Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
Saturday, May 2, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

बाँझो जग्गाबाट मनग्य आम्दानी, मासिक पाँच लाख कमाउने किसान भन्छन् – हाम्रै माटोमा केही गरौँ

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
असार १३, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    केही गर्छु भन्ने दृढ इच्छा शक्तिका साथ लाग्ने हो भने बाँझो जग्गाबाट मनग्य आम्दानी गर्न सकिन्छ भन्ने तथ्यलाई यहाँका कृषकले थप प्रमाणित गरेका छन् । पोखरा महानगरपालिका–१४ छिनेडाँडास्थित राधिका एकीकृत कृषि समूहमा आबद्ध कृषकले भैँसीको दूध र तरकारी बिक्री गरेर मासिक पाँच लाखभन्दा बढी आम्दानी गरेका छन् । उनीहरुले आफूले मात्र आम्दानी गरेको नभएर कैयौँ युवालाई रोजगारी पनि दिएका छन् । लामो समयदेखि बाँझो रहेको १६ रोपनी जग्गा भाडामा लिएर सञ्चालन गरेको व्यावसायिक पशुपालन र तरकारी खेतीमा हालसम्म रु एक करोड ५० लाखभन्दा बढी लगानी भएको सो फर्मका किसानले जनाएका छन् ।

    सो कृषि फर्मले विभिन्न शीर्षकमा नेपाल सरकारबाट रु १४ लाख २५ हजार अनुदानसमेत प्राप्त गरेको छ । उक्त फर्ममार्फत कृषि विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (इकाइ) तरकारी सुपरजोनको रु १३ लाख ७५ हजार अनुदान र फर्मका तर्पmबाट दुई लाख ५० हजारको लागतमा निर्माण गरिएको तापानुकूलित हाइटेक निर्माण गरी मौसमी एवं बेमौसमी तरकारी खेती गरिएको छ । गोठमा रहेका २४ वटा माहु भैँसीमध्ये १९ वटाले दैनिक ९० लिटर दूध दिन्छन् । प्रतिलिटर शुद्ध दूध रु एक सय ४० मा बिक्री गर्ने गरिएको छ । यसरी मासिक रु तीन लाख ७८ हजार बराबरको दूध बिक्री गर्ने गरेको उक्त कृषि समूह सञ्चालक समितिका अध्यक्ष मोहनबहादुर कार्कीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार त्यस फर्मले भैँसीपालनतर्पm कृषि विज्ञ केन्द्र पोखराबाट रु ६० हजार मूल्य बराबरको उन्नतजातको राँगो र पोखरा महानगरपालिकाबाट बायोग्यास प्लान्टका लागि रु ५० हजार अनुदान प्राप्त गरेको छ । सरकारी स्तरबाट आवश्यक सहयोग प्राप्त हुने हो भने ५० वटा दुहुना भैँसी पु¥याउने फर्मको लक्ष्य रहेको उहाँको भनाइ छ । “फर्ममा उत्पादित दूध र तरकारी बिक्री हुँदैन कि भन्नै पर्दैन, ग्राहक बिहान–बेलुका फर्ममै आउँछन्”, उहाँले भन्नुभयो, “दूधमा गोठदेखि सबैतर्फ शुद्धतामा ध्यान दिइएका छौँ, फर्ममा उत्पादित भैँसीको दूधमा आठ प्रतिशत फ्याट (बाक्लो या चिल्लोपन) हुन्छ, हामीलाई लाग्छ हामीले निकै शुद्ध र ताजा दूध उपलब्ध गराइरहेका छौँ ।” सर्लाही जिल्लाबाट रु एक लाख ४० हजारमा खरिद गरेर ल्याएको एउटा भैँसीले अहिले पनि दैनिक १५ लिटर दूध दिने गरेको छ ।

    उन्नत जातका भैँसीका पाडी हुर्काउने अभियान नै सञ्चालन गरेको उहाँको भनाइ छ । छिमेकी मुलुक भारतबाट खरिद गरेर ल्याएको भैँसी दूध दिने अवस्थासम्म दुहुने र दूध घट्ने बित्तिकै मासुमा बिक्री गर्दा व्यक्तिलाई फाइदा भए पनि राज्यलाई आर्थिक रुपमा ठूलो नोक्सान हुने हुँदा पशुपालनसँगै पाडापाडी हुर्काउनेलाई सरकारी स्तरबाट उचित अनुदानको व्यवस्था गर्नुपर्नेमा पशुपालक कृषकको जोड रहेको छ । विसं २०७३ मा दर्ता गरी सञ्चालनमा आएको फर्मले यस पटक छवटा पाडा बिक्री गरेर ९० हजार आम्दानी गरेको छ । भारतमा गएर भैँसी खरिद गर्नुभन्दा गोठमै पाडी हुर्काउने लक्ष्य फर्मको छ ।

