Date
शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026
Friday, February 13, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

समाजवादी क्रन्तिको नेतृत्व गर्ने पार्टी कस्तो बनाउने ?

निरज आचार्य निरज आचार्य
भदौ १९, २०७७
- सामयिक
A A
0
निरज आचार्य

निरज आचार्य

  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    विषय प्रवेश
    भिन्न–भिन्न कार्यदिशा अवलम्बन गरेर दशकौं देखि बेग्लै सिद्धान्त र संगठनात्मक अभ्यास अबलम्वन गर्दै आएका नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरुबीचको एकताले नेपाली राजनीति र समग्र विश्व कम्युनिष्ट आन्दोलनमा सकारात्मक उर्जा सृजना गरेको थियो । सिद्धान्त, संगठन र आगामी बाटोका बारेमा बृहत सहभागिता, धनिभुत छलफल र ठोस विमर्श बिना दुई पार्टी प्रमुखहरुको ‘बोल्ड डिसिजन’का आधारमा गरिएको एकता प्रकृयाले दुई वर्ष गुजारेर तेस्रो वर्षको यात्रा अगाडी बढाईरहेको छ ।

    यो दुई वर्षको अवधिमा नेकपाको संगठनात्मक जीवन हासको चाल न कुखुराको चालको अवस्था बाट गुर्जिरहेको छ र कम्पास विग्रीएको जेटको अवस्थामा उडिरहेको छ । संगठनात्मक प्रणली ठिक ढंगले अवलम्बन नगर्ने, स्थापित विधि र पद्दतिको ईमान्दारी पुर्वक परिपालन नगर्ने तर पार्टी कलह, सुलह, छक्कापंजा र लेनदेनबाट संगठनको जिवन चलाउन खोज्नु सकारात्मक कुरा होईन ।

    लोकतान्त्रिक गणतन्त्रको शासन प्रणली अवलम्बन गरेका मुलुक भित्र राज्य सत्ता संचालनको बागडोर राजनीति पार्टीहरुको हातमा हुने गर्दछ । समाजको आर्थिक सामाजिक साँसकृतिक अवस्था र समाज भित्र रहेका वर्गहरुको प्रतिनिधित्व राजनीतिक पार्टीहरुले गरेका हुन्छन । राजनीतिक पार्टीहरु जति व्यवस्थित, सुदृढ, लक्ष प्रति दृढ, पारदर्सी र लोकतान्त्रिक हुन्छन राज्य ब्यवस्थाको प्रणाली पनि त्यति नै सुदृढ, ब्यवस्थित र बलियो हुदै जान्छ ।

    तर जव राजनीतिक पार्टीहरु चुनावदेखि चुनाव सम्मको प्रयोजनका लागि बन्छन र कामचलाउमा रुपान्तरण हुन्छन त्यसता पाटीहरु गुटबन्दी र षडयन्त्रमा फस्दै जान्छन । संगठानिक संरचनाको आन्तरीक लोकतान्त्रिकरण गर्न नसक्ने आफै भित्र षड्यन्त्र र गुटबन्दीले जिर्ण भएका पार्टीहरुले ईतिहासको पैया अगाडी गुडाउ दैनन् यिनले समाज र राज्यप्रणाली भित्र गडबडिमात्र मचाई रहन्छन ।

    नेकपा बनि सकेपछिको हाम्रो संगठनात्मक जीवन अस्तब्यस्त, अराजक र अर्कमण्य भएको अवस्था हेर्दा हामीले अवलम्बन गरेको संगठनात्मक प्रणलीमा समस्या होकी कार्यान्वयन गर्ने नेतृत्वको ? भन्ने गम्भीर सवाल खडा भएको छ । यसको सैद्धान्तिक र ब्यबहारीक हल नखोजिकन नेकपारुपी जेट अगाडी बढ्न र सहि अवतरण गर्न गाह्रो छ । यसकारणले नेकपाका लागि पार्टी कस्तो बनाउने भन्ने बहस निकै महत्वको छ ।

