Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

अम्बेडकरको नजरमा गान्धी

भारतमा अहिलेका राष्ट्रपति स्वयम् दलित समुदायका हुन् । तर, अझै पनि मनुस्मृतिजस्ता धार्मिक ग्रन्थमा आधारित वर्णविभेदको सामाजिक जग जस्ताको तस्तै छ । अझ हिन्दूवादी सत्ता बनेयता वर्णभेद अझ बलियो बन्दै गएको छ । दलितहरूमाथिको विभेद, हुल उठेर कुटपिट, हत्या, बलात्कार, घर बस्तीमा आगजनी, मानव मुत्र खुवाउने घटना बढेको छ ।

सहयोगीबाट सहयोगीबाट
अशोज १६, २०७८
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    अरून्धती रोय भारतको सत्ताको विरोधमा हक्की लेख लेखिरहन्छिन् र बोलिरहन्छिन् । कोभिडको दोस्रो लहरमा भारतीय जनताले सामना गर्नुपरेको विषम अवस्थाबारे एउटा लामो लेख लेखेर उनले मोदी सरकारबाट ‘मानवताविरोधी अपराध’ भइरहेको घोषणा गरिन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई भारतको पछिल्लो भयावह अवस्थाबारे अरून्धतीले के भन्लिन् भन्ने विषयमा निकै चासो थियो । ‘द गार्जियन’ मा प्रकाशित उनको प्रस्ट धारणासहितको त्यो विस्तृत लेखले भारतको मोदी सरकारमाथि चर्को दबाब त प-यो नै। साथै मोदीप्रति ‘सद्भाव पालेका’ पश्चिमा शासकहरूलाई समेत विलखबन्डमा पा-यो । त्यस अर्थमा अरून्धतीलाई आजको भारतीय लेखकहरूमध्ये अन्तर्राष्ट्रियरूपमा सबभन्दा बढी सुनिने लेखक मान्नुपर्छ ।

    अरून्धती मूलतः उपन्यासकार हुन् । तर, उपन्यासकारकै परिचयमा उनलाई सीमित राख्दा भने उनको लेखनको व्यापकतामाथि अन्याय हुन्छ । भारतका जल्दोबल्दो धेरै विषयमा उनले कलम चलाएकी छिन् । अनि उनले हरेक लेखमा विषयवस्तुको केस्राकेस्रा केलाएर आफ्नो मत प्रस्ट शब्दमा राख्ने गरेकी छिन् । उनले नर्मदा बाँधलाई लिएर आदिबासीहरूको आन्दोलनबारे लेखेकी छिन् । भारतीय माओवादी विद्रोहबारे उनी आफै गोप्यरूपमा माओवादी क्षेत्रमा गएर स्थलगत रिर्पोटिङ गरेकी छिन् । मोदी सरकारले हालै जारी गरेको विभेदकारी नागरिकता ऐनको विषयमा बोलेकी छिन्, लेखेकी छिन् ।

    राज्यको विरोधमा बोल्ने लेखक, कलाकार र स्रष्टाहरूलाई सरकारले ‘माओवादी’ वा त्यस्तै कुनै आरोप लगाएर जथाभावी पक्राउ गर्ने, यातना दिने, दुःख दिने र त्यस्तै परे राज्यको राजनीतिक संरक्षण पाएका गुण्डाहरू लगाएर मार्ने कृत्यको उनले विरोधमा आवाज उठाउने गर्छिन् । एडवर्ड सेइडले भनेका छन्– बौद्धिक (बुद्धिजीवी होइन, सेइड बुद्धिजीवी र बौद्धिकमा धेरै अन्तर देख्छन्) को काम भनेको लेख्ने वा बौद्धिक विलासमा रमाउने मात्र होइन । बरू न्यायपूर्ण मुद्दामा बौद्धिक सक्रियता देखाउनु पनि बौद्धिक समुदायको दायित्व हो । अरून्धतीलाई वैचारिक रङमा घोट्दा वामपन्थी भन्न सकिन्छ ।

