Date
बिहि, मंसिर २१, २०८०
Thu, December 7, 2023
Friday, December 8, 2023
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

साम्प्रदायिक द्वन्द्वमा महिलालाई अस्त्र बनाउँदै मणिपुर

सदिक्षा अर्याल सदिक्षा अर्याल
अशोज १४, २०८०
- विमर्शका लागि, विश्व, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    साढे चार महिनायता भारतको उत्तरपूर्वी राज्य मणिपुरमा सल्किएको साम्प्रदायिक द्वन्द्वको डढेलो अझै निभेको छैन। जातिय विशेषाधिकार पाउने आरक्षित सूचीको विवादले निम्त्याएको संघर्षले हिंस्रक द्वन्द्वको रुप लिएको छ। गत अप्रिल १९ मा मणिपुर उच्च अदालतले मैतेर्ई समुदायलाई अनुसूचित जनजातिमा समावेश गर्न केन्द्र सरकारलाई आदेश दिएको थियो। उक्त आदेशको विरुद्धमा कुकी समुदायले सरकार, मैतेर्ई समुदाय र अदालतविरुद्ध प्रदर्शन सुरु गर्यो। ३ मेपछि त्यसले हत्या, अतिपात र बलात्कारको रुप लियो।

    अन्तर्राष्ट्रिय समाचार एजेन्सीकाअनुसार हालसम्म उक्त हिंसामा (सेप्टेम्बर १२ को पछिल्लो ३ कुकी नागरिकको हत्यासहित) १६८ जनाको हत्या भएको छ। यो सरकारको आधिकारिक तथ्यांक भने होइन। यस्तो संख्या अझै बढी हुनसक्ने अनुमान गरिएको छ। मणिपुरका ११५ गाउँमा १७ सय भन्दा बढी घरमा आगो लगाइएको छ। ६० हजार बढी विस्थापित भएका छन्। १० हजार बालबालिका पारिवारिक स्नेहबाट बञ्चित हुन पुगेका छन्, उनीहरुलाई सुरक्षित आवासमा सारिएको छ। मन्दिर र चर्चसहित अन्य भौतिक संरचनामा समेत क्षति पुगेको छ।

    १५ अगस्टमा स्वतन्त्रता दिवसको अवसर पारेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मणिपुरबाट पछिल्लो समय शान्तिको खबर आएको दाबी गरेका थिए। तर, त्यहाँ जातिय द्वन्द्वको आगो निभेको छैन, बरु झनै सल्किरहेको छ। पछिल्लोपटक सेप्टेम्बर १२ मा मात्रै तीन जना कुकी–जोमी समुदायका व्यक्तिको बन्दुकधारीहरुले गोली हानी हत्या गरे। तैङनौपाल जिल्लामा भएको उक्त हिंसामा ५० भन्दा बढी घाइते भएका छन्। भारतीय सञ्चार माध्यमले यसै सेप्टेम्बर दोस्रो साता नै एक प्रहरी अधिकारीको समेत हत्या भएको जनाएका छन्। केही समय शान्त तलाउ जस्तो बनेको मणिपुरमा बेला बेला ढुङ्गा खसालेजस्तो युद्धका लहरहरु उठिरहेकै छन्। मणिपुरको इतिहास हेर्ने हो भने यो युद्ध यत्तिकै सेलाएर भएर जान्छ भन्नसक्ने अवस्था पनि देखिँदैन।

    मणिपुरमा यो आगो कसरी सल्कियो ? यो बुझ्न जातिय विशेषाधिकारको मुद्दा मात्रै प्रर्याप्त हुँदैन। यसको पछाडि भौगोलिक, आर्थिक, राजनीतिक इतिहास पनि जोडिन्छ। सुरुमा त्यहाँको भौगोलिक अवस्थाका बारेमा चर्चा गरौँ।

    भारतको पूर्वी काखमा रहेको राज्य मणिपुरको पूर्वमा म्यानमार, उत्तरमा नागाल्याण्ड, पश्चिममा आसाम र दक्षिणतर्फ मिजोरम राज्य रहेको छ। मणिपुरको कुल क्षेत्रफल २२ हजार ३२७ वर्गकिलोमिटर छ। भौगोलिक रुपमा मणिपुरलाई दुई भागमा विभाजन गर्न सकिन्छ, पहाड र उपत्यका। बीचमा उपत्यका छ, त्यसलाई चारैतर्फबाट पहाडले घेरेको छ। पहाडी भूभाग करिब ८९ प्रतिशत रहेको छ भने उपत्यका क्षेत्र जम्मा ११ प्रतिशत। पहाडी शृङ्खला क्रमशः दक्षिण लाग्दै जाँदा उचाइ घट्दो क्रममा छ।