    संगठन संचालनका विभिन्न देशमा विभिन्न पार्टीहरुका आ—आफ्नै अभ्यासहरु रहेकाछन । यसमा मुख्यतया दुईवटा ढाँचा प्रयोगमा आएको देखिन्छ । एक मासमा आधारित पार्टी संरचना र दोस्रो कार्यकर्तामा आधारित पार्टी संरचना । यसमा खासगरि पुँजिवादी विचारधारा वोक्ने पार्टीहरु मासमा आधारित प्रणाली र प्रगतिशिल समाजवादी विचारधारा बोक्ने पार्टीहरु कार्यकर्तामा आधारित प्रणाली अबलम्बन गर्दछन ।

    भारतीय काँग्रेस पार्टी, भारतीय जनता पार्टी, अमेरीकाको नेतृत्व गरिरहेको लीबरल होस या डेमोक्रयाटीक पार्टी, युरोपका रुलीङ्ग पार्टीहरु मासवेष्ट पार्टीहरु हुन । यस्ता पार्टीहरुमा संगठनको खासै महत्व हुदैन एजण्डाका आधारमा मास आकर्षित गर्ने, भोट लिने र चुनाव जित्ने कुरामा केन्द्रीत हुन्छन । अर्को तिर वामपन्थि कम्युनिष्ट पार्टीहरु पार्टीको संगठन निर्माण त्यसमा कार्यकर्तालाई संगठित र परिचालनबाट शक्ति आर्जन गर्ने गर्दछन निर्वाचनमा विजय हासिल गर्छन ।

    (नेकपा) ले कस्तो प्रणाली अपनाउने

    सन १९२१ मा विभिन्न परिवर्तनवादी र मार्क्सवादी पार्टीहरु मिलेर माओको अध्यक्षतामा गठन भएको चिनीया कम्युनिष्ट पार्टीले सन १९४९ मा जनरल चेङकाईसेकले नेतृत्व गरेको कोमिन्ताङ पार्टीको सत्ता पल्टाएर जनवादी क्रन्ति सम्पन्न गर्‍यो । हाल सम्म उक्त पार्टीले विशाल चीनको नेतृत्व गर्दै चीनलाई विश्व शक्ती केन्द्रका रुपमा खडा गरिरहेको छ । पार्टी कार्यकर्ताका लागि माओले निर्देशित गरे अनुसार अनुसासनका तीन नियम एवं आठ निर्देशनहरु, असल कम्युनिष्ट कसरी बन्ने ?

    भन्नेवारे ल्यूसाओचीका विचारहरुको कठोर परिपालनाले चिनीया कम्युनिष्ट पार्टीलाई अनुसासित र ब्यवस्थित बनायो । उसले विधि र अनुशासनको आधारमा नैं विशाल चिनको ७ सदस्यीय स्थायि समिती, ३१ सदस्यीय पोलीटब्युरो र १७३ सदस्यको केन्द्रीय समिति, राष्ट्रिय काङग्रेस, प्रान्तिय काङग्रेस, काउन्टी, नगरपार्टी काङग्रेस, र हजारौ पार्टी शेलमा संगठनको संरचना निर्माण गरेको छ ।

    नेपालको कम्युनिष्ट पार्टी पनि स्थापनाकाल देखि नीति विधिको आधारमा, कार्यकर्तामा आधारित पार्टीको रुपमा चल्नुपर्छ भन्ने प्रष्ट मान्यता स्थापित हुदै आएको छ । स्वयं संस्थापक महासचिव पुष्पलाल श्रेष्ठले कम्युनिष्ट पार्टी नेतामुखी होईन नीतिमुखी हुनु पर्छ, संगठन नीतिमा आधारित भएर चल्नु पर्छ भन्ने प्रष्ट गाईडलाईन अघिसार्नु भएको थियो । यहि गाईड लाईनमा नेपालको कम्युनिष्ट पार्टीले संगठनात्मक प्रणाली विकास र प्रयोग गर्दै आएको छ ।

