Date
आइत, बैशाख २७, २०८३
Sun, May 10, 2026
Sunday, May 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

भारतबाट ‘दशैं’ लिएर फर्कंदै नेपाली

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
अशोज ४, २०७४
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    दशैं नजिकिँदै गर्दा भारतका विभिन्न ठाउँमा काम गर्न गएकाहरु ‘दशैं’ लिएर फर्कन थालेका छन् । प्रदेश ६ र ७ का पहाडी जिल्लामा वर्षे बाली लगाएर उनीहरु रोजगारीको खोजीमा भारत पसेका थिए ।

    भारतको गुजरात राजकोट पुगेका सुर्खेत बजेडीचौरका लालबहादुर विक सोमबार घर आइपुगे । उनी डेढ वर्षअघि कमाउन भारत गएका थिए ।

    यस पटक सीमामा पहिलेजस्तो सास्ती भोग्नु परेन, उनले । ‘कमाएको पैसा घर आँगनमै पुगेको बेला लुटिने आशंकामा डराई–डराई जमुनहासम्म आइपुगेँ,’ भारतको चेन्नईमा साढे चार वर्ष काम गरेर फर्केका सोमबहादुर थापाले भने, ‘तर, त्यस्तो केही भएन, ढुक्कसँग नेपाल प्रवेश गरें ।’

    जाजरकोट जगतीपुरका आइते विक पनि हिमाचलको सिमलाबाट दशैं मनाउन घर फर्के ।

    वर्षे बाली लगाएर असार र साउनमा भारत पसेकाहरु दशैंमा फर्किन्छन् । मंसिरमा धान भित्र्याउने र हिउँदे बाली लगाउने काम सकिएपछि उनीहरु फेरि भारत पस्छन् ।

    रोल्पा, रुकुम, सुर्खेत, दैलेख, जाजरकोट, सल्यानलगायत जिल्लाका बासिन्दाको रोजागारीको मुख्य गन्तव्य भारतका गढवाल, चण्डीगढ र सिमला हुन् । त्यसबाहेक नयाँदिल्ली, मुम्बईलगायत शहरी पनि पुग्छन् ।

    त्यसरी जानेहरु युवा मात्र हुँदैनन्, महिला, अधवैंशे पुरुष र बालबालिका पनि हुने गर्छन् ।

    प्रहरी सक्रियता

    इलाका प्रहरी जमुनहाका सई सुधीर खड्काका अनुसार भारतीय प्रहरीसँग समन्वयमा रुपैडिहा रेल्वे स्टेसन र बसपार्कसम्म पुगेर नेपाली यात्रुलाई सुरक्षित रुपमा स्वदेश भित्र्याइने गरेको छ । ‘लुटपाट र ठगी हुन नदिन हामी सक्रिय छौं,’ उनले भने ।

    त्यसका लागि प्रहरीले जमुनहामा यात्रु सहायता कक्ष नै स्थापना गरेको छ । खड्काका अनुसार दैनिक करिब चार सय जना भित्रिइरहेका छन् ।

    उनीहरु फर्किंदा लुटपाट हुन नदिन दुवैतर्फका प्रहरी सक्रिय देखिन्छन् । रिक्सा, अटो र टाँगामा आउँदै गरेका यात्रीलाई भाडा कति लिएको छ भनेर सोध्ने तथा अरुले दिएका वस्तु नखान सचेत गराउने काम भइरहेको छ ।

    यसैबीच, काउछो र बिस्कुटको लेदो छर्केर लुट्ने गिरोहका दुई भारतीयसहित तीन जनालाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा भारत गोरखपुरका सोनु दास र जोनी दास छन् ।

    उनीहरुले गत वर्ष सिटिजन बैंक अगाडिबाट काउछो छर्केर ६ लाख रुपैयाँ लुटेका थिए । सेन्चुरी विकास बैंक अगाडिबाट पक्राउ पर्दा पनि उनीहरुसँग लुट्न प्रयोग हुने सामान थिए ।

    यस्तै, रुपैडिहा बसपार्कबाट अटोमा सँगै आएका जाजरकोटका एक व्यक्तिलाई नेपालगन्ज भन्सार नजिकै लुट्न खोज्ने दाङ घोराही १० का खिमराज भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हामीले याे खबर अनलाइनखबरबाट लिएका हाैं।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.