Date
शुक्र, अशोज १२, २०८०
Fri, September 29, 2023
Saturday, September 30, 2023
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कसरी युरोपी र अमेरिकी सरकारहरूले अफ्रिकाबाट लुट्छन र अफ्रिकी अर्थव्यवस्थालाई अस्थीर बनाउँछन्

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
शुक्रबार, पुस १८, २०७६
- अर्थतन्त्र, इतिहास, यो हप्ता, समाचार, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    विश्वको अर्थव्यवस्था र पैसाको मूल्य तोक्ने कुरा नै ब्रह्माण्डको सबैभन्दा ठूलो घोटाला हो। मुद्रा र सम्पत्तिलाई आमरूपमा खनिज स्रोत, भूमि, र आधारभूतरुपमा भौतिक वस्तुहरू जस्तै बहुमूल्य धातुहरूले मूल्याकंन गरिन्छ। तर अफ्रिकाको हकमा यो लागू भएकोछैन।

    यदि माथिका भनाई मान्ने हो भने सबैलाई स्वीकार गर्नैपर्ने हुन्छ–विश्वमा रहेका मूल्यवान स्रोतहरु अफ्रिकामा भएका कारण अफ्रिकी मूद्रा ज्यादै उच्च मूल्यको हो । यस्तो भन्न कुनै आपत्ति हुँदैन।

    र यसको मतलव यदि अफ्रिकीहरूले उनीहरुका बहुमूल्य स्रोतहरू फिर्ता पाए भने अफ्रिकी मुद्राहरू संसारमा सबैभन्दा महङ्गो हुन्छ।

    तर कुरा ठ्याक्कै उल्टो छ। हामीसँग युरोपी र अमेरिकी मूलका बहुराष्ट्रिय कम्पनीहरू छन्, जसले शताब्दीयौंदेखि अफ्रिकाको सुन र हीरा उत्खनन गरिरहेका छन्, र सुनको प्रयोग गरेर उनीहरूका मुलुकहरुका अर्थव्यवस्था समृध्द बनाउँदैछन्। तर अत्यन्त चिन्ताको कुरा आईएमएफ र विश्व बैंक जस्ता मौद्रिक संगठनहरूका शैतानी हेराफेरीले युरोपी मुलुकहरूसँग मिलेर अफ्रिकी मुलुकहरूको अर्थतन्त्रलाई विथोल्छ र उनीहरूको मुद्रालाई कम मूल्यमा राख्छ।

    अमेरिकी र युरोपी साम्राज्यले अफ्रिकी अर्थव्यवस्था र यसलाई निमोठ्न पश्चिमी मुलुकले के गर्दछन् भन्ने बारेमा सिएरा लियोनका मललेन्स बार्ट-विलियम्सले टेडएक्सको आफ्नो प्रस्तुतीमा एक संवेदनशील तथ्य प्रकाश गरिन्। उनको सो प्रवचनका केही अंशहरू तल प्रस्तुत गर्नु सान्दर्भिक हुन्छ:

    “किन पश्चिमी मुद्राको १ इकाइसँग हाम्रो (अफ्रिकी) मुद्रा ५००० इकाइ तोकिएको छ? जब कि सुनको भण्डार नै हाम्रो हो।

    प्रष्ट होऔं कि सहायता पश्चिमबाट अफ्रिकामा आउँदैन, बरु अफ्रिकाबाट पश्चिमी दुनियाँमा गइरहेकोछ। पश्चिमी दुनियाँ हरेक कुरामा अफ्रिकामाथि निर्भर गर्दछ किनकि याद राख्नु होस्! पश्चिममा वैकल्पिक स्रोतको अभाव छ।