    गोठमा अहिले विभिन्न उमेरका १६ वटा पाडापाडी हुर्कंदै गरेका छन् । दानामा नभई घाँसमा आधारित भैँसीपालनलाई जोड दिँदै आएको फर्मले १०० रोपनी जग्गामा उन्नत जातको मकै, नेपियर लगायतका विभिन्न दुधालु जातका घाँसका बिरुवा लगाएको छ । उत्पादित घाँसलाई दानामा मिसाएर भैँसीलाई खुवाउँदा दूधमा फ्याटको मात्रा बढी हुनाका साथै भैँसीको स्वास्थ पनि राम्रो हुने गरेको उहाँको भनाइ छ । पशुपालनसँगै नेपाल सरकार कृषि विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (इकाइ) तरकारी सुपरजोनको अनुदानमा निर्माण गरिएको हाइटेक (हरितगृह) मा यतिखेर गोलभेँडा लटरम्म फलेका छन् ।

    भैँसीको मललाई विभिन्न जैविक घाँसहरु राखेर १५ दिनसम्म छोपेपछि बनेको कम्पोष्ट मल तरकारी बारीमा राख्दा टनेलभित्र लगाएको तरकारीले राम्रो उत्पादन दिनुका साथै उपभोक्ताको स्वास्थ्यको समेत ख्याल गरी अर्गानिक उत्पादनमा जोड दिँदै आएको सञ्चालक समितिका सचिव ललितबहादुर बानियाँले जानकारी दिनुभयो । एक रोपनी क्षेत्रफलमा रहेको जमीनमा पोखरा–२० भलामस्थित हमाल एग्रिकल्चर एन्ड भेजिटेबल नर्सरीबाट खरिद गरेर चैतको अन्तिम सातामा रोपेका ७३० वटा बिरुवाले यतिखेर लटरम्म फल दिन थालेका छन् । अहिले दैनिक कम्तीमा ३० केजी गोलभेँडा उत्पादन हुने गरेको छ, प्रतिकेजी रु ७० मा बिक्री गर्दै आएको उहाँको भनाइ छ ।

    “यस मौसममा गोलभेँडा बिक्री गरेर न्यूनतम रु १० लाख आम्दानी गर्ने हाम्रो लक्ष्य छ”, उहाँले भन्नुभयो, “बारम्बार आउने हावाहुरीसहितको असिना पानीले टनेलको प्लाष्टिक उडाउँदा रोगको प्रकोप बढेसँगै उत्पादनमा समेत कमी आउने गरेको छ ।” बेलायतमा पाँच वर्ष बसेर स्वदेश फर्कनुभएका उहाँले जन्मभूमिमै परिवारसँगै बसेर पनि केही गर्न सकिन्छ भन्ने सोचका साथ स्थानीय १५ जनाको समूह बनाएर फर्म दर्ता गरी अरूलाई पनि पशुपालन र तरकारी खेती गर्न प्रेरित गर्दै आउनुभएको छ । सो समूहले आफ्नो निजी खर्च रु १८ लाखको लागतमा निर्माण गरेको टनेलभित्र लगाएको भक्तपुरे लोकल काँक्रोका ६०० बिरुवाले चैतदेखि उत्पादन दिन शुरु गरेको थियो ।

    काँक्रो बिक्रीबाट यस मौसममा रु ९० हजार आम्दानी भएको सो फर्म सञ्चालक समितिका सदस्य हरिबहादुर कार्कीले बताउनुभयो । “बजारमा शुरुमा प्रतिकेजी रु ८० र पछिल्लो समयमा रु ५५ मा काँक्रो बिक्री भयो”, उहाँले भन्नुभयो, “उत्पादित काँक्रो फर्मबाटै बिक्री हुने गरेको छ भने केही बाँकी आसपासका उपभोक्ता बस्तीमा पुर्‍याएर समेत बिक्री गर्ने गरेका छौँ ।” उहाँका अनुसार टनेलभित्र बेमौसमी तरकारी खेती गरिँदै आएको र काँक्रो हटाएपछि साग रोपिएको छ । अहिले सागले पनि आम्दानी दिन शुरु गरेको छ । विशेषतः टनेलमा गोलभेँडा, काँक्रो, सिमी, धनियाँ, सागबाट राम्रो आम्दानी हुने गरेको छ । फर्ममा हाल आठजनाले प्रत्यक्ष रोजगार पाएका छन् । उनीहरुको मासिक पारिश्रमिकमा मात्र रु एक लाख १० हजार खर्च हुने गरेको छ ।

