Date
बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026
Wednesday, April 29, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

अमेरिकालाई व्यंग्य गर्न चीनले बनाएको एनिमेटेड भिडियो

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
बैशाख २४, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    चीनको सरकारी समाचार संस्था सिन्ह्वाले चार दिन अगाडि सामाजिक सन्जालमा ‘वान्स अपन अ भाइरस’ शीर्षक राखेर एक एनिमेटेड भिडियो सार्वजनिक गरेको थियो।

    उक्त भिडियोमा अमेरिका र चीनबीच हाल जारी रहेको कोरोना भाइरस ‘कोभिड १९’ बारे विवाद प्रस्तुत गर्न खोजिएको छ।अमेरिकाले कोरोना भाइरसलाई पहिले चिनियाँ भाइरस भनेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसले अमेरिकामा केही गर्न नसक्ने नै बताएका थिए।

    तर यतिबेला अमेरिका कोरोनाले सबैभन्दा बढी ग्रस्त बनेको छ। अमेरिकाले यतिबेला कोरोनाबारे चीनले सुरुवातमै सजग नगराएका कारण अमेरिका कोरोनाले सबैभन्दा बढी ग्रस्त बनेको ट्रम्पले आरोप लगाइरहेका छन्।सोमबारसम्मको तथ्यांकअनुसार कोरोनाको उद्गमस्थल चीनमा ८२ हजार ८८० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। यीमध्ये ४६ सय ३३ को मृत्यु हुँदा ७७ हजार ७६६ उपचारपछि स्वस्थ बनेका छन्।

    अमेरिका विश्वकै सबैभन्दा बढी कोरोना प्रभावित देश हो। हालसम्म त्यहाँ ११ लाख ८८ हजारभन्दा बढीमा कोरोनाको संक्रमण पुष्टि भएको छ। यीमध्ये ६८ हजारको मृत्यु भइसक्दा १ लाख ७८ हजार उपचारपछि स्वस्थ बनेका छन्।

    अमेरिकाले हालै विश्व स्वास्थ्य संगठन डब्लूएचओ चीन केन्द्रित भएको आरोप लगाएको थियो। अमेरिकाले डब्लूएचओलाई आफूले गर्दै आएको सहयोग रोक्ने घोषणा समेत गरिसकेको छ।सिन्ह्वाले सार्वजनिक गरेको भिडियोमा अमेरिकामाथि यिनै विषयहरुमा व्यंग्य गरिएको छ। चीनले भिडियोमार्फत अमेरिका अटेरी भएको बताउन खोजेको छ।

    चीनले आफूले अमेरिकालाई कोरोना भाइरसको खतराबारे बारम्बार दोहोर्याउँदै बताएको तर अमेरिकाले आफ्नो सल्लाह र सुझाव नमानेको भिडियोमार्फत जानकारी दिन खोजेको छ।

    भिडियोमा के छ?

    भिडियोमा चिनियाँ योद्धा र अमेरिकी स्ट्याचु अफ लिबर्टीबीचको सम्वाद भएको देखाइएको छ। जसले अमेरिका र चीनबीचको भनाइहरु प्रतिनिधित्व गर्दछ।

    डिसेम्बर महिनामा चिनियाँ योद्धा भन्छः यहाँ अनौठो निमोनियाको घटना देखियो।

    डब्लूएचओः हामीले यो विषय मध्यनजर गर्यौ।

    जनवरी महिनामा चिनियाँ योद्धा भन्छः हामीले नयाँ भाइरस पहिचान गर्यौ।

    स्ट्याचु अफ लिबर्टी भन्छः त्यसो भए के भो त?

