Date
बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026
Wednesday, April 29, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

‘उनकी कवितामें सबकुछ है’

विष्टका कविता हामीले बिताएको समयका साक्षी हुन्। उनका कवितामा समयप्रतिको तिव्र असन्तुष्टि पाइन्छ र विद्रोहका स्वरलाई आवाज दिन खोजेको शक्तिशाली आह्वान मिसिएको हुन्छ।

नेपाल रिडर्स नेपाल रिडर्स
कार्तिक १८, २०८०
- पुस्तक, साहित्य
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    खासमा केही छैन भने पनि हुन्छ पहाडमा
    जसको कुनै लेखकले एउटा निबन्ध लेख्न सकोस्
    जस्तो कि
    धेरै वर्ष लाहुर खाएर
    केही महिनाको छुट्टीमा घर फर्कँदा
    बातैपिच्छे भन्ने गर्छन् लाहुरेहरु–
    “साला पहाडमें क्या है”
    हो, केही छैन ‘साला’ पहाडमा केही छैन,
    तर जरुर केही छ पहाडमा जस्तो कि–
    नवजात शिशु मरेका आमाहरु झैं
    असासध्यै पीडामा आँसु बगाइरहेका
    नदीका केही मुहान छन्
    चटक्क माया मारेर हिँडे पनि नदीले
    अलिकति फोहोर पानी र केही भ्यागुताहरुको पसल थापेर
    कत्ति पनि हलचल नगरी चट्टान झैं जमेका केही पोखरी छन्
    एकैसात घर रुङ्दै र काल कुर्दै गरेका
    केही बूढाबूढी छन्
    अनुहार सकिएका केही पर्वत
    र यौवनमै ठहरै परेका केही वटवृक्ष छन्
    …..
    साला पहाडमें क्या है,

    ‘साला पहाडमें क्या है’ शिर्षकको कविता कृति नेपाली कविताको बजारमा पछिल्लोपटक आफ्नो स्थान बनाउँदै आएको र कवि मीनबहादुर विष्टका कालजयी कविताहरुको संगालो हो। तीसको दशकदेखि कविता कर्म गरिरहेका विष्टको यो पहिलो पुस्तकाकार कृति हो कविताको। मध्यपश्चिम पहाडको प्युठानमा जन्मे-हुर्केका विष्टका कवितामा नेपाली पहाडका गाउँघर, त्यहाँका मानिसहरुका आजिविका र संघर्षहरु, बुढी आमा र पुराना घर आँगनका दुःखका वास्नाहरु उनिएका हुन्छन्। त्यसो त उनी सानासाना बिम्ब र पात्रहरु मार्फत समग्र देशको कथा भनिरहेका हुन्छन्। संग्रहको शिर्ष कविता ‘साला पहाडमें क्या है’ वि.सं. २०४० अर्थात ठ्याक्कै ४० वर्ष अघि लेखिएको कविता पढ्न बस्दा लाग्छ – आजका प्रत्येक नेपाली परिवारको कथा भनिरहेछन् कवि, कतै कुनै गाउँबाट फर्कदा गाउँ पस्ने र निस्कने दुइतर्फी ग्रिन लाइट बालेर बसेको भञ्ज्याङको चौतारीमा सुस्केरा हालेर।

    असमयमा गुमेकी छोरीलाई सम्झेर कविले गाएको बिरह गीतसहित ६४ वटा कविता संग्रहित पुस्तकमा समेटिएका सबै कविता कविका आत्मा चिमोटिएर निस्केका सुस्केरा जस्ता छन्। जहाँ देशको या माटोको माया छ। राजनीतिक नेतृत्वका अनुत्तरदायी मनमौजी शासनका कारण दुःख पाइरहेका आम मासिका कथा कहानी छन्। आक्रोश छ, विद्रोह छ र केही मुठ्ठी कोर्राहरु छन् सत्ताधारीहरुमाथि वर्षाउन कविले मुठ्याएर बसेका।

    धर्म, संस्कृति, इतिहास, मन्दिर मस्जिद र गिर्जाघर, गीता बाइबल र कुरान कसैले पनि बचाउन नसकेकी अर्थात धर्म, संस्कृति र इतिहासबाट बलात्कृत देशको चित्र यसरी उतारेका छन् उनले कवितामा

    एउटा राष्ट्र थियो, ग्लोबमा
    मानचित्रमा एउटा सहर पनि थियो
    एउटा देवल थियो, चोकमा
    एउटा गिर्जाघर पनि थियो
    एउटा मस्जिद थियो
    गीता थियो, बाइबल थियो, कुरान पनि थियो।

    विज्ञान थियो, संस्कृति थियो
    त्यसमाथि एउटा लास थियो
    लास, एउटी मृत आमाको थियो
    त्यसमाथि चढेर एउटा जीवित दुधे बालक
    मृत आमाका दुधका लाम्टाहरु चुसिरहेको थियो।

    (–मौन, मात्र मौन, बिलकुल मौन)

    कवि विष्ट गोपाल प्रसाद रिमाल र भूपी शेरचनकै निरन्तरता जस्ता लाग्छन्। आफ्ना छिमलका अरु कतिपय कविजस्तै अव्बल उनका कविता हामीले बिताएको समयका साक्षी हुन्। उनका कवितामा समयप्रतिको तिव्र असन्तुष्टि पाइन्छ र विद्रोहका स्वरलाई आवाज दिन खोजेको शक्तिशाली आह्वान मिसिएको हुन्छ।

