Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
Saturday, May 2, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

एनआरएनए कस्तो हुनुपर्थ्यो,कस्तो भयो ?

नेपाल रिडर्स नेपाल रिडर्स
अशोज २८, २०७६
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    यही असोज २८-३० मा गैरआवासीय नेपाली संघ(एनआरएन)को  नवौं गैरआवाशीय विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन हुँदैछ। यसै अवशर पारेर संसारभर छरिएर रहेका गैरआवाशीय नेपालीहरु नेपालको राजधानी काठमाडौंमा भेला हुने क्रममा छन्। केही वर्षयता गैरआवासीय नेपाली संघ(एनआरएन)को राजनीति निकै ग्ल्यामरस बन्दै गइरहेको छ। यसले औसत राजनीतिको असरलाई अंगीकार गर्नु सामान्य कुरा होला। तथापि, अब कम्तीमा नेपाल र नेपाली माझ एनआरएनएको राजनीतिबारे दृष्टिकोण निर्माण गर्नु आवश्यक देखिन्छ। तिनीहरुले संसारमा नेपाल र नेपालीहरुबारे के संचार गरिरहेका छन् र नेपालबाहिरको दुनियाँका बारे नेपाली जनताहरुलाई के जानकारी र सन्देश दिइरहेकाछन्। तीबारे अब खुलेर बहश चलाउनु पर्ने भएकोछ ताकि यस्ता क्रियाशील संघ, संगठनहरुको वैचारिक पक्षबारे उदासीनता बिल्कुल वाञ्छनीय विषय हुनसक्दैन।

    नेपालमा केही हुन्न !
    पछिल्लो समयमा आम नेपाली युवाहरुमा ‘नेपालमा केही हुन्न, विदेश जानुपर्छ’ भन्ने कथन व्याप्त बनिरहेको छ। चाहे ती केही पढेका र विद्यार्थी भिसामा अमेरिका, युरोप वा पश्चिमा देश जानेहरु होउन् वा अरब, कतारमा जानेहरु होउन्। यसमा पनि विशेषगरी पश्चिमा मुलुक जानेहरुमा आफ्नो देशप्रति वितृष्णा र नैराश्यताको घनत्व अनि विश्वको तथाकथित “स्वर्ग” अमेरिका र युरोपप्रतिको आकर्षणको घनत्व अझ बढी देखिन्छ। यो एउटा डरलाग्दो वैचारिक क्षयको द्योतक हो। जसमा एनआरएनएको भूमिका यस्तो कथनलाई सघन बनाउनमा  कतै सहयाेगी त बनेको छैन ? त्यसबारे छलफल चलाउन केही घटनाहरु यँहा उल्लेख गरौं‌।

    घटना–१
    हालै प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरमा उपचार चलिरहँदा एनआरएएनका अध्यक्ष भवन भट्ट प्रधानमन्त्रीलाई भेट्न जाने क्रममा सिंगापुर जाने प्लेनबाट रक्सी खाएर अभद्र व्यवहार गरेर निकालिएको भन्ने समाचार आयो। एक नजरबाट हेर्दा यो सामान्य कुरा हुनसक्छ, तर अर्को नजरबाट हेर्दा एनआरएएनको सबैभन्दा ठूलो क्षयको द्योतक उक्त घटना हो। अनि उनीहरु भन्छन्– नेपालमा बसेर केही हुन्न।

    घटना–२

    नेकपाका महासचिव नै ठगिएको बालुवाटार जग्गाकाण्डको किर्ते जग्गा खरिदमा एनआरएनएको संलग्नता रहेको समाचार केही पहिले आएको थियो र अहिले यस महाअधिवेशनमा पनि त्यो विषय उठान  भइरहेछ। यस घटनाले के देखाउँछ भने त्यो जग्गा किन्न दलालकँहा एनआरएएन कसरी पुग्यो र कसले खरीद गर्‍यो । यस प्रश्नको सही जवाफ आएमा वालुवाटार जग्गा काण्डको केही पर्दाफास समेत हुन्छ। तर नेपालमा सुशासन छैन भन्ने एनआरएएन नै वस्तुतः नेपालका केही नेता र प्रशासकहरुसँग पहुँच निर्माण गरेर आफ्नो गतिविधि सञ्चालन गर्न उद्यत भएकाले यसको जवाफ आउने छैन्। अनि उनीहरु भन्छन्– नेपालमा बसेर केही हुन्न।

