Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
Friday, May 1, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

‘शुक्रराज शास्त्री’ बनेर फाँसीमा चढ्दा मेरो शरीरमा काँडा उम्रियो

नेपाल रिडर्स नेपाल रिडर्स
माघ २०, २०७७
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    प्रतिनिधि सभा विघटनको विरोधमा शिल्पी थिएटरका कलाकारहरूले गत माघ १६ गते काठमाडौँको टेकुमा अलि बेग्लै नाट्य प्रस्तुति गरेका थिए। शहीद शुक्रराज शास्त्रीलाई झुण्ड्याइएको रुखमुनि प्रस्तुत गरिएको नाटकमा शहीद शास्त्रीको भूमिका निर्वाह गरेका रङ्गकर्मी घिमिरे युवराजको प्रस्तुति निकै प्रशंसनीय बन्यो। उनै कलाकार घिमिरेसँग नेपाल रिडर्सका लागि प्रकाश अजातले गरेको कुराकानीको सार :

    देशमा आजको सामाजिक र राजनीतिक रुपान्तरणको आधार के थियो भन्ने कुरा नसम्झिकन हामी अगाडि बढ्न मिल्दैन। जस्तो : अहिलेका कामचलाउ प्रधानमन्त्री खड्गप्रसाद ओली भन्छन् ‘हामीले ठूलो योगदान दियौँ, १४ वर्ष जेलमा बस्यौँ।’ अहिलेको सुविधा लिन र शासन गर्नका लागि उनीहरू आफ्नो संघर्षलाई नै प्रमाणपत्रका रुपमा लिन्छन्। तर उनीहरूले आजको धरातल निर्माण गर्नका लागि कति नागरिकले रगत पसिना बगाए र कतिले योगदान दिए भन्नेकुरा पनि बुझ्नुपर्ने हुन्छ। यी राजनीतिक दलहरूले भन्दा जनताले ठूलो योगदान गरेर आज लोकतन्त्रको आधार बनेको छ। यसलाई सम्झिन हामीले शहीद दिवसमा शुक्रराज शास्त्रीसम्बन्धी सो नाटक प्रस्तुत गर्‍यौं। अर्को कुरा, शहीदहरूले जुन समर्पण र योगदान गरे, त्यसलाई नयाँ पुस्तामाझ पुर्नताजगी गराउने र सम्झाउने एउटा माध्यम पनि हो यो यस्ता नाटक।

    हामीले गरेको नाटकको फोटो वा भिडियो हेरेर कतिपय दर्शकहरू आत्तिनु पनि भयो होला। शहीदका इतिहास पढ्दा त मेरो गला नै अवरुद्ध भएको थियो। म आफैं आत्तिएको छु। फोटो हेर्दै आत्तिने हामीले नेपाली इतिहास पढौँ। सिफलमा पनि हामीले शहीद धर्मभक्त माथेमालाई सम्झियौं। उनलाई तीनपटक झुण्ड्याएर दर्दनाक तरिकाले मारियो। त्यसैले हाम्रो इतिहास कस्तो दारुण र पीडादायक छ, त्यो बुझ्नुपर्छ हामीले।

    अघिल्लो रात म सुतेकै थिइनँ

    शहीद दिवसको दिन टेकुमा शुक्रराज शास्त्रीको भूमिकामा प्रस्तुति दिएको अघिल्लो रात म सुतेकै थिइनँ। छट्पटीले म सुत्न सकिन। त्यत्रो ठूलो बलिदानी गरेका व्यक्तिको भूमिकालाई मैले साच्चै देखाउन सक्छु कि सक्दिनँ भन्ने चुनौती थियो। अर्को चुनौती थियो, शुक्रराज शास्त्रीको आँखामा नभएको डर मैले त्यसरी नै रंगमञ्चमा उतार्न सक्छु कि सक्दिनँ। किनभने मेरो त्यो काम मनोरञ्जनका लागि होइन।

