Date
बिहि, असार ११, २०८३
Thu, June 25, 2026
Thursday, June 25, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

काठमाडौंका १० वटा क्षेत्रमा कसले मार्ला बाजी? यस्तो छ मतको लेखाजोखा

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
अशोज २४, २०७४
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

     पार्टी नै एकता गर्ने भन्दै नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालले चुनावी तालमेलको घोषणा गरेपछि मुलुक नयाँ राजनीतिक ध्रुवीकरणतर्फ अग्रसर भएको छ।

    वामपन्थी पृष्ठभूमिका दलहरुको गठबन्धन बनेपछि प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस लोकतान्त्रिक गठबन्धन बनाउने गृहकार्यमा छ। आफ्नो गठबन्धनमा राप्रपा, राप्रपा प्रजातान्त्रिकसहित मधेसकेन्द्रित दलहरुलाई समेट्ने कांग्रेसको तयारी छ। आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा स्पष्टरुपमा दुई गठबन्धन मैदानमा देखिने भएपछि यसको परिणाम के होला भन्ने चासो आमजनमानसमा व्याप्त छ। आगामी निर्वाचनको सम्भावित परिणाम कस्तो होला त? अहिले नै यसै भन्न सकिने अवस्था छैन। तै पनि हालै भएको स्थानीय तह निर्वाचनको मत परिणामलाई विश्लेषण गरेर थोरै अनुमान भने लगाउन सकिन्छ।

    यसैक्रममा हामीले देशको राजधानी तथा मुलुककै सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको जिल्ला काठमाडौंमा दलहरुले स्थानीय तहमा प्राप्त गरेको मतका आधारमा कुन क्षेत्रमा कुन गठबन्धन अगाडि होला भनेर विश्लेषण गर्ने प्रयास गरेका छौं। यसका लागि गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले प्राप्त गरेको मतलाई आधार मानिएको छ। एमाले र माओवादीबीच तालमेलको औपचारिक घोषणा भइसकेकाले उनीहरुको मतलाई एकसाथ जोडिएको छ।

    नयाँ शक्तिले अधिकांश वडामा उम्मेदवारी दिएको थिएन। फोरमसँगको तालमेलमा नयाँ शक्तिका तर्फबाट काठमाडौं महानगरपालिका प्रमुखका उम्मेदवार पवित्र बज्राचार्यले प्राप्त गरेको करिब ६ हजार मत यस तथ्याङ्कमा जोडिएको छैन। महानगरको कुनै न कुनै वडा जिल्लाका १० मध्ये ९ वटा निर्वाचन क्षेत्रमा पर्छ।

    अर्कोतर्फ लोकतान्त्रिक गठबन्धनमा रहने भनिएका अन्य दलको राजधानीमा खासै प्रभाव नरहेकाले कांग्रेस र राप्रपाको मत मात्र जोडिएको छ।

    हेरौं, कुन क्षेत्रमा कसको अग्रता?

    निर्वाचन क्षेत्र नं. १ : (वाम गठबन्धन)

    काठमाडौंको निर्वाचन क्षेत्र नम्बर १ मा महानगरपालिकाको वडा नम्बर १०, ११, २९ र ३१ पर्छ। यो क्षेत्रलाई कांग्रेसको बलियो जनाधार भएको क्षेत्रका रुपमा लिइन्छ। यो कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहको निर्वाचन क्षेत्र हो।

    २०६४ को संविधानसभा निर्वाचनमा देश माओवादीमय भएका बेलासमेत प्रकाशमान यो क्षेत्रबाट निर्वाचित भएका थिए। २०७० मा पनि उनी भारी मतान्तरले विजयी भए।

    यद्यपि, गत वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतलाई हेर्ने हो भने यस क्षेत्रमा एमालेले कांग्रेलाई कडा टक्कर दिएको छ। कांग्रेस एमालेभन्दा थोरै मतले अघि देखिए पनि माओवादीको मत जोड्दा वाम गठबन्धन केही अगाडि जान्छ। तै पनि प्रकाशमान स्वयम् चुनावी मैदानमा उत्रिने भएकाले यो अंक गणितीय तथ्याङ्कले यस क्षेत्रमा कांग्रेसलाई खासै असर नपर्ने देखिन्छ।

    स्थानीय निर्वाचनमा कसको कति मत?