    त्यसोभए पश्चिमले अफ्रिकामा नि:शर्त सहयोग गर्छन् भन्ने आम धारणा कसरी बन्यो त?  यसबारे हामीले बुझ्नु पर्ने हुन्छ। एकातिर तिनीहरुले व्यवस्थितरूपमा धनी अफ्रिकी देशहरू र तिनीहरूको प्रणालीहरूलाई अस्थिर बनाउने अनेकन चलखेल र हथकण्डा अपनाउने गरेका हुन्छन् र अर्कोतिर तिनीहरुले नै अफ्रिका गरिब छ, त्यो मरणासन्न छ र अफ्रिका केवल पश्चिमको दयामा बाँच्न अभिशप्त छ भनेर विश्वव्यापी व्यापक जनअभियानहरू चलाउने गर्छन्।

    अक्सफ्याम, युनिसेफ, लाइभ-एड, रेडक्रस र अन्य सबै संगठनहरूले लगातार विश्वभर अफ्रिकाको छविलाई दरिद्र र दयनीय चित्रण गर्ने मल्टि मिलियन डलरका विज्ञापन अभियानहरू चलाउँछन्।

    निसहायलाई सहयोग पुग्छ भन्ने विश्वासमा मासुम व्यक्तिहरुले दान दिन्छन् र सो दानले पश्चिमाहरुले विज्ञापन अभियानहरू चलाइउछन्। तर क्यामेराको फ्ल्याशको उज्यालोमा एउटा हातले दिइन्छ भने, अध्यारो कुनामा अर्को हातले लिइन्छ।

    हामी सबैलाई थाहा छ डलर मूल्यहीन छ, जबकि यूरो फगत जर्मन विद्वता र प्रविधिसँग साट्न सकिन्छ, र शायद इटालियन पास्तासँग।

    त्यस्ता स्रोतसाधन नभएका तन्नम मुलुकहरुबाट दानसहयोग पाउने आशा कसरी गर्न सकिन्छ? तर तिनीहरुलाई हाम्रो सुन र हीरा लगेर त्यसको सट्टामा रंगीन कागजहरू लिएर आउन अलिकति पनि सङ्कोच भएको छैन।

    अब यसरी होइन, तपाईं सत्यनिष्ठ र सम्मानले भरिपूर्ण खाली हात आउनु पर्छ। तपाईंलाई हामीसँग साझेदारी गर्न आमन्त्रण गर्दछौं अनि सहकार्य गरी हामी तपाईंसँग हाम्रो सम्पत्ति भाग लाउन सक्छौं।

    अब एक स्वस्थ र मेहनती अफ्रिकाले आफ्नो स्रोत सित्तै र सस्तोमा खेरा फाल्दैन। अब यसले आफ्ना स्रोतहरू विश्व बजारका मूल्यहरूमा बेच्ने छ। हुनसक्छ­­- यसको परिणामले औपनिवेशिककालमा स्थापित पश्चिमी अर्थव्यवस्था अस्थिर र कमजोर बनाउनेछ।

    केहि महिना अगाडि, आईएमजीले रिपोर्ट गरेको छ कि विश्वको १० वटा द्रुत-विकासशील अर्थतन्त्रहरू मध्ये ६ वटा अफ्रिकी मुलुकहरु नै छन्।

    यदि युरोपीहरुको जीडीपी वृद्धिलाई नाप्ने हो उदाहरणका लागि, वर्षेनी ५०० विलियन डलर फ्रान्सको कोषमा थपिन्छ,  जुन रकम औपनिवेशिक कालमा लगाइएको ऋणवापत अफ्रिकी देशहरूलाई संचित विदेशी मुद्रा भण्डारबाट तिर्न बाध्य बनाइएकोछ।

    फ्रान्सका पूर्व राष्ट्रपति ज्याक्स शिराकले हालसालै एक अन्तर्वार्तामा भने “हामी इमान्दार हुनुपर्दछ र यो स्वीकार गर्नुपर्दछ कि हाम्रो बैंकमा रहेको ठूलो रकम अफ्रिकी महादेशलई चुसेर आउँछ।”

    सन् २००८ मा उनले भनेका थिए कि अफ्रिकाबिना फ्रान्स तेस्रो विश्वशक्तिको श्रेणीमा झर्नेछ।

    के मानव संसार यस्तो हुन्छ? के यही हो हामीले सिर्जना गर्ने दुनियाँ …?