    त्यसैले, शुक्रराज शास्त्रीको योगदानलाई शाक्तिशाली रुपमा कसरी देखाउन सकिन्छ भन्ने ठूलो डर र चुनौति थियो। शास्त्रीको भूमिकामा नाटक प्रस्तुत गरिरहँदा मेरो शरिरमा काँडा उम्रिरह्यो। राणाकालिन सैनिकको भेषमा जब मलाई पक्राउ गरेर पचलीको खरीको रुखमुनि लगियो, त्यतिबेला मेरो मुटुको धड्कन बढिरहेको थियो। किनकी त्यो महान् समर्पणलाई मैले देखाउँदा कति न्याय गर्न सक्छु भन्ने चिन्ता र चुनौती थियो।

    त्यसैले मेरो प्रश्न छ, आज यो राजनीतिक विरासतमा उभिएर ज–जसले सत्ताको भोग गरिरहेका छन्, तिनलाई किन डर लाग्दैन? जब कि तिनै शहीदहरूको योगदानले गर्दा आज उनीहरू यो विरासतमा आएर भोगविलासमा छन्। यो त्रासदि त उनीहरूमा पनि हुनुपर्ने हो नि। मलाई अहिले पनि डर छ। नागरिक आन्दोलनले एउटा आवश्यकता ठानेर त्यसरी खुल्लामञ्चमा त्यो नाटक प्रदर्शन गरेको हो। त्यसको लागि फरक खालको रंगमञ्चको सेटिङ चाहिन्छ। साँच्चै, त्यो स्तरको संवेदना पक्रिने हो भने थिएटरभित्र गर्दा अझै शक्तिशाली हुन्थ्यो नाटक भन्ने मलाई लाग्छ।

    चारै शहीदहरूको एकालापलाई टेक्स्ट्मा उतार्ने कामको जिम्मा मैले पाएको छु अहिले। यतिबेला म धेरै टेक्स्टहरू पढिरहेको छु। जस्तैः आइतबार सिफलमा पढिएको धर्मभक्त माथेमाको एकालाप मैले तयार पारेको हो। यो टेक्स्ट तयार पार्दापार्दै चारै शहीदहरूको बारेमा एउटा नाटक नै तयार पार्ने हाम्रो योजना छ। सम्पूर्ण शहीदहरूको प्रतिबिम्वित हुनेगरी नाटक बनाउँदैछौँ ।

    नाटकको एक दृश्यमा घिमिरे युवराज

    कहाँ छैन राजनीति?

    कलाकारिता पनि राजनीतिको एउटा पाटो हो। हामी कलाकार, किसान, मजदुरलगायत आम मानिसहरू एउटा निश्चित राज्यभित्रको यो भूमिमा जो बसिरहेका छौँ, हामी सबै राजनीतिबाट अछुतो छैनौँ। मैले खाने पानी, चिया, दालभात तरकारी, मैले यात्रा गर्ने सवारी साधन लगायत सबैमा राजनीति छ। मैले चढ्ने गाढीमा सिण्डिकेट छ। त्यसैले त्यहाँ राजनीति छ। मैले कति भाडा तिर्ने र बजारमा गएर कुन चामल किन्ने भन्नेमा पनि राजनीति छ। किनभने राजनीतिले नै छानेर चामल ल्याएको छ। त्यसैले कलाकार भएर राजनीति गर्नुहुन्न भन्ने चाहिँ अज्ञानी कुरा हो।

    अबको आन्दोलन फरक हुन्छ। हामीले शहीदहरूलाई सम्झिने हो, तर अर्को शहीद बनाउने होइन। नागरिक आन्दोलनको अभिप्राय विवेकसहितको शान्तिपूर्ण र कलात्मक आन्दोलन गर्नु हो। काहीँ गएर ढुंगा हान्ने र नारामा नै अनुशासनलाई भत्काउने गरेका छैनौँ। कलाकारिताको बुझाईको तीनवटा वेसलाइन छः राजनीति, समाज र संस्कृति। त्यसको मूलधार भनेको संस्कृति हो। हामी सांस्कृतिक हुनुप-यो। हाम्रो आन्दोलन सांस्कृतिक चेतानासहितको आन्दोलन हो। तर शासक कति क्रुर हुन्छ, उसले आमनागरिक र आफ्ना मतदाताको हत्या नै गर्न चाहन्छ भने त्यो अर्को कुरा हो। तर हाम्रो आन्दोलन चेतनासहितको शान्तिपूर्ण र कलात्मक नै हुन्छ।

