Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

‘नेपाली मूलका विदेशी नागरिकका व्यवहारबाट आजित भएका छौँ’ – त्रिभुवन विमानस्थलका अध्यागमन प्रमुख

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
अशोज २९, २०७६
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन डेस्क तोडफोड गरेको आरोप लागेका एकजना नेपाली मूलका अस्ट्रेलियाली नागरिकलाई ५० हजार रुपैयाँ जरिवाना गराइएको अध्यागमन विभागले जनाएको छ। उनलाई साथ दिएका अन्य चार नेपाली मूलका अस्ट्रेलियाली नागरिकमध्ये एक जनालाई २५ हजार रुपैयाँ र बाँकी तीन जनालाई कागज गराएर छोडिएको अध्यागमन विभागका निर्देशक रामचन्द्र तिवारीले बताए।

    गएको आइतवार क्याथी ड्रयागन एअरलाइन्सको विमानबाट आएका उनीहरूले अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीमाथि अपशब्द बोलेको र सम्झाउन खोज्दा समेत अभद्र व्यवहार गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यलयले बताएको थियो।विमानस्थलमा गैरआवसीय नेपालीका लागि अलग्गै अध्यागमन डेस्कको व्यवस्था गरिएको छ।गैरआवसीय नेपाली सङ्घले कानुन उल्लङ्घनलाई आफूले साथ नदिने बताउँदै यस बारेमा आधिकारिक जानकारी नभएको बताएको छ।

    पछिल्लो विवाद के हो?

    गएको आइतवार क्याथी ड्र्यागन एअरलाइन्सबाट आएका नेपाली मूलका अस्ट्रेलियाली नागरिक रमेशकुमार थापासहित पाँच जनाले कर्मचारीहरूमाथि दुर्व्यवहार गरेका विवरण आएका छन्।अध्यागमन डेस्कको सिसा फुटाइदिएको आरोपमा थापालाई पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत दीर्घनारायण पौडेलले बताए।

    ‘एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई उक्साउने र अपशब्द प्रयोग गर्ने अन्य चार जनाको राहदानी नियन्त्रणमा लिएर कारबाही गर्न विभागलाई लेखेर पठाएका छौँ।’ एउटा विज्ञप्ति जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागले नेपाली मूलका विदेशी नागरिकहरूबाट पटकपटक आफ्ना कर्मचारीहरूलाई अभद्र व्यवहार गरिएको भन्दै त्यस्तो व्यवहार नगर्न सार्वजनिक अनुरोध गरेको छ।पौडेलले भने, ‘उहाँहरूमध्ये कतिपयले आफूलाई उच्च दर्जाको नागरिक ठान्ने र यहाँ काम गर्ने हामीहरूलाई तल्लो दर्जाका नागरिकलाई ठान्ने गरेको महसुस गरेका छौँ।’ ‘हाम्रा कर्मचारीहरूलाई निम्न स्तरको शब्दहरू प्रयोग गर्ने खालको पाइएको छ। हामी पहिलेका नेपाली हौँ, त्यही भएर अध्यागमनको प्रक्रिया पूरा पनि गर्नु पर्दैन जस्तो गर्नुहुन्छ।’

    विमानस्थलमा रहेको गैरआवसीय नेपालीको डेस्कले परिचयपत्रवाहक नेपाली मूलका विदेशी नागरिकहरूलाई अध्यागमन सुविधा उपलब्ध गराउने गरेको छ।

    तर परिचयपत्र नभएका नेपालीहरूले भने विदेशीसरह सरकारले निर्धारण गरेको दस्तुर बुझाएर मात्र नेपालको प्रवेशाज्ञा लिनुपर्ने व्यवस्था छ। पौडेल भन्छन्, ‘उहाँहरूले लाइनमा नै नबसी पहिल्यै गर्दिनुपर्‍यो भन्ने खालको व्यवहार गर्नुहुन्छ।’ ‘थुप्रै पटक मुख छाड्ने र दुर्व्यवहार समेत गर्ने गर्नुभएकाले हामी आजित भएका छौँ।’ ‘हामीले नेपाली मूलका विदेशी नागरिकको व्यवहार पाच्य छैन भनेर मन्त्रालयको सचिव र अध्यागमन विभागका महानिर्देशकलाई पनि जानकारी गराएका छौँ।’

    ‘आधिकारिक जानकारी छैन’

    गैरआवसीय नेपाली सङ्घका प्रवक्ता भूषण घिमिरेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा भएको भनिएको पछिल्लो घटनाबारे आधिकारिक रूपमा आफूहरूले कुनै जानकारी नपाएको बताए।

    उनले भने, ‘कुनैपनि कानुनको उल्लङ्घनलाई हामी साथ दिँदैनौँ। जुनसुकै देशमा हुँदा त्यहाँको कानुनको पालना गरिनुपर्छ।”पछिल्लो घटनाबारे संस्थालाई आधिकारीक रूपमा केही जानकारी छैन।’तर सङ्घका अर्का एक पदाधिकारीले विमानस्थलको अध्यागमन डेस्कमा भएको उक्त घटनामा जोडिएका व्यक्तिहरू महाधिवेशन प्रतिनिधिहरू भएको पुष्टि गरेका छन्।

    कसरी आउलान् २० लाख पर्यटक

    ती पदाधिकारी भन्छन्,’महाधिवेशनमा भाग लिन ‍तीन हजार प्रतिनिधिहरू आएका छन्।”अहिले आरोप लगाइएका व्यक्तिहरूले अध्यागमनका कर्मचारीबाट आफूहरूले दुर्व्यवहार खेप्नुपरेको बताएका छन्। हामी यसबारे बुझ्दैछौँ।’

    गएको भदौमा सङ्घका अध्यक्ष भवन भट्टलाई मदिरा सेवन गरी सिङ्गापुर जाने जहाजभित्र अपशब्द बोलेको आरोपमा विमानबाट निकालिएको थियो।अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन डेस्कमा सदैव कर्मचारी नहुने जस्ता समस्या पनि देखिने गरेका विवरणहरू आउने गरेका छन्।

    पर्याप्त कर्मचारिको अभावका कारण पर्यटकहरूले लामो समय लाम लाग्न बाध्य भएका विवरणहरू आएका थिए।तर प्रमुख अध्यागमन अधिकृत पौडेलले गैरआवसीय नेपालीसँग जोडिएका विवादमा कर्मचारी कारण नभई नेपाली मूलका विदेशी नागरिकको अहमका कारण भएको बताएका छन्। बीबीसी न्यूज नेपाली

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.