    विभिन्न आरोह अवरोहमा विभाजन र एकिकरण हुदै आएका नेकपाका धारहरुले अवलब्बन गरेका र प्रयोग बाट गलत सावित भएका अभ्यास हरुलाई छोड्र्दै मौलीकतामा आधारति संगठनात्मक सिद्धान्तको विकास गरेको छ । नेपाल कम्युनिष्ट पार्टी जनतामा आधारित कार्यकर्ताको पार्टी हो । यो मास पार्टी होइन । यसलाई जनवादी केन्द्रियताको संगठनात्मक सिद्धान्तमा आधारित भएर चलाउनु पर्दछ ।

    व्यक्ति कमिटीको मातहत, तल्लो कमिटी माथिल्लो कमिटीको मातहत, अल्पमत बहुमतको मातहत, कमिटी अधिवेशन/महाधिवेशन मातहत रहनु ययको मुख्य सार हो । यस हिसावले हेर्दा बस्तुत नेकपाले अवलम्बन गरेको संगठतात्मक सिद्धान्त ठिक हो । तर यस पद्धतिलाई कागजी रुपमा सीमित राख्दै दाउपेज र लेनदेनमा कमिटी चलाउने संगठतात्मक सिद्धान्त विरोधी आचरण अवलम्बन गर्ने तरीका हेर्दा नीति ठिक हुदा हुदै पनि कार्यन्वयन गर्ने नेतृत्वको तरीका गलत हो भन्ने सहज निष्कर्षमा पुग्न सकिन्छ ।

    कस्तो पार्टी बनाउने?

    केही समयको अन्तरालमा सम्पन्न भएको नेकपा (एमाले)को नवौँ राष्ट्रिय महाधिवेशन र नेकपा माओवादी केन्द्रको हेटौडा महाधिवेशनले केही सैद्धान्तिक सवालमा समान खालको निष्कर्ष निकालेका थिए । नेपाली समाज पँुजिवादी चरणमा प्रवेश गरेको, नेपाली क्रन्तिको सत्रु अब सामन्तवाद होईन दलाल पूँजीवाद, राष्ट्रिय पूँजीको विकास गर्दै समाजवादको यात्राको तय गर्ने । नेकपाको राजनीतिक प्रतिवेदन पनि यहि निष्कर्षमा रहेको छ ।

    लोकतान्त्रिक प्रकृयाबाट श्रमजीवि वर्गका पक्षमा समाजको रुपान्तरण गर्दै अघि बढ्ने जनताको जनवादको कार्यदिशा बोकेको पार्टीले आफनो लक्ष्य हासिलका लागि संगठन संचालनको आन्तरिक जीवनको सिद्धान्त मात्र होईन ब्यबहारमै लोकतान्त्रिकरण हुनु अनिवार्य छ । लक्ष्य प्राप्तिको लागि पार्टीको संरचना कस्तो बनाउने भन्ने सवाल हरेक कार्यकर्ताता र नेतृत्वको लागि महत्वपुर्ण विषय हो ।

    पार्टीको मुलधार पक्डीनु, तथ्यवाट सत्यको खोजि गर्नु, हृदय देिखनै जन्ताको सेवा गर्नु र प्रजातन्त्रलाई केन्द्रमा राख्नु, चीनिया कम्युनिष्ट पार्टीले पार्टी निमार्णका लागि अघि सारेका चार ओटा अवधारण हुन । चिनियाँ कम्युनिष्ट पार्टीले चीनिया समाजको आवश्यकता अनुसारको पार्टी कार्यकर्ता र नेतृत्व उत्पादन गर्ने सवाललाई पार्टी जीवनमा महत्वकासाथ अगाडी सारेको छ ।

    निरज आचार्य

    नेता, कार्यकर्ता र आम पार्टी सदस्यले कठोर अनुशासन पालना गर्ने गराउने तथा पार्टीबाट निरन्तर उनिहरुको निगरानि गर्नुले नै विशाल चीनको नेतृत्व गर्न सक्ने सक्षम पार्टी बनाउन सफल भएको तथ्यवाट नेकपाले पाठ सिक्नु पर्दछ । आजको अवस्थामा हिजोको ढाँचावाट संचालन हुने कुराले नेकपा जिवन्त र प्रभावकारी पार्टी बन्न गाह्रो हुन्छ ।

