Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

‘जनताको अफीम’ को सूत्र तोड्दै : फुटबल राजनीतिको विषय हो

रामज्जे बारौड रामज्जे बारौड
मंसिर २८, २०७७
- यो हप्ता, राजनीति, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नोम चोम्स्की सहि छन्। उनी भन्छन्– अमेरिकामा खेलकुदले “काल्पनिक संसार” सिर्जना गर्दै आम मानिसहरुलाई “वास्तविक संसारलाई” बुझ्न, संगठित गर्न र प्रभावित गर्ने प्रयाशलाई रोक्न ढालको काम गराउन खोजिएको छ।

    चम्स्कीले खेलकुद प्रत्यक्षप्रसारण र फोन-इन कार्यक्रमहरूलाई सन्दर्भ दिदैँ, खेल संस्कृतिमा संलग्न व्यक्तिहरूको बौद्धिक र विश्लेषणात्मक कमजोर चातुर्यता देखेर आश्चर्यमा परेको एल्टरनेटसँगको एक अन्तर्वार्तामा बताए। उनले भने– अन्ततः जेसुकै होस् यस्तो बौद्धिक  संस्कृतिको “कुनै अर्थ छैन र यो संस्कृति फस्टाएपनि यसको कुनै अर्थ नै छैन किनकि यसले गम्भीर समस्याहरु एकातिर पञ्छाएर कुनै पनि व्यक्तिलाई प्रभाव र परिणाम दिन सक्दैन किनकि शक्ति अर्को ठाउँमा रहेको छ।”

    खेलकुद सबैभन्दा आकर्षक व्यवसाय भएको छ। यो धेरै हदसम्म संयुक्त राज्य अमेरिका र युरोपमा लागू हुन्छ। जहाँका बजारमा सधैं  किनिने र बेचिने फस्टाइरहेका उत्पादनजस्तै खेलाडीहरू र महिलाहरूको बिकाउ मूल्य तोकिएको हुन्छ।

    यद्यपि अमेरिका र युरोपले बाँकी विश्वलाई प्रतिनिधित्व गर्दैनन्। आर्थिक सम्पन्नता हुँदाहुँदैपनि पश्चिमी मुलुकका सर्वसाधारणको राजनीतिज्ञप्रति अविश्वास वा कहिलेकाहिँ राजनीतिक नतिजाप्रति उदासीनताको कारणहरुले यहाँका नागरिकहरु राजनीतिबाट विमुख भई अन्यतिर आकर्षित छन्, उदाहरणका लागि खेलकुद, विशेषगरी फुटबलले धेरै गहिरो र मिहिन अर्थ बोक्छ। यसको अर्थलाई व्यापकरुपमा बेग्लै ढंगले सामाजिक-आर्थिक र राजनीतिक संदर्भमा विश्लेषण गरिनु पर्छ।

    खेलकुदबारे फ्रान्सेली लेखक, मार्क पेरेलम्यानको बेग्लै धारणा छ। उनले खेलकुदका सम्पूर्ण व्यायामलाई बेकार, खतरनाक र अपुरणीय ठान्दछन्। यस्तो धारणा राख्ने उनी एक्ला होइनन्। धेरै बौद्धिक व्यक्तिहरू, विशेषगरी वाम बुद्धिजिवीहरुमा यस्तो धारणा पाइन्छ। तिनीहरुका धारणामा खेलकुदको भूमिका कार्ल मार्क्सले धर्मलाई “जनताको अफिम” भनी चित्रण गरे जस्तै–जस्तै छ।

    ऐतिहासिक रुपमा उक्त दावीलाई बुझ्न सकिन्छ, तर कहिलेकाहीँ प्रायस अज्ञानतावस यसले जनजातीयवादको आभास दिए पनि, पश्चिमा सांस्कृतिक सन्दर्भमा यो विषय सानो इकाइमा बुझिने विषय नै हो। निश्चय नै, उत्साही पुँजीवादी पश्चिमा समाजहरु र उनिहरुका `उपभोक्ताहरु´ (तुलनात्मक रुपमा सिमान्तिकृत, श्रमजीवी वर्गहरु) बिचको सम्बन्धलाई सुक्ष्म जाँचपड्ताल गर्नु आवश्यक छ, तर जे कुरा अमेरिका र युरोपका लागि लागू हुन्छ ती कुरा सम्भवत् बाँकी विश्वमा लागू गरिनु हुँदैन।

