Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कसरी युरोपी र अमेरिकी सरकारहरूले अफ्रिकाबाट लुट्छन र अफ्रिकी अर्थव्यवस्थालाई अस्थीर बनाउँछन्

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
पुस १८, २०७६
- अर्थतन्त्र, इतिहास, यो हप्ता, समाचार, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    विश्वको अर्थव्यवस्था र पैसाको मूल्य तोक्ने कुरा नै ब्रह्माण्डको सबैभन्दा ठूलो घोटाला हो। मुद्रा र सम्पत्तिलाई आमरूपमा खनिज स्रोत, भूमि, र आधारभूतरुपमा भौतिक वस्तुहरू जस्तै बहुमूल्य धातुहरूले मूल्याकंन गरिन्छ। तर अफ्रिकाको हकमा यो लागू भएकोछैन।

    यदि माथिका भनाई मान्ने हो भने सबैलाई स्वीकार गर्नैपर्ने हुन्छ–विश्वमा रहेका मूल्यवान स्रोतहरु अफ्रिकामा भएका कारण अफ्रिकी मूद्रा ज्यादै उच्च मूल्यको हो । यस्तो भन्न कुनै आपत्ति हुँदैन।

    र यसको मतलव यदि अफ्रिकीहरूले उनीहरुका बहुमूल्य स्रोतहरू फिर्ता पाए भने अफ्रिकी मुद्राहरू संसारमा सबैभन्दा महङ्गो हुन्छ।

    तर कुरा ठ्याक्कै उल्टो छ। हामीसँग युरोपी र अमेरिकी मूलका बहुराष्ट्रिय कम्पनीहरू छन्, जसले शताब्दीयौंदेखि अफ्रिकाको सुन र हीरा उत्खनन गरिरहेका छन्, र सुनको प्रयोग गरेर उनीहरूका मुलुकहरुका अर्थव्यवस्था समृध्द बनाउँदैछन्। तर अत्यन्त चिन्ताको कुरा आईएमएफ र विश्व बैंक जस्ता मौद्रिक संगठनहरूका शैतानी हेराफेरीले युरोपी मुलुकहरूसँग मिलेर अफ्रिकी मुलुकहरूको अर्थतन्त्रलाई विथोल्छ र उनीहरूको मुद्रालाई कम मूल्यमा राख्छ।

    अमेरिकी र युरोपी साम्राज्यले अफ्रिकी अर्थव्यवस्था र यसलाई निमोठ्न पश्चिमी मुलुकले के गर्दछन् भन्ने बारेमा सिएरा लियोनका मललेन्स बार्ट-विलियम्सले टेडएक्सको आफ्नो प्रस्तुतीमा एक संवेदनशील तथ्य प्रकाश गरिन्। उनको सो प्रवचनका केही अंशहरू तल प्रस्तुत गर्नु सान्दर्भिक हुन्छ:

    “किन पश्चिमी मुद्राको १ इकाइसँग हाम्रो (अफ्रिकी) मुद्रा ५००० इकाइ तोकिएको छ? जब कि सुनको भण्डार नै हाम्रो हो।

    प्रष्ट होऔं कि सहायता पश्चिमबाट अफ्रिकामा आउँदैन, बरु अफ्रिकाबाट पश्चिमी दुनियाँमा गइरहेकोछ। पश्चिमी दुनियाँ हरेक कुरामा अफ्रिकामाथि निर्भर गर्दछ किनकि याद राख्नु होस्! पश्चिममा वैकल्पिक स्रोतको अभाव छ।