    आफैमा अद्यावधिक हुने प्रकृया र लोकतान्त्रिक आचरण नहुने त्यस्तो पार्र्टीले आजको नेपाली समाजको नेर्तत्व गर्न सक्दैन। अतः स्वयं नेकपाले पनि पार्टी निर्माणको नयाँ अवधारणा र स्वरुप अघि सार्नु जरुरी छ । पार्र्टी निर्माणका सन्दर्भमा नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले चर्चा गर्नू भएको पार्टी निमार्णका तीन विशेषताहरु पनि शानर्दभिक छन।

    भुसालका अनुसार पहिलो आफ्नो उत्पादनमा बाँच्छन सक्ने पार्टी सदस्य को निर्माण, दोस्रो यस्तो पार्टी सदस्यले राज्यलाई कर तिर्नेछन, तेस्रो आफुले कर तिरेको राज्य हो भन्ने सचेत दाविकासाथ ति सवैले राज्यलाई, श्रमजीवि ,पिछडिएका, दलित, जनजाति, महिला प्रति जिम्मेवार हुन दवाव दिन सक्ने सदस्य हुन्छन । यस अनुसार लक्ष्यमा ईमानका साथ अघि बढ्न सक्ने कार्यकर्ता र नेता भएको पार्टी बन्नु पर्दछ ।

    हरेक सदस्य आफ्नो कमाईमा बाँच्ने कुराले पार्टीलाई भ्रष्टाचार मुक्त बनाउछ । आफै करदाता हुने भएको हुदा हरेक सदस्य आर्थिक अनियमिताप्रति जागरुक भैरहन्छ । राज्यप्रतिको नागरिक दायित्व स्थापित गर्छ । राज्यले लिने करको उपयोग श्रमजिवी वर्गको पक्षमा भए नभएको विषयमा निगरानि गर्छ ।

    उसलाई सवैप्रकारका सामाजिक विभेद विरुद्ध सक्रिय राख्छ । हामीले गम्भिरता पुर्वक सोच्न जरुरी छ कि नागरिक स्वतन्त्रता र प्रजातन्त्रकालागि सामन्ति निरंकुताका विरुद्धको आन्दोलनको आवश्यकतामा निर्माण भएको संगठनको ढाचाँले आजको नेतृत्व गर्न सक्दैन । मान्छेको चेतना र आवश्यकता हिजोको तुलनामा ब्यापक विकास भएर राजनीतिक, आर्थिक र सामाजिक अवस्थामा ठुलो बदलाव आई सकेकोछ ।

    पार्टीमा संगठित हुने पनि भिन्न पिंढी, समुह र भिन्न बर्गिय धरातलका पंक्तिहरु छन । यसमा एकहद सम्म नेकपाका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले चर्चा गर्नु भएको विषय संग सहमत हुन सकिन्छ । पाण्डेका अनुसार पपार्टीमा तिनवटा पंक्ति छ, जसमा पहिलो स्थापनाकालीन नेता र अगुवाहरुको पंक्ती, दोस्रो २०४६ को जनआन्दोलनले विकास गरेकोे पंक्ति र तेस्रो यो खासगरिकन ०६२/६३ को आन्दोलन र जनयुद्धको पृष्ठभुमिवाट विकास भएको पंक्ति हो ।

    पहिलो पुस्ताले पार्टीको निमार्ण, विकास विस्तार गर्दै मुलुकमा गणतन्त्र स्थापना गर्ने सम्मको आन्दोलनको सफलता पुर्वक नेतृत्व गर्‍यो । ०४६ को आन्दोलनले विकास गरेको पंक्तिले लोकतान्त्रिक गणतन्त्रको लडाईमा नेतृत्वदायि र प्रभावकारी भुमिका खेल्यो । गणतन्त्रको आन्दोलनवाट विकास भएको पंक्ति विस्तारै पार्टीको विभिन्न कमिटीको नेतृत्व र निर्णय प्रकृयामा सामेल हुदै अगाडी बढ्दै छ । यस परिप्रेक्ष्मा पहिलो पंक्ती पार्टीको सम्मानित र निर्देशक ठाउमा बस्नुपर्छ दोस्रो पंक्तिलाई नेतृत्वको कमाण्डमा स्थापित गर्ने कार्यमा अघि बढ्नु पर्दछ ।