    ‘गलत राजनीतिको’ को शिकार भयौँ

    हाम्रो राजनीति संस्कारमा चेतनाबाट मतदाता सिर्जना भएनन्। नेताहरूमा ‘फल्स् पोलिटिक्स्’ अथवा फाउल् खेलेर भएपनि जित्छु भन्ने मानसिकता छ। ख्याल राख्नु पर्ने कुरो के छ भने १४ वर्ष जेल बसेको वा संघर्ष गरेको व्यक्ति असल शासक नहुन सक्छ। उसले त एउटा मुभमेन्ट गरेको हो। मानौँ, म ४ वर्ष नागरिक आन्दोलनमा गएँ भन्दैमा म नेता हुने हैसियत राख्छु भनेर भोट माग्दै हिँड्ने होइन नि। त्यसैले, अहिले नेतृत्व तहमा पुगेका मानिसहरू पनि राजनीतिक, समाजिक र सांस्कृतिक चेतना भएर त्यहाँ पुगेका होइनन्। हामीले यसको मूल्य चुकाउनै थियो। त्यसैले हामीले आम समाजिक आन्दोलनबाट नयाँ मान्छेहरू तयार पार्नैपर्छ।

    अहिले अग्रपंक्तिमा अथवा दोस्रो वा तेस्रो लाइनमा देखिएको नेतृत्वपनि त्यो चेतना बोकेको छैन। लोकतान्त्रिक र सामाजिक न्यायको चेतना नभएको नेतृत्व माथि पुगेपछि उसले न्यायपालिका र संसदलाई कब्जा गर्छ। राज्यका जतिपनि अंगहरू छन् तिनलाई बेकम्मा बनाउँछ। सांस्कृतिक संस्थान तथा एकेडेमीहरूमा विज्ञता भन्दा पनि भागबण्डाका आधारमा नियुक्ति गरिन्छ। हो, प्रतिगमन त्यहीँबाट सुरु भयो। राजनीतिक चेतना नभएको नेतृत्वले सुरुमा यिनै सानासाना संस्थाहरू भत्काउँदै जान्छ। अनि विस्तारै प्रतिगमनतर्फ जान्छ।

    त्यसैले, अहिले सबैभन्दा ठूलो चिन्ता भनेको, विधिको शासन गर्न सक्षम नेतृत्व नै हामीसँग छैन। सांस्कृतिक चेतनाकै कमजोरीले हामी अहिले न्यायलयमाथि पनि भर गर्न सकिरहेका छैनौँ। किनभने त्यहाँ गएका व्यक्तिहरू भागबण्डाको परिपाटीबाट छानियो। सांस्कृतिक संस्थान, एकेडेमी तथा न्यायपालिकामा सम्बन्धित विषयमा दक्ष मान्छे नै जानुपर्ने हो। तर यहाँ सम्बन्धित विषयको ज्ञान नभएपनि यस्तो ‘फल्स् पोलिटिक्स’ भयो कि सत्तालाई बचाइराख्ने मान्छे मात्रै छानियो। त्यसैले, अहिले विश्लेषण गर्दा मात्रै थाहा लाग्दैछ, सबै बिग्रिसकेको छ। तत्कालै परिवर्तन गर्न नमिल्नेगरी बिग्रिएको छ। यो डरलाग्दो विषय हो।

    ‘संसद पुर्नस्थापना भएपनि आन्दोलन लम्बिन्छ’

