Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

आफ्नै अहंकारले ‘बा शासन’ को अन्त्य

सहयोगीबाट सहयोगीबाट
असार ३०, २०७८
- यो हप्ता, राजनीति
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    झापा आन्दोलनका नायक खड्ग प्रसाद ओली यो हविगतका साथ अदालतको आदेशमा गलहत्याइएर बालुवाटारबाट निस्कलान् भन्ने कसैलाई लागेको थिएन । महेश बस्नेतहरुको ठूलो स्कर्टिँगमा बालकोट फर्किए पनि मानिसहरुले प्रश्न गर्न थालिसकेकाछन्, झण्डै दुई तिहाईको हुँदोखाँदोको सरकारलाई यो हविगतमा पुर्याएर किन विजोग बनाउनुभयो कमरेड रु

    नेपाल देश न हो जहाँ सत्तामा रहँदासम्म सत्तावालको आवाज निकै परसम्म सुनिन्छ । जब सत्तावाल सेना, पुलिस, शासकीय सुविधा सब छोडेर एक्लै घर फर्कन्छ, अनि मानिसहरुले प्रश्न गर्न थाल्छन् । साथ दिएकाहरुले साथ छोड्न थाल्छन् । मानिसहरुले देउवा प्रधानमन्त्री भएको चौबिस घण्टा नहुँदै सामाजिक सन्जालहरुमा लेख्न थालिसकेका छन्, ओली कमरेड तपाईं त आफ्नै गूटका केही लोभीपापीहरुको मात्रै पो बा हुनु भएको रहेछ । तपाईले हाम्रो स्नेह र विश्वासलाई टुक्राटुक्रा पारिदिनुभएको छ । माधव नेपाल र देउवालाई हस्ताक्षर बुझाउने सांसदलाई सराप्न त सकिएला । तर यो सबैको मूल कारण तपाईंकै घमण्ड हो । अहंकारको आहालमा तपाईं त भासिनुभयो नै,
    तपाईंसँगै आम मानिसहरुका सपना पनि भासिए । सिंगो वामपन्थी आन्दोलनलाई विसर्जनको डरलाग्दो डिलमा पुर्याएर कमल थापाहरुको हाइहाइ सुन्नु तपाईंको नियति भएको छ ।

    के मानिसहरुले न्यायिक प्रश्न गरेकाछन् त?

    पक्कै पनि । कम्युनिष्ट आन्दोलनमा लागेर १४ वर्षसम्म जेलमा मृत्युको मुखमा पुगेर फर्किएका ओली वाकपटु भएपनि यति धेरै बेइमान भएर निस्कलान् भन्ने उनकै सहयोगीहरुले पनि सोंचेका थिएनन् होला । बेइमानीको श्रृङ्खला उनले प्रचण्डबाट शुरु गरे । प्रमुख शक्तिबाट स्खलित हुँदै गएको प्रचण्ड नेतृत्वको माओवादी आफै निर्णायक नभए पनि सत्ताको निर्णयमा महत्वपूर्ण ठाउँ राख्ने हैसियत राख्ने अवस्थामा नेपाली समाजमा रहेको थियो । आफै पहिलो र दोश्रो स्थानमा नआए पनि तेश्रो शक्ति भएर सत्ताको निर्णायक कदम चाल्न सक्ने आंकलन गरेर ओलीले एकता गरे । एकता पनि रातारात । कार्यकर्ताले समेत सुइँको नपाउँदै, जनताको बहुदलीय जनवादलाई बीच बाटोमै छोडेर प्रचण्डसँग घाँटी जोड्नु केवल चुनावको रणनीति मात्रै रहेछ उनको ।

