Date
बिहि, असार ११, २०८३
Thu, June 25, 2026
Thursday, June 25, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

मदिरा सेवन गरेर हेटौंडाका मेयरले देउसेलाई तर्साउन राइफल देखाए !

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
कार्तिक ४, २०७४
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबोल महतले बिहीबार साँझ हेटौंडामा भैलो खेलिरहेको टोलीलाई बन्दुक देखाएर तर्साएका छन् । मदिरा सेवन गरेका मेयरले भैलो टोलीका सदस्यलाई कुटपिटसमेत गरेका छन् ।

    बिहीबार राति पौने १२ बजे हेटौंडाको सिँचाइ टोलमा देउसी भैलो खेलिरहेका स्थानीय समूहलाई मेयरले बन्दुक देखाएका हुन् ।

    सिँचाइ टोल महतको आफ्नै घर भएको टोल हो । स्थानीय राज्यकुमारी चौंलागाइँको घरमा भैलो खेलिरहेका करिब २५ जनाको समूहमाथि महतले बन्दुक देखाएका हुन् । घरधनी चौंलागाई आफैं पनि पूर्वप्रहरी हवल्दार हुन् ।

    गेटमा लात्तले हान्दै कम्पाउण्डभित्र छिर्न खोजेका मेयर महतले सुरुमा गेट खोल्न नसकेपछि गेटको प्वालबाट बन्दुकको नाल भित्र छिराएका थिए ।

    भित्र गएर पनि मेयर महतले ‘राइफल’ देखाएपछि भैलो खेल्नेहरुको भागाभाग भएको स्थानीयले बताए । महतले मादक पदार्थ सेवन गरेका कारण नै घटना भएको उनीहरुको आरोप छ ।

    घटनामा महतले १७ वर्षीय सुनिल राईलाई कुटपिट गर्दै देउसे टोलीले लगेका स्पीकरसमेत तोडफोड गरेको प्रत्यक्षदर्शीको भनाइ छ ।

    मेयर भन्छन्-मसँग बन्दुक छ, तर देखाएको होइन

    मेयर महतले अनलाइनखबरलाई प्रतिक्रिया दिँदै रातको १२ बजेसम्म देउसी खेलेको भन्दै आफूले सो समूहलाई सचेत गराएको बताए । ‘मसँग राज्यबाट लाइसेन्स लिएको बन्दुक छ, मेरो गाडीमा त्यो बन्दुक हुन्छ । सुरक्षाका लागि मैले बन्दुक बोक्छु’ महतले भने, ‘ तर, मैले प्रचार गरिएजस्तो बन्दुक देखाएको भने होइन ।’

    मेयर महतले घटनालाई राजनीतिकरण गरिएको आरोप लगाए ।

    महतले राति अबेरसम्म हो-हल्ला गरेकाले उनीहरुलाई सचेत गराइएको बताए । राति १० बजेपछि देउसी खेल्न नपाइने महतले बताए ।

    मेयर महतले बन्दूक देखाएको भनिएको घटनाबारे आफूले पनि सुनेको मकवानपुरका प्रहरी उपरीक्षक विकास खनालले बताए । तर, कसैले उजुरी नदिएकाले अनुसन्धान अघि नबढेको उनको भनाइ छ ।

    माफी माग्न स्थानीयको माग 

    स्थानीयले भने आफ्नै गाउँको घटना भएकाले प्रहरीसम्म नगएको भन्दै मेयरले आफूहरुसँग आएर माफी माग्नुपर्ने बताएका छन् ।

    तर, स्थानयीले भने घटनामा महतले गरेको दुब्र्याबहारको भिडियो आफुहरुसँग सुरक्षित रहेको भन्दै मेयरको भनाइको खण्डन गरेका छन् ।

    महतले देउसी खेलिरहेकाहरुलाई गालीगलौज गर्दै दुब्र्यबहार पनि गरेको स्थानीयले आरोप लगाएका छन् ।

    उनले घटना भएकोमा माफी माग्नुको साटो उल्टो विभिन्न व्यक्तिहरु पठाएर डर देखाइरहेको भन्दै आलोचना गरेका छन् ।
    देउसी खेल्ने टिममै रहेकी एक युवतीले आफ्नो फेसबुक वालमा लेखेकी छिन, ‘सदियौंदेखि चलीआएको मौलिक परम्परा र संस्कृति टिकाइराख्ने र जगेर्ना गर्ने हेतुले आफ्नो घरगाउँमा सांस्कृतिक कार्यक्रममा रमाइरहेका महिला समूहलाई गाली बेइज्जती, बालबालिकालाई कुटपिट साथै बन्दुक देखाई मार्ने धम्कीसमेत दिई उफर तोडफोड र गेटमा लातीले हानी तोडफोड गर्ने कार्य जनताबाटै चुनिएर उच्च अहोदामा रहेका व्यक्ति उपमहानगरपालिकाका मेयर हरिवोल महतले गर्नुभएको यस्तो निंदनीय कार्यलाई हजुरहरूले कुन रूपमा लिनुहुन्छ ?’ अनलाइखबरमा समाचार छ ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.