Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
Friday, May 1, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

प्रधानमन्त्रीको हाइप्रोफाइल ट्रान्सप्लान्ट – ८ सर्जन, ५ फिजिसियन, २ क्रिटिकल केयर विशेषज्ञ

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
फाल्गुन २१, २०७६
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नेकपा सचिवालय बैठकमा दोस्रोपटक मिर्गौला प्रत्यारोपणको मिति र योजना सुनाए। सचिवालयभित्रै अल्पमतमा परेर दवाव खेपिरहेका अवस्थामा ओलीले यस्तो निर्णय सुनाउनु अप्रत्याशित थियो। सोमबार नै अस्पताल भर्ना भइहाल्लान् भन्ने अनुमान पनि थिएन। यतिसम्म कि त्रिवि शिक्षण अस्पतालका प्रत्यारोपण गर्ने सर्जनसमेत यसबारे बेखबर थिए।

    यसबारे हेल्थपाेष्ट नेपाल अनलाइनले विस्तृत समाचार प्रसार गरेको छ। यसले भनेको छः नेताहरूलाई जानकारी दिइसकेपछि ओली अस्पताल भर्ना हुनुअघि तत्कालका काम निप्ट्याउनतर्फ लागे। उता, अस्पताल प्रशासन र चिकित्सक टोलीलाई शल्यक्रिया तयारीको चटारो लाग्यो। आइतबार बिहानको घोषणापछि सोमबार साँझको भर्नाअघि ओलीको व्यस्तता टिठलाग्दो थियो। उनले सोमबार बिहानदेखि अस्पताल भर्ना हुने समय चारपटक सारे। मुलुकका कार्यकारी प्रमुखको अत्यन्त संवेदनशील उपचारमा अपेक्षाकृत योजनाबद्धताको संकेत ओलीको दोस्रो मिर्गौला प्रत्यारोपणको हकमा पटक्कै देखापरेन।

    नेपाली चिकित्सकका लागि परीक्षा

    प्रधानमन्त्री ओली यसअघि सामान्य एलर्जीदेखि जटिल संक्रमणसम्मको उपचारमा बैंकक, सिंगापुर हानिएका थिए भने यसपटक भने विभिन्न कानूनी जटिलताका कारण ओली प्रत्यारोपण भने स्वदेशमै गराउन तयार भए, जुन चिकित्सकका लागि समेत आश्चर्यका साथै चुनौतिका रूपमा रहन पुग्यो।

    ‘मिर्गौला प्रत्यारोपणमा हामीले रचेको सफलताका कारण सरकारप्रमुखबाट पत्याइएका हौँ,’ प्रत्यारोपण टोलीका नेतृत्वकर्ता युरोसर्जन डा. प्रेम ज्ञवालीले भने, ‘यो हाम्रो पनि परीक्षा हो, आफूलाई प्रमाणित गर्ने अवसर हो।’

    देशका कार्यकारी प्रमुखको स्वास्थ्यलाई लिएर राष्ट्रिय/अन्तर्राष्ट्रिय रूपमा सरोकार भएजस्तै चिकित्सक टोलीले पनि शल्यक्रियाका लागि तयारी पूर्ण गरिसकेको छ। सोमबार साँझ अस्पताल भर्ना गरिएका ओलीको घण्टा–घण्टामा स्वास्थ्यजाँच गरिनेछ। प्रत्यारोपणका लागि क्षण–क्षणमा स्वास्थ्यअवस्थाको नजिकबाट ‘मोनिटर’ गर्नुपर्छ।

    ‘उहाँको मुटु र फोक्सो तपाईं–हाम्रो भन्दा पनि राम्रो छ,’ डा. ज्ञवालीले भने, ‘सबै कुरा राम्रो हुन्छ भन्ने हामीलाई पूर्ण विश्वास छ।’