    कालान्तरमा यो पुष्टि पनि भयो । जसै उनले नेपाली समाजमा व्याप्त वामपन्थीहरुको विभाजित मतले जताततै विजयको झण्डा फहराए उनले पहिलो खूँडा प्रचण्डमाथि प्रहार गरे । उनीसँग भएका सबै सहमतिलाई च्यातेर । तथापी प्रचण्ड लत्रिरहे । प्रचण्डसँग मिलेर माधव नेपाललाई समेत भित्तामा पुर्याए । हिज आफू अल्मतमा हुँदाको बदला लिन उनले वडै तहसम्म पाँडे पजनी शुरु गरे । ओलीका विरुद्ध बोल्ने कसैको खैरियत हुन छाड्यो । लेनिनवादी सँगठनात्मक पद्धतिका नाममा बलियो संगठनको कमाण्ड बनाएको पार्टीका वैठक हुन छाडे । ठेकेदारहरुले टिकट पाए । ओली विस्तारै राजनेताको रुपमा चिनिन थाले । उनको तजबिजीमा दरबारिया पार्टीको रुपमा कम्युनिष्ट पार्टीले आकार लिंदै गयो ।

    यही कुराको बहस गर्न पटक पटक प्रचण्ड, माधव नेपालहरुले स्थायी कमिटीको वैठक, केन्द्रीय कमिटीको वैठकको माग गरे । यसलाई सत्ता हत्याउने षडयन्त्रको रुपमा व्याख्या गर्दै आफ्नो गूट बलियो बनाउने तर संगठनात्मक पद्धतिलाई लत्याएर एक्लैले सरकार, पार्टी सबै चलाउने नीति अख्तियार गरे । यसबाट बिच्किएका प्रचण्ड,माधव नेपालहरुलाई दोषी देखाउँदै संसदको वध गरेर काम गर्न दिइएन भन्दै चुनावमा जाने निर्णय गरे ।

    लामो रस्साकस्सीको बीचमा सहकर्मी माधव नेपाल, प्रचण्ड लगायत सबैलाई अपमानित गर्दै हूर्मत लिन कुनै कसर बाँकी राखिएन । तर, अदालतले ओलीको कदमलाई गलत सावित गर्यो । सँगसँगै राष्टपति विद्यादेवी भण्डारीलाई समेत उनले विवादमा तानेर शीतलनिवासको जात्रा देखाइदिए । पहिलो पटकले नपुगेर दोश्रो पटक फेरि संसदको हत्या गरे । मध्यरातमा शीतलनिवासले न्यूनतम मर्यादाहरुलाई बिर्सेर ओलीलाई साथ दिइरह्यो । यसबीचमा निर्वाचन आयोग, अख्तियार लगायत सबै संवैधानिक निकायहरुलाई पंगू बनाउन आफ्ना पकेटका मानिसहरु लगेर भर्ति गरियो ।

    ओली मण्डली पुरै भ्रष्टाचारमा लिप्त भएका खबरहरु बाहिर आए । गोकुल बाँस्कोटाको अडियो बाहिर आयो । यति र ओम्नीका खबरहरु आए । ओली स्वयम्ले बदनाम मानिसहरुलाई चोख्याउँदै हिंडे । अदालती फैसलालाई प्रभावित पार्न उनले राज्यकोषको दोहन गरेर चारैतिर पंचर्यालीको शैलीमा जुलुसहरु निकालेर आम वामपन्थी मतलाई विभाजित गर्दै कटूतापूर्ण सम्बन्धमा विस्तार गरे । एकीकृत कम्युनिष्ट भावनालाई विभाजित गरेर भारतीय जनता पार्टीको अवधारणालाई मिल्नेगरी हिन्दूत्वको कार्ड फ्याँके । ठोरीको जुलुस बालुवाटारबाट निस्कियो । कम्युनिष्ट ओलीलाई पशुपतिमा जलहरी राख्ने हतारो आइलाग्यो ।