    मार्क्सवादी विद्वान एन्टोनियो ग्राम्सीले जनताको बौद्धिकताको बारेमा भनेका छन्: “सबै मानिस बौद्धिक हुन्छन्, तर सबै मानिसलाई बौद्धिक जिम्मेवारी दिइएको हुँदैन।” आंशिक रूपमा, यसको अर्थ “बौद्धिक व्यक्ति”हरुले समाजमा एक छुट्टै वर्गको रूपमा आफ्ना बुद्धिलाई विश्लेषण, चिरफार र आफ्ना बुद्धिमत्तालाई समाज सामू राख्ने गर्छन्। यसोभएपनि, यसका अलावा समाजमा अन्य काममा रहेका प्रत्येक पुरुष र महिलाले चाहे तिनीहरुले जुनसुकै प्रकारको काम गरुन्, तिनीहरु आफ्नै क्षमता र विभिन्न सामाजिक सन्दर्भमा बौद्धिक भूमिका खेल्न सक्षम हुन्छन्।

    बिसौं शताब्दीका सुरुवाति वर्षहरुमा युरोपेलीहरु विशेषगरि इटालीका बुद्धिजीवीहरुले खेलेको भूमिकालाई लिएर ग्राम्सी केही हदसम्म आक्रोशित थिए। उनले केहीलाई परम्परावादी र अन्यलाई समाजभन्दा पृथक भन्दै उछित्तो काडे। उनले पछिल्लो समूहको सोचाइलाई `बुद्धिजीवीवाद´ भनेर सम्बोधित गरे। यी साँघुरो घेराभित्र प्रवाह हुने र उत्रिने विचारहरु बोकेका मानिसहरु हुन्। यिनीहरु न त बाहिरी उत्प्रेरकहरुबाट प्रभावित हुन्छन् न त आफ्ना बौद्धिक झुण्डभन्दा बाहिरी दुनियाका उपलव्धीहरुमा प्रभाव पार्न सक्छन्।

    यस्ता ‘बुद्धिजीवीवादी’हरुका अनुसार– ‘आम जनसमुदाय एक ‘जत्था’ हो। त्यसका हरकोही व्यक्तिहरु कुनै व्यवस्थाले तोकिदिएको भूमिकाभन्दा बाहिर काम गर्न सक्दैनन्’। तर, ग्राम्सी जनसमुदायलाई धेरै नै जटिल र बौद्धिक ठान्छन्। उनी ‘जनसमुदायलाई आफ्नै मार्ग पत्ता लाउन नसक्ने वा आफ्नै निर्णयहरू लिन नसक्ने कुनै प्रयोगशालाका निरही मूसाहरु जस्ता होइनन्’– भन्छन्।

    यो भनाई विभिन्न सामाजिक सन्दर्भमा जसरी नै खेलकुदमा पनि प्रासङ्गिक छ। गत दशकमा अरबका विभिन्न देशहरूमा भएका राजनीतिक र हिंसात्मक उथलपुथलको क्रममा फुटबल फ्यानहरूले आफुलाई ‘खेलकुद फ्यान’ मात्र नभई राजनीतिक आन्दोलनकारीका रुपमा परिवर्तित गरे। त्यसबेला तिनिहरुले खेलकुदको “काल्पनिक संसार” को सीमा-रेखा पार गरे। यहीकारण त्यस समयमा, हजारौंलाई मारियो, यातना दिइयो र कैद गरियो। चाखलाग्दो कुरा, यस सामाजिक सन्दर्भभित्र, फुटबल फ्यान हुँदाहुँदै तिनीहरूले राजनीतिक कार्यकर्ताहरु जस्तै कार्य र व्यवहार गरे।

    यो परिघटना नयाँ होइन। धेरै वर्षदेखि अन्य सामाजिक-राजनीतिक परिवेशहरूका दक्षिण अमेरिका, अफ्रिका र दक्षिणी गोलार्द्धमा समेत यस्ता परिघटना देखिएकाछन्। तुरुन्त दिमागमा आएको एउटा उदाहरण हो– स्कटल्याण्डको सेल्टिक फुटबल क्लवका फ्यानहरुले प्यालेस्टिनी जनता र विश्वभरिका अन्य राष्ट्रिय मुक्ति संघर्षहरूप्रति गरेको ऐक्यबद्धता प्रदर्शन। ऐतिहासिक दृष्टिकोणबाट हेर्दा सेल्टिकको व्यवहारलाई सराहना गर्न सकिन्छ, किनकि यो क्लबको स्थापना आयरल्याण्ड, स्कटल्याण्ड र इङल्यान्डभित्रको उथलपुथल र जातीय संघर्ष भइरहँदा आइरिस आप्रवासी समुदायको गरिवी निवाराणfर्थ सन् १८८७ मा भएको थियो।