    यो भौगोलिक स्थितिले यहाँ वर्गिय असमानता पनि सिर्जना गरेको छ।

    उपत्यकामा मैतेई समुदायका नागरिकको बाहुल्यता छ। ती धेरैजसो हिन्दू धर्मसँग नजिक छन्। पहाडी क्षेत्रमा कुकी, जोमी र नागा सम्प्रदायका मानिसहरु छन्। उनीहरु धेरैजसो क्रिश्चियन धर्म मान्छन् तर आदिवासी संस्कृतिसँग नजिक पनि छन्। कुकी समुदाय मणिपुरसहित नागाल्याण्ड, मिजोरम, आसाम, मेघालय, त्रिपुरालगायतका छिमेकी राज्य र छिमेकी देशहरु बंगलादेश र म्यानमारका समेत मूल निवासी हुन्। उनीहरु प्रायः पहाडी क्षेत्रमा बस्छन्।

    मणिपुर राज्यका मूल निवासी मैतेर्ई समुदाय हुन्। मणिपुरमा सबैभन्दा बढी प्रभुत्व भएको यो जातिको बासस्थान छिमेकी राज्य आसाम, त्रिपुरा, मिजोरम र नागाल्याण्डमा समेत रहेको छ। उपत्यकामा भएका मैतेई समुदायले सनामही धर्म मान्छन् भने पहाडी क्षेत्रका कुकीहरुले प्रकृतिपूजक संस्कृतिको अभ्यास गर्छन्। सनामही हिन्दू धर्मसँग मिल्दोजुल्दो हुन्छ। यसैले सांस्कृतिक हिसाबले पनि यी दुई समुदायबीच अन्तर छ।

    अहिले चलिरहेको मैतेई र कुकीबीचको साम्प्रादायिक द्वन्द्व भने धार्मिक नभएर जातिय मात्रै हो। तर, भारतीय मिडियाले भने यो जातीय द्वन्द्वलाई धार्मिक द्वन्द्वका रुपमा अगाडि सारिरहेका छन्।

    बहुमत संख्या मैतेईको हुँदा राज्यबाट प्राप्त सेवा पहाडी क्षेत्रसम्म पुग्नै सकेन। यसले कुकी र नागा समुदायलाई विस्तारै विद्रोही बनाउँदै लग्यो।

    मणिपुरमा जातिय संघर्षको लामो इतिहास छ। यहाँ नागा, मैतेई र कुकी समुदायका मानिसहरु आफ्नो पहिचानका लागि सदैव संघर्ष गरिरहेका छन्। खासमा अहिले सतहमा देखिएको द्वन्द्वको जरो खोज्दै जाने हो भने तीन सय वर्षअघिसम्म पुग्नुपर्छ।

    इतिहासकार ज्योतिर्मय रायले ‘हिस्ट्री अफ मणिपुर’मा मणिपुरमा कसरी हिन्दू धर्म पुग्यो भन्नेबारे विस्तृतमा चर्चा गरेका छन्। राजा पामहेयिबा मैतेई समुदायका भए पनि उनले धर्म बदलेर मैतेई समुदायलाई हिन्दु धर्ममा सामेल गरेका थिए। उपत्यकाका ती राजाले सर्वप्रथम धर्मलाई आधार बनाएर आफ्नो राज्य विस्तार गर्दै गए। पहाडी क्षेत्रमा भएका कुकी र नागा समुदायले सधैँ दैनिक जीविकोपार्जनकै संघर्षमा व्यतित भइरहे। समथर भूभाग भएकाले सुविस्ताहरु थिए। यता पहाडी क्षेत्रका बासिन्दाहरुले भने सधैँ बासस्थान सारिरहनुपर्यो। उनीहरुको स्थायी बसोबास भएन। एकै ठाउँ, एकातर्फ मानिसहरुको सम्पन्न जीवन, अर्कोतर्फ नागा र कुकीहरु सधैँ संघर्षरत जीविका। जीविकोपार्जनका लागि सधैँ संघर्षरत पहाडी क्षेत्रका कुकी र नागा समुदाय पछि परिरहे। यसरी पहाड र उपत्यकामा वर्गीय खाडल बढ्दै गयो। पहाडी क्षेत्रका मानिसहरु गरिबमाथि गरिब हुँदै गए भने राजधानी इम्फाल रहेको उपत्यका क्षेत्रमा विस्तारै विकासको गति अघि बढ्यो। त्यहाँका नागरिकहरु सम्पन्न हुँदै गए।