    मानौं कि विकासक्रममा अतियोग्य बाँच्छ। यद्यपि, प्रकृतिमा, कुनै पनि प्रजातिको पोषण तथा बृद्धिका लागि अत्यावश्यक पर्ने स्रोतहरुको अत्यधिक विनास र शोषण गरियो भने प्राकृतिक छनौट (natural selection) ले ढिलो वा चाँडो शिकारीलाई गलहत्याउँछ। किनभने यसले सन्तुलनलाई कायम गर्नुपर्ने हुन्छ।”

    उनका शव्दहरुले यथार्थलाई उजागर गर्दछन्। एक क्षण सोच्नुस् त! पश्चिमको दुष्टताले गर्दा अफ्रिकाले कति गुमायो होला, अब कति गुमाउनु पर्ने हो।

    आजसम्म, अफ्रिकाको सुन, चाँदी, र हीरा, सयौं खरबौं डलर बराबरको चल्ति पूँजी, विदेशी साम्राज्य र सरकारको कोषमा दाखिला भएकाछन्। यदि सुन मात्रै अफ्रिकालाई फिर्ता दिने हो भने, यसले एक एकीकृत अफ्रिकी मुद्रा निर्माण गर्नेछ र अफ्रिका पृथ्वीको सबभन्दा बलियो महाद्वीप बन्नेछ।

    शायद केहीलाई थाहा होला पश्चिमले अफ्रिकी सुन खानी विशाल पैमानामा कव्जा गरेकोछ। एक अध्ययनकर्ताले  करीव १०० वर्ष अघि नै लेखेका थिए: उनको अनुमानमा सन् १५०० सम्ममा नै पश्चिम अफ्रिकाबाट मात्र ३५०० टन सुन खनिएको थियो। यदि हामीले आजको बजार मूल्यमा हिसाव गर्‍यौभने ३० बिलियन डलर भन्दा बढी हुन्छ।

    यद्यपि यो तथ्यांक शताब्दीयौंदेखि अफ्रिकाबाट लुटिएको तुलनामा थोरै नै छ। यही अनुमानले पनि अफ्रिकाले पश्चिमी लालचीबाट के कति गुमायो भन्ने कुरा देखाउँदछ र अझै गुमाइरहेकोछ।

    सबैभन्दा दुखलाग्दो कुरा अफ्रिकामा पश्चिमको बिरूद्ध खडा हुन सक्ने राजनीतिज्ञ र नेताहरू छैनन्। यहाँ मुख्यतया जोकर र तिनीहरुका दलालमात्र छन्। तिनीहरू आफ्ना यूरोपी र अमेरिकी मालिकहरुको शर्त कबूल मात्र गर्छन्।

    अफ्रिकालाई न्यायको लागि उठ्न सक्ने र अफ्रिकामा के उचित हुनसक्छ भन्ने नेताहरूको आवश्यकता छ। यसरी नै अफ्रिकी संघ यसको नाम र आस्थामा उभिनु पर्छ र अफ्रिका बचाउनु पर्छ।

    अति पनि अति नै भयो !!!

    लिबर्टी लेखक अफ्रिकामा अगस्त-२०१९ मा प्रकाशित लेखको भावानुवाद ।  

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      प्रश्न गर्नु सामाजिक परिवर्तनका लागि महत्वपूर्ण छ 

      प्रश्न गर्नु सामाजिक परिवर्तनका लागि महत्वपूर्ण छ 

      शेषनाथ वर्नवाल
      शुक्रबार, अशोज १२, २०८०

      जहाँ जिज्ञासा छ त्यहाँ प्रश्न छ। जहाँ प्रश्न छ त्यहाँ भक्ति वा अन्धश्रद्धा नभइ ज्ञान र अनुभवको सुरुवात हुन्छ। जहाँ...