    र क्रमसः नयाँ र युवा पुस्तामा छिटो छिटो नेतृत्व हस्तान्तरण गर्दै जाने परिपार्टीको अभ्यास गर्दै जानुपर्ने हुन्छ । खासगरि तेस्रो पुस्ता वा पंक्ति भित्रका किसान, मजदुरका साथै अर्थ शास्त्री, समाजशास्त्री, राजनीतशास्त्री, ईन्जिनियर, ब्यवस्थापक, मानवशास्त्री, लगायत समाजको आजको आवश्यकता अनुसारको विषयगत दक्षता भएको पार्टी पंक्ती लाई पार्टीमा संगठित गर्दै नेतृत्वमा विकास गर्ने रणनीति अघि बढाउनु पर्ने हुन्छ ।

    यसले मात्र आजको समयको गतिलाई बुझने, चुनौतिलाई सामना गर्ने र समाजवादको यात्राकोलागी सक्षम नेतृत्वको पंक्ती विकास र स्थापित हुनेछ । अन्यथा चिनियाँ कम्युनिष्ट पार्टीको नेता तेङ्ग स्याओ पिङले भने झै ७० वर्ष कटेको नेतृत्वको पुस्ता समाजका नयाँ चुनौति र प्रतिस्प्रर्धामा विकास गर्ने भन्दा पनि ईतिहासको वीरगाथामा आत्मारति गर्नेछन, कतिपय असन्तुष्टीले उनिहरु आत्माभत्र्सना गर्नेछन, यो पुस्ता भेटमा पुराना समयको पौरख र अन्तरविरोधका विषयमा लामा लामा कुरा गरेर समय खर्चने गर्दछन ।

    यसका ठाउमा नयाँ पुस्ताको आगमनले आफ्नो विगत ईतिहासको होईन भविष्यको चर्चा गर्नेछन । नयाँ पुस्ता आत्मरतिमा रमाउने छैन, यसले राष्ट्रिय पूँजीको विकास गर्दै मुलुकको विकास र समृद्धिको कर्ममा बढ्ता ध्यान केन्द्रीत गर्ने छ र त्यस अनुरुको नतिजा निकाल्ने छ । आजको समाज विकासको चेताना अनुसार नयाँ पूस्ताले आजको राष्ट्रिय आवश्यकता, समाजिक मुल्यहरुलाई छिटो आत्मासाथ गर्न सक्नेछ, परिणम दिनेगरी काममा जुट्ने छ ।

    जस्तो पार्टी बन्यो त्यस्तै राज्य बन्ने छ । त्यसकारण अहिलेको सन्दर्भमा विधि र पद्धतिमा हिड्न सक्ने अनुशासित र कर्तब्यनिष्ट कार्यकर्ता, षड्यन्त्र, छलकपट मुक्त र श्रमजीवि वर्ग प्रति ईमान्दार नेतृत्व भएको पार्र्टी बनाऔ । त्यस्तो पार्टीले मात्र समाजवादको यात्रा तय गर्न सक्छ र नयाँ पुस्ता र समाजको नेतृत्व गर्न सक्छ ।
    अन्त्यमा
    उच्च प्रगतिशिल चेतनाभएका सदस्य, लोकतान्त्रिक चरीत्र कमरेडली भावना र उर्जाशिल कार्यकर्ताको पंक्तीवाट निर्माण भएको नेताले मात्र अहिलेको दलाल पुँजीवादका ठाउँमा उत्पादक राष्ट्रिय पुँजीको विकास, त्यसको न्यायपूर्ण वितरण गर्ने र समाजवादको लक्ष्य भेदन गर्नसक्ने पार्टी बनाउन सक्छ । लेनिनले भनेजस्तै कुराकानिमा पाण्डित्य प्रदर्शन गर्ने, लक्षदार भाषण गर्ने तर दैनिक कामहरु भने राम्ररी संचालन नगर्ने शैलीले आजको पार्टी बन्दैन ।