    दुई समुदायबीचको यो अन्तरकै कारण भित्रभित्रै विद्वेषको आगो सल्किरहेको थियो। त्यसमा घिउ थप्ने काम सरकारले गर्यो।

    राजधानी इम्फाल उपत्यकामा मैतई समुदाय बस्छन्। तर, त्यसले जम्मा ११ प्रतिशत भूभाग मात्रै ओगट्छ। यहाँ बस्ने मैतइ समुदायको संख्या राज्यको कुल जनसंख्याको ६० प्रतिशत रहेको छ। उता ८९ प्रतिशत भूभाग ओगट्ने समुदाय इतिहासदेखि दैनिक जीविकोपार्जनका क्षेत्रमै सक्रिय भइरहनुपर्दा राज्य संचालनको क्षेत्रसम्म पुग्नै सकेन। ६० सदस्यीय विधान सभामा ४० जना सदस्य मैतई समुदायका मात्रै भए। बहुमत संख्या मैतेईको हुँदा राज्यबाट प्राप्त सेवा पहाडी क्षेत्रसम्म पुग्नै सकेन। यसले कुकी र नागा समुदायलाई विस्तारै विद्रोही बनाउँदै लग्यो।

    २००२ देखि २०१७ सम्म मणिपुर सरकारले पहाडी क्षेत्रको विकासका लागि कुनै पनि एजेण्डा अघि सारेन। बरु सबै बजेट इम्फाल अर्थात् उपत्यका क्षेत्रमै खनाइयो। यसबाट रुष्ट नागा र कुकी समुदायहरु राज्यप्रति सकारात्मक हुन सकेनन्। भित्रभित्रै द्वन्द्वको बीजारोपण भइसकेको थियो।

    मणिपुर उच्च अदालतका मुख्य न्यायाधीश एमभी मुरलीधरनले चार हप्ताभित्र अनुसूचित जनजातिको सूचीमा मैतेर्ई समुदायलाई समेट्न मणिपुर सरकारको नाममा आदेश दिए। अन्ततः सोही कारणले पनि मणिपुरमा ठूलो जातिय हिंसा निम्त्यायो।

    उक्त युद्धको आकलन गरेर २०१७ पछि भने सरकारले कुकी समुदायका लागि पनि केही खुद्रा विकासका खाकाहरु अघि सारेजस्तो गर्यो। तर त्यो केवल एक राजनीति मात्रै थियो। लामो समयसम्म उपेक्षा गरिएको उक्त क्षेत्रको विद्रोहलाई सानातिना योजनाहरुले मौन बसाल्न सम्भव थिएन। दुई समुदायबीच अन्तरद्वन्द्व सुरु भइसकेको थियो, जसलाई एउटा कारण मात्रै चाहिएको थियो। त्यो कारण बन्यो जातिय विशेषाधिकार पाउने आरक्षित सूची।

    २०२३ फेब्रुुअरीमा मैतेर्ईको जनजाति संघका केही सदस्यले अदालतमा सामूहिक रिट दायर गरे। जसमा अनुसूचित जनजातिको सूचीमा मैतेर्ई समुदायलाई समावेश गर्न माग गरिएको थियो। मणिपुर उच्च अदालतका मुख्य न्यायाधीश एमभी मुरलीधरनले चार हप्ताभित्र अनुसूचित जनजातिको सूचीमा मैतेर्ई समुदायलाई समेट्न मणिपुर सरकारको नाममा आदेश दिए। अन्ततः सोही कारणले पनि मणिपुरमा ठूलो जातिय हिंसा निम्त्यायो।