    एमाले – ८ हजार ७१४
    माओवादी – २ हजार २७४
    जम्मा : १० हजार ९८८

    कांग्रेस – ८ हजार ८४२
    राप्रपा – १ हजार ५४०
    जम्मा : १० हजार ३८२

    निर्वाचन क्षेत्र नं. २ : (वाम गठबन्धन)

    यो क्षेत्रमा काठमाडौं महानगरपालिकाको वडा नम्बर ९ र ३२, कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. ४, ५, ६, ७, ८ र ९ तथा शंखरापुर नगरपालिका पर्छ। यो वामपन्थी जनमत बलियो भएको क्षेत्र हो।

    २०६४ मा माओवादीका झक्कुप्रसाद सुवेदीले यस क्षेत्रबाट एमालेका तत्कालीन महासचिव माधव नेपाललाई पराजित गरेका थिए। तर, २०७० को निर्वाचनमा नेपाल निर्वाचित भए। उनले रौतहटबाट पनि चुनाव जितेकाले काठमाडौं २ छाडे। यहाँ उप-निर्वाचन भयो र कांग्रेसका दीपक कुइँकेल विजयी भए। कुइँकेल काठमाडौं २ का बहालवाला सांसद् हुन्।

    यसपटक पनि यो क्षेत्रमा एमालेबाट माधव नेपालकै नाम सिफारिस भएको छ। यहाँ माओवादीकोसमेत मत जोड्दा यहाँ वामपन्थी गठबन्धनकै वर्चस्व देखिन्छ।

    एमाले – १९ हजार १९६
    माओवादी ५ हजार ७३२
    जम्मा : २४ हजार ९२८

    कांग्रेस – १५ हजार
    ६२७ राप्रपा – ४ हजार ८५४
    जम्मा : २० हजार ४८१

    निर्वाचन क्षेत्र नं. ३ : (वाम गठबन्धन)

    काठमाडौं महानगरपालिकाको वडा नम्बर ६, कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर १, २ र ३ तथा गोकर्णेश्वर नगरपालिका मिलेर काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बनेको छ।

    यो क्षेत्रमा २०६४ मा कांग्रेसका चक्रबहादुर ठकुरी विजयी भएका थिए। त्यतिबेला उनले एमालेका रामेश्वर फुँयाललाई पराजित गरे। २०७० को निर्वाचनमा एमालेले बाजी मार्‍यो। रामेश्वर फुँयाल यस क्षेत्रका बहालवाला सांसद हुन्। यस क्षेत्रबाट एमालेले पार्टीका जिल्ला अध्यक्ष कृष्ण राईलाई उम्मेदवार बनाउने तयारी गरेको छ। कांग्रेसबाट सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेत, तरुण दलका जिल्ला अध्यक्ष कृष्णजी खड्का तथा बिपी संग्राहलय समितिका अध्यक्ष परशुराम पोखरेलको नाम सिफारिस भएको छ।

    स्थानीय तहको निर्वाचनको नतिजा हेर्ने हो भने यहाँ पनि वाम गठबन्धन केही अघि रहेको देखिन्छ।

    एमाले – १२ हजार ७०७
    माओवादी – ४ हजार ४५१
    जम्मा : १७ हजार १५८

    कांग्रेस – १४ हजार ३२४
    राप्रपा – १ हजार ४४१
    जम्मा :  १५ हजार ७६५

    निर्वाचन क्षेत्र नं. ४ : (वाम गठबन्धन)

    काठमाडौं महानगरपालिकाको वडा नं.  १, ७, ८ र ३० तथा बूढानीलकण्ठ नगरपालिकाको वडा नं. १, २, ८, ९, १०, ११, १२ र १३ यो क्षेत्रमा पर्छ।

    यहाँबाट कांग्रेसका चर्चित युवा नेता गगन थापा चुनाव लड्दै आएका छन्। उनले भारी मतान्तरले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई पराजित पनि गर्दै आएका छन्। यो क्षेत्रबाट यसपटक पनि गगन थापा मैदानमा उत्रिँदै छन्। एमालेबाट सांसद राजन भट्टराईको नाम सिफारिस भएको छ।

    स्थानीय तह निर्वाचनको नतिजा हेर्दा ठूलै अन्तरले वाम गठबन्धन अघि देखिए पनि गगन थापा मैदानमा उत्रिएपछि यसले खासै फरक नपर्न सक्छ। कांग्रेसका खाटी मतदाता मात्र होइन, गगनलाई मन पराउने जनमत बाहिर पनि ठूलै छ।

    एमाले – १७ हजार २३९
    माओवादी – ४ हजार ८७
    जम्मा : २१ हजार ३२६

    कांग्रेस – १४ हजार ७६
    राप्रपा – १ हजार ७७३
    जम्मा :  १५ हजार ८४९

    निर्वाचन क्षेत्र नं. ५ : (वाम गठबन्धन)

    यो क्षेत्रमा काठमाडौं महानगरपालिकाको वडा नम्बर २, ३, ४ र ५, बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ३, ४, ५, ६ र ७ तथा टोखा नगरपालिकाको वडा नम्बर २, ३, ४, ५, ६ र ७ पर्छ। यहाँबाट कांग्रेसका नरहरि आचार्यले चुनाव जित्दै आएका छन्।