    फुटबल स्टेडियमहरू सामाजिक दर्पणहरू जस्तै हुन्, जसले तत्कालिन समाजको सामूहिक मनोदशा र मनोभाव झल्काउँछन्। स्टेडियमभित्रको भौतिक अवस्था, –जहाँ बोकिएका झण्डा र लगाइएका हुर्रेका नाराहरु जस्ता प्रतीक, जातिवाद वा दर्शकसमूहबीचको मित्रभाव, जीतहारमा खुशी र विश्मय जस्ता कुराहरु– बाट विशाल परिघटनाको प्रतिबिम्ब झल्किन्छ। यस्ता प्रतिविम्वहरुभित्र धेरै छानबिन र अध्ययन गरिनुपर्ने विषयहरु हुन्छन्। यसभित्रका कुरालाई पूर्वाग्रही कथ्य र तत्कालको अडान भनेर कम आँकिनु हुदैंन।

    विश्वका धेरै राष्ट्रहरुका लागि फुटबल पलायनवादको एउटा रुप हो। वास्तवमा यो एकमात्र `राजनीतिक´क्षेत्र हो जहाँ उनीहरु परिचालन गर्न सक्षम (यसलाई अनुमति प्राप्त पढ्नुहोला) हुन्छन्। बाहिरबाट हेर्दा उनीहरु अर्थहिन खेल उत्सवका `फ्यान´ जस्ता देखिए पनि प्रायस उनीहरु त्यस्ता उत्सवहरुका राजनीतिक अर्थबारे सचेत हुन्छन्। यदि फ्यानहरुले उत्सवहरुका अन्तरनिहित सामाजिक- राजनीतिक अर्थलाई स्पष्टसँग नबुझेपनि दर्शकका रुपमा मात्र नभइ राजनीतिक कर्ता र समय समयमा आन्दोलनकारीका रुपमा आफ्नो भूमिकाबारे पनि ज्ञान राख्छन्।

    यही कारण हो– अरबी वा भारतीयहरूले विश्वकपको बेला क्यामरून वा नाइजेरिया राष्ट्रिय टोलीलाई समर्थन गर्ने गर्छन्। सेल्टिक टिमका फ्यानहरुले फुटवल मैदानमा प्यालेस्टाइनको झण्डा लिनु सामन्य लाग्छ। तिनीहरू किन यसो गर्छन्– किनकि तिनीहरूलाई थाहा छ – ‘विश्वलाई पहिलो, दोस्रो र तेस्रो, उपनिवेशवादीहरू र औपनिवेशिक, विशेषाधिकारप्राप्त गोरा र विशेषाधिकार विहिन ‘अस्वेत नश्ल’ मा विभाजित गरिएको छ। यही कारण आफूहरु वर्ग र जातीयताका नाममा अपमानित भएको र जिउनु परेको हो।’

    साँचो हो कि शासक बर्गका लागि फुटबल प्रायस “जनताको निम्ति अफिम” सरह बन्दछ। तर जसरी जनताहरुले आफ्नै `बौद्धिक´ क्षमताका भरमा अन्य प्रतिश्पर्धी क्षेत्रहरुमा स्वामित्व लिन सकेका छन्, त्यसरी नै जनताले यो खेलकुद माध्यमको स्वामित्व लिन सक्नेछैनन् भनी ठान्नु बचकना हुनेछ।

    फुटबल र खेलकुदहरु आफु स्वयंमा असल वा खराब हुँदैनन्। खेलकुद अन्य धेरै प्रतिस्पर्धी सामाजिक – राजनीतिक क्षेत्रहरुमध्ये एक हो जसलाई विभिन्न किसिमका उद्धेश्यसँग जोड्न सकिन्छ। र जनताले खेलकुदलाई आफ्नो संस्कृति, सामुहिक पहिचान र राजनीतिक चाहनाको अभिब्यक्ति हो भनी दावी गर्न सक्छन्।

    लेखक एक पत्रकार र प्यालेस्टाइन क्रनिकलका सम्पादक हुन्। उनले पाँचवटा पुस्तकहरु प्रकासित छन्। उनको सबैभन्दा नयाँ पुस्तक ““These Chains Will Be Broken: Palestinian Stories of Struggle and Defiance in Israeli Prisons” हाल चर्चामा रहकोछ।

    साभारः काउण्टरपञ्चमा दिसम्वर ८, २०२० मा प्रसारित।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      रामज्जे बारौड

      रामज्जे बारौड

      डा. बारौड एक पत्रकार र प्यालेस्टाइन क्रोनिकलका सम्पादक हुन्।  पाँचवटा पुस्तकका लेखक उनको हालैको  “These Chains Will Be Broken: Palestinian Stories of Struggle and Defiance in Israeli Prisons” (Clarity Press, Atlanta) चर्चामा रहेको छ।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.