    ९८ प्रतिशतमा सफलता

    २४ साउन ०६५ मा नेपालमै पहिलोपटक मिर्गौला प्रत्यारोपण सफल भएपछिका ११ वर्षमा त्रिवि शिक्षण अस्पतालमा मात्रै ७०० हाराहारीमा प्रत्यारोपण भए। कुल प्रत्यारोपणको ९८ प्रतिशतमा सफलता प्राप्त गरेको सेन्टरको विशेषज्ञ टोलीले पक्कै पनि मुलुकका कार्यकारी प्रमुखको प्रत्यारोपण सफल बनाउने विषयलाई संस्थाप्रतिको भरोसासँगै आफूलाई प्रमाणित गर्ने अवसरका रूपमा पनि लिएको छ।

    सोमबार अस्पताल भर्ना गरेसँगै प्रत्यारोपण गरिने मिर्गौलालाई शरीरले ‘रिजेक्ट’ नगरोस् भन्नका लागि चिकित्सकले ‘इम्युनोसप्रेसिभ’ औषधि दिन सुरु गरिसकेका छन्। चिकित्सकका अनुसार कुनै आकस्मिक संक्रमण आइनपरेमा बुधबार प्रत्यारोपण गर्नुअघि एकपटक डायलाइसिस गरेर शरीरमा विकास भएको ‘एन्टिबडी’ फालिनेछ।

    बुधबार बिहान ९ बजे भान्जीका रूपमा अगाडि सारिएकी मिर्गौलादाता ३२ वर्षीया समीक्षा संग्रौला ज्ञवालीको शल्यक्रियामार्फत मिर्गौला निकालेर संरक्षण गरेपछि बल्ल ओलीको शल्यक्रिया सुरु हुनेछ। कम्तीमा २ बजेभित्र शल्यक्रिया पूरा गरेर पोस्टअपरेटिभ वार्डमा सार्न सकिन्छ भन्ने विश्वास चिकित्सकले लिएका छन्।

    ओलीको शरीरमा पहिलोपटक २०६४ साउनमा भारतको एपोलो अस्पतालमा प्रत्यारोपण गरिएको मिर्गौला दाहिनेतर्फ छ। त्यसैले दोस्रो प्रत्यारोपण गर्दा मिर्गौला देब्रेतर्फ राखिनेछ। चिकित्सकका अनुसार दोस्रो प्रत्यारोपण तुलनात्मक रूपमा बढी जोखिमपूर्ण हुने भए पनि ओलीमा रहेको आत्मविश्वास, अन्य महत्त्वपूर्ण अंगको अवस्थालगायत कारणले प्रत्यारोपण गर्ने निर्णय लिइएको हो। यद्यपि, आजीवन डायलाइसिसको विकल्पमा पनि ओलीको सक्रियतामा कमी आएको थिएन।

    हाइप्रोफाइल टिम ट्रान्सप्लान्ट – ८ सर्जन, ५ फिजिसियन, २ क्रिटिकल केयर विशेषज्ञ

    समीक्षाको मिर्गौला निकालेर ओलीमा प्रत्यारोपण गर्ने शल्यक्रिया एकै चरणमा हुनेछ। यसका लागि अस्पतालमा नियमित प्रत्यारोपण गर्दै आएका विशेषज्ञको टोली खटिनेछ। टोलीको नेतृत्व डा. ज्ञवालीले गर्नेछन्। डा. ज्ञवाली नेतृत्वको टोलीमा डा. उत्तम शर्मा, डा. पवन चालिसे, डा. सुमन चापागाईं, डा. भोजराज लुइँटेल र डा. सुजित पौडेल रहनेछन्। शल्यक्रिया टोलीको पर्यवेक्षकका रूपमा एपोलो अस्पतालमा पहिलोपटक ओलीको मिर्गौला प्रत्यारोपण गर्ने हाल म्याक्स अस्पतालमा कार्यरत सर्जन डा. अनन्तकुमार रहनेछन्।

    ट्रान्सप्लान्ट फिजिसियन डा. दिव्यासिंह साहको नेतृत्वमा डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले, डा. रविन नेपाल र डा. मिदान्त रहनेछन्। फिजिसियन टोलीको सहयोगका लागि पनि भारतबाट एकजना चिकित्सक बोलाइएको छ। शल्यक्रियाका लागि बेहोस बनाउने, शल्यक्रिया अवधिभर मुटु, फोक्सोको काम सन्तुलनमा राख्ने र नर्मल अवस्थामा फर्काउने एनेस्थेसियासँगै पोस्टअपरेटिभ केयर आइसियु प्रमुख डा. सुवास आचार्य र एनेस्थेसिया विभाग प्रमुख डा.अनिल श्रेष्ठले हेर्ने तय भएको छ। चिकित्सबाहेक प्रत्यारोपणमा तालिमप्राप्त नर्स र स्वास्थ्यकर्मी पनि सँगै हुनेछन्।