    दुई समुदायबीच लामो समयदेखि द्वन्द्व कायम भए पनि यसले कहिल्यै भारतको केन्द्र सरकार र विश्व समुदायको ध्यान खिच्न सकेको थिएन। मणिपुरले हिंसात्मक रुप लिँदा पनि विश्व समुदायको ध्यानाकर्षण हुनसकेन। तर, यतिबेला दुई जातिबीचको हिंसा विश्वमै बहसको विषय बनेको छ। यसको कारण हो– मणिपुरबाट फैलिएको २६ सेकेन्डको भिडिओ फुटेज।

    मणिपुरबाट फैलिएको भिडिओले विश्वको ध्यान खिच्यो र सबैलाई स्तब्ध पार्यो। त्यस भिडिओमा कुकी समुदायका दुई महिलालाई नग्न बनाएर आन्दोलनमा उत्रिएका केही पुरुषहरुले बाटोमा खुलेआम दुर्व्यवहार गरेको देख्न सकिन्छ। यसअघि मौन भारत सरकार र विश्व समुदायको ध्यान त्यसपछि बल्ल मणिपुर पुुग्यो। भारतको सदनमा उक्त विषयले पहिलोपटक प्रवेश पायो। प्रधानमन्त्री नरेन्द्र मोदी र बीजेपीले आफ्नो वक्तव्य जारी गरे।

    युद्ध र महिला हिंसा
    मणिपुरमा चलिरहेको द्वन्द्वका बारेमा केन्द्र सरकार पुरै बेखबर थियो। हिंसाको वातावरण सिर्जना हुनुपछाडि सरकारको सोही नजरअन्दाज पनि मुख्य कारण हो। देशले सुन्दै सुनेन एउटा समुदायको आवाज। अनि त्यो आवाज महिलालाई माध्यम बनाएर विश्वसामु पुग्यो। ८० दिनदेखि चलिरहेको द्वन्द्वलाई मणिपुरको घटना सरकारको ध्यानाकर्षण हुन दुई महिलामाथि दुर्व्यवहार गरेको भिडियो आउनुपर्यो। यो घटना मे ४ मा भएको थियो। ४४ वर्षीया गाउँकी मुखियाकी श्रीमती र अर्की २१ वर्षीया छिमेकी मणिपुरमा भवनमा आगलागी हुने बेलामा त्यहाँबाट निस्किएर भाग्ने क्रममा पुरुष समूहले बाटोमै रोकेर दुर्व्यवहार गर्न पुगे। ती पुरुषहरु मैतेई समुदायका थिए।

    यो घटना यतिमा मात्रै सीमित रहेन। मैतेई समुदायका पुरुषले एक पटक होइन पटकपटक ती महिलालाई निर्वस्त्र बनाइ कुटपिट पनि गरेका थिए। ती महिला मणिपुरको सरकारले यो घटना लगत्तै राज्यमा इन्टरनेट मोबाइल प्रतिबन्ध लगाएको थियो। मणिपुरमा अझै पनि त्यस्तै दुर्व्यवहार महिलामाथि भइरहेकै छन्। एनएफआईडब्लूले स्थलगत रिपोर्ट गर्दा मणिपुरका महिलाले झेलिरहेका घटना हाम्रा आँखासामु अझै स्पष्ट आउन नसकेको बताएको छ। र, त्यस्ता हिंसालाई मणिपुरको सरकार र भारतको केन्द्र सरकारले वेवास्ता गरिरहेको छ।

    मणिपुरमा महिलालाई एउटा अस्त्रका रुपमा लिइएको छ। मैतेई जातिका मानिसले कुकी समुदायमा त्रास पैदा गर्न र आफ्नो जित तथा राज्य आफ्नो हो भनी प्रमाणित गर्न महिलालाई अस्त्र बनाएर प्रयोग गरिरहेका छन्। यी घटनाबारे मणिपुरका मुख्यमन्त्री बिरेन सिंहलाई प्रश्न गर्दा उनी द्वन्द्वका बेलामा यो सबै सामान्य हो भने झैँ गरी प्रस्तुत हुन्छन्। यस्ता घटना मणिपुरमा एक हजारभन्दा बढी पहिल्यैदेखि घटिसकेका जवाफ उनले दिएका थिए।