    उनीहरुका लागि खाना र बासको समेत फर्मले छुट्टै व्यवस्था गर्दै आएको छ । पशुपालन एवं तरकारी खेतीको लागि अत्यावश्यकरुपमा रहेको पानीका लागि रु २२ लाखको लागतमा डिप बोरिङ खनेर पानीको व्यवस्था गर्दै आएको फर्मले सहुलियत ब्याजदरमा विभिन्न बैंकबाट रु ७५ लाख ऋण लिएको जनाएको छ । कोभिड–१९ को सङ्क्रमणको जोखिम कम गर्नका लागि घोषित बन्दाबन्दीका कारण फर्ममा भैँसीपालन र तरकारी खेतीमा प्रत्यक्ष प्रभाव परेको छ । गुणस्तरीय दाना र आवश्यक परालको अभावमा दिनप्रतिदिन भैँसी कमजोर बन्दै गएको र दूध उत्पादनसमेत घट्दै गएको छ । ढुवानी सेवा प्रभावित हुँदा विशेषगरी पशुपालनमा समस्या सिर्जना भएको हो । यतिखेर घाँसमा जोड दिइएको छ ।

    स्थानीय कृषकको प्रोत्साहन एवं कोरोनाको सङ्क्रमण पैmलिन नदिनका लागि बाहिरबाट आउने दूध, तरकारी, फलफूल लगायतका वस्तुहरु रोक्नुपर्ने व्यावसायिक कृषकहरुको एउटै स्वर छ । सरकारीस्तरबाट गुणस्तरीय बीउ, मल, दानासहित बजारीकरणको समेत उचित व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको छ । स्थानीय तहले बाँझो जग्गाको पहिचान गरी वैदेशिक रोजगारबाट फर्केका युवा शक्तिको सीप लगाई स्वदेशी माटोमा केही गर्न चाहनेलाई सर्वसुलभ भाडा दरमा जग्गा उपलब्ध गराउन सके स्वदेशभित्रै स्वरोजगारीको सिर्जना हुनाका साथै राष्ट्रिय उत्पादकत्वमा समेत वृद्धि हुने कृषकको विश्वास छ ।

    बन्दाबन्दीले कृषि क्षेत्रमा परेको प्रभावलाई कम गर्नेगरी कृषकको उत्साहलाई जोगाई राख्न सरकारले ब्याज छुट गरिदिनुपर्ने कृषकको माग रहेको छ । राधिका एकीकृत कृषक समूहले उत्पादित शुद्ध दूध र प्राङ्गारिक तरकारी बिक्री गरेर आम्दानी गर्नाका साथै घाँस र मलको समेत भरपुर उपयोग गर्दै आएको छ । दूध र तरकारी बिक्रीबाट आम्दानी त हुन्छ नै भैँसीको मल तरकारीमा प्रयोग गर्ने र तरकारीबाट उत्पादन भएको घाँस भैँसीलाई दानाका रुपमा प्रयोग गरेर फर्मले दोहोरो फाइदा लिँदै आएको छ ।

    भैँसीको आलो गोबरलाई विभिन्न प्रविधि अपनाएर कम्पोष्ट मल बनाएर हाइटेक भित्र लगाउने सबै खाले तरकारी बारीमा प्रयोग गरिएका कारण पनि यसरी उत्पादित अर्गानिक तरकारीप्रति उपभोक्ताको आकर्षण बढेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण उद्योग व्यवसाय चौपट भएको अहिलेको अवस्थामा विदेशबाट फर्किएका नेपाली तथा स्वदेशमै रहेका मजदूर वर्गलाई कृषिमा आकर्षण बढाएर उत्पादनसँग जोड्दै देशलाई आत्मनिर्भर बनाउनेतर्फ तीनै तहका सरकार कटिबद्ध भएर लाग्नुपर्ने यो महत्वपूर्ण अवसरसमेत भएको सरोकारवालाको सामूहिक धारणा रहेको छ । रासस

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.