      सर्वोच्चको फैसला: फेवा बचाउने सुनौलो अवसर

      सर्वोच्चको फैसला: फेवा बचाउने सुनौलो अवसर

      नेपाल रिडर्स
      बुधबार, अशोज १०, २०८०

      सर्वोच्च अदालतले फेवा तालको क्षेत्रफल र मापदण्डका सम्बन्धमा गरेको फैसलाको पूर्णपाठ आएसँगै यस सम्बन्धमा रहेका सबै पुराना विवादहरु किनारा लाग्ने...

      दवाब समूह र लाचार सरकार

      दवाब समूह र लाचार सरकार

      मेनुका बस्नेत
      बिहिबार, अशोज ४, २०८०

      निजी विद्यालयहरूलाई केही वर्षभित्रै गुठीमा परिणत गरी गैरनाफामूलक बनाउने आफैले यसअघि गरेको निर्णयमा सरकार लचक भएपछि राज्यको नीति निर्माणमा स्वार्थ...

      झिँगा

      झिँगा

      राजेन्द्र पराजुली
      शनिबार, भदौ ३०, २०८०

      (राजेन्द्र पराजुली पछिल्लो समयका सक्रिय कथाकार हुन। कथाकार, पत्रकार र साहित्यिक पत्रकारका रुपमा उनले लामो समय नेपाली भाषाको सेवामा बिताएका...

      संविधानसभा अध्यक्ष नेम्वाङको निधनपछि कसले के भने?

      संविधानसभा अध्यक्ष नेम्वाङको निधनपछि कसले के भने?

      नेपाल रिडर्स
      मङ्लबार, भदौ २६, २०८०

      वरिष्ठ राजनीतिज्ञ तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा निधन भएको छ। हृदयघातका कारण गएराती निधन भएका नेम्वाङ...

      गोर्खाको कथा-५: गोर्खा भर्तीबारे वामपन्थी: सत्ताबाहिर हुँदा सधैं विरोध

      गोर्खाको कथा-५: गोर्खा भर्तीबारे वामपन्थी: सत्ताबाहिर हुँदा सधैं विरोध

      रोहेज खतिवडा
      शुक्रबार, भदौ २२, २०८०

      गोर्खा भर्तीको विरोध गर्दै आएका नेपालका वामपन्थी दल वा उनीहरूका भातृसंगठनहरूले पटक-पटक गोर्खा भर्ती खारेजीको माग राख्दै आएका छन्। तर...

      सिफारिस

      शीत युद्धमा भारत र क्यानाडा
      विश्व

      शीत युद्धमा भारत र क्यानाडा

      नरेश ज्ञवाली
      शुक्रबार, अशोज ५, २०८०

      थप पढ्नुहोस्
      जनवादी क्रान्ति सम्पन्न भैसक्यो, अब समाजवादी कार्यक्रम चाहिन्छ
      अन्तर्वार्ता

      जनवादी क्रान्ति सम्पन्न भैसक्यो, अब समाजवादी कार्यक्रम चाहिन्छ

      नेपाल रिडर्स
      बिहिबार, भदौ ७, २०८०

      थप पढ्नुहोस्
      कसले जितिरहेको छ युक्रेन युद्ध?
      विश्व

      कसले जितिरहेको छ युक्रेन युद्ध?

      रोहेज खतिवडा
      सोमवार, भदौ ४, २०८०

      थप पढ्नुहोस्
      अझै छातीमा आगो निभेको छैनः भूपाल राई
      अन्तर्वार्ता

      अझै छातीमा आगो निभेको छैनः भूपाल राई

      नेपाल रिडर्स
      शनिबार, भदौ २, २०८०

      थप पढ्नुहोस्

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist