Date
मङ्ल, फाल्गुन २६, २०८२
Tue, March 10, 2026
Tuesday, March 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोरोना भाइरस नेपाल: काठमाडौं उपत्यकामा ‘तीन वर्गका सङ्क्रमित, समुदायमा फैलिसकेको छैन’

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
असार २३, २०७७
- कोभिड–१९, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    काठमाडौं उपत्यकामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेको भन्दै चिन्ता व्यक्त भइरहेका बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले यस क्षेत्रमा विशेषतः “तीन वर्गका सङ्क्रमित” फेला परेको जनाएका छन्।

    उनीहरूले ती तीन वर्गका सङ्क्रमितलाई नै लक्षित गरेर अहिले थप सङ्क्रमितको पहिचान र परीक्षण कार्य अघि बढाइएको जानकारी दिए।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले कतिपयले काठमाण्डौं उपत्यकामा समुदायस्तरमा कोरोनाभाइरस फैलिएको भन्ने गरेको भए पनि त्यस्तो अवस्था आइनसकेको बताए। तर उनका अनुसार त्यो स्थिति आउन सक्ने भएकाले सतर्क हुनुपर्छ।

    उनले भने, “काठमाडौंमा हामीले ट्राभल हिस्ट्री नभएकोमा सङ्क्रमण भेट्यौँ, तर समुदायमा गएर परीक्षण गर्दा ती व्यक्तिको सम्पर्कमा आएकाहरूमा पनि सङ्क्रमण भेटिएन।” “त्यसले गर्दा अहिले स्थानीय स्तरमा सङ्क्रमण देखिएको छ। सामुदायिक तहमा प्रवेश गरिसकेको जस्तो देखिँदैन। तर एक न एक दिन त समुदायमा जान्छ नै। त्यसैले हामीले सतर्कता अपनाउनुपर्छ।”

    उनका अनुसार अहिले समुदायमा कोरोनाभाइरस सङ्क्रमणको स्थिति अध्ययन भइरहेको छ।

    तीन वर्गका सङ्क्रमित
    डा. पाण्डेका अनुसार अहिले उपत्यकामा विदेशबाट उद्धार गरेर ल्याइएका, सङ्क्रमण धेरै फैलिएका जिल्लाबाट आएका र स्थानीय स्तरका गरी तीन वर्गका सङ्क्रमित भेटिएका छन्।अहिलेसम्म राजधानीमा फेला परेका सङ्क्रमितमध्ये न्यून सङ्ख्याका व्यक्तिले मात्र बाहिर यात्रा नगरेको वा बाहिरबाट आएका मानिससँग संसर्ग नगरेको देखिएको छ।

    उनले भने, “अहिलेसम्म नेपालमा भेटिएका सङ्क्रमितमध्ये ९७ प्रतिशत आयातीत छन् र त्यसमा पनि पुरुष ९० प्रतिशत छन्। समुदायमा फैलिएको अवस्थामा महिलाहरू पनि उत्तिकै सङ्क्रमित हुनुपर्ने हो। त्यो देखिएको छैन।”

    उनले विदेशबाट उद्धार गरिएका नेपालीहरूमध्ये कतिले परीक्षण नगरी पनि आएको र कति बिरामीलाई पनि विमानमा ल्याइएकाले सँगै यात्रा गर्ने कतिपय पनि सङ्क्रमित देखिएको बताए।त्यसैले अहिले होल्डिङ सेन्टर र क्वारन्टीनमा बढी केन्द्रीत भएर परीक्षणलाई तीव्रता दिइएको उनले बताए।

    परीक्षण
    त्यस्तै उनले स्थानीय स्तरमा सङ्क्रमण भेटिएका क्षेत्रमा पनि परीक्षण अघि बढाइएको जानकारी दिए।उनका अनुसार शनिवार नख्खु र तीनकुनेमा त्यस्तो परीक्षण गरिएको र आइतवार टोखामा गरिएको थियो।सोमवार शङ्खमूल, भक्तपुर र गङ्गालाल हृदयरोग केन्द्रमा त्यस्तै गरिएको र मङ्गलवार कपनमा टोली खटाइएको पाण्डेले जानकारी दिए।

    मन्त्रालयका अनुसार सोमवारसम्म उपत्यकाभित्रका एक दर्जनजति क्षेत्रमा सङ्क्रमितहरू भेटिएका छन्।सोमवारसम्म काठमाण्डौं  उपत्यकाभित्र कुल २३९ जना सङ्क्रमित फेला परेका छन्।त्यसमध्ये सबैभन्दा बढीकाठमाण्डौंमा १६१ जना तथा ललितपुर र भक्तपुरमा ३९/३९ जना भेटिएका छन्।

    मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले पनि उपत्यकामा समुदायमै फैलिसकेको अवस्था नरहेको बताए।उनले उपत्यकाभित्र सङ्क्रमण देखिएका क्षेत्रलाई दृष्टिगत गरेर त्यस क्षेत्रका बासिन्दाहरूको ‘र्‍यान्डम स्याम्प्लिङ’ गरेर परीक्षण अघि बढाइएको जानकारी दिए।

    ‘समुदायमा फैलिएको झिल्को, लक्षण नहुँदा यकिन गर्न समस्या’
    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल अनुसन्धान शाखाका संयोजक डा. शेरबहादुर पुनका अनुसार चाहिँ उपत्यकाभित्र समुदायमा फैलिएको जस्तो देखिने सङ्केतहरू आए पनि त्यसलाई पुष्टि गर्न चुनौती देखिएको छ।

    उनले भने, “स्रोत नै थाहा नभएका सङ्क्रमण देखिएको अवस्थामा समुदायमा पुग्यो भन्ने झिल्को र सङ्केतहरू त देखिएका छन्। तर नेपालमा लक्षण नै नहुने खालेको कोरोनाभाइरस आएकाले यकिन गर्न समस्या भएको देखिन्छ। यो एउटा ठूलो चुनौतीका रूपमा रहेको छ।”

    नेपालमा सामान्य लक्षणहरूमा मानिसहरू अस्पतालसम्म नपुग्ने भएकाले पनि कहाँकहाँ सङ्क्रमण छ भन्ने पत्ता लगाउन गाह्रो हुने उनको तर्क छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक पाण्डेले चाहिँ लक्षण नभए पनि अहिले सङ्क्रमित देखिएका स्थानहरूमा नमुना सङ्कलन र परीक्षण गर्ने कार्य अघि बढाइएको जानकारी दिए। बीबीसी 

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.