    तर, उनी कुनै पनि कम्युनिस्ट पार्टी वा समाजवादी दलको सदस्य होइनन् । बरू उनले धेरै ठाउँमा भारतका ‘कम्युनिस्ट’ हरूलाई मज्जाले छ्याँसेकी छिन् । उनका यस्ता गतिविधिमाथि विचार गर्दा सेइडले इङ्गित गरेको बौद्धिकको कोटीमा राख्न मिल्ने व्यक्ति हुन्  अरून्धती । अरून्धतीबारे सङ्क्षिप्त गन्थनपछि अब यो छोटो लेखको मूल विषयमा प्रवेश गरौँ । यो लेख मुख्यतः अरून्धतीको सन् २०१९ मा प्रकाशित पुस्तक ‘द डक्टर एन्ड द सेन्ट’ माथिको चर्चा हो ।

    अम्बेडकर र गान्धी

    ‘द डक्टर एन्ड द सेन्ट’ मुख्यतः भारतको इतिहासमा बौद्धिकताको शीर्ष स्थानमा रहेर पनि धेरै बहाना र कारणले छाँयामा पारिएका वा अपव्याख्या गरिएका अथवा मूल विचारलाई बङ्ग्याएर प्रस्तुत गरिने गरेका नेता बाबा भीमराव अम्बेडकरको महत्वपूर्ण ग्रन्थ ‘एनिहिलेसन अफ कास्ट’ पुस्तकमाथिको आधारभूमिमा लेखिएको सोही पुस्तकमाथिको टिप्पणी हो । तर, यो पुस्तकको आधारतत्व भने अम्बेडकर र भारतकै सबभन्दा पूजनीय मानिएका नेता महात्मा गान्धीसँगको तुलनात्मक अध्ययन हो । पुस्तकको रोचक पक्ष के हो भने अरून्धती कहिले इतिहासमा पस्छिन् र गहिराइबाट अनेकन मोती टिपेर वर्तमानमा फर्कन्छिन् अनि वर्तमानको कस्सीमा मोतीको गुणवत्ता जाँच्छिन् । त्यसैले पुस्तक पढ्दा इतिहास पढेजस्तो मात्र पनि नलाग्ने अनि वर्तमान समयमाथिको टिप्पणी जस्तोमात्र पनि नलाग्ने ।

    पुस्तकको सुरूवात अरून्धतीले नोबेल शान्ति पुरस्कार पाएकी पाकिस्तानकी युसुफ मलाला र भारतको महाराष्ट्रकी एक दलित महिला सुरेखा भोटमाङ्गेको तुलनाबाट गर्छिन् । पाकिस्तानमा इस्लामिक अतिवादी समूहबाट छात्रा शिक्षाको वकालत गरेको भन्दै मलालाको हत्या गर्ने प्रयास भएको थियो । बेलायतमा उनको उपचार भयो र उनी बाँचिन् । मलालामाथिको हमला र उनको मुद्दालाई पश्चिमा सञ्चारमाध्यमले राम्रै स्थान दियो र अन्ततः उनी नोबेल शान्ति पुरस्कार पाउने उचाइमा पुगिन् । भारतको महाराष्ट्रकी सुरेखा दलित महिला थिइन् । ‘अछुत’ भएकै कारण उनको परिवारमा राति बत्ती बल्दैनथ्यो ।

    रगत–पसिना एक गरेर उनको परिवारले कमाएको जग्गामै बाटो बनाउने गाउँलेको निर्णयलाई सुरेखाले विरोध गरिन् । कानुनले दिएको बाटो रोजिन् । गाउँकै माथिल्लो जातका मानिसहरू मिलेर सुरेखाको परिवारमाथि कुटपिट भयो । छोरी प्रियङ्का र सुरेखा बलात्कृत भए । परिवारका चारैजना सदस्यको हत्या भयो । हत्यापछि सुरेखाको परपुरूषसँग अनैतिक सम्बन्ध भएको झुटो आरोप लगाइयो । सुरेखामाथिको हिंसा र हत्यालाई न राज्यले देख्यो, न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नै । अरून्धती रोय यही बिन्दुमा अम्बेडकरलाई अघि प्रस्तुत गर्छिन् ।