    कोरोनाले देश थिलोथिलो भएको बेला र दोश्रो लहर आउने खतरा हुँदाहुँदै कुनै कदम नचाली आफै डाक्टर झैं घरेलु औषधीको प्रचारमा हिंडेका ओलीको वैद्यखाना मानिसहरु धमाधम मर्न थालेपछि खुस्कियो । पूर्व तयारी नहुँदा भएको अक्सिजनलाई पनि मिलाएर वितरण गर्न नसक्दा धेरै मानिसहरुको ज्यान गयो । संसारका अगाडि भने उनले झूट बोलेर नेपालमा कोरोना नियन्त्रणमै रहेको बताए । जसोतसो खपिरहेका जनतालाई जब भारतीय गुप्तचर सामन्त गोयललाई मध्यरातमा बालुवाटार प्रवेश गराइयो, हाकाहाकी नेपाली सार्वभौमसत्तामाथि भारतसँग ओलीले घूँडा टेकेको देखियो । सत्ता जोगाउनको लागि भारतीयहरुसँग ओली लम्पसार परेपछि मानिसहरु अझै विद्रोहमा उत्रिए । शीतलनिवासको कृपा पनि अन्तत अदालतको आदेशले काम नलाग्ने भएको छ । सर्वोच्च अदालतले शीतलनिवासलाई समेत गलत काममा मतियार नबन्न शिष्ट भाषामा प्रष्ट बुझिने गरी सम्झाएको छ ।

    दुईतिहाईको दम्भका साथ गर्जन गरिरहेका ओलीले आफ्नै सांसद समेत शेर बहादुरलाई प्रधानमन्त्रीमा प्रस्तावित गर्नुपर्ने अवस्थामा पुर्याइदिए । यो बिल्कुलै उनको राजनीतिक असफलता हो । सफल राजनेताले कम्तिमा आफ्नै सहयात्रीको हूर्मत काढेर, उसलाई अपमानि गर्दै सँगै बस्नै नसक्ने बनाएर प्रतिपक्षी कित्तामा जान वाध्य पार्दैन । अहिले आफ्नै घरमा आगो लगाउने विभीषणको संज्ञा दिनु वास्तविकताप्रति अन्याय गर्नु हो । राजनीतिक रुपमा संसदीय अभ्यासप्रति माधव नेपालले बरु इमान्दारिता देखाएकाछन् ।

    अब माधव नेपाल विस्तारै पार्टीभित्र शक्तिशाली बन्दै जाने संकेतहरु देखिन थालिसकेका छन् । लोभीपापी र स्वार्थीहरुले विस्तारै ओलीलाई छाड्ने निश्चित जस्तै छ । नेपाली राजनीतिमा गतिलो बिकल्प नहुँदासम्म जनताहरु कांग्रेस,एमाले र माओवादीकै सेरोफेरोमा बस्न बाध्य हुनु हाम्रो समाजको यथार्थ हो । यो यथार्थ केही समय रहने पनि देखिन्छ ।

    देउवा ठीक हुन् कि होइनन्, जनताले देखिजानेका मान्छे हुन् । जनतालाई यिनी को हुन् राम्रैसँग थाहा छ । रेल र पानीजहाजका ठूला कुरा गरेर सत्तारोहण भएका ओलीको यो दयनीय बहिगर्मन परमादेशको रागले मात्र सफाइ पाउने अवस्थामा छैन । जनताले बुझिसकेकाछन्, बाले जनादेशको सम्मान गरेनन् । यो सब पतनको मूल कारण उनी स्वयम् हुन् । प्रचण्ड र माधव नेपाललाई दोष दिनु राजनीतिक स्टन्ट मात्रै हो । बाहरु फेरि नजन्मिउन् भन्नका लागि अदालतले प्रष्ट संवैधानिक व्याख्या गरिदिएको छ । म नै राज्य, म नै कानून, मै सबथोक भन्ने ओली अहंकारको अन्त्य भएको छ । अहंकारीहरु आफ्नै कारणले पतन हुने रहेछन् भन्ने कुरा ओलीको बहिगर्मनले प्रष्ट पारेको छ ।

    रह्यो कम्युनिष्ट आन्दोलनका चर्का कुरा, आफ्नै पार्टीका सहयात्रीहरुलाई रसातलमा पुर्याएर विधि, विधान नमान्नेहरुले देशलाई बनाउँछन् भनेर कसरी विश्वास गर्नू रु मानिसहरुले सहजै यसो भन्ने वातावरण अहिले सृजना भएको छ । लक्ष्मण देवकोटा/नेपाल प्लस

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.