Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
Friday, May 1, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कश्मीर तनाव – भारतले संवेदनशील क्षेत्रमा यसरी खटाउँछ गोर्खा फौजलाई

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
भदौ १२, २०७६
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    भारतले तीन साताअघि जम्मू-कश्मीरलाई दिइएको विशेषाधिकार हटाउने निर्णय गरेसँगै भारत-पाकिस्तान सीमा क्षेत्रको नियन्त्रणरेखा आसपासमा दोहोरो गोली हानाहानका घटना हुने गरेका छन्।त्यस्तै गोली हानाहानमा परेर गएको तीन सातामा भारतीय सेनामा कार्यरत दुई गोर्खा सैनिकहरूले ज्यान गुमाइसकेको खबर आएको छ।

    समाचार एजेन्सी एएनआईका अनुसार ज्यान गुमाउनेमा उत्तराखण्डको देहरादूनका लेस नायक सन्दीप थापा र पश्चिम बङ्गालको जलपाइगुडीका नायक राजीव थापा छन्। उनीहरूको मृत्युलाई भारतीय सेनाको नर्दन कमान्डले पनि ट्विटरमार्फत् पुष्टि गरेको छ।

    भारतले तीन साताअघि जम्मू-कश्मीरलाई दिइएको विशेषाधिकार हटाउने निर्णय गरेसँगै भारत-पाकिस्तान सीमा क्षेत्रको नियन्त्रणरेखा आसपासमा दोहोरो गोली हानाहानका घटना हुने गरेका छन्।त्यस्तै गोली हानाहानमा परेर गएको तीन सातामा भारतीय सेनामा कार्यरत दुई गोर्खा सैनिकहरूले ज्यान गुमाइसकेको खबर आएको छ।

    समाचार एजेन्सी एएनआईका अनुसार ज्यान गुमाउनेमा उत्तराखण्डको देहरादूनका लेस नायक सन्दीप थापा र पश्चिम बङ्गालको जलपाइगुडीका नायक राजीव थापा छन्।उनीहरूको मृत्युलाई भारतीय सेनाको नर्दन कमान्डले पनि ट्विटरमार्फत् पुष्टि गरेको छ।

    दुवै जना जम्मू-कश्मीरको रजौँरी जिल्लास्थित नौवसेरा सेक्टरमा खटाइएको बताइएको थियो।भारत र पाकिस्तानबीचको तनाव कम हुन नसकिरहेका बेला कतिपयले भारतले संवेदनशील क्षेत्रमा नेपाली नागरिकहरू समेत रहेको गोर्खा राइफल्सलाई अग्रपङ्क्तिमा लड्न पठाउने गरेको भन्दै चिन्ता व्यक्त गर्ने गरेका छन्। धनबहादुर थापासँग भारतीय सेनामा गोर्खा फौजलाई कसरी खटाइन्छ भन्नेबारे कुराकानी गरेका छन्।

    भारतीय सेनाको कुमाउँ रेजिमेन्टमा ३४ वर्ष काम गरेका अवकाशप्राप्त कर्नेल धनबहादुर थापाको धारणा

    भारतीय सेनाको कुमाउँ रेजिमेन्टमा ३४ वर्ष काम गरेका अवकाशप्राप्त कर्नेल धनबहादुर थापा

    हामीलाई गोर्खाहरूको मृत्यु भएकोमा चिन्ता लाग्नु स्वाभाविक हो। तर संवेदनशील क्षेत्रमा खटिएका अन्य सैनिकहरूको पनि मृत्यु भइरहेको हुन्छ। संवेदनशील ठाउँ भनेको द्वन्द्वग्रस्त क्षेत्र हो। नेपालमा धेरैले त्यस्ता क्षेत्रमा गोर्खालाई मात्रै खटाउँछ भन्ने ठानिन्छ। त्यो बिल्कुलै सही हैन। खासमा हाम्रो मानसिकता नै कस्तो छ भने भारतको विरोध गर्ने नाममा यस्ता कुराहरू उठ्ने गर्छन्। त्यो यथार्थको नजिक हुँदैन। जम्मू-कश्मीर मात्र होइन अन्य क्षेत्रमा पनि गोर्खा र अन्यको भूमिकामा कुनै तरिकाले भिन्न छैन।

