Date
सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
Monday, April 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोरोना भाइरस: चार महिनाको असरले सरकारले कति आम्दानी गुमायो

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
असार ३१, २०७७
- कोभिड–१९, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    चैत ११ गतेदेखि लकडाउन लागु भएयता सङ्कुचित भएका आर्थिक क्रियाकलापको प्रभाव सरकारको आम्दानी र खर्चमा प्रस्ट परेको देखिएको छ।

    असारको ३० गतेसम्मको आँकडा अनुसार साविकमा लक्ष्य हाराहारीमै उठ्ने राजस्व यसपटक लक्ष्यको ७० प्रतिशत जति मात्रै उठेको छ।बजेटमा ११ खर्ब रुपैयाँभन्दा धेरै राजस्व उठाउने लक्ष्य भएकोमा असार ३० गतेसम्म केवल सात खर्ब ७० अर्ब रुपैयाँ उठेको छ।जसको अर्थ सरकारको लक्ष्यभन्दा झन्डै साढे तीन खर्ब रुपैयाँ कम उठेको छ।

    विकास खर्च पनि न्यून
    महालेखा नियन्त्रकको कार्यालयले दिएको आँकडामा तलबभत्ताजस्ता साधारण खर्चमा भने लक्ष्य गरिएकोमध्ये ८० प्रतिशत खर्च भइसकेको देखिन्छ।अघिल्लो वर्ष यस्तो खर्च लक्ष्यको ९२ प्रतिशत जति भएको थियो।

    अर्थात् आम्दानीमा धेरै असर परेको छ तर खर्चमा भने खासै कमी आएको छैन।त्यसमाथि जुन खर्च हुनुपर्थ्यो त्यो भने कम नै भएको पाइएको छ।विकास खर्च असार मसान्तसम्म आइपुग्दा ४५ प्रतिशतको हाराहारीमा नै छ। लक्ष्य गरिएकोभन्दा आधा पनि विकास खर्च हुन सकेको छैन।

    “यसपाली राजस्व र खर्च दुवैमा कोरोनाभाइरस सङ्कटको असर परेको छ। पूँजीगत खर्च बढाउन विभिन्न उपाय गरिएको थियो तर महामारीको कारण हुन सकेन,” महालेखा नियन्त्रक गोपीनाथ मैनालीले भने।तर कतिपय अनिवार्य कर दायित्वका आम्दानी भने ढिलै भएपनि अझै उठ्न सक्ने उनले बताए।एकातिर राजस्व कम भएको अनि अर्कोतिर पूँजीगत वा विकास खर्च हुन नसकेकाले अर्थतन्त्रलाई नै सङ्कुचित पार्ने खतरा अर्थविद्हरूले देखेका छन्।

    अर्थविद् केशव आचार्य भन्छन्, “नेपालमा स्थिति के छ भने सरकारले गरेको खर्चले निजी क्षेत्रलाई पनि उत्प्रेरकको काम गरिरहेको हुन्छ। यहाँ सरकारले एक रुपैयाँ खर्च गरे निजी क्षेत्रले ३-४ रुपैयाँ खर्च गर्ने गरेको पाइएको छ।””त्यसैले सरकारको विकास खर्च कम हुँदा चौतर्फी असर पर्छ।”

    के पछिल्लो समय सुधार भइरहेको हो?
    करिब एक महिना अगाडिसम्म पनि सरकारलाई कम राजस्व उठ्नाले चिन्तामा पारेको थियो।त्यतिखेर प्रतिनिधि सभामा बोल्दै अर्थमन्त्री युवराज खतिवडाले मासिक अनिवार्य खर्च दायित्व ४० अर्ब रहेको तर राजस्व केवल १५ अर्बको हाराहारीमा उठिरहेको बताएका थिए। तर असार १ गतेपछि लकडाउन खुकुलो भएकाले बढेका आर्थिक क्रियाकलापका कारण पछिल्ला साताहरूमा अवस्था थोरै अनुकुल हुन थालेको अर्थविद्हरू बताउँछन्। अर्थतन्त्रका संरचना नभत्किएकाले चाँडै सुधार हुने अर्थमन्त्रीको आशा छ।

    जसको प्रतिबिम्ब केही समय अगाडि अर्थमन्त्रीले एउटा कार्यक्रममा दिएको अभिव्यक्तिले पनि प्रस्ट पार्छ।उनले जेठ महिनाभरि एक खर्ब रुपैयाँ बराबरको विप्रेषण रकम भित्रिएको र त्यो साविकभन्दा निकै धेरै रहेको भनेर खुसी प्रकट गरेका थिए।साथै लकडाउनका बेला २० प्रतिशतमा खुम्चिएको अन्तर्राष्ट्रिय व्यापार अहिले ८० प्रतिशतसम्म पुगिसकेको र त्यसले गर्दा राजस्व बढिरहेको उनले बताए।”हाम्रो कुनै संरचना भत्किएको छैन। खुकुलो हुनासाथ सुधार हुँदै जान्छ,” अर्थमन्त्रीको आशा छ।

    तर त्यो सुधार कति होला भन्नेबारे चाहिँ धेरै अनिश्चय बाँकी नै छन्।वैशाखमा तथ्याङ्क विभागले प्रकाशित गरेको आँकडामा यो आर्थिक वर्षमा सवा दुई प्रतिशतको हाराहारीमा वृद्धि हुने ठानिएको थियो।तर त्यसपछि जेठ र असारमा पनि पूर्ण लकडाउन खुलिनसकेको हुँदा त्यो अनुमानभन्दा पनि कम वृद्धि हुने बताइन्छ। साथै यो सुस्तता कति लामो समय अझै जारी रहन्छ भन्नेमा धेरै कुरा निर्भर देखिन्छ। बीबीसी

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.