Tuesday, April 20, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home history

ईस्ट इण्डिया कम्पनी कसरी विश्वको सबभन्दा शक्तिशाली व्यापारी भयो

by नेपाल रिडर्स
January 9, 2020
- history, विमर्शका लागि, समाचार
ईस्ट इण्डिया कम्पनी कसरी विश्वको सबभन्दा शक्तिशाली व्यापारी भयो

recto

Share on FacebookShare on TwitterEmail

के तपाईंलाई गुगल वा एप्पल शक्तिशाली छन् भन्ने लाग्छ? त्यसोभए तपाईंले इस्ट इण्डिया कम्पनीको बारेमा सुन्नु भएको छैन होला। इस्ट इण्डिया कम्पनी एक नाफा कमाउने उद्यम कम्पनी थियो, त्यो यति शक्तिशाली थियो कि यसले एक पटक सम्पूर्ण भारतीय उपमहाद्वीपमा शासन गर्‍यो। सन् १६०० देखि १९७४ को बीचमा यो विश्वको सबभन्दा शक्तिशाली निगम बन्यो जसका आफ्नै सेना, आफ्नै संरक्षित भूभाग थियो। समग्र व्यापार यसैको नियन्त्रणमा थियो जसलाई अहिले चिया भनिन्छ।

१७ औं शताब्दीको सुरुमा, भारतीय उपमहाद्वीपलाई ‘पूर्वी इण्डिज’ भनेर चिनिन्थ्यो, र – धनी युरोपियनहरूले मूल्यवान् मसला, कपडा र लक्जरी सामानहरूको भण्डार भन्दै अनन्त सम्भावनायुक्त देशको रूपमा बुझेका थिए। समुद्री दक्षताको कारण स्पेन र पोर्चुगलले सुदूर पूर्वको व्यापारमाथि एकाधिकार गरेका थिए। बेलायत तिनीहरुको एकाधिकार खोस्न चाहान्थ्यो जुन कुरा उसले १५५८मा स्पेनी आरमाडाका जहाजहरू कब्जा गरेपछि यो मुलुक नौसेनामा शक्तिशाली बन्यो।

१६०० मा अङ्ग्रेज व्यापारीहरूको एउटा समूहले इलिजाबेथ प्रथमसँग महारानीको तर्फबाट व्यापारमा एकाधिकार कायम गर्न ‘पूर्वी इण्डिज’ तर्फ समुद्री यात्रा गर्नका लागि हुकुम प्रमाङ्गी गरिदिन अनुरोध गर्‍यो। व्यापारीहरूले लगानी गर्न लगभग ७०,००० पाउण्ड रकम राखेर इस्ट इण्डिया कम्पनीको दर्ता गरे।

कर्पोरेसनले ‘कारखाना’ प्रणालीमा भर पर्‍यो। यसले आफ्ना प्रतिनिधिहरूमार्फत् मालसामानको व्यापार गर्नका लागि व्यापारिक केन्द्रहरु निर्माण गर्‍यो। सन् १६१३ मा यसले मुगल सम्राट जहांगीरसँग एक सन्धि गर्‍यो। सो सन्धीले पश्चिमी भारतमा रहेको सूरत भन्ने स्थानमा पहिलो कारखाना स्थापना गर्‍यो। शुरुमा यस कम्पनीले मरिच र विभिन्न प्रकारका मसलाहरुमा ध्यान दियो तर पछि यसले सूति, खद्दरका कपडाहरु तथा रेशमी कपडा र अन्ततः चियामा दिन थाल्यो। त्यसपछि फारस खाडी, चीन र एशियाका अन्य भागहरुमा विस्तार गर्न थाल्यो।

ईस्ट इण्डिया कम्पनीको शाही चार्टरले यसलाई ‘युद्ध छेड्ने’ क्षमता प्रदान गर्‍यो, र प्रारम्भमा यसले आफ्नो सेना बलको प्रयोग आफ्नै सुरक्षा गर्न र प्रतिद्वन्द्वी ट्रेडरहरूसँग लड्नमात्र गर्‍यो। तर, सन् १७५७ मा, यसले बंगालको सम्पूर्ण मुगल राज्यलाई नियन्त्रणमा लियो। कम्पनीको ३,००० सेनाको नेतृत्व गर्ने रबर्ट क्लाइव बंगालको गभर्नर बने। त्यसपछि यस कम्पनीको सरकारले नै कर र भन्सारहरू संकलन गर्न थाले। त्यही रकमले भारतीय सामान किन्दै इङ्गल्यान्डमा निर्यात गर्न प्रयोग गरे। कम्पनीले त्यसपछि आफ्नो विजयलाई सुदृढ बनायो र फ्रान्सेली तथा डचलाई भारतीय उपमहाद्वीपबाट धपायो।
त्यसपछिका वर्षहरूमा, ईस्ट इण्डिया कम्पनीले जबरजस्ती उपमहाद्वीपको अन्य क्षेत्रहरू कब्जा गर्‍यो त्यसले जित्न नसक्ने क्षेत्रका शासकहरूसँग गठबन्धन गर्‍यो। यसको शक्ति यतिसम्म बढ्यो कि यसका २,६०,००० सेना थिए जब कि त्यसवेला बेलायतको सेना यस संख्याको आधाउधीमात्र थिए। यस कम्पनीले बेलायतको लगभग आधा व्यापार गर्थ्यो। भारतीय उपमहाद्वीप अब ईस्ट इण्डिया कम्पनीका शेयरधनीहरूको शासनको अधीनमा थियो, जसले आफ्नो क्षेत्रभित्र नीति निर्धारण गर्न प्रत्येक वर्ष ‘व्यापारी’स्टेटसम्यानू चयन गर्थे।

तर वित्तीय समस्या र कम्पनीको शक्ति दुरुपयोगको कारण अन्ततः बेलायतले ईस्ट इण्डिया कम्पनीलाई प्रत्यक्ष नियन्त्रण गर्नपर्ने अवस्था बन्यो। अन्ततः सन् १८५८ मा बेलायती सरकारले भारतमा कम्पनीबाट शासन आफ्नो हातमा लियो। १८७४ मा यस कम्पनीको विघटन भयो।

त्यस बेलासम्म, ईस्ट इण्डिया कम्पनीले चीनलाई अफिममा लठ्ठ पारिसकेको थियो। कम्पनीले भारतमा अफिम उत्पादन गर्‍थ्यो, र यसलाई चिनियाँ सामानको बदलामा कारोवार गर्दथ्यो। यसले अन्तर्राष्ट्रिय दास व्यापारमा निर्यात गर्‍यो। १७औं र १८औं शताब्दीमा दासहरू निर्यात गर्दै दासको चरम शोषण गर्‍यो। हाल इस्ट इण्डिया कम्पनी आधुनिक पूंजीवादले ओझेलमा परेको हुन सक्छ, तर यसको विराशतले अझै पनि विश्वभरि आतङ्क मच्याइरहेको छ।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
नेपाल रिडर्स

नेपाल रिडर्स

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Connect with us

Recommended

नेपालको इतिहास र राजनीतिबारे कमल कोइराला (श्रृंखला १)

नेपालको इतिहास र राजनीतिबारे कमल कोइराला (श्रृंखला १)

5 months ago
दलाल पुँजीवादलाई बोकेर समाजवाद आउदैन – घनश्याम भूसाल

ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला १ (ग्वाटेमाला)

2 years ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.