    व्यक्ति भन्दा पार्टी सधै प्रधान हुन्छ उपरोक्त भावना वाट मात्र नेकपालाई पुनर्जिवित गर्न सकिन्छ र अगाडी बढ्नका लागि आत्म विश्वास जाग्रित गराउन सक्दछ । अन्यथा नेपालको कम्युनिष्ट आन्दोलनलाई पनि पश्चिम बंगाल र केरलाको नियति भोग्नबाट कसैले रोक्न सक्ने छैन । लालआवाज डटकममा भदौ १९, २०७७ मा प्रकाशित।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      निरज आचार्य

      निरज आचार्य

      आचार्य नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटी सदस्य हुन्।

      Related Posts

      च्याट जीपीटीबाट मानव समाजमाथि खतरा छ?

      च्याट जीपीटीबाट मानव समाजमाथि खतरा छ?

      सनी
      मंसिर १९, २०८०

      च्याट जीपीटी नामक सफ्टवेयर बजारमा आउनासाथ मेसिनले मान्छेलाई दास बनाउनेछ भनेर हल्ला चलेको छ। यस हल्लाभित्र यो सफ्टवेयर बनाउने निर्माता...

      हमास अतिवाद र इजरायलको राज्य-आतङ्क

      हमास अतिवाद र इजरायलको राज्य-आतङ्क

      झलक सुवेदी
      अशोज २६, २०८०

      गत शनिवार प्यालेष्टाइनी उग्रवादी समूह हमासले इजरायलमाथि यस अघि कल्पना नगरिएको स्तरको एकीकृत हमला गरेपछि अहिले पश्चिम एशिया क्षेत्रमा तनाव...

      मार्क्सवादी विकल्पमाथि राम कार्कीको बहस

      मार्क्सवादी विकल्पमाथि राम कार्कीको बहस

      नेपाल रिडर्स
      अशोज २०, २०८०

      विकल्प समता, समाजवाद र मुक्त दुनिया शिर्षकमा माओवादी नेता राम कार्कीको नयाँ पुस्तक बहसको साँघुरो गल्लीमा आफ्ना लागि बाटो बनाउँदै...

      सल्किन नपाओस् धरानको झिल्को!

      सल्किन नपाओस् धरानको झिल्को!

      रोहेज खतिवडा
      भदौ ९, २०८०

      मनसुनको सिजन छ। बंगालको खाडीबाट भारत हुँदै आउने हावाले लगातार पानी परिरहेको छ। जलवायु परिवर्तनमा चासो राख्ने वैज्ञानिकहरू भन्छन्- आजकाल...

      किन हिमाल उक्लिँदैछ बाढी?

      किन हिमाल उक्लिँदैछ बाढी?

      डा. विमल रेग्मी
      साउन ३०, २०८०

      पहिले हिमाल र पहाडबाट उत्पत्ति भएका नदीमा जल सतह बढेपछि तराई क्षेत्रमा मात्रै बाढी आउँथ्यो। अहिले भने नदी-खोलाको मुहानमै बाढीले...

      अमेरिकाको दबावमा सत्ताबाट हटाइएका थिए इमरान खान, दबाव दिएको प्रमाण सार्वजनिक

      अमेरिकाको दबावमा सत्ताबाट हटाइएका थिए इमरान खान, दबाव दिएको प्रमाण सार्वजनिक

      नेपाल रिडर्स
      साउन २८, २०८०

      पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई अमेरिकाको दबावमा सत्ताबाट हटाइएको अमेरिकाकै अनलाइन पत्रिका द इन्टरसेप्टले खुलासा गरेको छ। दक्षिण तथा मध्य एसिया...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.