Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Tuesday, January 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

दोस्रो पटक एमाले फुटाउँदै केपी ओली !

सहयोगीबाट सहयोगीबाट
चैत्र ५, २०७७
- यो हप्ता, राजनीति
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    पछिल्लो समय झनै तरल र धमिलो पनि बन्दै गएको नेपाली राजनीतिलाई अनेक कोणबाट व्याख्या विश्लेषण भइरहेका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा लामै अन्तर्वार्ता सार्वजनिक भयो एउटा अनलाइनमार्फत । उक्त अन्तर्वार्ताका लागि सोधिएका प्रश्नहरू सुन्दा कतै त्यो अन्तर्वार्ता नियोजित त थिएन भन्ने लाग्न सक्छ भने प्रधानमन्त्रीको उत्तर दिने शैली र हाउभाउले समेत त्यसलाई पुष्टि गर्न सघाउँछ ।

    तथापि, कुन प्रयोजन र नियतले अन्तर्वार्ता गरियो/गराइयो भन्दा पनि प्रधानमन्त्रीले अन्तर्वार्तामा के बोले भन्ने पक्ष महत्त्वपूर्ण हो । हिजोको ओलीको अन्तर्वार्ताको आसय प्रस्ट थियो- ‘राजा म हुँ र राज्य पनि म नै हुँ ।’उनको बोलीको भाका, शैली र शरीरको हाउभाउले भनिरहेको थियो- ‘मेरा निर्णय नै पार्टीका र सरकारका निर्णय हुन्, खबरदार ! कसैले ममाथि औँलो उठाउला !’

    तर, रमाइलो पक्ष के थियो अन्तर्वार्तामा ओलीको बोलीमा भने, उनी पटकपटक ‘लोकतन्त्र’, ‘विधि’ र ‘पद्धति’को दुहाई दिइरहेका थिए । हिजो ओलीलाई सुन्दा लाग्थ्यो विगतमा जहानियाँ राणाले, राजा महेन्द्रले र पछिल्लो पटकका तानाशाह राजा ज्ञानेन्द्रले पनि यसरी नै अथवा ओलीले जसरी नै आफूलाई ‘लोकतान्त्रिक’ र ‘जनपक्षीय’ दाबी गरेको झलझली याद आउँथ्यो ।

    ओलीसँगको उक्त वार्ता मूलत: एमालेभित्रको पछिल्लो लफडा र मतभेदमै केन्द्रित थियो । सुरुदेखि लामो समय अन्तर्वार्ताकार घुमाई फिराई एउटै आशयको प्रश्नमा रुमल्लिए । उत्तरमा प्रधानमन्त्री ओलीले आफू ‘उदार’ र ‘लोकतान्त्रिक’ हुँदाहुँदै निरंकुश र तानाशाही बन्न बाध्य पारिएको आशय पटकपटक व्यक्त गरेर आफ्ना पार्टीघाती, राष्ट्रघाती कदमको बचाउ गरिरहे ।

    अघिल्ला अन्तर्वार्ताहरूमा भन्दा धैरै नै लापर्बाह जस्ता देखिएका ओलीका तर्कहरू सुन्दा उनी आफ्ना आलोचक र विरोधीप्रति अत्यन्त आक्रामक प्रतीत हुन्थे । अब कुनै पनि अवस्थामा नेपाल-खनाल खेमालाई समेट्न नसक्ने उनको भनाइबाट थाहा हुन्थ्यो । तर, भनिरहेका थिए, ‘यदि उनीहरूले मेराविरुद्ध गरेका गतिविधि र कामकारबाहीलाई हामीले गल्ती गर्‍यौँ, हजुरका विरुद्ध हामी जानुहुँदैनथ्यो, माफ गरिस्यो प्रभु भन्दै आएमा भने पार्टीमा एउटा कुनोमा बस्न दिनेछु ।’

    विगतमा लामो समय त्यही पार्टीको नेतृत्व गरेका र साँच्चै भन्दा ओलीभन्दा बढी समय पार्टीमा लगानी गरेका नेपाल-खनालप्रतिको ओलीको अहंकारयुक्त गर्जनलाई सुन्नेले स्वाभाविक मान्न सकेनन् । र, ओलीको उक्त अन्तर्वार्ताको मूल सन्देश नै नेपाल-खनाललाई पार्टीबाट बिदा गर्न ओली आतुर छन् भन्नु रहेको प्रस्ट हुन्छ । यसबाट आशंका जन्मिएको छ- कतै केपी शर्मा ओलीले दोस्रो पटक एमाले फुटाउँदै त छैनन् ?