    घटना–३ 

    नेपालका हरेक ठूला आर्थिक तथा नीतिगत भ्रष्टाचारहरुमा चाहे एनशेल लाभकर छलीकाण्डमा होस् वा अवैध विदेशी मुद्रा अपचलन र सुनको तस्करीमा समेत एनआरएनएका केही प्रभावशालीहरु प्रत्यक्ष तथा अप्रत्यक्ष स‌लग्न देखिएकाछन्।

    एनआरएनएको विभिन्न देश, गौंडाका संगठनका सम्मेलन, अधिवेशनहरुमा हात हालाहाल, कुटाकुट, समानान्तर कमिटी गठन र विवादहरुको समाचार पनि आइरहन्छन्। अनि उनीहरु फेरि भन्छन्– नेपालमा बसेर केही हुन्न।

    जबकि, जहाँ नेपालमा बसेर केही नहुने, कतै गएर केही हुने कथनको उत्पादन कस्तो वैचारिक क्षयको द्योतक हो भन्ने बुझ्न भने उनीहरु असमर्थ छन् र एनआरएएन मार्फत राजनीति गरिरहन्छन्।

    एनआरएनएभित्रको वैचारिक संकट

    एनआरएनएले पश्चीमाहरुको वैभवबारे बताउँछन्, तर तिनीहरुको वैभवताको उत्पत्ति कसरी भयो कतिपयले खोज गरेका पनि छैनन् होला। तर जानकारहरुले पनि ती पक्षहरुबारे सन्दर्भमा नराखी हाम्रो पछौटेपनलाई र अविकासलाई  धिक्कार्ने गरेको पाइन्छ। हाम्रो मुलुकको अविकासलाई नेपालमा हाम्रो राजनीतिक प्रणााली र नेता तथा अशिक्षित जनताहरुको गैरजिम्मेवारपनको द्योतकका रुपमा बुझ्ने र बुझाउने एनआरएनएभित्र ठूलो जमात देखिन्छ।

    विश्व मानव समाजको इतिहासमा युरोपको उपनिवेशले विश्वको कति भूभाग र कति मानवीय श्रोत दोहन र शोषण गरेर, अमेरिकाले कति कालाहरुमाथि दमन र शोषण गरेर आजको वैभव र व्यवस्था निर्माण गर्‍यो र तिनीहरु कसरी आज विश्वको स्वप्न शहरको रुपमा आफूलाई प्रचारित गरिरहेका छन् ? अरब, कतारहरु कुन सन्दर्भ र अवस्थामा हाम्रो श्रम किन्न सक्ने भए ? भन्ने बुझ्न नसक्ने जमात तयार गर्न नसक्नु आजको एनआरएनएको सबैभन्दा ठूलो वैचारिक संकट हो।

    आप्रवासीहरुको इतिहास लामो छ। त्यसमा विशेष गरी अफ्रिकाका काला जाति माथिको दास बनाएर विभिन्न उत्पादनको क्षेत्रमा उनीहरुको श्रमको दोहन र शोषणलाई एउटा विशिष्ट कालखण्डको रुपमा लिन सकिन्छ। उक्त समय मान्छेले मान्छेलाई नै प्रत्यक्ष सिक्रीले बाँधेर, दास बनाएर उत्पादनको लागि विभिन्न क्षेत्रमा ओसारपसार र खरिदबिक्री गरिन्थ्यो भने अहिलेको पुँजीवादी दुनियाँमा मूलतः वेतनभोगी लालसाले लतारेर मान्छेहरुको ओसारपसार गरिरहेको छ। किनकि, आजको पुँजीवादले जे–जे माल उत्पादन गरिरहेको छ र त्यसलाई बिक्री र उपभोग गराइ नाफा कमाउन जे–जस्ता प्रयत्न र प्रचार गरिरहेछ त्यसलाई स्थानीय श्रम र उत्पादनले थेग्न नसक्ने बनाइदिएको छ। र, मान्छेहरुलाई भोगको लालसा पैदा गरिदिएर भोगपूर्तिका लागि संसारका कुनाकुनामा वेतनभोगी बनाएर भौतारिन बाध्य बनाइरहेको छ। र यहीं सन्दर्भमा जन्मिएको छ– एनआरएनए।

