Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नेपालका रैथाने बाली

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
कार्तिक २२, २०७६
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    तोयानाथ जोशी । विश्वमा करिब तीन हजारभन्दा बढी बाली बिरुवाका प्रजातिहरू मानव उपभोगका लागि योग्य मानिन्छन् । जसमध्ये दस जातका अन्न, दलहन र तेलका बीउमात्र हाल खेती गरिएको पाइन्छ भने बाँकी जङ्गली अवस्थामा वा रैथाने र परम्परागत बालीका रूपमा छन् । रैथाने बाली भन्नाले बालीका त्यस्ता प्रजाति हुन्– जुन पञ्जीकरण वा व्यवसायीकरण नगरिएको भन्ने बुझिन्छ । सामान्यतया रैथाने प्रजातिहरू अन्य फसल प्रजातिजस्तै हुन् । तर, यिनको कृषि आनुवांशिक स्रोतहरू बाली प्रजनन अनुसन्धान र विकासका लागि मूल्यवान् ठानिन्छन् ।

    रैथाने बाली सामाजिक तथा आर्थिक मूल्य बोकेका बालीहरू हुन्, जुन मानव भोजन र पशुबस्तुको चारा तथा आहाराका साथै औषधिजन्य प्रयोजनका लागि समेत प्रयोग गरिन्छन् । खाद्य तथा पोषण सुरक्षा र बाली विविधीकरणका लागि पनि रैथाने बाली महत्वपूर्ण मानिन्छन् । रैथाने बाली विभिन्न रोग र कीरा तथा प्रतिकूल मौसमजस्तै– सुख्खा, खडेरी, अनावृष्टि तथा अतिवृष्टि सहन सक्ने विशेषता बोकेका हुन्छन्, जुन गुणहरू बाली प्रजनन तथा सुधारका लागि महत्वपूर्ण मानिन्छन् । यसका साथै, देशका विकट भेगमा खाद्य तथा पोषण सुरक्षाका लागि वरदान साबित छन् ।

    रैथाने बाली कुनै ठाउँविशेषको स्थानीय हावापानीमा पाइन्छ । नेपालका प्रमुख रैथाने बालीमा छिर्केमिर्के सिमी, मिठे र तितेफापर, भागो, नेपाले भट्ट, सेतो भट्ट, मार्सीधान, पोखरेली जेठो बुढो, घैयाधान, जोरायल बासमती, दर्माली, गुडुरा, गौरिया, फुला उठ्ने साना दाना भएको मकै पर्छन् । नेपालको उच्च तथा मध्यभेगीय जिल्लाहरू मुगु, कालीकोट, हुम्ला, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, डोटी, पर्वत, गोरखा, रामेछाप, काभ्रे तथा दोलखालगायतका जिल्लामा रैथाने बाली छन् । यी जिल्लामा मुख्य गरी कोदो, फापर, चिनो, कागुनो, उवा, जौ, लट्टेजस्ता रैथाने बाली पाइन्छन् ।

    धान जातिका रैथाने बालीहरू देशको तराई भेगदेखि उच्च हिमाली क्षेत्रमा पाइन्छन् । कृषि विकास मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा करिब तीन लाख ५० हजार हेक्टर क्षेत्रफलमा कोदो, फापर, चिनो, कागुनो, उवा, जौ, लट्टेलगायतका रैथाने बालीको खेती गरिएको पाइन्छ । नेपालको उच्च तथा मध्यपहाडी भेगमा किसानले परम्परागत रूपमा रैथाने बालीको खेती गर्छन् । उक्त क्षेत्रका किसानका खाद्य तथा पोषण सुरक्षामा महत्वपूर्ण भूमिका छ ।

    नेपालमा पछिल्लो समय विभिन्न बालीहरूको नयाँ जातको विकास र विस्तार तथा रैथाने बालीको व्यवसायीकरणभन्दा आयातीत बालीको खेतीमा बढी जोड दिएसँगै देशमै रहेका रैथाने बालीहरू भने लोपोन्मुख अवस्थामा छन् । केही समयअघि भारतलगायत अन्य मुलुकबाट खाद्यान्नलगायतका वस्तुहरू आयात नहुने भएकाले पनि किसानहरू यो बालीको उब्जानीलाई विशेष प्राथमिकतामा राखी उत्पादन गर्ने गर्दथे । तर, हाल खाद्यान्नको सहज आयातले कृषकहरू रैथाने बाली लगाउनुभन्दा आयात गरिएको खाद्यान्नले आवश्यक दैनिक खाद्य परिपूर्ति गरिरहेका छन् ।