    विगतमा माधव नेपाल पार्टी नेतृत्वमा रहँदा नेपाललाई कमजोर बनाउन शक्तिशाली बन्दै गएको एमालेलाई विभाजन गरेर पार्टीमा आफ्नो बर्चस्व स्थापित गर्दै अन्ततः पार्टी अध्यक्ष बन्न सफल भएका ओली पुनः आफू पार्टी सत्ताका रहिरहन आफ्ना विरोधी र आलोचक खेमालाई अनेक तिकडम गर्दै, ‘ह्युमिलेट’ गर्दै, लखेट्दै अन्तत: एउटा अनलाइनसँग ‘नियोजित’ अन्तर्वार्ता दिएर ‘तिमीहरू मेरो आदेश, निर्देश र निर्णय मान्दैनौ भने अलग होऊ, फुटेर जाऊ’ भन्न थालेपछि ओलीकै कारण दोस्रो पटक एमाले फुट्दै त छैन ? भन्ने आमशंकामा थप बल पुगेको छ।

    ओली नै कसरी कारक ?
    विगतमा एमाले फुटाउन ओलीले गरेका हर्कत, अर्को खेमाका विरुद्ध गरेका गतिविधि र व्यवहार अनि भारतसँग गरिएको राष्ट्रघाती महाकाली सन्धिलाई देख्ने, बुझ्ने प्राय: सबै जीवित नै छन् । यस कारण त्यसबेलाको एमाले फुटको कारणमा अगाडि आउने नाम पहिलो नम्बरमै केपी ओली हो ।

    अहिले पनि एमाले दोस्रो पटक फुटको संघारमा छ । यसबेला एमाले विवादको कारण सतहमा नेपाल-खनाल देखिएका छन्, जुन स्वाभाविक हो । र, केही हदसम्म नेपाल-खनालको अहं, पदीय लोभ, पार्टीमा भूमिकाविहीन जस्तो अवस्थामा रहनुको पीडा पनि एमालेको लफडाको कारण अवश्य हो । यो सरसर्ती हेर्दा देखिने कारण मात्र हो ।

    तर, पार्टीको पूर्वनेतृत्व गरिसकेका र अभिभावक बनिसकेका नेताहरूप्रति वर्तमानका जिम्मेवार नेतृत्वले, पार्टी अध्यक्षले गर्ने र गरिरहेको व्यवहार नै उनीहरूको विद्रोहको प्रमुख कारण होइन र ? उनीहरूमाथिका गैरवैधानिक, तुच्छ र ‘ह्युमिलिएट’ गर्ने ओलीको वचन र व्यवहारले के नेपाल-खनालको अहंचाहिँ सदैव निष्क्रिय रहिरहनुपर्ने ?

    वर्षौंको लगानी र मिहिनेतले बनेको पार्टीको माया नेपाल-खनाललाई नभएर ओलीलाई मात्र होला ? के पार्टी फुटाउने रहरले नै नेपाल-खनाल खेमाले विद्रोह गरिरहेका हुन् ?यी यावत् प्रश्नको उत्तर नआई चाँडै एमाले विभाजित हुने अवस्थामा पुगिसकेको केपी ओलीको हिजोको अन्तर्वार्ताले संकेत गरिसकेको छ ।

    यसर्थ केपी ओली एमालेको इतिहासमा २ पटक पार्टी फुटाउने पात्रका रूपमा दर्ज भएर आफ्नो लामो राजनीतिक जीवनबाट बिदा लिँदै छन् । -खबरपातो

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      नेपाल रिडर्स
      मंसिर १०, २०८१

      (पञ्चायती शासन कालमा नेपालमा नयाँ जनवादी क्रान्तिका माध्यमबाट समाज परिवर्तन गर्न विभन्न कम्युनिष्ट पार्टीमा स‌गठित भएर वा स्वतन्त्र रुपमा सक्रिय...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.