    अरून्धती त्यसपछिका केही पृष्ठ हिन्दू सामाजिक संरचनामा वर्णभेद, अछुत र दलित आदिबारे चर्चा गर्छिन् र भारतमा दलितहरूको आजको अवस्थाबारे पनि केही सामयिक उदाहरण र तथ्यसहित चर्चा गर्छिन् । भारत स्वतन्त्र भएको ७० वर्ष पूरा भइसकेको छ । सात दसक लामो इतिहासमा भारतमा धेरै शासक आए, गए । धेरै थरी परिवर्तन भए । भारतमा अहिलेका राष्ट्रपति स्वयम् दलित समुदायका हुन् । तर, अझै पनि मनुस्मृतिजस्ता धार्मिक ग्रन्थमा आधारित वर्णविभेदको सामाजिक जग जस्ताको तस्तै छ । अझ हिन्दूवादी सत्ता बनेयता वर्णभेद अझ बलियो बन्दै गएको छ । दलितहरूमाथिको विभेद, हुल उठेर कुटपिट, हत्या, बलात्कार, घर बस्तीमा आगजनी, मानव मुत्र खुवाउने घटना बढेको छ ।

    अरून्धती एकपछि अर्को तथ्याङ्क प्रस्तुत गर्दै भारतीय समाजमा दलितमाथिको अत्याचारलाई उजागर गर्छिन् । उनी भारतको उदाउँदो पुँजीवादी वृत्तमाथि निश्चित जात र समुदायको नियन्त्रणमाथि विश्लेषण गर्छिन् । सञ्चारमाध्यममा निश्चित वर्ग र जातको अधिक पहुँच र स्वामित्वमाथि विश्लेषण गर्छिन्, तथ्याङ्कहरू प्रस्तुत गर्छिन् । भारतको सरकारी उच्च पदमा विभिन्न जात र समुदायको सापेक्षमा दलित समुदायको प्रतिनिधित्वको चित्र उजागर गर्छिन् । दलितको नाममा छुट्याइएको छात्रवृत्तिमा उच्च जातकै रजाईँका रोचक प्रसङ्ग चर्चा गर्छिन् ।

    पुस्तकको मीठो भाग भने गान्धी र अम्बेडकरबीचको तुलनात्मक अध्ययन नै हो । बेलायतबाट वकिल बनेर दक्षिण अफ्रिकामा एकजना व्यापारीको कानुनी सल्लाहकारको जागिरे भई गएका मोहनदास करमचन्द गान्धीको ‘महात्मा’ सम्मको यात्रा र उनको चिन्तनमा जड बनेर रहेको अप्रगतिशील पक्षको अरून्धतीले शल्यक्रिया गरेकी छिन् । गान्धीको आदर्श र व्यवहारबीचको अन्तरलाई उजागर गर्दै गान्धीको ‘महात्मा’ भित्र लुकेको विभेदकारी मानसिकतालाई मैदानमा घिसारेर ल्याएकी छिन् ।

    गान्धीको राजनीतिक यात्रा दक्षिण अफ्रिकाबाट नै सुरू भएको थियो । विशेषतः भारतबाट गएका व्यापारीको पक्षमा उनले त्यहाँ राजनीति गरेका थिए । तर, त्यहीँ पनि विशेषतः शारीरिक श्रम गर्ने भारतीय कामदारप्रति उनको व्यवहारले उनको आदर्श र व्यवहारबीचको अन्तर प्रस्ट थियो । रोयले गान्धीले आत्मशुद्धिको नाममा गरेका अनेक थरी अशोभनीय गतिविधि (प्रयोग) को चर्चा गर्दै उनले हासिल गरेको उचाईमाथि प्रश्न गरेका छन् । जनगणनामा दलित समुदायले आफूलाई हिन्दू नभन्दा हिन्दूहरू भारतमा अल्पमतमा पर्ने सम्भावनाको हिसाब गरेर गान्धी र जातीय विभेदलाई अक्षुण राख्न चाहने भारतीय शासकहरूले खेलेको प्रपञ्चलाई अम्बेडकरका विचारलाई आधार बनाएर अरून्धतीले उजागर गरेकी छिन् ।