    मलाई लाग्छ, अहिलेको आन्दोलनपछि संसद पुनस्थापना भएपनि यो आन्दोलन अझै ४/५ वर्षसम्म जान्छ। यहाँ संसद पुर्नस्थापनाको कुरा मात्रै छैन। यो संविधानलाई हाम्रो दृष्टिकोणबाट मात्रै हेरिएको छ। यहाँ धेरै ठूलो समुदाय छ, जसले यो संविधानलाई स्वीकार गर्न सकेको छैन। संविधानमा त हरेक व्यक्तिले अपनत्व महसुस गर्न सक्नुपर्छ। त्यसैले यो आन्दोलनको कुरा क्षणिक होइन। लामो प्रक्रियामा जानुपर्छ जस्तो लाग्छ। त्यसको लागि अझै संघर्ष गर्नुपर्छ र यसका लागि म तयार छु। हामी जुन सांस्कृतिक धरातलमा उभिएका छौँ, हाम्रो शिक्षा प्रणाली जस्तो छ र हामीले जस्ता व्यक्ति तयार पारिहेका छौँ, यो गलत छ।

    हामीले बुझ्नुपर्छ कि खड्ग ओली हरेक संस्थाहरूभित्र लुकेर बसेका छन्। तपाई हामीले नै एउटा संस्था बनायौँ भने त्यसलाई हामीले कति डेमोक्रेटिक बनाएका छौँ? यो देशमा चारजना मानिसले साझेदारी गरेर काम गर्ने अवस्था छैन। खड्ग ओलीको कुरा मात्रै होइन, अहिलेका मन्त्रीहरूलाई नै हेर्नोस् उनीहरूले खड्ग ओलीलाई सोधेर त बोलेका त होइनन्, तर उनीहरूले प्रधानमन्त्रीको प्रतिरक्षामा बोल्नैपर्ने स्थिति छ।

    ‘खड्ग ओली प्रवृत्ति’ धेरै ठाउँमा लुकेर बसेको छ

    अहिले सत्तामा मात्रै होइन, विभिन्न संस्था र शाक्तिमा बसेका मानिसहरूमा खड्गप्रसाद ओलीको प्रवत्ति छ। नभए अहिले हामीले न्यायलयमाथि किन औँला ठड्याउनुपर्थ्यो? न्यायपालिकामाथि हाम्रो विश्वास थिएन र? हामीलाई किन न्यायपालिकाले न्याय नगर्ला भन्ने चिन्ता भयो? हिजो लोकमानको विरुद्ध हामीले किन लड्नुपर्‍यो? त्यो चरित्र काहीँ न काहीँ लुकेर बसेको छ र त्यो विभिन्न व्यक्तिमा आइरहन्छ।

    विकसित देशहरू लामो लोकतान्त्रिक प्रक्रियाबाट गुज्रिएका हुन्छन्। त्यसैले शैक्षिक र सांस्कृतिक चेतनाको लागि त्यहाँ धेरै काम भएका छन्। शिक्षामा राजनीति, आन्दोलन र लेखनहरू सबैको समिश्रण हुन्छ। जस्तै एउटा नागरिक गलत ठाउँमा पार्किङ गर्छ र गुट्खा खाएर सडकमा फोहोर गरिहेको हुन्छ। त्यहाँ पनि चेतनाको सवाल छ।

    खड्ग ओली अहिले भन्छन् ‘उहिले उहिले राजा महाराजाहरूलाई आइस्यो, गइस्यो भन्थे, अहिले हामीलाई आए, गए भनिराछन्।’ यसको मतलव सत्तामा पुगेका त्यस्ता व्यक्तिहरूलाई पुरानो राजा महाराजाहरूको संस्कार मनपर्दो रहेछ। आफूलाई पनि राजा महाराजालाई जस्तै सम्मान गर्दियोस्, भन्ने चाहना हुँदो रहेछ। यहाँबाट नेताहरूमा सांस्कृतिक चेतनामा त रुपान्तरण भएको रहेनछ भन्ने प्रमाणित हुन्छ। जस्तैः मणि थापा जस्तो मान्छे ले ‘श्री ५ को सरकार’ भन्दैछन्।

    यो आमूल परिवर्तनका लागि हामीले सांस्कृतिक अभियान नै चलाउनुपर्छ, नागरिकहरूको चेतनासहितको अभियान। जहाँ चेतना, कला र सिर्जना मिसिन्छ। त्यसैले मेरो सबैलाई निवेदन छ, हामी कोही निराश न होऔँ। लड्नु नै छ, यो अन्तिम लडाई हो भनेर नलडौँ, अझै लड्न बाँकी छ।

    भिडियो –

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.