    भिन्नता
    अरू रेजिमेन्ट र गोर्खा रेजिमेन्टमा खासै केही फरक हुँदैन।भारतीय सेनामा धेरै रेजिमेन्टहरू छन्। जस्तैस् गोर्खा, बिहार, कुमाउँ, गढवाल, मद्रास आदि।यी सबै रेजिमेन्टमा कार्यरत सेनाहरू संवेदनशील क्षेत्र र सीमा क्षेत्रमा जानैपर्छ।जसरी सीमा क्षेत्रमा जानुपर्छ त्यस्तै उनीहरू शान्ति क्षेत्रमा पनि आउनुपर्छ।लडाइँ भयो भन्दैमा गोर्खालाई अघि सार्ने भन्ने हुँदैन। त्यसबेला लडाइँ हुने क्षेत्रमा जुन रेजिमेन्ट खटिएको हुन्छ उसैको पहिलो जिम्मेवारी हुन्छ।

    हरेक रेजिमेन्टको आफ्नो-आफ्नो पालो आउँछ।करिब दुईरअढाइ वर्ष शान्तिपूर्ण क्षेत्रमा बसेपछि संवेदनशील क्षेत्रमा खटिनुपर्ने पालो पर्छ। त्यहाँ पनि त्यस्तै दुईरअढाइ वर्ष बस्नुपर्ने हुन्छ।शान्तिपूर्ण क्षेत्रलाई सैन्य भाषामा ‘पीश स्टेशन’ अनि संवेदनशील क्षेत्रलाई ‘फील्ड’ भनिन्छ।

    आलोपालो
    त्यस्ता ‘फील्ड’हरूलाई पनि विभिन्न वर्गमा वर्गीकरण गरिएको छ। त्यसैका आधारमा सेनालाई आलोपालो खटाउने गरिन्छ।अहिलेको अवस्थामा जम्मू-कश्मीर सबैभन्दा बढी संवेदनशील क्षेत्र हो।त्यहाँ बढी खतरा हुन्छ। तर त्यसो भन्दैमा त्यहाँ गोर्खालाई मात्र खटाइएको छ भन्ने होइन।कतिपयले नेपालीहरू पहाडमा बसोबास गर्ने भएकाले कश्मीरमा गोर्खालाई खटाइएको हो पनि भनिरहेका छन्।

    यो पनि एकदमै गलत धारणा हो। पहाडी हुँदैमा कसैलाई खटाउने र मैदानको हुँदैमा कसैलाई नखटाउने भन्ने हुँदैन।त्यसको उदाहरण त कारगिल युद्ध नै छ नि! त्यहाँ ‘१/११(जीआरुले मात्र युद्ध लडेको होइन।

    विरोध हुन्छ
    कारगिलमा नागा, बिहार र मद्रास रेजिमेन्टले पनि लडेका थिए। गोर्खालीलाई मात्र खटाउने भए उनीहरू कसरी त्यहाँ युद्धमा पुगे त?अरूले भने जस्तो पहाडी क्षेत्रमा गोर्खालाई मात्र पठाउन थालियो भने त भारतीय सेनामा कार्यरत अरूले त्यसको विरोध गरिहाल्छन् नि१!

    फेरि भारतीय सेनामा गोर्खा मात्र पनि छैनन्। भारतीय सेनामा हाल करिब ५० हजार गोर्खा कार्यरत छन्।त्यसमा ६० प्रतिशत नेपाली नागरिक र ४० प्रतिशत जति भारतीय नागरिक भइसकेका नेपालीभाषी छन्।हल्ला भएजस्तो विभेद भारतीय सेनामा छैन। हामीले उस्तै तलब, राशन र अन्य सुविधा पाएर काम गरिरहेका छौँ। खटाउने क्रममा पनि विभेद हुँदैन।

    गोर्खा भर्तीबारे राय
    अहिले नेपालमा गोर्खा भर्ती बन्द गर्नुपर्छ भन्ने बहस पनि चलेको छ।म आफैँमा पनि राष्ट्रियताको भावना छ। म पनि गोर्खा भर्ती कायम राख्नुपर्छ भन्ने पक्षमा छैन। तर के अहिले भारतीय सेनामा कार्यरत ४० हजार नेपाली स्वदेश फर्कँदा उनीहरूले उस्तै काम पाउँछन्र’

    अनि विदेशमा काम गर्ने नेपालीले पठाउने पैसाको भरमा चलेको अर्थतन्त्रमा कस्तो असर पर्छरु त्यसबारे पनि विचार गर्नुपर्छ। ‘खासमा स्वदेशमा नै रोजगारीको व्यवस्था भए बाहिर जाने अवस्था आउँदैन। त्यो अवस्था सिर्जना गर्ने काम हामीले नगरी त्यत्तिकै विरोध गर्नु मात्र उपयुक्त होइन। बीबीसी नेपाली सेवा

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.