एउटा राष्ट्रका रुपमा नेपालको व्याख्या कसरी गर्ने ? यो प्रश्न बेलाबेलामा उठ्ने गरेको छ। बौद्धिक तथा प्राज्ञिक दायरामा भन्दा राजनीतिक उद्देश्यहरुसँग गाँसिएर आउँदा यस विषय गरिने दावीहरुको प्रामाणिक हैसियत कमजोर हुन जाने गरेको छ। नेपालका विभिन्न जातीय-जनजातीय वा क्षेत्रीय समुदायलार्ई नै राष्ट्रका रुपमा र नेपाललाई बहुराष्ट्रिय राज्यका रुपमा व्याख्या गर्ने प्रवृत्ति एकातिर छ भने अर्कोतिर नेपालको इतिहास पृथ्वीनारायणबाट मात्रै आरम्भ हुन्छ जस्तो गरी अर्थात् शाह वंश र नेपालको इतिहासलाई पर्यायवाचीजस्तो गरी बुझ्ने र व्याख्या गर्ने प्रवृत्ति छ। यी दुवैभन्दा अलग एउटा प्रवृत्ति पनि छ जसअनुसार नेपाल हजारौँ वर्षसम्म विभिन्न जाति-जनजातिहरुको साझेदारीले बनेको एउटा राष्ट्र हो।
७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु
नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...










