Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
Friday, May 1, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

भारतीय तथ्याङ्कमा महिला किसानले आत्महत्या गर्दैनन् ? : पी साइनाथ

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
माघ २३, २०७६
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    वरिष्ठ पत्रकार तथा कृषि विज्ञ पी साइनाथका अनुसार हज्जारौं महिला किसान आत्महत्याको तथ्याङ्कबाट वञ्चित हुन्छन् किनकि उनीहरु कहिल्यै किसान मानिदैनन्। भारतीय महिला अध्ययन(आइएडब्ल्युएस)को १६औं नेशनल कन्फरेन्समा बोल्दै ६३ वर्षीय साइनाथले भने कि, जलवायु परिवर्तनले महिलालाई बढी असर गर्नेछ, किनभने उनीहरु पानी, खाद्यान्न, चारो र इन्धन प्रदायक हुन्।

    विश्वभरका महिला र बालिकाहरुले प्रत्येक वर्षको दैनिक १२.५ अरब घण्टा बेतलबी काम गर्दछन्।

    किसान आत्महत्याको तथ्याङ्क संकलन पूर्णत गलत हुने भएकोले पीडित महिला किसान पुरुष किसानको विधवाको रुपमा मात्रै चर्चा हुनु दुःखद भएको उनले बताए। ती महिलाहरु जो पुरुषले आत्महत्या गर्नु अघिसम्म ६० प्रतिशत खेतमा काम गर्दछन् उनीहरु वास्तविक किसान हुन्, जुन कुरा महाराष्ट्रको तथ्यले बताउँछ।

    तटीय क्षेत्रमा काम गर्ने महिला कामदारहरुले वैज्ञानिकले ८०० पेजमा भनेका कुराहरु सजिलो भाषा मै भनिदिनेछन् कि, जमिन सुख्खा भैरहेको छ, जमिनको तापमान बढिरहेको छ अनि पानीको लेभल घटिरहेको छ र उनीहरुको काम झन कष्टपूर्ण बन्दै गइरहेको छ।

    तटीय क्षेत्रमा काम गर्ने महिला कामदारहरुले वैज्ञानिकले ८०० पेजमा भनेका कुराहरु सजिलो भाषा मै भनिदिनेछन् कि, जमिन सुख्खा भैरहेको छ, जमिनको तापमान बढिरहेको छ अनि पानीको लेभल घटिरहेको छ र उनीहरुको काम झन कष्टपूर्ण बन्दै गइरहेको छ।

    साइनाथका अनुसार, तथ्याङ्कगत प्रणालीमा महिलाहरुको अनुपस्थितिबारे ध्यान दिनुपर्दछ जुन सत्य कुरा हो, तर तथ्याङ्कमा उनीहरुको अनुपस्थितिभित्र केही कुरा अवश्य लुकेको छ त्यसरी नै महिला किसानले गर्ने आत्महत्यामा समेत लृुकेको छ। राष्ट्रिय अपराध रेकर्ड ब्यूरो(एनसीआरबी)को तथ्याङ्कलाई दुहाई दिदैं पत्रकारहरु लेख्छन् ‘यो महिला किसानहरुका लागि स्वर्ग हो’ किनकि, प्रत्येक वर्षको तथ्याङ्कमा महिला किसानले आत्महत्या गरेको रेकर्ड भेटिदैंन।

    एनसीआरबी एक भारतीय सरकारी एजेन्सी हो जुन तथ्याङ्क संकलन र विश्लेषणको लागि जिम्मेवार छ, जसलाई भारतीय दण्ड संहिता र विशेष स्थानीय कानूनले परिभाषित गरेको छ। साइनाथ भन्छन्– पञ्जाब र हरियाणा सातौं स्वर्ग हो। जहाँ महिला किसान आत्महत्या गरेको भेटिदैंन, किनकि त्यहाँ महिलालाई किसानको रुपमा गणना नै गरिदैंन। यसैकारण, महिला किसानले आत्महत्या गरेको कुरा तथ्याङ्कमा भेटिदैंन र राज्यले महिला किसानको आत्महत्या शून्य देखाउँछ। ‘तिनीहरुले लास कहाँ लुकाउँछन् हँ ?’

    उनी जोड दिन्छन्– जमिनमा पसिना चुहाएका महिलाहरु किसानमा हैन ‘गृहिणी’ वर्गमा समाप्त हुन्छन्। र, तथ्याङ्क संकलनमा पनि उनीहरुलाई गृहिणीको कोटीमा वर्गीकृत गरिइन्छ। जुन, वर्गीकृत गर्नेहरुले मात्रै हैन स्वयम् पीडितहरु समेत स्वीकार्दछन्। तमिलनाडुमा दिनको १६ घण्टा काम गर्ने एउटी महिलालाई सोध्नुहोस् कि, ‘तपाईं के गर्नुहुन्छ ?’ उनी भन्छिन् ‘म घरमा बस्छु’। यस्तो धारणा स्वयम् पीडितको दिमागमा बसेको छ कि, उनीहरुले १६ घण्टामा जे गर्छन् त्यो काम हैन।पुलिसहरुले जनगणना  निर्देशिका पढ्दैनन्, तिनीहरु डीएसपीले जे मौखिक आदेश दिन्छ त्यो मात्रै पालना गर्छन्।

    पुलिसहरुले जनगणना  निर्देशिका पढ्दैनन्, तिनीहरु डीएसपीले जे मौखिक आदेश दिन्छ त्यो मात्रै पालना गर्छन्।

    साइनाथ भन्छन्– एनसीआरबीको तथ्याङ्क अब ‘प्रयोग गर्न नमिल्ने’ भएको छ। अब त्रुटिपूर्ण पाप नै आयोगको पाप बनिसकेको छ। यो तथ्याङ्क संकलन समयको मात्रै गल्ती नभएर दिल्लीबाट अपनाइएको कार्यविधिको ठूलो धोकाधडी हो। किसानहरुको आत्महत्यामा एनसीआरबी डाटा सबैभन्दा राम्रो थियो। तथ्याङकमा देखिएको पक्षपात एनसीआरबीको मात्रै नभएर सामाजिक मुद्धा हो।

    यो गाउँ तहसम्मका अधिकारीहरुको पूर्वाग्रह हो। डाटाबाट आठ समूह बहिष्करणमा पारिएको छ, ती मध्ये सबैभन्दा बढी महिला किसान, दलित किसान र आदिवासी किसानहरु बहिष्कृत छन्। आदिवासीलाई वनजग्गा अतिक्रकमणकारीहरु भनिएको छ। यहाँ पट्टा(सरकारले वास्तविक जग्गा मालिकको नाममा जारी गरेको पत्र/पूर्जा)को विषय मात्रै छैन। दलित किसानहरुसँग ३०–४० वर्ष भन्दा अघिको अनुभव सहितको अदभूत कृषि प्रणाली छ। तर, एउटा हिस्सासँग जमिन छ पट्टा/पूर्जा छैन, अनि दलितसँग पूर्जा त छ तर जमिन छैन, जुन बिहारभरि देखिन्छ।

    साइनाथ भन्छन्– पुलिसहरुले जनगणना पुस्तिका नै पढ्दैनन्, तिनीहरु डीएसपीले जे मौखिक आदेश दिन्छ त्यो मात्रै पालना गर्छन्। यसरी, हज्जारौं महिला बहिष्करण गरिन्थ्यो कि, उनीहरु कहिल्यै किसान कहलाइने छैनन्।

    केही ३–४ राज्यमा भने महिला किसानहरुको संख्यामा वृद्धि भएको देखिन्छ। साइनाथ थप्छन्– यो अचम्मको कुरा हो कि, धेरै राज्यमा यस्तो प्रावधान राखिएता पनि पछिल्लो २००५–१० मा महाराष्ट्र सहित केही ३–४ राज्यमा महिलाको नाममा पूर्जा दिन थालिएको छ। किनकि, महिलाको नाममा जग्गा राखिए एकतिहाई छुट दिएर उनीहरुले यसलाई प्रोत्साहित गरे। जसकारण, लाखौं पुरुषले रातभरिमा पट्टामा महिलाको नाम राखेर महिलालाई जमिन मालिक त बनाए तर यो कुरा पनि महिलालाई थाहा थिएन।

    पिपुल्स अर्काइभ अफ रुरल इण्डिया(पिएआरआइ)का सँस्थापक सम्पादक भन्छन्– जबसम्म बेतलबी कामलाई चुनौती दिन सकिदैंन तबसम्म यस्तो समस्या जारी रहन्छ। अक्सफामको वार्षिक असमानता रिपोर्ट अनुसार, विश्वभरका महिला र बालिकाहरुले प्रत्येक वर्षको दैनिक १२.५ अरब घण्टा बेतलबी काम गर्दछन्।

    युएनडिपी र आइपीसीसीको तथ्याङ्क अनुसार वार्षिक १०.८ खर्ब डलरको हिस्सामा करिब ८० प्रतिशत महिला पर्यावरणीय असरबाट प्रभावित छन्, जुन भारतको जीडीपीभन्दा पाँच गुणा बढी हो र यो ग्लोबल प्रविधि उद्योग माइक्रोसफ्ट, एप्पल, अमेजन लगायतको आकार भन्दा तीनगुणा बढी हो। युएनडीपीको अनुसार, २००४ को सुनामीमा समेत सबैभन्दा बडी ७० प्रतिशत महिला र बालबालिका प्रभावित भए। पीएआरआईको अनुसन्धानमा महिला नेतृत्वको पेशामा धेरै यस्ता घटनाहरु भेटियो जुन ग्लोबल वार्मिङले ध्वस्त पारेको थियो।

    ‘तटीय क्षेत्रमा काम गर्ने महिला कामदारहरु हुन्छन्। उनीहरुले वैज्ञानिकले ८०० पेजमा भनेका कुराहरु सजिलो भाषा मै भनिदिनेछन् कि, जमिन सुख्खा भैरहेको छ, जमिनको तापमान बढिरहेको छ अनि पानीको लेभल घटिरहेको छ र उनीहरुको काम झन कष्टपूर्ण बन्दै गइरहेको छ । त्यसकारण पर्यावरणीय संकट र ग्लोबल वार्मिङलाई धेरै गम्भीरतापूर्वक लिनुपर्छ।’– ती सम्पादकले भने ।

    साइनाथ अन्तिममा थप्छन्– यी कथाहरु सामान्य व्यक्तिहरुको जीवन्त अनुभवबाट भन्नुपर्दछ, वैज्ञानिकहरु र विशेषज्ञहरुको प्रयोग गरेर ती सामान्य मानिसहरुको समस्यालाई समर्थन गर्न र उनीहरुले के भनिरहेका छन् भन्ने कुरा अझ राम्रोसँग सम्प्रेषण गर्नुपर्दछ। केही ग्रामीण भारतीय क्षेत्रमा तापमान, मौसम र पर्यावरणबारे विभिन्न बुझाई छ तर उनीहरु के बुझ्दछन् भने उनीहरुको जीवनमा संकटको कारण भने यी चीजहरुको परिवर्तनको कारणले भैरहेको छ।

     स्रोत: इन्डिया टूडे जनवरी ३१, २०२०

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.