    त्यसोभए पश्चिमले अफ्रिकामा नि:शर्त सहयोग गर्छन् भन्ने आम धारणा कसरी बन्यो त?  यसबारे हामीले बुझ्नु पर्ने हुन्छ। एकातिर तिनीहरुले व्यवस्थितरूपमा धनी अफ्रिकी देशहरू र तिनीहरूको प्रणालीहरूलाई अस्थिर बनाउने अनेकन चलखेल र हथकण्डा अपनाउने गरेका हुन्छन् र अर्कोतिर तिनीहरुले नै अफ्रिका गरिब छ, त्यो मरणासन्न छ र अफ्रिका केवल पश्चिमको दयामा बाँच्न अभिशप्त छ भनेर विश्वव्यापी व्यापक जनअभियानहरू चलाउने गर्छन्।

    अक्सफ्याम, युनिसेफ, लाइभ-एड, रेडक्रस र अन्य सबै संगठनहरूले लगातार विश्वभर अफ्रिकाको छविलाई दरिद्र र दयनीय चित्रण गर्ने मल्टि मिलियन डलरका विज्ञापन अभियानहरू चलाउँछन्।

    निसहायलाई सहयोग पुग्छ भन्ने विश्वासमा मासुम व्यक्तिहरुले दान दिन्छन् र सो दानले पश्चिमाहरुले विज्ञापन अभियानहरू चलाइउछन्। तर क्यामेराको फ्ल्याशको उज्यालोमा एउटा हातले दिइन्छ भने, अध्यारो कुनामा अर्को हातले लिइन्छ।

    हामी सबैलाई थाहा छ डलर मूल्यहीन छ, जबकि यूरो फगत जर्मन विद्वता र प्रविधिसँग साट्न सकिन्छ, र शायद इटालियन पास्तासँग।

    त्यस्ता स्रोतसाधन नभएका तन्नम मुलुकहरुबाट दानसहयोग पाउने आशा कसरी गर्न सकिन्छ? तर तिनीहरुलाई हाम्रो सुन र हीरा लगेर त्यसको सट्टामा रंगीन कागजहरू लिएर आउन अलिकति पनि सङ्कोच भएको छैन।

    अब यसरी होइन, तपाईं सत्यनिष्ठ र सम्मानले भरिपूर्ण खाली हात आउनु पर्छ। तपाईंलाई हामीसँग साझेदारी गर्न आमन्त्रण गर्दछौं अनि सहकार्य गरी हामी तपाईंसँग हाम्रो सम्पत्ति भाग लाउन सक्छौं।

    अब एक स्वस्थ र मेहनती अफ्रिकाले आफ्नो स्रोत सित्तै र सस्तोमा खेरा फाल्दैन। अब यसले आफ्ना स्रोतहरू विश्व बजारका मूल्यहरूमा बेच्ने छ। हुनसक्छ­­- यसको परिणामले औपनिवेशिककालमा स्थापित पश्चिमी अर्थव्यवस्था अस्थिर र कमजोर बनाउनेछ।

    केहि महिना अगाडि, आईएमजीले रिपोर्ट गरेको छ कि विश्वको १० वटा द्रुत-विकासशील अर्थतन्त्रहरू मध्ये ६ वटा अफ्रिकी मुलुकहरु नै छन्।

    यदि युरोपीहरुको जीडीपी वृद्धिलाई नाप्ने हो उदाहरणका लागि, वर्षेनी ५०० विलियन डलर फ्रान्सको कोषमा थपिन्छ,  जुन रकम औपनिवेशिक कालमा लगाइएको ऋणवापत अफ्रिकी देशहरूलाई संचित विदेशी मुद्रा भण्डारबाट तिर्न बाध्य बनाइएकोछ।

    फ्रान्सका पूर्व राष्ट्रपति ज्याक्स शिराकले हालसालै एक अन्तर्वार्तामा भने “हामी इमान्दार हुनुपर्दछ र यो स्वीकार गर्नुपर्दछ कि हाम्रो बैंकमा रहेको ठूलो रकम अफ्रिकी महादेशलई चुसेर आउँछ।”

    सन् २००८ मा उनले भनेका थिए कि अफ्रिकाबिना फ्रान्स तेस्रो विश्वशक्तिको श्रेणीमा झर्नेछ।

    के मानव संसार यस्तो हुन्छ? के यही हो हामीले सिर्जना गर्ने दुनियाँ …?