    एनएफआईडब्लूको समूह मणिपुर घटनास्थलमा पुग्दा र अन्तर्वार्ता लिँदा त्यहाँका महिलाले आफूहरुलाई त्यहाँको सरकारसँग कुनै भरोसा नभएको बताएका छन्। आफू सुरक्षित हुन अब आफैं हातहतियार नबोकी जोगिनसक्ने अवस्था नभएको उनीहरुले बताएका थिए।

    उनीहरुले त्यहाँको पुलिस प्रशासन पनि उक्त विषयमा मौन नै रहेको बताए। कुकी महिला संस्थाले यसै विषयलाई उठाएर मणिपुरमा आन्दोलन पनि गरेका थिए। उनीहरुले मुख्यमन्त्री बिरेन सिंहको राजीनामाको माग गरेका थिए। उनी मैतेई समुदायका हुन्।

    ती दुई महिलामाथि हिंसा सार्वजनिक भएलगत्तै मणिपुरबाटै महिला दुर्व्यवहारको अर्को घटना बाहिरिएको थियो, त्यो पनि थियो ४ मेकै घटना। दुई कुकी समुदायका महिलालाई नर्सिङ होस्टलदेखि जबर्जस्ती बाहिर निकालेर मैतेई समुदायका पुरुषले दुर्व्यवहार गरेका थिए। उनलाई सडकको बीचमा लडगेर पिटेर रक्ताम्मे बनाइ त्यही हालतमा छाडिएको थियो। यी सबै क्रियाकलापमा मैतेई जातिका पुरुष मात्रै नभएर त्यहाँका महिलाहरुले बलात्कार, दुर्व्यवहार, हिंसा र कुटपिट जस्ता कुरालाई प्रोत्साहन गरेका थिए।

    एउटा अर्को घटना जहाँ १९ वर्षीय कुकी समुदायकी युवती जब एटीएमबाट बाहिर निस्किँदै थिइन्, त्यही बेला मैतेई जातिका आन्दोलनकारीले उनलाई दुर्व्यवहार गरेका थिए। र, त्यो आन्दोलनकारीको सूचीमा मैतेईका महिलाहरु पनि थिए। मैतेई जातका महिलाले पुरुषहरुलाई कुकी समुदायका महिलाहरु मार्न र कुटपिट गर्न आदेश दिएका थिए।

    उत्तरपूर्वी भारतको मणिपुर इतिहासमा एउटा यस्तो राज्य थियो, जहाँ महिलाको स्थिति झन्डै पुरुषकै हाराहारी थियो। मैतेई समुदायका महिला त्यहाँको राजनीति र आर्थिक क्षेत्रमा पनि काम गरिरहेका थिए। महिलाहरुको उच्च स्थान भएको मणिपुरमा आज उनीहरुलाई द्वन्द्वको अस्त्र बनाइएको देखिन्छ। यहाँ महिलाप्रतिको सम्मानमा कसरी यस्तो परिवर्तन आयो भन्ने बुझ्न कठीन छ।

    सम्भवतः यसको पछाडि एक गम्भीर कारण छ। भारतीय समाजमा युद्धमा महिलालाई अस्त्र बनाउने चलन नयाँ होइन,यही प्रभाव मणिपुरमा बिस्तार भएको हुनसक्छ। पितृसत्तात्मक समाजमा महिलालाई एक भोग्य र इज्जतका रुपमा व्याख्या गरेर सोही अनुरुप दमन हुँदै आएको छ। पाँच हजार वर्ष पहिले महाभारत कथामा होस् वा हालैको मणिपुर ब्यथामा, सधैँ महिलाहरुलाई युद्धमा एउटा अस्त्रका रुपमा प्रयोग हुँदै आएको यथार्थ छ।

    युद्धको बेला महिलामाथि हुने यस किसिमका हिंसाको कारण दोस्रो पक्षको परिवारलाई टुटाउन, समुदायलाई विध्वंस पार्न, आतंकित पार्न तथा अर्को जातीको नैतिकता परिवर्तन गर्नु हो।

