Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
Saturday, May 2, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

एक वर्षभित्र यी सडकले जोड्दैछन् नेपालबाट चीन र भारतलाई

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
कार्तिक १६, २०७६
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    केही साताअघि चीनका राष्ट्रपति सी जिन्पिङले नेपाल भ्रमण दुई देशबीच भएका समझदारीपछि नेपाल हुँदै भारत र चीनलाई जोड्ने सडकबारे चर्चा हुन थालेको छ।राष्ट्रपति सीको दुईदिने राजकीय भ्रमण सकिएपछि नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको संयुक्त विज्ञप्तिमा कोशी, गण्डकी र कर्णाली कोरिडोर निर्माणमा चीनको प्रतिबद्धता दोहोर्‍याइएको छ।

    अहिले कालीगण्डकी कोरिडोरबाहेक अन्यत्रका मार्गमा नेपालले आफ्नै लगानीमा निर्माणकार्य अघि बढाइरहेको छ। तर यो विज्ञप्तिपश्चात् उत्तर-दक्षिण जोड्ने अन्य सडकमा पनि चीनको आर्थिक सहभागिता हुने देखिएको छ। चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिशटिभु (बीआरआई) अन्तर्गत बन्दरगाह, सडक, रेल, हवाईसेवाजस्ता माध्यमबाट हिमालयवारिपारि सम्पर्क सञ्जाल विस्तार गर्ने उद्देश्य राखिएको छ।

    सडकको अवस्था
    नेपालले बीआरआई परियोजनामा सहभागी हुने हस्ताक्षर गरिसकेको छ। यसमा समावेश गरिने योजनामा यी तीनवटै सडक पर्ने अधिकारीहरू बताउँछन्।कोशी, कालीगण्डकी र कर्णाली कोरिडोरहरूका अधिकांश स्थानमा विगतकै सडकहरूलाई स्तरोन्नति गरिने बताइएको छ।

    त्यस्तै कतिपय स्थानमा थप सडक निर्माण गरेर सञ्जाल विस्तार गर्ने लक्ष्य राखिएको छ।ती सडकहरूको चौडाइ दुई लेनको बनाउने पनि सरकारी योजना छ।

    कोशी कोरिडोर
    कोशी कोरिडोर सडकको लम्बाइ ३४० किलोमिटर छ। यो मोरङको नेपाल-भारत सीमानाका जोगबनीदेखि धरान, धनकुटा, तेह्रथुम, सङ्खुवासभाको सदरमुकाम खाँदबारी हुँदै चिनियाँ सीमानाका किमाथाङ्कासम्म जोडिन्छ।

    हाल उक्त सडकको १४ किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको सडक विभागअन्तर्गतको उत्तर-दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालयका प्रमुख शिव नेपालले बताए।उनका अनुसार उक्त क्षेत्रमा चट्टानी भूभाग रहेकाले ट्र्याक खोल्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय भइसकेको छ।त्यसबाहेक अन्य क्षेत्रमा सडकलाई फराकिलो बनाउन आवश्यक छ।

    कर्णाली कोरिडोर
    नेपाल हुँदै भारत र चीनलाई जोड्ने भनिएका तीनवटा कोरिडोरमध्ये यो सबैभन्दा लामो छ।यो कोरिडोरमा निर्माण हुने सडकको लम्बाइ ६८२ किलोमिटर हुनेछ।यो सडक बाँकेको जमुनाहदेखी सुर्खेत, कालीकोट, हुम्लाको सिमीकोट हुँदै हिल्सासम्म जोडिनेछ।

    प्रदेश सरकारले पनि उच्च महत्त्व दिएको उक्त सडकको अझै २२ किलोमिटर ट्र्याक खोल्न बाँकी छ।बाँकी ट्र्याक खोल्न केही भागमा नेपाली सेनाले र केही भागमा सडक विभागले काम गरिरहेको बताइएको छ।

    समस्या
    उत्तर-दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालयका प्रमुख शिव नेपाल भन्छन्, ‘हाल निरन्तर काम भइरहेको छ। सम्भवतस् यो आर्थिक वर्षको अन्त्यसम्म तीनवटै सडक सञ्जालको ट्र्याक खोलिसक्छौँ। त्यो सम्भव भएन भने आगामी वर्ष दशैँसम्म सबै ट्र्याक खोल्ने लक्ष्य छ।’

    नेपाल हुँदै भारत र चीनलाई जोड्ने यी तीन सडक सञ्जाललाई व्यापारिक मार्गका रूपमा प्रयोग गर्न सकिने भन्दै राष्ट्रिय गौरवका योजनाका रूपमा राखिएको छ।ट्र्याक खोल्नका लागि बजेटको अभाव नभएको आयोजनाले जनाएको छ।तर हिमाली क्षेत्र र जटिल भूभागमा काम गर्नु पर्ने नभएकाले थुप्रै समस्या झेल्नु परेको आयोजना प्रमुख नेपालले बताए।

    उनले भने, उच्च हिमाली क्षेत्र भएकाले भौगोलिक र मौसमका हिसाबले काम गर्ने मानिसहरू बस्न मान्दैनन्। त्यहाँ लगिएका कामदारहरूलाई टिकाउनै गाह्रो छ।’उनले गत वर्षसम्म विस्फोटक पदार्थले अभावले पनि समस्या सिर्जना गरेको बताए।

    अहिले भने त्यस्तो समस्या नरहेको उनले जानकारी दिए।उनले निर्माण व्यवसायीहरूको क्षमता अभावका कारण पनि समस्या उत्पन्न भएको बताए।पनि समस्या उत्पन्न भएको बताए। बीबीसी

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.