    र उनका कविता पढ्दा किन कहिल्यै सन्तुष्टिको आवाज सुनिन्न ? उनले देखेको गाउँको विद्यालय उस्तै छ कि बदलियो धेरै हदसम्म? नयाँ युगमा प्रवेश गरेको देश उनको काव्य यात्राको झण्डै चार दशकपछि लेखिएको भएपनि उस्तै असन्तोष किन छ उनको कवितामा? नेपाल पटक्कै नबदलिएको हो? आम रुपमा यस्तै सुनिन्छ निराशाको उच्छवास मानिसहरुमा। लाहुर जानेहरु उस्तै छन्। एकैसाथ घर रुङ्दै र काल कुर्दै गरेका केही बूढाबूढी अहिले झन थपिएका छन्।

    शब्दहरुको गोलाबारी बर्साए जस्तो गरी
    घरीघरी भनिएको छ
    यो देश नयाँ युगमा प्रवेश गरेको छ
    र म खोजीरहेछु नयाँ युगमा प्रवेश गरेको देश

    बढी नै निराशावादी जस्ता लागे पनि समग्रमा समयवोध र इतिहासवोधका कविता हुन विष्टको संग्रहमा संग्रहित। उनको विश्वविद्यालय सम्बन्धी कवितामा कलापक्ष कमजोर र राजनीतिक अभिव्यक्ति बढी देखिएको छ। बाँकी कविता कला चेत र समय चेतले समृद्ध छन्। पठनीय र संग्रहणीय छन्। कविताका भाव कविले बुझेजस्तै पाठकले बुझ्न आवश्यक पर्छ भन्ने कुनै वाध्यता हुँदैन। त्यस्तै कविता हरेक पाठकले आफ्नो चेतना र बुझाइ अनुरुप वाचन गर्ने/पढ्ने र अर्थ्याउने विषय हो। कविलाई आफ्नो कृतिका लागि बधाई। कविता संग्रह प्रकाशन गरेर हाम्रो हातसम्म लाने किताब प्रकाशनलाई धन्यवाद।

    तस्बिर साभार: कान्तिपुर।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      कस्तो अर्थतन्त्र कस्ता नीतिः हरि रोकाको वैकल्पिक प्रस्ताव

      कस्तो अर्थतन्त्र कस्ता नीतिः हरि रोकाको वैकल्पिक प्रस्ताव

      नेपाल रिडर्स
      मंसिर ६, २०८१

      हरि रोका यो समयका सबैभन्दा सक्रिय मध्येका एकजना सार्वजनिक वौद्धिक व्यक्तित्व हुन्। उनलाई पाठकहरुले तिस वर्षअघिदेखि पढ्दै आएका छन्। यस...

      क्रमिक विकासको सिद्धान्त बुझाउने इतिहासअघिको इतिहास

      क्रमिक विकासको सिद्धान्त बुझाउने इतिहासअघिको इतिहास

      झलक सुवेदी
      भदौ १, २०८१

      मानवशास्त्री सुरेश ढकालको पुस्तक इतिहासअघिको इतिहास सार्वजनिक भएदेखि नै मानवशास्त्रका विद्यार्थीहरुको वृत्तभन्दा बाहिर पनि चर्चा र चासोको विषय बनेको छ।...

      एउटा प्राध्यापकको जीवन भोगाइ, कृष्ण पोखरेलसँग पुस्तक वार्ता

      एउटा प्राध्यापकको जीवन भोगाइ, कृष्ण पोखरेलसँग पुस्तक वार्ता

      नेपाल रिडर्स
      असार १६, २०८१

      प्राध्यापक कृष्ण पोखरेलको आत्मवृत्तान्त ‘फर्केर हेर्दा’ पुस्तक सार्वजनिक भएको छ। यसै पुस्तकमा केन्द्रित रहेर प्राध्यापक पोखरेलसँग झलक सुवेदीले गरेको कुराकानी...

      प्रविणको अकथ्य हाम्रा वरपरका कथ्यहरु

      प्रविणको अकथ्य हाम्रा वरपरका कथ्यहरु

      झलक सुवेदी
      जेष्ठ २९, २०८१

      प्रविण खतिवडा सुनेर बिर्सदै गएको या बिर्संदै गरेर फेरि सम्झनुपर्ने नाम हो मेरा लागि। आजकल एकाधपटक सुनेका नाम या भेटेका...

      जो लुट्छ देश मेरो त्यै बन्छ राष्ट्र नेता, सच्चा इमानी मान्छे रेटिन्छ छानी-छानी (गजल)

      जो लुट्छ देश मेरो त्यै बन्छ राष्ट्र नेता, सच्चा इमानी मान्छे रेटिन्छ छानी-छानी (गजल)

      दिपकराज घिमिरे
      जेष्ठ २६, २०८१

      जे माग्छ देश मेरो त्यो ल्याउनै छ बाँकी यौटा नयाँ बिहानी झुल्काउनै छ बाँकी फाँडेर झाडी वन्को काँडे बुट्ट्यान मास्दै...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.