Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

भारतीय अर्थतन्त्र सुस्त हुँदा नेपालमा पर्न सक्ने ५ गम्भीर असर

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
भदौ १८, २०७६
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    केही महिनाअघिसम्म पनि भारतको अर्थतन्त्र विश्वमै तीव्र दरले बढिरहेको ठूलो अर्थतन्त्र थियो। नरेन्द्र मोदी नेतृत्वको सरकारले अर्थतन्त्रमा लिएका गम्भीर निर्णयहरूलाई कतिपयले आर्थिक सुधारमा फड्को भनिरहेका थिए। प्रचलनमा रहेका ८५ प्रतिशत नगदलाई एकै झट्कामा अवैध घोषणा गर्नेदेखि लिएर देशभर एकैनासको वस्तु तथा सेवा कर लागु गर्नेसम्ममा निर्णयले अर्थतन्त्रमा सकारात्मक सुधार ल्याउने मानिएको थियो। तर अचानक केही सातादेखि दिल्लीबाट अर्थतन्त्रका खराब सूचकहरू सार्वजनिक हुन थालेका छन्।

    कस्तो सुस्ती?
    सातरआठ प्रतिशतमा कुदिरहेको अर्थतन्त्रको गति पछिल्लो त्रैमासिकमा पाँच प्रतिशतमा झरेको छ। गाडीदेखि लिएर दैनिक उपभोगका सामानको विक्री घटेका विवरण आएका छन्। गाडी उद्योगमा प्रत्यक्ष तथा अप्रत्यक्ष करिब १० लाखले रोजगारी गुमाउन सक्ने भनिएको छ।

    अमेरिकी अर्थशास्त्री एलन ग्रीनस्पानले अर्थतन्त्र सुस्त हुँदा पुरुषहरूको भित्री पोशाकको विक्री घट्ने गरेको भनेर एक मापदण्ड विकास गरेका थिए।त्यो मापदण्ड अनुसार पनि अहिले भारतको अर्थतन्त्र समस्यामा परेको देखिने त्यहाँका अर्थविद्हरूले बताएका छन्। गत साता भारतीय सरकारले उसको केन्द्रीय ब्याङ्क रिजर्भ ब्याङ्क अफ इण्डियासँग रहेको सञ्चित कोषबाट करिब २८ खर्ब रुपैयाँ बराबरको पैसा लियो।

    राजनीतिमा दक्षिणी छिमेकीको प्रभावलाई लक्षित गर्दै चर्चित बनेको ‘दिल्लीमा पानी पर्दा काठमाण्डूमा छाता ओढ्नुपर्छ’ भन्ने भनाइ अर्थतन्त्रमा झनै सान्दर्भिक हुनसक्छ।नेपालको अर्थतन्त्र छिमेकी भारतसँग धेरै तह र अर्थमा जेलिएको छ। भारतीय अर्थतन्त्र सुस्त हुँदा अर्थशास्त्रीहरूका अनुसार नेपालका पाँचवटा क्षेत्रमा सबभन्दा गम्भीर असर पर्न सक्छ।

    १. मुद्रा – अवमूल्यनको भार
    नेपालको मुद्रा स्थिर विनिमय प्रणाली बमोजिम भारतीय रुपैयाँसँग जोडिएको छ। अर्थात् भारु बढे नेपाली रुपैयाँ पनि बढ्छ, घटे घट्छ। भारु अवमूल्यन भएकै कारण अहिले नेपाली रुपैयाँ डलरसँग कमजोर भइरहेको छ।दुई वर्षअगाडि एक अमेरिकी डलर बराबर १०२ नेपाली रुपैयाँ थियो भने अहिले त्यो ११४ पुगिसकेको छ।

    अर्थविद् डा विश्वम्भर प्याकुर्‍याल भन्छन्स् ‘जुन हिसाबको सुस्ती भारतमा आइपरेको छ, त्यो जारी रहे भारु अझ कमजोर हुनेछ। सँगसँगै नेपाली मुद्राको पनि अवमूल्यन हुनेछ।’भारु कमजोर बने एक डलर बराबर १२० नेपाली रुपैयाँ पुग्न धेरै समय नलाग्ने कैयौँको डर छ। आयातमा निर्भर नेपालको निम्ति यो निकै कष्टकर कुरा हो।

    २. आयातरनिर्यात – दोहोरो असर
    नेपालले आयात गर्ने कुल परिमाणको लगभग दुई तिहाइ अनि नेपालबाट निर्यात हुने कुल परिमाणको पनि दुई तिहाइ भारतसँगै हुन्छ।अघिल्लो आर्थिक वर्षमा नेपालले गरेको कुल अन्तर्राष्ट्रिय व्यापारको परिमाण १५ खर्ब रुपैयाँ थियो।

