Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Tuesday, January 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

आजको वामपन्थ-२ राष्ट्रिय गोष्ठीद्वारा पारित प्रस्ताव

नेपाल रिडर्स नेपाल रिडर्स
पुस १९, २०८०
- दस्तावेज, यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेपाल अध्ययन केन्द्रद्वारा आयोजित आजको वामपन्थ–२ (पुस १८–१९) राष्ट्रिय गोष्ठीमा उपस्थित हामी सहभागीहरु गत वर्ष सम्पन्न आजको वामपन्थ–१ बाट पारित प्रस्तावहरुलाई स्मरण गर्दै नेपाली समाजको रुपान्तरण तथा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशी प्रतिनिधित्वसहितको लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि नेपालका कम्युनिष्ट तथा वामपन्थी आन्दोलनको योगदानको उच्च सम्मान गर्दै निम्न प्रस्ताव पारित गर्दछौं।

    १. नेपालले सामना गरिरहेको आर्थिक मन्दी तथा त्यसले सृजना गरेको सामाजिक निराशा हामीले अपनाउँदै आएको नवउदारवादी अर्थराजनीतिक प्रणालीकै संकट हो। विद्यमान अर्थराजनीतिक प्रणाली संरचनागत संकटमा छ। यसको समाधान पनि अर्थतन्त्रका मुख्य क्षेत्रहरु कृषि, उद्योग र श्रम, वैदेशिक व्यापार, शिक्षा र स्वास्थ्यका क्षेत्रमा रहेका संरचनागत संकटमा हस्तक्षेप गरेर मात्रै हासिल गर्न सम्भव छ।

    २. विद्यमान अर्थराजनीतिक संकटको चरित्र बहुआयामिक छ। सुशासनको अभाव, सरकार र सार्वजनिक संस्थाहरुले गर्ने सेवा प्रवाहमा देखिएको अकर्मन्यता, वामपन्थी नेतृत्वको सरकारले समेत आफ्नो वर्गीय दृष्टिकोण विपरित कुलिन तथा विचौलियासँग मिलेर लिने नीतिगत निर्णयहरुले जनताको अपेक्षाहरुको अवमुल्यंन र समाजमा निराशा बढाउन योगदान पु¥याइरहेको छ। प्रकारान्तरले यसले दलाल पुँजिवादसँग रहेको नेपाली जनताको मुख्य अन्तरविरोध हल गर्नुको सट्टा यसले दलाल तथा आसेपासे पुँजिवादको संरक्षण गरिरहेको छ। यस्तो नीतिले राष्ट्रिय पुँजिको विकास, औद्योगिकिकरण तथा व्यापक रोजगारी सृजनालाई अवरोध गरिरहेको छ।

    ३. २०६२/०६३ पछि वामपन्थी दलहरु तथा तिनको नेतृत्वले लिएका नीतिहरुले आवश्यक अर्थसामाजिक रुपान्तरणको नेतृत्व गर्न नसकेको भन्ने प्रश्न उठ्ने गरेको छ। दलहरु र नागरिक समाजको सामूहिक प्रयासबाट पार्टीहरुको विद्यमान कार्यशैली, विचार निर्माण प्रक्रिया र नेतृत्व प्रणालीमा आवश्यक सुधार गर्दै वामपन्थी आन्दोलनमाथि उठेका प्रश्नहरुको जबाफ दिन र ऐतिहासिक जिम्मेवारी पुरा गर्न सम्भव छ भन्नेमा हामी विश्वस्त छौं।

    ४. पुँजिवादी जनवादी क्रान्ति पुरा भएको कम्युनिष्ट तथा वामपन्थीको लक्ष्य समाजवाद रहेको सन्दर्भमा समाजवादको लक्ष्यप्रति प्रतिवद्ध रहँदै नेपालको आर्थिक सामाजिक विकासका तत्कालीन कार्यभारहरु तय गरेर मात्रै यो संकटमाथि हस्तक्षेप गर्न सकिन्छ। हामी दलहरुलाई तत्कालिन कार्यभारका न्यूनतम कार्यसूचिमा सहमती खोज्न अपिल गर्दछौं।

    ५. समाजमा विद्यमान निराशालाई प्रयोग गर्दै नेपालले प्राप्त गरेका राजनीतिक उपलब्धीहरु उल्ट्याउने, संघीयता र गणतन्त्रको विरोध गर्ने, धर्म निरपेक्षतामाथि प्रहार गर्दै नेपाललाई भारतीय हिन्दू राष्ट्रवादका राजनीतिक अभिष्ट अनुरुप ‘हिन्दू राष्ट्र’ बनाउन माग गर्ने, धार्मिक अल्पसंख्यकमाथि हिंसा थोपर्ने प्रयास भई रहेको छ। हामी यस्ता प्रयासको निन्दा र भर्त्सना गर्छौं। र, विद्यमान संवैधानिक व्यवस्थामा आवश्यक सुधार गर्दै नेपाली जनताका समृद्धि र स्वतन्त्रताका आकांक्षा पुरा गर्न सकिनेमा विश्वास व्यक्त गर्दछौं।

    ६. समाजका उत्पीडित जाति र अल्पसंख्यकले पहिचानको आन्दोलन जारी राखेका छन्। कहिले उखु किसान आन्दोलन गर्दछन्। कहिले मिटरब्याज र सहकारी पीडित त कहिले वैदेशिक रोजगारीमा हुने ठगीका विरुद्ध मानिस सडकमा हुन्छन्। कहिले हत्या हिंसा र बलात्कार पीडित महिलाहरु सडकमा आउँछन्। तर, यस्ता आन्दोलनमा कम्युनिष्ट पार्टी र तिनका संगठन कतै पनि जोडिदैनन्। यसले पार्टी र नेताहरुलाई जनताबाट अलग्याएको छ। जहाँ उत्पीडन र दमन छ, जहाँ श्रमिक वर्गको आन्दोलन छ त्यहाँ नजोडिएको पार्टी वामपन्थी र कम्युनिष्ट हुन सम्भव छैन। हामी वामपन्थी दल र नेतृत्वको यसतर्फ ध्यान आकर्षण गराउन चाहन्छौं।

    ७. हामी सहभागीहरु नेपाल अध्ययन केन्द्रले आयोजना गर्दै आएको वैचारिक विमर्शका यस्ता कार्यक्रमहरु थप विस्तार गर्न, देशका अन्य भागहरुमा समेत यस्ता गोष्ठीहरु आयोजना गर्न सहकार्यका लागि तत्परता व्यक्त गर्दछौं।

    मितिः २०८० पुष १९
    बबरमहल, काठमाडौं।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.