    मानौं कि विकासक्रममा अतियोग्य बाँच्छ। यद्यपि, प्रकृतिमा, कुनै पनि प्रजातिको पोषण तथा बृद्धिका लागि अत्यावश्यक पर्ने स्रोतहरुको अत्यधिक विनास र शोषण गरियो भने प्राकृतिक छनौट (natural selection) ले ढिलो वा चाँडो शिकारीलाई गलहत्याउँछ। किनभने यसले सन्तुलनलाई कायम गर्नुपर्ने हुन्छ।”

    उनका शव्दहरुले यथार्थलाई उजागर गर्दछन्। एक क्षण सोच्नुस् त! पश्चिमको दुष्टताले गर्दा अफ्रिकाले कति गुमायो होला, अब कति गुमाउनु पर्ने हो।

    आजसम्म, अफ्रिकाको सुन, चाँदी, र हीरा, सयौं खरबौं डलर बराबरको चल्ति पूँजी, विदेशी साम्राज्य र सरकारको कोषमा दाखिला भएकाछन्। यदि सुन मात्रै अफ्रिकालाई फिर्ता दिने हो भने, यसले एक एकीकृत अफ्रिकी मुद्रा निर्माण गर्नेछ र अफ्रिका पृथ्वीको सबभन्दा बलियो महाद्वीप बन्नेछ।

    शायद केहीलाई थाहा होला पश्चिमले अफ्रिकी सुन खानी विशाल पैमानामा कव्जा गरेकोछ। एक अध्ययनकर्ताले  करीव १०० वर्ष अघि नै लेखेका थिए: उनको अनुमानमा सन् १५०० सम्ममा नै पश्चिम अफ्रिकाबाट मात्र ३५०० टन सुन खनिएको थियो। यदि हामीले आजको बजार मूल्यमा हिसाव गर्‍यौभने ३० बिलियन डलर भन्दा बढी हुन्छ।

    यद्यपि यो तथ्यांक शताब्दीयौंदेखि अफ्रिकाबाट लुटिएको तुलनामा थोरै नै छ। यही अनुमानले पनि अफ्रिकाले पश्चिमी लालचीबाट के कति गुमायो भन्ने कुरा देखाउँदछ र अझै गुमाइरहेकोछ।

    सबैभन्दा दुखलाग्दो कुरा अफ्रिकामा पश्चिमको बिरूद्ध खडा हुन सक्ने राजनीतिज्ञ र नेताहरू छैनन्। यहाँ मुख्यतया जोकर र तिनीहरुका दलालमात्र छन्। तिनीहरू आफ्ना यूरोपी र अमेरिकी मालिकहरुको शर्त कबूल मात्र गर्छन्।

    अफ्रिकालाई न्यायको लागि उठ्न सक्ने र अफ्रिकामा के उचित हुनसक्छ भन्ने नेताहरूको आवश्यकता छ। यसरी नै अफ्रिकी संघ यसको नाम र आस्थामा उभिनु पर्छ र अफ्रिका बचाउनु पर्छ।

    अति पनि अति नै भयो !!!

    लिबर्टी लेखक अफ्रिकामा अगस्त-२०१९ मा प्रकाशित लेखको भावानुवाद ।  

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      सोह्रौं योजना (आ.व. २०८१/८२–२०८५/८६) को आर्थिक पाटो

      सोह्रौं योजना (आ.व. २०८१/८२–२०८५/८६) को आर्थिक पाटो

      केशव आचार्य
      असार ३, २०८१

      विषयप्रवेश २०८१ सालको आगामी साउन महिनादेखि नेपाल सोह्रौं योजनामा प्रवेश गर्दैछ। योजनाबद्ध परिपाटीबाट नेपालको समग्र सामाजिक आर्थिक विकासको थालनी गरेको...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.