    तीबाहेक शल्यक्रिया वा त्यसपछिका अवस्थामा आवश्यक पर्न सक्ने, मुटु, फोक्सोलगायतका विशेषज्ञ पनि तयारी अवस्थामा रहने भए पनि शल्यकक्षमै भने रहनेछैनन्। चिकित्सकका अनुसार परीक्षण रिपोर्टका आधारमा विशेषज्ञ समूहको समन्वयात्मक बैठक भए पनि बाह्य चिकित्सकको भूमिका, कानुनी पाटोबारे चिकित्सकलाई समेत सेयर गरिएको छैन।

    जोखिम अवस्थाबारे प्रत्यारोपण टोली सचेत

    सुविधासम्पन्न सेन्टरमा अनुभवी टिम संलग्न हुँदा शल्यक्रियामा ठूलो जोखिम नरहने चिकित्सकको विश्वास छ। ७ सयभन्दा बढी शल्यक्रिया गरिसकेका नेपाली चिकित्सकलाई आवश्यक सहयोगका लागि प्रत्यारोपणमै ३५ वर्ष लामो अनुभव बटुलेका भारतीय चिकित्सक अनन्तकुमार रहनेछन्। त्रिवि शिक्षण अस्पतालकै टोलीले पनि यसअघि सातजनामा दोस्रोपटक सफल प्रत्यारोपण गरिसकेको छ। ७३ वर्षका व्यक्तिमा समेत सफल प्रत्यारोपण गरिसकेकाले प्रधानमन्त्रीको उमेर खासै समस्या नहुने डा. ज्ञवाली बताउँछन्।

    चिकित्सकका अनुसार प्रत्यारोपित मिर्गौलालाई शरीरले ‘रिजेक्सन’ गर्छ कि गर्दैन भन्ने नै जोखिमको महत्त्वपूर्ण पाटो हो। पहिलोपटक प्रत्यारोपण गरिएको मिर्गौलालाई शरीरले एन्टिबडी निष्कासन गरेर अस्वीकृत गरिसकेको र बीचमा त्यसलाई सफा गर्न प्लाज्माफेरेसिससमेत गरिएको हुँदा चिकित्सकहरू सबैभन्दा बढी यो तथ्यसँग सचेत र सावधान रहनेछन्।

    ‘अनुभवी सर्जनले गर्ने शल्यक्रियामा त्यति शंका रहन्न, तर उहाँकै शरीरले नयाँ मिर्गौलालाई कसरी लिन्छ र शल्यक्रियापछि कुनै संक्रमण नहोस् भन्ने कुराले सफलतामा अर्थ राख्छ,’ अस्पतालका एक वरिष्ठ चिकित्सकले भने। यसै सन्दर्भमा प्र म ओलीले मधुमेहको औषधि सेवन गरिरहेको कुरा आफूँले सुनेको तर निश्चित नभएको यदि हो भने शल्यक्रियामा अनिच्छित रुपमा रगतमा चिनीको मात्रा बढ्न सक्ने भएकाले संक्रमण बढ्ने तथा  घाउ निको हुन ढिलाई हुने कुरा एक फिजिसियनले बताए।

    सफल शल्यक्रियापछि पनि नयाँ अंगको कार्य सन्तुलनमा राख्‍ने इम्युनोसप्रेसिभ औषधि खुवाउनुपर्छ। यो औषधि सुरुका केही वर्ष बढी दिइने गरिन्छ भने अवस्था नापजोख गर्दै बिस्तारै मात्रा घटाउँदै लगिन्छ।

    नेपाल रिडर्स परिवार प्रधान मन्त्रि के पी ओलीको शल्यक्रियाको सफलता तथा शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.