा अवरुद्ध हुन पुगे । केही थाहा नपाएपछि अधाधुन्धको स्थिति बन्यो ।

    यस बाढीले पुर्याएको नोक्सानीको गहिरो अध्ययन र अभिलेख गरिनुपर्दछ । घरवारविहीन भएकालाई सुरक्षित स्थानमा घडेरी र आवासको व्यवस्था गर्नुपर्दछ । बाढीका कारण खेत गुमाएकाहरुको यर्थाथ लगत तयार गरी निश्चित अवधिका लागि खाद्यान्न र क्षतिपूर्ति उपलव्ध गराउनुपर्छ । व्यवसाय गुमाएकालाई पुनः व्यवसाय सञ्चालनका लागि क्षतिपूर्ति उपलब्ध गराउनुपर्छ ।

    यो अकल्पनीय विपत्तिले ल्याएका दुःखहरुको अवश्य चर्चा गरिनुपर्छ । तर, यतिले पुग्दैन । यो विपत्तीको वैज्ञानिक कारणको खोजी र सोको सम्बोधनका लागि अधिकतम प्रयास आवश्यक छ ।

    पहिरो गएको भनिएको क्षेत्र हेरेर फर्केका व्यक्तिहरुले खिचेको भिडियो र उनीहरुले विभिन्न सञ्चार माध्यममा बोलेका कुराबाट मेलम्चीको शीरमा पहिरो आई नदी थुनिएको र एक्कासी खोलिँदा बाढी आएको बताइएको छ । संयोग कस्तो पर्यो भने काठमाडौं पठाइएको पानी बन्द गरेकै दिन घटना हुन पुगेकाले कतै सुरुङमा भरिएको पानी फर्केर आएको होकि भन्ने आशंका गर्नेहरु पनि छन् । तर, पानी जाने ढोका नै बन्द गरिएको अवस्थामा पानी फर्केर आउने सम्भावना नहुनु पर्ने हो ।

    यद्दपि सुरुङमार्ग बनाउँदा गरिएको बिस्फोटनले त्यस क्षेत्रमा पहिरोको जोखिम बढाएको भनाइलाई नकार्न सकिँदैन । जथाभावी खनिएका बाटाहरुका कारण पनि पहिलो भेलले धेरै माटो बगाएर ल्यायो र यसले पनि क्षतीलाई बढायो ।

    सिपाघाटदेखी बाहुनेपाटी क्षेत्रका क्रसरले नदीलाई गहिर्याउँदै लगेका कारण माथिल्लो क्षेत्रमा क्रमशः असर पुग्दै गरेको र यसले पहिरोको खतरा निम्त्याउने आँकलन नभएको होइन । नदीको प्राकृतिक बहावमा यसले नराम्रो असर गरेकै थियो । यस विपत्तीको कारणहरुको अध्ययन गरी यथार्थ तथ्य बाहिर ल्याउन आवश्यक छ ।

    तत्कालीन राहत र अस्थायी आवासका लागि स्थानीय समुदाय र सरकार आफैं सक्षम छन् । बाहिरी सहयोगी मनहरुले सहयोग गर्ने हो भने स्थानीय सरकारमार्फत मात्र सहयोग गर्नु पर्दछ । जथाभावी राहत सहयोगले विवादहरु बढाउने स्थिति आउनु राम्रो हुँदैन ।

    विषय मेलम्ची प्रलयको मात्र हैन । सिन्धुपाल्चोक जिल्ला विभिन्न प्रकोपबाट वर्षेनी नराम्ररी प्रभावित हुँदै आएको छ । केही अघिको जुरे र गत वर्षको लिदी पहिरोको त्रासदी हामी सबैलाई ताजा छ । यसै कारण सरकारले गत वर्ष विपद् संकटग्रस्त जिल्ला घोषणा पनि गरेको थियो । तर, त्यसपछि सिन्धुपाल्चोक जिल्लालाई विपदमा कमी ल्याउन के कस्ता सचेत प्रयास भए ? सबैले थाहा पाउन आवश्यक छ ।

    कुनै विपद आएपछि केही राहतका सामाग्री लिएर सञ्चार माध्यममा छाएर केही गरेको सस्तो लोकप्रियतामा रमाउने भन्दा प्रकोपका कारणहरुको खोजी गर्न विज्ञ, नीति निर्माता र जनप्रतिनिधिहरुसहितको एक गम्भीर परामर्श र दीर्घकालीन समाधानको बाटो तय गर्नु जरुरी छ ।

    हाल सञ्चालित सबै क्रसर बन्द गर्नुपर्छ । गिटी र बालुवा प्राकृतिक रुपमा मेशिन नलगाई जति मात्रामा प्रयोग गर्न मिल्ने हो, सोही मात्रामा मात्र उपयोग गर्नुपर्दछ ।

    मेलम्चीको मुहान क्षेत्रमा आएको पहिरोका कारण अब मेलम्चीको स्रोत घट्न गई पानी घट््न सक्छ । केही वर्ष पहिलेदेखि नै हिउँदमा मेलम्ची धेरै घटिसकेको छ । महंगा विज्ञ र परामर्शदाता आयोजनामा राखिए पनि आयोजनाले कहिल्यै पनि खानेपानीको इन्टेकभन्दा न तल, न माथि, कुनै पनि वातावरणीय र जलाधार संरक्षणको काम गरेको छैन । अब फेरि यांग्री र लार्केको पानी लैजाने योजना सरकारको रहेको छ । अब फेरि सुरङ खनेर सबै पहाडलाई नै असर गर्ने गरी पानी लाने योजनाबारे पुनर्विचार हुन आवश्यक छ । व्यवस्थापन राम्रो गर्ने हो भने मेलम्चीको पानी नै काफी हुन सक्छ । स्काभेटर लगायत जथाभावी बाटो खन्ने कार्य पूर्णतया रोकिनुपर्दछ । र अब थप जलविद्युत आयोजनाहरु पनि बन्न दिनुहुँदैन ।

    पुरै जिल्लाको भूउपयोगको व्यवस्थित योजना बनाई आवासीय क्षेत्रमा मात्र बसोबास गर्न दिनु पर्दछ ।

    सिन्धुपाल्चोकमा भइरहेको प्राकृतिक विपत्तिको कारणको विषयमा सरकारी तवरबाट नै ठोस अध्ययनको खाँचो छ । यस अध्ययनका आधारमा सबै राजनीतिक दल र निकायहरु एकै ठाउँमा आएर विप्दको खास कारणलाई सम्बोधन हुने गरी दीर्घकालीन नीति र योजनाहरुमा सहमति बनाउन आवश्यक छ ।

    वर्षातको शुरुमै ठूलो क्षति व्यहोरेका कारण मध्य वर्षामा के हुने हो ? स्थानीयहरु त्रसित छन् । त्यसका विषयमा पनि आजैबाट सावधानी आवश्यक छ । यी सबै विपदहरुसँग जुधेर सिन्धुपाल्चोकलाई फेरि उठाउने संकल्प र सावधानीपूर्ण सामुहिक प्रयासबारे सबैले सोचौं । – जगत देउजा/रातोपाटी

    (देउजा भूमि आयोगका विज्ञ हुन्)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.