    चिनियाँ योद्धाः यो खतरनाक छ।

    स्ट्याचु अफ लिबर्टीः यो फ्लु मात्र हो।

    चिनियाँ योद्धः मास्क लगाउनुपर्छ।

    स्ट्याचु अफ लिबर्टीः मास्क लगाउनु पर्दैन।

    चिनियाँ योद्धः घरमै बसौं।

    स्ट्याचु अफ लिबर्टीः चीनले मानवअधिकार हनन् गर्दैछ।

    चिनियाँ योद्धः कोरोना उपचारको लागि स्थायी अस्पताल निर्माण गर्दैछौं।

    स्ट्याचु अफ लिबर्टीः त्यो यातना शिविर हो।

    चिनियाँ योद्धः दश दिनमै अस्पताल निर्माण सम्पन्न भयो।

    स्ट्याचु अफ लिबर्टीः यो ढोङ मात्र हो।

    चिनियाँ योद्धाः लकडाउन गर्ने समय आयो।

    स्ट्याचु अफ लिबर्टीः क्रुर कार्य।

    फेब्रुअरी महिनामा चिनियाँ योद्धा भन्छः यसले हाम्रो चिकित्सकीय प्रणालीलाई पनि चुनौती दियो।

    स्ट्याचु अफ लिबर्टीः हेर चीन कति पछाडि परेको देश हो।

    चिनियाँ योद्धाः भाइरसले डाक्टरहरुको पनि मृत्यु हुन थाल्यो।

    स्ट्याचु अफ लिबर्टीः चीन तेस्रो विश्वजस्तै हो।

    चिनियाँ योद्धाः यो हावाबाट पनि सर्छ।

    स्ट्याचु अफ लिबर्टीः यो अप्रिल महिनामा जादुमयी तवरबाट विलाउँछ।

    चिनियाँ योद्धाः सबै घरमै बसौं।

    स्ट्याचु अफ लिबर्टीः चिनियाँ कार्य मानवअधिकारको हनन् हो।

    मार्च महिनामा चिनियाँ योद्धा भन्छः कोरोना संक्रमित घट्दै गएका छन्।

    स्ट्याचु अफ लिबर्टीः असम्भव, इटलीको अवस्था हेर।

    चिनियाँ योद्धाः हामीले मास्क लगाएका थियौं।

    स्ट्याचु अफ लिबर्टीः चीनले हामीलाई ढाट्यो।

    चिनियाँ योद्धाः हामीले सबै तथ्यांक सार्वजनिक गरेका छौं।

    स्ट्याचु अफ लिबर्टीः तिमी सबै जानकारी लुकाउँछौं।

    चिनियाँ योद्धाः तिम्रो नागरिकहरु मर्न थाले।

    स्ट्याचु अफ लिबर्टीः तिमीले पहिल्यै हामीलाई सचेत गराएनौं।

    चिनियाँ योद्धाः हामीले भनेका थियौं यो भाइरस खतरनाक छ।

    स्ट्याचु अफ लिबर्टीः तिमीले ढाट्यौं।

    चिनियाँ योद्धा अप्रिल महिनामा भन्छः हामीले भनेका थियौं यो हावाबाट पनि सर्छ।

    स्ट्याचु अफ लिबर्टीः तिमीले गलत तथ्यांक र जानकारी दियौं। हामीलाई पहिल्यै किन सचेत गराएनौं?

    चिनियाँ योद्धाः हामीले भाइरस खतरनाक छ भनेका थियौं।

    स्ट्याचु अफ लिबर्टीः यो भाइरस खतरनाक छैन। तर लाखौं चिनियाँ नागरिक मरेका छन्। त्यही पनि भाइरस खतरनाक छैन। हामी सहि छौं। हामी कहिलेकाँही विरोधाभास कुरा गछौं।

    चिनियाँ योद्धाः आफूले भनेको आफैं सुन त।

    स्ट्याचु अफ लिबर्टीः तिमीले ढाट्यौ, हामीले तीन महिना केहीपनि गरेनौं किनभने विश्व स्वास्थ्य संगठनले चीनले जे भन्यो त्यही मान्छ। हामी संगठनलाई दिँदै आएको सहयोग रोक्छौं।

    भिडियो-

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.