    गान्धी दलितहरूलाई धेरै टाढा राख्न पनि सक्दैनथे किनभने दलितहरू टाढा हुँदा उनको राजनीतिक जगमै भुइँचालो जाने थियो । तर, उनी दलितलाई अपनाउन पनि सक्दैनथे । किनभने उनीभित्रको जड चिन्तनले त्यसो गर्न उनलाई अनुमति दिइरहेको थिएन। पुस्तकमा गान्धीको दोहोरो चरित्रबारे एउटा प्रसङ्ग उल्लेख छ– दलित बस्तीमा जाँदा सत्कारमा खान दिएको बदाम गान्धीले बाख्रालाई खान दिएका थिए र भनेका थिए–“यो बाख्रीले बदाम खान्छ, बाख्रीको दूध म पिउँछु । यसरी त्यो बदाम मैले खाएको सरह हुन्छ ।” दलित र अछुट समुदायप्रति गान्धीको मान्यता अभिव्यक्त गर्न यो घटना पनि प्रतिनिधि घटना हो । अम्बडेकरकै भनाइ सापति लिएर अरून्धतीले गान्धीका विचारमा धेरै विरोधाभास, बेमेल र असङ्गति रहेको पुष्टि गरेकी छिन् ।

    युगौँदेखि दलित समुदायप्रतिको विभेदको क्षतिपूर्तिस्वरूप सकारात्मक विभेदको रूपमा दलितहरूको लागि अलग निर्वाचन क्षेत्रको मागविरोधमा गान्धीले पुणेको कारागारमा गरेको भोक हडतालको कारण भारतका दलितहरू त्यो ऐतिहासिक अवसरबाट वञ्चित भएको घटनाको विश्लेषण पुस्तकमा गरिएको छ । अरून्धतीले अम्बेडकरको जीवन र राजनीतिबारे वैचारिक विश्लेषण गर्ने प्रयास गरेकी छिन् । भारतीय समाजमा वर्ग र वर्णबीचको समानता र अन्तरनिहीत सम्बन्धलाई अम्बेडकरका विचारले व्याख्या गरेका छन् ।

    पुस्तकको नाममा ‘डक्टर’ शब्दले अम्बेडकरको प्रतिनिधित्व गरेको छ भने सेन्ट अर्थात सन्त शब्दले गान्धीको प्रतिनिधित्व गरेको छ । गान्धीबारे भारतको सत्ता हुँदै नेपाल र संसारभर नै स्थापित ठानिएका कतिपय मान्यतालाई अरून्धतीले चुनौती दिएकी छिन् । गान्धीको हत्या गर्ने नथुराम गोत्से र भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको वैचारिक आधार समान हो । तर, गान्धीप्रति भारतीय जनता र अन्तर्राष्ट्रिय विशेषतः पश्चिमा समाजको स्वीकार्यताको कारण मोदीले आफ्नो सरकारप्रति समर्थन बलियो बनाउन गान्धीको नाम जप्ने गरेका छन् । गान्धी दिवसको अवसरमा भारतका सिने कलाकारहरूलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर मोदीले गान्धीको जीवन र आदर्शबारे चलचित्र बनाउन आग्रह गरेका थिए ।

    त्यस्तै मोदी सरकारले नै गान्धीको छविको उपयोग गरेर स्वच्छ भारत अभियान पनि थालेका थिए । सतहमा मोदीले पनि गान्धीलाई पछ्याइरहेको भान परे पनि खासमा विपक्षी काङ्ग्रेसमाथि राजनीतिक हमलाको निम्ति गान्धीको प्रयोग भइरहेको सामान्य विश्लेषकलाई पनि थाहा भएको कुरा हो । गान्धीको दोधारे मान्यताकै कारण उनको हत्या गर्ने राजनीतिक विचारधाराका शासकले समेत सहजै दुरूपयोग गरिएको देखिन्छ । अरून्धतीको गहिराई छोएर लेख्ने शैली यो पुस्तकमा पनि झल्किएको छ । जात, धर्म, वर्ण व्यवस्था नबुझी भारतीय समाज बुझ्न सम्भव छैन । भारतीय समाजलाई बुझ्न यो पुस्तक उपयोगी हुनसक्छ । साथै कतिले भगवानकै कोटीमा राखेका भारतीय नेता गान्धीबारे आलोचनात्मक अध्ययनको निम्ति यो पुस्तक पठनीय छ ।

    निरज लवजूले लेख्नुभएको लेख अनलाइन मजदुरडटकमबाट साभार।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.