Date
सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
Monday, April 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

टिचिङ अस्पतालमा कोरोना : फ्रन्टलाइनमा खटिरहेका डाक्टर के भन्छन्

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
जेष्ठ ६, २०७७
- कोभिड–१९, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    कोरोना केश अस्पताल आउन सक्छ भन्नेमा हामी सुरुवातबाटै तम्तयार थियौँ । सरकारले सहयोग गरेकै थियो । केही दिन अघि टिचिङमैँ बालिकामा देखियो । ती बालिकालाई भेटन आएका अर्का व्यक्तिलाई पनि देखिएको थियो । विहीबार निधन भएकी महिला केही दिन अघि शिक्षण अस्पतालमा सुत्केरी हुनुभएको पाइएको छ ।

    उहाँबारे अनुसन्धान गरिहेका छौँ कहाँबाट चाहिँ सर्यो भनेर । मेरो व्यक्तिगत अनुमान भन्नुहुन्छ भने नशामा रगत जमेर पनि मृत्यु भएको हुनसक्छ जुन धेरै सुत्केरी महिलाहरुमा देखिन्छ र यो कोरोनासँग मिल्ने लक्षण हो । प्रसुति वार्डका स्वास्थ्यकर्मीदेखि सबैको स्वाब परीक्षण गरिरहेको छ । त्यसपछि अस्पतालमा विभिन्न परिस्थिति जुन देखा परेको छ । हामी मिटिङ बसेर छलफल गर्ने गरेका छौँ ।

    शुक्रबारबाटै हाम्रोमा विरामीको चाप निकै न्युन बनेको छ । भर्ना भएका निस्केर जान चाहेका छन् । कुरुवा त्रसित बनेका छन् । हाम्रोमा स्वास्थ्यकर्मी पनि त्रसित बनेका छन् । मेरो त विभाग नै त्यही हो । मसहित टिम नै फ्रन्टलाइनमा रहेर काम गरिरहेका छौँ । कोरोना आशंकित आशंकित अन्य केही भर्ना भइरहेका छन् । उपचार गरिरहेका छौँ ।

    म के निवेदन गर्न चाहन्छु भने मनोवैज्ञानिक त्रास हटाऔँ । घरमा रहौँ । अहिलेसम्मको उपचार भनेकै सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, भीडभाडमा जाँदै नजाने लगायत हो । तर जो विरामी छन् चिकित्सकसँग समन्वय गर्नैपर्छ । त्यसका लागि पनि अहिले सकिन्छ भने अहिले सामाजिक सञ्जाल वा टेलिफोन जुनकुनै माध्यमबाट चिकित्सकसँग समन्वय गरौँ न । रह्यो कुरा कोरोनाको, म के भन्छु भने कोरोना लाग्दैमा मृत्यु हुने पनि होइन । त्यही भएर नआँत्तिऔँ भनेको हो । आफू सजग त हुनुपर्छ नि ।

    लक्षण नदेखिनु झन खतरा

    कुनै पनि रोगको लक्षण देखिन्छ उपचारका लागि अस्पताल गइन्छ । सम्बन्धित चिकित्सकसँग उपचारपछि निको हुन्छ तर यो त लक्षण नै नदेखिने हुन थाल्यो । यद्यपि यसबारे विभिन्न अनुसन्धानले दैनिक नयाँ नयाँ कुरा पत्ता लागेको छ । दीर्घरोगीहरु बढी रिस्कमा छन् ।

    रोग प्रतिरोधात्मक क्षमता कम भएकाको मृत्यु विश्वभर बढी भैरहेको छ । कतिपयको अकस्मात मृत्यु पनि लक्षण नदेखिएर सर्दै जाने हुन्छ । त्यसैले यो भयावह मानिएको हो । फेरि यसको यही नै उपचार गरौँ भन्ने केही नभएपछि थप जटिलता देखिएको हो । नत्र आज संसार नै यस्तो स्तब्ध बनेर बस्दैनथ्यो नि । चिकित्साविज्ञान नै मुकदर्शक बन्नुपर्यो ।

    ठाउँ अनुसार किन फरक छ भाइरस

    यसमा विभिन्न अनुमान मात्रै आइरहेका छन् प्रमाणित भैसकेको छैन । चिकित्सा विज्ञानले प्रमाणित गर्नुपर्छ । हङकङ, अमेरीका, भारत, नेपालमा फैलिएको भाइरस सशक्त, कमजोर भन्ने टिप्पणी सुनेको छु । अहिले प्रमाणित नभएकाले ती सबै अनुमान नै हुन् । भारतमा कमजोर भनौँ भने पनि भारतमा केही दिन अघिसम्म १ दशमलव ५ प्रतिशत रहेको मृत्युदर बढेर ३ प्रतिशत पुगेको छ ।

    त्यसले गर्दा समुदायमा कस्ता मानिस बसेका छन् कसरी संक्रमण फैलिएको छ त्यसले यस्ता कुरा निर्धारण गर्छ । यी सबै कुरामा अनुसन्धान भैरहेको छ । कतिपयले नेपालमा २० देखि ५० वर्षका मानिसहरु बढी संक्रमित भनेका छन् तर मेरो विचारमा ती उमेर समुहका मानिस बढी हिडडुल गर्ने भएकाले हो । अन्य कुरामा वैज्ञानिक आधार छैन ।

    सर्छ कसरी

    विरामीको हाच्छ्यु, र्याल, सिंगान, थुकले सार्ने हो । भाइरस विरामीले छोएका सामानबाट सर्ने पनि देखिएकाले हात धोऔँ, स्यानिटाइजर प्रयोग गरौँ । पहिले पहिले १ मिटर भित्र सर्छ भनिएकोमा अहिले २ मिटर भन्ने आएको छ । तर मुख्य कुरा हात धुने, सामाजिक दुरी कायम गर्ने हो ।

    क्वारेन्टिन १४ दिन

    क्वारेन्टिन १४ दिन पहिले विश्वस्वास्थ्य संगठनले भनेका आधारमा गरिएको हो । तर अब जति दिन बढछ यति नै दिन भन्ने फिक्स छैन । हामीले थाहा पायौँ नि ४९ दिनमा पनि देखिएको । अझ लक्षण पनि देखिन्न । त्यसैले यति नै भन्ने भएन अब । तर पनि कम्तीमा २ देखि ३ हप्ताचाहि बस्नैपर्छ भनेको हो ।

    त्यसैले मेरो के अनुरोध छ भने कोरोनासँग चिकित्सा विज्ञान अझै पनि हरदिन जुधिरहेछ । फेरि पनि भन्छु मास्क लगाएर सामाजिक दुरी कायम गरौँ । खोक्ने, ज्वरो आउनेसँग सजग बनौँ ।-खुल्लापाटी डट कम

    (शिक्षण अस्पतालको सह–प्राध्यापकसमेत रहेका पल्मोनोलोजी तथा क्रिटिकल केयर युनिटका डा. निरज बमले व्यक्त गर्नुभएको विचारको संक्षिप्त अंश ।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.