    यद्यपि, यसपटक उनको नाम सिफारिसमा परेको छैन। अर्कोतर्फ एमालेले पार्टी महासचिव ईश्वर पोखरेललाई उम्मेदवार बनाउने तयारी गरेको छ।

    नरहरि मैदानमा नहुँदा पोखरेललाई चुनाव जित्न केही सहज हुने देखिन्छ। यस क्षेत्रमा स्थानीय तहमा प्राप्त मतले पनि वाम गठबन्धन नै अघि रहेको देखाउँछ।

    एमाले – १७ हजार ४५९
    माओवादी – ३ हजार २८४
    जम्मा : २० हजार ७३३

    कांग्रेस – १५ हजार ४६१
    राप्रपा – १ हजार ९१७
    जम्मा : १७ हजार ३७८

    निर्वाचन क्षेत्र नं. ६ : (वाम गठबन्धन)

    काठमाडौं महानगरपालिकाको वडा नम्बर २६, २७ र २८, तारकेश्वर नगरपालिकाको १, २, ६, ७, ८, ९, १० र ११ तथा टोखा नगरपालिका १, ८, ९, १० र ११ मिलेर यो क्षेत्र बनेको छ।

    २०६४ सालको संविधानसभा निर्वाचनमा यस क्षेत्रबाट तत्कालीन नेकपा माओवादीका हितमान शाक्य विजयी भएका थिए। २०७० मा शाक्य निर्वाचन बहिष्‍कारको पक्षमा रहे। त्यतिबेला कांग्रेसका भीमसेनदास प्रधानले बाजी मारे। उनले एमाले तथा माओवादीका युवा नेताद्वय योगेश भट्टराई र हिमाल शर्मालाई पराजित गरेका थिए।

    यसपटक यो क्षेत्रबाट कांग्रेसले रक्षामन्त्री तथा बहालवाला सांसद भीमसेनदास प्रधान वा जिल्ला सभापति सबुज बानियाँमध्ये एकलाई उम्मेदवार बनाउने चर्चा छ। बाम गठबन्धनबाट को उम्मेदवार बन्ने भन्ने निधो भइसकेको छैन। योगेश ताप्लेजुङबाट उम्मेदवार बन्ने तयारीमा रहेकाले यो क्षेत्र माओवादीको भागमा पर्न सक्छ। माओवादीको भागमा परेमा को उम्मेदवार बन्ने भन्ने पनि निश्चित छैन।

    स्थानीय तहमा प्राप्त मत हेर्ने हो भने वाम गठबन्धन कांग्रेस/राप्रपाभन्दा झण्डै ५ हजार मतले अघि देखिन्छ।

    एमाले – १४ हजार ९६५
    माओवादी – ४ हजार ५३०
    जम्मा : १९ हजार ४९५

    कांग्रेस – १३ हजार २८४
    राप्रपा – १ हजार ४२५
    जम्मा : १४ हजार ७०९

    निर्वाचन क्षेत्र नं. ७ : (वाम गठबन्धन)

    यस क्षेत्रमा काठमाडौं महानगरपालिकाको वडा नम्बर १६, १७, १८ र २५, नागार्जुन नगरपालिकाको वडा नम्बर १, २ र ३ तथा तारकेश्वर नगरपालिकाको वडा नम्बर ३, ४ र ५ समेटिएको छ।

    यस क्षेत्रबाट २०६४ मा तत्कालीन माओवादीकी हिसिला यमी तथा २०७० मा एमालेका रामवीर मानन्धर विजयी भएका थिए। अहिले दुवै एउटै गठबन्धनमा छन्। दुवैपटक वामपन्थी पृष्ठभूमिका उम्मेदवारले जितेको यो क्षेत्रमा यसपटक को उम्मेदवार बन्छ भन्ने टुंगो लागिसकेको छैन।

    स्थानीय तह निर्वाचनको मत परिणाम हेर्ने हो भने यहाँ वाम गठबन्धन नै अघि रहेको देख्न सकिन्छ।

    एमाले – १३ हजार ५३५
    माओवादी – ३ हजार ४७४
    जम्मा : १७ हजार ०९

    कांग्रेस – १२ हजार ६४५
    राप्रपा – २ हजार १४८
    जम्मा : १४ हजार ७९३

    निर्वाचन क्षेत्र नं. ८ : (वाम गठबन्धन)

    काठमाडौं महानगरपालिकाको वडा नम्बर १३, १५, १९, २०, २३ र २४ तथा नागार्जुन नगरपालिकाको वडा नम्बर ४ र ५ यो क्षेत्रमा पर्छ। यहाँबाट कांग्रेसका नवीन्द्रराज जोशीले चुनाव जित्दै आएका छन्।