    युद्धमा महिलालाई अस्त्रका रुपमा किन लिइन्छ, युद्धमा गम्भीर मानवअधिकार उल्लंघन हुनेगरी, युद्धसँग जोडिँदै नजोडिएका महिलामाथि किन हिंस्रक व्यवहार गरिन्छ? यसको पछाडि राजनीतिक अभिष्ट रहेको कतिपय महिलावादीहरुको मान्यता छ। युद्धमा एक पक्षले अर्को पक्षलाई कमजोर पार्न महिला र बालबालिकामाथि प्रहार गर्ने गरेका घटना इतिहासमा नयाँ होइनन्। राज्य सत्ताले योद्धालाई विशेषगरी महिलाको प्रयोगलाई एउटा उपहारका रुपमा प्रदान गर्दै आएको इतिहास रहेको छ।

    डोनापांकोस्टको सिद्धान्त अनुसार युद्धमा बलात्कारलाई सेनालाई राज्यले दिएको उपहारका रुपमा लिएको हुन्छ। अर्कोतर्फ सेनालाई एकत्रिकरण गरिरहन राज्यले नै महिलामाथि हुने त्यस किसिमका अपराधलाई सामान्यकृत गर्न सेनाबीचको अन्तरद्वन्द्व महिला हिंसामा लगेर केन्द्रित गरिदिने गरेको दाबी उनको छ। तेस्रो कारण पितृसत्ताले जकडिएको समाजमा पौरुषार्थ प्रस्तुत गर्ने माध्यमका रुपमा पनि महिलामाथि दमन गर्ने गराउने माध्यम निर्माण राज्यले गरिदिएको हुन्छ।

    इकोस्पाइट पेटर्सनको मान्यता सबै विषयमा महिलालाई हेप्ने गरी समाज संगठित भएको छ। चाहे त्यो पढाइलेखाइ, जीवनसाथीको रोजाइदेखि लिएर यौन अधिकारसम्मका विषय हुन्। जसकारण पनि युद्धमा महिलालाई अस्त्र मान्ने गरेको देखिन्छ।

    महिलावादले यस विषयलाई दुई भागमा विभाजन गरेको छ। पहिलो महिलाको शरीर युद्धको अस्त्रका रुपमा प्रयोग हुनेगरी समाज निर्माण भएको छ। मुख्यगरी युद्धमा रणनीतिक रुपमा महिला हिंसामार्फत एक राज्यले अर्को राज्यलाई तर्साउन, आफ्नो शक्ति प्रर्दशन गर्न आडम्बरका रुपमा देखाउने गरिएको मान्यता रहेको छ। अर्को, शारिरीक र मानसिक रुपमा महिलाहरु युद्धका लागि तयार नहुने मान्यता राज्यले राख्दै आएको देखिन्छ।

    हाम्रा धार्मिक र परम्परागत मान्यताले पनि महिलामाथि हुने अपराधलाई सामान्यकृत गरेका छन्। प्रायः ती सबै परम्परामा महिलालाई कमजोर र पुरुषलाई सुगठित र बलियो रुपमा प्रस्तुत गरेका छन्। यो नै समाजमा हुने महिला हिंसा र युद्धका बेला झनै वृद्धि हुने यस्ता घटनाको मुख्य कारण भएको जे आन टिक्नरको मान्यता छ। जसकारण महिलालाई समाजले नैतिकताको कसीमा राखिदिने कार्य गरेको छ। जसकारण युद्धका बेला महिलालाई अस्त्र मानेर प्रहार गर्ने कार्य अर्को पक्षले गर्ने गरेका छन्। समाजलाई दिशानिर्देश गर्दै आएको धर्मले नै महिलालाई एक वस्तुका रुपमा प्रयोग गरेकाले पनि यस किसिमका हिंसा परापूर्वदेखि सामान्यकृत हुँदै आएको देखिन्छ।

    जस्तो जालन्धरपत्नी वृन्दालाई विष्णुले गरेको बलात्कारलाई समेत महाभारतले एकदमै सामान्यकृत गरेको देखिन्छ। उक्त घटनालाई धर्मले जायज रुपमा ग्रहण गर्दै आएकाले त्यसको छायाँ धर्मले निर्देशित गरेको समाजमा पर्नु असामान्य भएन। वृन्दामाथिको बलात्कारलाई धार्मिक पुस्तकले सामान्यकृत यसरी हुन्छ– अनि विष्णुले वृन्दाको सत हरण गर्नुभयो।