    तसर्थ, भन्न सकिन्छ, एनआरएनए यो व्यवस्थाको एक कलपूर्जा सिवाय केही हैन, जसले विश्व पुँजीवादको दुश्चक्रले उत्पादन गरेको भूमरीबाट मान्छेलाई निकाल्ने हैन, जाक्ने कडीको निर्माण गरिरहेको छ।  अन्तत: यस्ता महाधिवेशन पश्चीमाको गौरव बढाउने र प्रतिभा पलायनका लागि प्रेरणा दिने सन्देश प्रसार गर्ने भेलामा नै सीमित हुनेगरेकाछन्।

    एनआरएनए कस्तो हुनुपर्थ्यो तर कस्तो भयो ?

    एनआरएनएको पदाधिकारीमा अरब, कतारको ५४ डिग्रीको घाममा पसिना चुहाएर किड्नी फेल गराउँदै आफ्नो छोराछोरी, परिवारको सपनाको खातिर आफैंलाई पलपल मारिरहेको श्रमजीवी मान्छे निर्वाचित भएको तथ्य कति छ ? यस्ता श्रमजीवीहरु, जसको सपना रेमिटान्स पठाएर परिवारको/देशको आजीविकाको लागि रगत र पसिना चुहाइरहेको, यसरी पसिना चुहाउँदा चुहाउँदै मृत्युवरण गरेर बाकसमा प्याक भएर फर्किरहेको लास र उसको सपना, जिम्मेवारीको हित र रक्षामा एनआरएनए कृयाशील भएको देखिदैन। यो यूरोप र अमेरिकामा रहेकाहरुको कब्जामा छ र खाडी मुलुकमा रहेकाहरु कोटाका रुपमा थापना गराइएकाछन्। किनकी उम्मेद्वारी दरखास्त शुल्क नै तिनीहरुले बुझाउनै सक्दैनन्।

    एनआरएनए नेपाली विस्तारित राष्ट्रियताको संवाहक हुनु पर्थ्यो। यसले नेपाल र नेपालको गौरवको बारेमा संचार गर्नुपर्थ्यो। तर,  पश्चीमा मुलुकमा पुगेका गैरआवाशीयको पकडमा रहेकाे एनआरएनएले मुलुकमा कुनै उद्योगको त के कुरा युवामा उद्यमको भावना पनि जगाउन सकेको छैन।  मुलुकमा पुगेका गैरआवाशीयको देशको रेमिटान्समा उल्लेखनीय योगदान रहेको छैन, बरु यो जमात मुलुकमा बाउबाजेले आर्जेको सिरिखुरी बेचेर अमेरिका, अष्ट्रेलिया, क्यानडा आदिमा पीआर र फ्ल्याट खरिद गर्नेमा अग्रपङ्तिमा देखिएकोछ।

    एनआरएनए, वस्तुतः देशभित्र एक पावर ब्रोकर संस्थाको रुपमा स्थापित हुँदै गइरहेको देखिन्छ । यसका केही अगुवाहरुले देशका ठूला आयोजना आफ्ना हातमा पार्ने र नीतिनिर्माण तहमा आफ्ना मीत, दिदीबहिनी, जुवाँइ र नातागोतालाई नियुक्ति गरेका कैयन उहाहरण छन्।

    यी केही घटना र प्रवृत्तिहरुले नै एनआरएनएको अर्थ–राजनीतिक दृष्टिकोण नियाल्ने बाटो बनाउँछ। तर एनआरएनएको अर्थ–राजनीतिक दृष्टिकोण निर्माण गर्न निकै ढिलो भइरहेको देखिन्छ। किनकि, एनआरएनएको मूल ध्येय विदेशिएका नेपालीहरुलाई ‘संगठित’ गर्ने र उनीहरुको ‘हकहित’को पक्षमा काम गर्ने आदि रहेको भनिएको छ। तथापि, संगठन र हकहित आदिको विचार पक्षबारे प्रष्ट हुन सकिएन भने यसले नेपाली जनमानस, विशेषगरी युवा शक्तिमाथि भ्रमपूर्ण अवस्था सिर्जना गरिरहने थलोको रुपमा स्थापित हुनेछ। यसबारे सजग रहनु, बहस गर्नु अनि रुपान्तरण गर्नु वाञ्छनीय हुनेछ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.