    यसपटक पनि उनी नै उम्मेदवार बन्दै छन्। एमालेबाट जिल्ला सचिव कृष्णगोपाल श्रेष्ठ वा केन्द्रीय सदस्य जीवनराम श्रेष्ठमध्ये एक उम्मेदवार बन्ने सम्भावना छ। स्थानीय तह निर्वाचनको मत परिणाम हेर्ने हो भने यो क्षेत्रमा पनि वाम गठबन्धन केही अघि रहेको देख्न सकिन्छ।

    एमाले – १३ हजार ५८१
    माओवादी – २ हजार ८२८
    जम्मा : १६ हजार ४०९

    कांग्रेस – १० हजार ७२
    राप्रपा – ३ हजार १५६
    जम्मा : १३ हजार २२८

    निर्वाचन क्षेत्र नं. ९ : (वाम गठबन्धन)

    काठमाडौं क्षेत्र नम्बर ९ मा महानगरपालिकाको वडा नम्बर १२, १४, २१ र २२, चन्द्रागिरि नगरपालिकाको वडा नम्बर १, १२, १३, १४ र १५ तथा नागार्जुन ६, ७, ८, ९ र १० पर्दछ।

    यस क्षेत्रबाट संविधानसभाका दुवै निर्वाचनमा कांग्रेसका ध्यानगोविन्द रञ्जित विजयी भएका थिए। यसपटक पनि उनै रञ्जित र महासमिति सदस्य दामोदर गौतमको नाम कांग्रेसबाट चर्चामा छ। एमालेले ३ नम्बर प्रदेश कमिटी संयोजक अष्टलक्ष्मी शाक्य वा जिल्ला सचिव कृष्णगोपाल श्रेष्ठमध्ये १ लाई उम्मेदवार बनाउने सम्भावना छ। स्थानीय तह निर्वाचनको मतलाई हेर्ने हो भने यस क्षेत्रमा पनि वाम गठबन्धन झण्डै ५ हजार मतले अघि रहेको देख्न सकिन्छ।

    एमाले – १९ हजार १५८
    माओवादी – ४ हजार २२७
    जम्मा : २३ हजार ३८५

    कांग्रेस – १६ हजार ८६३
    राप्रपा – २ हजार १७
    जम्मा : १८ हजार ८८०

    निर्वाचन क्षेत्र नं. १० : वाम गठबन्धन 

    यो महानगरपालिका बाहिरको भू-भाग मात्र पर्ने काठमाडौंकै एक मात्र निर्वाचन क्षेत्र हो। यस क्षेत्रमा चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २, ३, ४, ५, ६, ७, ८, ९, १० र ११ तथा कीर्तिपुर र दक्षिणकाली नगरपालिका समेटिएको छ।

    २०६४ सालको निर्वाचनमा यस क्षेत्रबाट तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव जितेका थिए। २०७० मा प्रचण्ड यो क्षेत्रबाट कांग्रेसका राजन केसीसँग पराजित भए। केसी अहिले युवा तथा खेलकुदमन्त्री छन्। कांग्रेसबाट केसी नै यसपटक पनि उम्मेदवार बन्ने सम्भावना छ।

    गठबन्धनबाट को उम्मेदवार बन्ने भन्ने निधो भइसकेको छैन। स्थानीय चुनावको नतिजा हेर्ने हो भने काठमाडौंमा माओवादी केन्द्रले सबैभन्दा बढी मत प्राप्त गरेको यही क्षेत्र हो। यस क्षेत्रबाट एमालेभन्दा कांग्रेसले बढी मत ल्याए पनि माओवादीको मत जोड्दा कांग्रेस/राप्रपाभन्दा वामपन्थी गठबन्धन निकै अगाडि देख्न सकिन्छ।

    एमाले – १६ हजार ८८७
    माओवादी – ९ हजार ४५०
    जम्मा : २६ हजार ३३७

    कांग्रेस – १७ हजार १६७
    राप्रपा – २ हजार ३३३
    जम्मा : १९ हजार ५००

    काठमाडौं यस्तो ठाउँ हो जहाँ हमेसा जनमत तलमाथि भइराख्छ। माथिको तथ्याङ्क हेरेर सबै क्षेत्रमा वाम गठबन्धनले नै जित्छ भन्न सकिन्न।

    किनकी यहाँ कांग्रेसबाट जस्तोसुकै प्रतिकूल अवस्थामा पनि चुनाव जित्दै आएका नेताहरुसमेत मैदानमा छन्।

    यद्यपि, यसबाट के चाहिँ भन्न सकिन्छ भने, काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा यसपटक कडा प्रतिस्पर्धा हुनेवाला छ। काठमाडौं १ बाट प्रकाशमान, २ बाट माधव नेपाल र ४ बाट गगन थापाले समेत जितका लागि संघर्ष गर्नुपरे अचम्म नमान्दा हुन्छ। थाहाखबर

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.