    रेथाने बालीहरू कृषि विकास तथा व्यवसायीकरणको प्राथमिकतामा नपर्दा नेपालको आनुवांशिक स्रोत नै हराएर जाने तथा देशका विकट क्षेत्रमा खाद्य तथा पोषण सुरक्षा झन् जटिल बन्ने खतरा पैदा भएको छ । नेपालमा पहिलोपटक सन् १९६० को दशकमा उन्नत जातको बीउ भित्रिएको पाइन्छ । वर्णशङ्कर (हाइब्रिड) बीउ १९९० तिर भित्रिएको विश्वास गरिन्छ । एक अध्ययनअनुसार नेपालमा पछिल्लो समय उन्नत जातको बीउ र वर्णशङ्कर (हाइब्रिड) बीउ विकास र विस्तारसँगै रैथाने बालीहरू लोप हुँदै गइरहेको छ । हाल अधिकांश रैथाने बालीहरू लोपोन्मुख अवस्थामा पुगिसकेका छन् भने आधाभन्दा बढी रैथाने बीउ मासिसकेको नेपाल कृषि अनुसन्धान परिषद्को अध्ययनले देखाएको छ ।

    कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्याङ्कअनुसार हाल नेपालको धानमा १० प्रतिशत, गहुँमा ५ प्रतिशत, मकैमा १५ प्रतिशत, तरकारी बालीमा १५ प्रतिशतजति मात्रै रैथाने बीउमार्फत खेती भइरहेको छ । केही वर्ष अगाडि नेपालको विभिन्न भू–भागमा ५० प्रजातिका धानबाली पाइने गरेका थिए । हाल चार–पाँचवटा मात्र रैथाने धानबालीका जातहरू रहेको राष्ट्रिय कृषि आनुवांशिक स्रोत केन्द्र (जिन ब्याङ्क) ले जनाएको छ । हाइब्रिडको बीउले धानमात्रै होइन, मकै, गहुँजस्ता अन्नबाली, तरकारी, फलफूल एवम् दलहन र तेलहन बालीका रैथाने बालीसमेत मासिँदै गइरहेका छन् । यद्यपि, कोदो, फापर, चिनो, कागुनो, उवा, जौजस्ता अनाजमा भने धेरैजसो स्थानीय बीउ नै प्रयोग भइरहेको अवस्था छ । जुन रैथाने बाली संरक्षणमा सकारात्मक पाटो मान्न सकिन्छ ।

    विश्व खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले गएको २०औँ शताब्दीमा मात्र विश्वको बाली विविधतामा पूर्ति गर्नै नसकिनेगरी करिब ७५ प्रतिशत बाली नाश भइसकेको उल्लेख छ । नेपालमै पनि ५० प्रतिशतभन्दा बढी रैथाने जातका बाली नाश भइसकेको हुन सक्ने नेपाल कृषि अनुसन्धान परिषद्को आँकलन छ । यद्यपि, विभिन्न बालीका केही रैथाने जात अझै नेपाली माटोमा बाँकी रहेको पाइन्छन् ।

    स्थानीय हावापानी अनुकूलका, रोग, कीरा सहने बाली मासिँदै जानु खाद्य सुरक्षाका लागि मात्र होइन, जैविक विविधताकै दृष्टिले चिन्ताजनक मानिन्छ । नेपालमा कृषि विकासको चौधौँ योजनादेखि रैथाने बालीहरूको प्रवद्र्धन गरी तत्स्थानमा खाद्य तथा पोषण सुरक्षामा टेवा पुर्‍याउने लक्ष्य लिएको छ । सोहीबमोजिमका कार्यक्रम कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सञ्चालन गर्दै आइरहेको छ । तर, यी बाली व्यवसायीकरणका लागि ठोस कार्यक्रम नहुँदा रैथाने बाली संरक्षणमा आशातीत प्रगति हुन सकिरहेको छैन ।

    देशका उच्च तथा मध्यपहाडी जिल्लामा खाद्य तथा पोषण सुरक्षामा टेवा पुर्‍याइरहेका रैथाने बालीको संरक्षण र सम्बद्र्धनमात्र होइन, विकास तथा व्यवसायीकरण गरिनुपर्छ । यसका लागि रैथाने बालीमा पाइने पौष्टिक तत्व तथा औषधिजन्य महत्वबारे उपभोक्तामा जागरूकता ल्याइनु आवश्यक छ । साथै उक्त बालीको विकास तथा व्यवसायीकरणका लागि क्षेत्रसुहाउँदो बाली लगाउने मोडेलको विकास गरी कृषकमाझ ल्याइनुपर्छ ।

    कृषकले रैथाने बालीको व्यवसायीकरणमा झेल्नुपेरको प्रमुख समस्या भनेको उक्त बालीको बीउ सहज उपलब्ध नहुनु हो । कृषकलाई रैथाने बालीको बीउ सहज उपलब्ध गराउन सरकारले कृषक समूह र सहकारीमातहतका फार्म केन्द्रहरू तथा अनुसन्धान केन्द्रहरूमार्फत यी बालीहरूको बीउ उत्पादनमा जोड दिनुपर्छ । रैथाने बालीको व्यवसायीकरण गर्दा वातावरण, मानव स्वास्थ तथा माटोमा पर्न सक्ने नकारात्मक प्रभावको पूर्वमूल्याङ्कन गरी सोहीबमोजिम दिगो र सन्तुलित व्यवसायीकरण गर्नुपर्छ ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.