    त्यसमध्ये झन्डै १० खर्ब रुपैयाँको व्यापार भारतसँग भएको नेपाल राष्ट्र ब्याङ्कको प्रतिवेदनले देखाउँछ।’हामी कच्चा पदार्थदेखि लिएर हरेक किसिमका सामान भारतबाटै ल्याउँछौँ,’ अर्थविद् प्याकुर्‍यालले बताए।’त्यहाँ ती सामान विस्तारै महँगो हुने देखिन्छ। त्यसको सोझो असर हामीलाई पर्छ।’अर्कोतर्फ भारतमा सुस्ती आएपछि त्यहाँ उपभोग्य सामानको माग घट्न सक्छ।’नेपालले निर्यात गर्ने सामानको दुई तिहाइ भारतमै हो। त्यहाँ माग सुस्त हुनासाथ हामीलाई असर पर्छ,’अर्थविद् केशव आचार्यले बताए।’साथै ती सामानको कच्चा पदार्थपनि महँगो हुन सक्छ। अर्थात् हाम्रा निर्यातको उत्पादन लागत बढ्न सक्छ।’

    आयात-निर्यातमा पर्ने यस्तो दोहोरो असरले अहिले नै झन्डै एक वर्षको बजेट बराबर १३ खर्ब रुपैयाँ व्यापार घाटा बेहोरिरहेको नेपाललाई आउने दिनमा चुनौती थपिनेछ।

    ३’.श्रम – बजारमा उथलपुथल
    लाखौँ नेपाली भारतमा काम गर्छन्। लाखौँ भारतीय नेपालमा काम गर्छन्।भारतीय अर्थतन्त्रमा आउने उतारचढावको यो श्रम बजारमा सोझो असर पर्न सक्छ।आचार्य भन्छन्स् ‘भारतमा तीन-चार महिना अगाडि भएको रोजगारीको सर्वेक्षणमा बेरोजगारीको दर एकदमै उच्च देखियो।’

    ‘अब आर्थिक सुस्तता भन्ने बित्तिकै त्यहाँ बेरोजगारी झन् बढ्छ र कतिपय भारतीय कामको खोजीमा यता आउन सक्छन्। उनीहरूले सस्तोमा काम गरिदिँदा यहाँको बजारमा असर परिहाल्छ।’भारतमै माग कम भइदिँदा त्यहाँ नेपालीको निम्ति रोजगारीको अवसर घट्ने सम्भावना पनि उत्तिकै रहन्छ।

    ४. लगानी – उत्साह र विश्वासमा खडेरी
    नेपालमा विदेशी लगानीको ठूलो हिस्सा भारतीयकै छ।जलविद्युतदेखि लिएर उत्पादनमूलक क्षेत्रमा भारतीय लगानी उल्लेख्य छ। त्यसमाथि आगामी दिनमा भारतीय लगानी झन् धेरै ल्याउने सरकारको नीति नै छ।

    तर भारतमा अहिले विदेशी लगानीकर्ताहरूले विश्वास गुमाएर पैसा फिर्ता लग्ने प्रवृत्ति बढेको देखिन्छ। स्वदेशी लगानीकर्तापनि उत्साहित छैनन्।लगानी मुख्यगरी विश्वासमा आधारित हुने गर्छ।

    त्यो विश्वास भारतीय बजारमा धरमराउनुको अर्थ अब ती लगानीकर्ताले नेपालमा पनि आगामी दिनमा लगानीको योजना बनाउने सम्भावना घट्दै जानु हुनसक्छ।साथसाथै अर्थतन्त्र सुस्त हुँदा आम भारतीयको विश्वास पनि डगमगाउन सक्छ। उनीहरूले फुरमाइस खर्च कम गर्दा विदेशमा जाने उनीहरूको सङ्ख्या कम हुन सक्छ।अर्को वर्ष २० लाख पर्यटक भित्र्याउने आशमा बसेको नेपाललाई त्यसले धक्का दिन सक्छ।

    ५. आर्थिक वृद्धिदर
    यसअघि पनि आर्थिक कारोबार, वृद्धि र महँगी दर सबैमा भारतीय प्रभाव देखिएका हुन्।’समग्रमा भारतको आर्थिक वृद्धिसँग नेपालको आर्थिक वृद्धिको सोझो सम्बन्ध रहँदै आएको पाइन्छ। त्यसैले त्यहाँ सुस्तता आयो भने हामी सतर्क हुनुपर्छ,’ प्याकुर्‍यालको भनाइ छ।

    यसपालीको बजेटमा नेपालले आठ प्रतिशतको वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ।’छिमेकमा सुस्ती आउँदा त्यो लक्ष्य पनि प्रभावित हुनसक्छ। हाम्रो आर्थिक वृद्धि भयो भने पनि त्यसको लागत बढ्न सक्छ। त्यसले धेरै महँगी बढाउन सक्छ,’आचार्यले बताए।

    दुवै अर्थविद्ले आउने दिनमा नेपालका नीतिनिर्माताहरू- खासगरी राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय तथा राष्ट्र ब्याङ्कले  भारतको अर्थतन्त्रबारे चनाखो भइ त्यसका असरबाट जोगिने उपाय खोज्न सुझाव दिएका छन्।बीबीसी

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.