Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
Friday, May 1, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

छाङरु र तिङ्कर जाेडने ४६० मिटर गाेरेटाे बन्याे, भदौभित्रै पूरा हुने

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
भदौ १६, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेपाली सेनाले घाँटीबगर इलाकामा कडा चट्टान रहेको भीरमा ४६० मिटर गोरेटो बाटो निर्माण गरेको छ । यही भदौ मसान्तभित्रै ५५० मिटर उक्त गोरेटो बाटोको ट्रयाक खोलिसक्ने सेनाको तयारी छ । भारतले सडक निर्माणका क्रममा अवरुद्ध रहेको घाँटीबगर क्षेत्रमा बाटो अवरुद्धहुँदा व्यासको छाङरु र तिङ्करका बासिन्दालाई आवतजावत गर्न समस्या थियो । गत जेठ ९ गतेदेखि नेपाली सेना परिचालन भएर यो क्षेत्रमा गोरेटो बाटो निर्माणको कार्य अघि बढाइएको हो ।

    यो बाटो खुलेसँगै व्यासका बासिन्दालाई जोखिमपूर्ण मानिएको क्षेत्रमा बाटो सहज हुनेछ । व्यासको छाङरु र तिङ्करका बासिन्दालाई कार्तिक महिनामा खलंगा कुञ्चा झर्नसमेत सहज हुनेछ । व्यासको छाङरुमा ११७ र तिङ्करमा ८७ घरधुरीको बसोबास छ । “छिटोभन्दा छिटो काम सक्ने गरी सेनाले घाँटीबगरमा काम गरिरहे पनि मौसम प्रतिकुल नहुनु र कडा चट्टानी भूगोल भएका कारण निर्माण कार्यमा केही ढिलाइ भएको छ”, नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले भन्नुभयो, “आजसम्म ४६० मिटर काम पूरा भएको छ, थप ९० मिटर काम दुई साताभित्र निर्माण भई सक्छ ।”

    उहाँले हरेक दिन सातदेखि १० मिटर लक्ष्य राखेर ट्ययाक खोल्ने काम भइरहेको बताउनुभयो । त्यहाँ कडा चट्टान रहेको बताइएको छ । अहिले २६ ठाउँमा विस्फोट गर्न प्वाल बनाइएको छ । उक्त क्षेत्रमा अहिलेका लागि गोरेटो बाटोमात्र खोले पनि सरकारले दीर्घकालीन रुपमा सडक निर्माण गर्ने निर्णय गरिसकेको छ । मन्त्रिपरिषद्को गत वैशाख १४ गतेको निर्णयअनुसार खलंगादेखि घाँटीबगर ६५ किलोमिटरमा तिङ्कर सडक योजना र घाँटीबगर–तिङ्कर भञ्ज्याङसम्मको ८७ किलोमिटर सडकखण्ड सेनालाई निर्माणको जिम्मा दिइएको छ ।

    पछिल्लो समय विश्वमा फैलिएको कोभिड–१९ का कारण सीमा नाका बन्द हुँदा त्यहाँका बासिन्दाले भारतीय बाटो प्रयोग गर्न पाएका छैनन् । व्यासको छाङरु र तिङ्करमा बस्ने नेपालीलाई सदरमुकाम खलंगा कुञ्चा सर्नका लागि पनि घोरेटो बाटो निर्माण आवश्यक भएको व्यास गाउँपालिका वडा नं १ का सचिव विनोदसिंह बुढाथोकीले बताउनुभयो ।

    “अहिले बाटो नहुँदा छाङरु र तिङ्करका बासिन्दा सदरमुकाम खलंगा आउन पाएका छैनन्, सदरमुकाममा रहेका त्यहाँका पनि गाउँ फर्किन पाएका छैनन्, चाँडो बाटो निर्माण भयो भने स्थानीयलाई आफ्नै भूमि भएर गाउँ जान सहज हुने थियो”, बुढाथोकीले भन्नुभयो । सरकारले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नक्सा जारी गरेपछि यहाँका बासिन्दा पनि नेपालकै भूमि भएर आवत–जावत गर्न पाए भन्नेमा छन् । उनीहरुले अहिलेसम्म नेपाल सरकारले व्यास पुग्ने बाटो निर्माणमा महत्व नदिँदा व्यासीले समस्या झेल्नुपरेको व्यास–१ का बासिन्दा जगदीशप्रताप ऐतवालले बताउनुभयो । पञ्चायतकालमा भारतीय नागरिक पनि नेपालकै यही गोरेटो बाटो भएर व्यासहुँदै कैलाश मानसरोवर दर्शनका लागि जाने गरेका उहाँले सुनाउनुभयो ।

    व्यासीहरु हरेक वर्ष छ महिना व्यास र छ महिना सदरमुकाम खलंगा बस्ने गर्छन् । खलंगाको गर्मी छल्न चिसो ठाउँ उक्लिएका व्यासी चिसो बढेपछि पुनः कार्तिकमा खलंगा झर्ने तयारी हुन्छ ।विगतमा उनीहरुले भारतीय बाटोहुँदै गाउँ जाने गरेका थिए । व्यासको छाङरु र तिङ्कर पुग्न नेपाल तथा भारत दुवैतर्फको प्रशासनको अनुमति लिनुपर्ने बाध्यता थियो । नेपाली भूमि भएर घोरेटो बाटोको ट्ययाक खुलाउन सके स्थानीयले आफ्नै भूमि भएर बरु चार दिन लगाएर भएपनि आवतजावत गर्ने ऐतवाल बताउनुहुन्छ ।

    सरकारले २०६५ सालमा महाकाली लोकमार्गको दार्चुला–तिङ्कर सडकखण्ड निर्माण गर्ने योजना बनाए पनि त्यसलाई महत्व दिएको थिएन । एक सय ३४ किलोमिटर लम्बाई रहेको उक्त लोकमार्ग चीनको सीमा नजिक तिङ्कर भञ्जाङसम्म पुग्छ । उक्त लोकमार्ग निर्माणको १२ वर्ष पुग्दा मुस्किलले ४७ किलोमिटर सडकको ट्ययाक खोलिएको छ ।

    भारततर्फ पिथौरागढ जिल्लाको धार्चुलाबाट सिधै कालापानीसम्म गाडी चल्ने गरी दुई लेनको सडक निर्माण भइरहेको छ । नेपालतर्फको बाटोबाट हिँडेर छाङरु पुग्न अहिले चार दिन लाग्छ । चार दिन लाग्ने गोरेटो बाटो पनि कठीन छ र बीचमा राति बास बस्ने ठाउँको अभाव छ । घाँटीबगरमा बाटो सञ्चालन भए पनि तम्बाकु, कल्जुलगायतका क्षेत्रमा अहिले घोरेटो बाटो अवरुद्ध रहेको वडासचिव बुढाथोकीले बताउनुभयो । रासस

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.