    मणिपुरमा पहिलेदेखि पितृसत्ताले जरो गाडेरै बसेको थियो। त्यहाँ महिलालाई छोरा जन्माउने दवाब पहिलेदेखि थियो। कतिसम्म भन्दा मैतेई समुदायका महिला, जसले छोरा जन्माउँछन्, उसलाई त्यहाँको समाजमा छुट्टै मान प्रतिष्ठा दिने गर्थ्यो। उनीहरुलाई त्यहाँको राजनीतिक र आर्थिक एजेण्डमा सहभागी हुने मौका दिइन्थ्यो। विश्वले देखेको मणिपुरको महिलावादलाई नै पितृसत्ताले नै चलाइराखेको यहाँबाट पुष्टि हुन्छ। प्यान इन्डियन स्टडीको तथ्यांकअनुसार मणिपुरमा ३० प्रतिशत महिलाले छोराको चाहना राखेको देखिन्छ, जुन दक्षिण भारतभन्दा दोब्बर हो।

    मणिपुरमा सम्प्रदायका आडमा हुने राजनीति र जातिय द्वन्द्व बढिरहेको छ। अझै महिलालाई बाटोमा नाङ्गो गराएर सामूहिक दुर्व्यवहार गरेकोमा मात्रै यो घटना केन्द्रित भएको छ। जसले हत्या, हिंसा र विध्वंशलाई सामान्यकृत गरिरहेको छ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सदिक्षा अर्याल

      सदिक्षा अर्याल

      अर्याल कानूनकी विद्यार्थी हुन्।

      Related Posts

      नेपाली कम्युनिष्टहरुलाई प्रश्न

      नेपाली कम्युनिष्टहरुलाई प्रश्न

      झलक सुवेदी
      मंसिर १९, २०८०

      नेपालका कम्युनिष्ट पार्टी, तिनका नेता, कार्यकर्ता, नेपाली समाजलाई प्रगतिशिल रुपान्तरणतिर लिएर जान विभिन्न ठाउँमा बसेर भूमिका निर्वाह गर्ने, चिन्त–चासो गर्ने,...

      च्याट जीपीटीबाट मानव समाजमाथि खतरा छ?

      च्याट जीपीटीबाट मानव समाजमाथि खतरा छ?

      सनी
      मंसिर १९, २०८०

      च्याट जीपीटी नामक सफ्टवेयर बजारमा आउनासाथ मेसिनले मान्छेलाई दास बनाउनेछ भनेर हल्ला चलेको छ। यस हल्लाभित्र यो सफ्टवेयर बनाउने निर्माता...

      नेपाली समाजको मुख्य अन्तरविरोधः एक छलफल

      नेपाली समाजको मुख्य अन्तरविरोधः एक छलफल

      सङ्गीत
      मंसिर १६, २०८०

      विषय उठान कमरेड पुष्पलालको नेतृत्वमा सन् १९४९ मा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७५औं वर्ष चल्दैछ। कम्युनिस्ट पार्टी गठनको त्यही...

      हमास कसरी जन्मियो, कसले हुर्कायो ?

      हमास कसरी जन्मियो, कसले हुर्कायो ?

      रोहेज खतिवडा
      मंसिर १६, २०८०

      यो शृङ्खलामा हामी गत अक्टोबर ७ मा हमास र इजरायलबीच युद्धको सुरूवात भएपछि यो युद्धलाई बुझ्न प्यालेस्टाइनको तीन हजार वर्ष...

      गोर्खा सैनिकको विरगाथाः छायाँमा छुटेका महिलाका कथा

      गोर्खा सैनिकको विरगाथाः छायाँमा छुटेका महिलाका कथा

      मेनुका बस्नेत
      मंसिर १५, २०८०

      सानैदेखि आफ्ना बज्यै र बाजेहरूबाट पल्टनको कथा सुन्दै हुर्केकी सुजना श्रीसको मनमा गोर्खा सैनिकको इतिहासमा महिलाहरूको योगदानबारे उत्सुकता जाग्न थाल्यो।...

      के प्राचीन भारत हिन्दू राष्ट्र थियो?

      के प्राचीन भारत हिन्दू राष्ट्र थियो?

      पार्थ चटर्जी
      मंसिर १४, २०८०

      सिन्धु सभ्यताका मानिसहरुबारे हुने एउटा ठूलो बहसको कुरा गरौं। उनीहरु को थिए? कम्तिमा विद्वानहरुको खोजका आधारमा मैले संकलन गरेको तथ्यहरुका...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist