Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
Friday, May 1, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कमलरी अभियन्ता उर्मिला चौधरीलाई अन्तर्राष्ट्रिय अवार्ड

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
जेष्ठ ५, २०७५
- समाचार
A A
0
  •  share
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

     कमलरी अभियन्ता उर्मिला चौधरीले अन्तर्राष्ट्रिय अवार्ड पाएकी छन् । नेदरल्यान्ड्सका पूर्वरानी बिट्रिक्स र राजा विलियम एलेक्सन्डरले उर्मिलालाई ‘लउरियट फ्रिडम फ्रम फेयर अवार्ड २०१८’बाट सम्मानित गरेका हुन् ।

    प्रत्येक दुई वर्षमा प्रदान गरिने यो अवार्ड मानव अधिकारको क्षेत्रमा निर्भिकरूपमा काम गर्नेहरुलाई प्रदान गरिन्छ । यसअघि विश्वका मलाला युसफजई, आङ साङ सुकी, हुसेन इब्राहिम सलेह अल, ग्रहेथ जोह्न इभानजस्ता व्यक्तिले यो अवार्ड पाइसकेका छन् ।

    उर्मिलालाई थारु समुदायको कमलरी प्रथा उन्मुलनमा योगदान पु¥याएको भन्दै यो अवार्ड दिइएको हो । ‘कमलरी प्रथा अन्त्य र उनीहरुले पढ्न पाउनुपर्ने अधिकारको लागि उनले खेलेको भूमिका र प्रतिबद्धतालाई कदर गर्दै यो अवार्ड दिइएको हो,’ वेवसाइटमा उल्लेख छ ।

    उर्मिलाले यो अवार्ड १३ हजार मुक्त कमलरीहरुप्रति समर्पित गरेकी छन् । ‘यो अवार्डबारे धेरै थाहा थिएन, नेदरल्याण्ड्स आएपछि बल्ल यो कस्तो अवार्ड रहेछ भन्ने थाहा पाएँ,’ उर्मिलाले फोनमार्फत् नागरिकसँग भने, ‘अवार्ड समारोह देखेर म नतमस्तक भएँ, जहाँ नदेरल्यान्ड्सका रोयल फेमिली, प्रधानमन्त्री, मन्त्रीहरु र उच्च ओहोदाका व्यक्तिहरु सहभागी भएको पाएँ । मैले यो अवार्ड मुक्त १३ हजार कमलरीहरुप्रति समर्पित गर्न चाहन्छु ।’

    मिडलवर्गमा आयोजित अवार्ड समारोहमा पूर्वरानी बिट्रिक्सले उर्मिलाको कुरा सुनेर रुन बाध्य बनाएको बताइन् । उनले गहभरीको आँशु पुछ्दै भनिन्, ‘म तिम्रो देशलाई ताली बजाएर सम्मान गर्न चाहन्छु, जसले तिमीजस्तो महान व्यक्तिलाई जन्म दिएको छ । जसले विश्व परिवर्तन गर्ने आकांक्षा बोक्न सक्छ ।’उनको यो कुरा सुनेर उर्मिला शब्दविहीन बनेकी थिइन् ।

    समारोहमा राजा विलियम एलेक्सन्डरले छोरी मान्छेहरुले भोग्नुपर्ने कहाली लाग्दो घटनाप्रति दुःख व्यक्त गरे । ‘विश्वका धेरै छोरी मान्छेहरु छन्, जो यस्तो कहाली लाग्दो घटनाको सामना गर्छन्, त्यसका बावजुद पनि तिमीले लिएको अठोटप्रति म सम्मान गर्दै मेरो देशमा स्वागत गर्न चाहन्छु,’ विलियमले भने ।

    उक्त अवार्ड समारोहमा उर्मिलाबारे वृत्तचित्र देखाइएको थियो । उनले सम्बोधनको क्रममा आफू कमलरी रहँदा भोगेका घटनाहरुबारे बताएकी थिइन् । उर्मिलाको यो पाँचौं अन्तर्राष्ट्रिय अवार्ड हो । यसअघि उनले राष्ट्रसंघको युथ करेज अवार्ड फर एजुकेशन, इन्टरनेशनल ह्युमन राइट्स अवार्ड जर्मनी पाएकी थिइन् ।

    उर्मिलाबारे एक दर्जन वृत्तचित्रसमेत बनेको छ । उनीबारे बनाइएको ‘उर्मिला’नामक वृत्तचित्रले गतवर्ष किम्फमा पहिलो पुरस्कार जितेको थियो । उर्मिलाको जीवनीबारे जर्मन भाषामा किताब पनि प्रकाशन भएको छ ।

    को हुन् उर्मिला ?

    उर्मिलाको जन्म दाङको गढवा–६ मानपुरमा विसं २०४८ मा भएको हो । उनका बुबा गाउँकै जमिनदारको घरमा कमैया बस्थे र आमा पनि त्यहीँ सँगै काम गर्थिन् । उनको परिवार जमिनदारका घरमा बन्धकी नै थिए भन्दा पनि फरक पर्दैन । उनीहरूले काम गरेबापत न ज्याला पाउँथे, न महिनावारी तलब नै । उनका बुबाले साँझबिहानको खाना पाउँथे, आमाले निःशुल्क काम गरिदिन्थिन् । बुबाले पाएको भात घरमा ल्याएर छोराछोरीलाई खुवाउँथिन् । कहीलेकाहीँ खान नपाएर आमाबुबा नुन र मार खाएको त कहीलेकाहीँ भोकै सुतेको उर्मिलाले देखेकी छिन् । आमाबुबाले ल्याएको खानेकुरा खाएर उनीहरूको ९ जनाको परिवार पालिएको थियो ।

    खाने मुख बढ्दै गएपछि उनका बुबाले छोरालाई ज्याला मजदुरी र छोरीलाई कमलरी पठाउने निर्णय गरे । उर्मिला उनकै दिदी बसेको साहुको छोरीको घरमा दाइजोस्वरूप कमलरी बसिन् । त्यतिबेला उनी ६ वर्षकी थिइन् । पढाइदिने र बच्चा हेर्ने भनेर उनलाई काठमाडौं लगिएको थियो । तर काठमाडौं आएपछि उर्मिलालाई आफूभन्दा ठूला केटाकेटीलाई हेर्ने जिम्मा दिइयो । ती केटाकेटीको झोला बोकेर स्कुल पठाउन र लिन जान्थिन् । पढ्छु भन्दा ‘तँलाई काम गर्न ल्याएको, खुरुक्क काम गर किन पढ्नुपर्यो’ भन्दै हकार्थे । उनी त्यहाँ ७ वर्ष बसिन् ।

    विसं २०५७ साउन २ गते सरकारले मुक्त कमैया घोषणा गरेका थियो । त्यही घोषणाले थारुहरुमा कमलरीहरु पनि मुक्त हुनुपर्छ भन्ने अभियान चलाए । आन्दोलन गर्न थाले । विसं २०६३ सालमा उर्मिला पनि मुक्त भइन् । मुक्त भएर दाङ जाँदा उनको मनमा दुई कुरामात्र खेलिह्यो । एउटा पढ्नुपर्ने र अर्को आफूजस्तै कमलरीविरुद्ध आवाज उठाउने । उनी दुवै अभियानलाई सँगसँगै लगिरहे । अन्ततः सरकारले विसं २०७० असार १३ गते कमलरी मुक्तिको घोषणा गरेको थियो ।

    यी २७ वर्षीय उर्मिला अहिले स्नातक पढ्छन् । मुक्त कमलरीहरुको साझा संगठन मुक्त कमलरी विकास मञ्चका उनी सहसंस्थाक पनि हुन् । त्यही संस्थामार्फत् उनी कमलरी अभियन्ताको रुपमा काम गर्छिन् । उनीहरुलाई निशुल्क शिक्षाका लागि रातदिन खट्छिन् । उनको चाहना छ, वकिल बन्ने । वकिल बनेर उनी त्यस्तै बालबालिकाका लागि काम गर्न चाहन्छिन् । नागरिक दैनिकबाट

    •  share
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.