Date
शनि, फाल्गुन ३०, २०८२
Sat, March 14, 2026
Saturday, March 14, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

आजको युगमा धर्मको नाममा त राजनीति गर्नै हुँदैन

मोदी पनि जितिरहेका छन्, केजरिवाल पनि जितिरहेका छन्, हामीले कस्तो राजनीति गर्ने भन्ने कुरा महत्वपूर्ण हो। हाम्रो राजनीतिचाहिँ ‘डेलिभरि’को राजनीति हो।

मिलन पाण्डे मिलन पाण्डे
चैत्र १०, २०७८
- यो हप्ता, राजनीति
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    वैकल्पिक राजनीति सेलायो कि जुर्मुराउँदैछ या हरायो भन्ने चिन्ता अचेल व्यक्त हुन थालेको छ। तर ख्याल गर्नुपर्ने कुरा यो छ कि कुनै पनि आन्दोलन वा पार्टी बन्दा त्यसमा धेरै उतारचढाव हुन्छ। अहिले तपाईँ हामी भारतको आम आदमी पार्टीले दिल्लीमात्रै होइन, पंजाबमा समेत चुनाब जितेको देखेर खालि ‘ए उसको त सबै मुभमेन्ट राम्रै भएको होला’ भन्ने सोच्छौँ होला, तर त्यस्तो होइन। हामीले आम आद्मीको इतिहास पढ्यौँ भने कतिपटक त्यस पार्टीका नेताहरूले पार्टी छोडेका छन्, पार्टीमा झगडा परेको छ। पदमा पनि झगडा परेको छ। आपको वा पाकिस्तानका इमरान खानको पीटीआइ वा हाम्रै देशको नेपाली काँग्रेसकै इतिहास हेरौं न, संगठन बन्ने क्रममा यस्ता घटनाहरू घटेका छन्। पार्टीभित्रका अन्तरद्वन्द्व स्वभाविक हुन्।

    यसकारण पार्टीभित्र हुने बहस र द्वन्द्वलाई अप्राकृतिक रूपमा नलिऔँ भन्छु म। एक दशकदेखि केही मानिसहरू नेपालमा वैकल्पिक राजनीति गर्छौँ भनेर लागि परेका छन। हामी गम्भीर रूपमा त्यसमा अगाडि बढिरहेका छौँ। आपले पन्जाबमा चुनाब जितेपछि हामीचाहिँ कहाँ चुक्यौं भनेर अध्ययन गर्दा केजरिवालले नोभेम्बर २६, २०१२ मा भारतमा पार्टी दर्ता गर्नुभन्दा अगाडी नै विवेकशीलले हामी काठमाडौँका ठाउँठाउँमा धारा र बिजुली डेलिभर गर्छौँ भनेर आएको रहेछ। केजरिवालको चुनावको पहिलो एजेण्डा धारा र बिजुली थियो। भन्नुको अर्थ आप र हाम्रो एजेण्डा पनि मिल्यो समय पनि मिल्यो। र, त्यो समयदेखि लागेका मान्छेहरू अहिले पनि हराएका छैनन्, सेलाएका पनि छैनन्। केही उचारचढावहरू भए होलान्। त्यसरी बुझ्नुपर्छ भनेर मलाई लाग्छ ।

    दोस्रो, हाम्रो पार्टीको विवादको बारेमा कुरा गर्दा रविन्द्रजीले अलिकति हतारो गर्नुभयो जस्तो लाग्छ। मलाई उहाँको कृत्य अस्वभाविक पनि लाग्छ। प्रगितशील र संविधानवादलाई मानेर विगतका आन्दोलनका उपलब्धिहरुको रक्षा गर्ने भनेर हामीले हस्तारक्षर गरेर रवीन्द्र मिश्रजीको पार्टीसँग हामीले एकता गरेका हौँ। यसका लागि विगतका मेरा अन्तर्वार्ता हरू हेर्न पर्दैन, रविन्द्रजीकै अन्तर्वार्ता हेर्दा÷सुन्दा पनि उहाँले बारम्बार ‘यो देश बनाउन यो संविधानले कहाँ रोक्यो त?’ भनेर चर्चा गर्नुभएको छ। बीचमा आएर नागरिकको निराशा र आक्रोशलाई क्याच गर्ने उदेश्यका साथ अनेकौँ अनसन्ट ‘योजना’ ल्याउनुभयो, त्यसले पार्टीलाई त हित गर्दैनथ्यो, किनभने पार्टी त्यसको आधारमा बनेकै थिएन। र, यस्ता उट्पट्याङ मुद्दाहरूले देश र संविधानलाई पनि हित गर्दैन।

    आज भारतमा आम आद्मी पार्टीले मूल धारका पार्टीहरूलाई हराएको छ। यसको मूल कारण भारतमा ५० बर्ष अघि बनेको संविधान हो। त्यसकै आधार खडा भएको स्थिरता हो। नेपालमा ०७२ मा संविधान बन्यो। संविधान बन्दा त्यसको समर्थन र विरोधमा मत राख्ने समूह हुन्छ नै। त्यसलाई पूर्ण रूपमा नागरिकले स्वीकार गरिरहेका हुँदैनन। तर संविधान भने निरन्तर कार्यान्वयनमै गइरहेको हुन्छ। नेपाल र दिल्लीका संवैधानिक आयोगहरू नै फरक छन्। ती आयोगहरू राजनीतिक र संवैधानिक रूपले स्थिरतातिर छन। तर हामी राजनीतिक र संवैधानिक रूपमा अहिले पनि संघर्षको चरणमा छौँ। यो चरणमा हाम्रो पार्टी पनि बहकियो वा हाम्रो पार्टी पनि बहसमा फस्यो भन्ने मलाई लाग्छ। रह्यो कारबाहीको कुरा। रविन्द्रजीले उठाउन नहुने कुरा उठाउनुभयो र त्यसलाई ह्याण्डल गर्न नसकेपछि कारबाही गर्ने भन्नुभएको हो। त्यो कारबाही मान्य पनि छैन र अदालतले पनि मानेको छैन। मैले संयोजकको हैसियतमा मुद्दा हालेको छु र अदालतले पनि संयोजक नै मानेको अवस्था छ। यसकारण त्यो कारबाहीको कुनै अर्थ छैन।

    हामी सेन्टर टु लेफ्ट
    वामपन्थी वा दक्षिण अर्थात् राइट र लेफ्टको राजनीति १८ औँ र १९औँ शताब्दीको राजनीति हो। अथवा संसारमा आज थोरै मात्रै छन्, जसले राइट वा लेफ्ट भनेर राजनीति गरेको होस्। भन्न त भन्लान् तर व्यवहारमा त्यो देखिएको छैन। र, हामीले अहिलेको पार्टीको दस्तावेजमा मध्य–वामपन्थी भनेर लेखेका छौँ। त्यो भनेको सेन्टर टु लेफ्ट भनेर भन्न सक्नुहुन्छ।

    तर त्यो भन्दा महत्वपूर्ण कुरा के हो भने आज संसारभरको राजनीति एजेण्डागत राजनीतिमा गइसक्यो। शिक्षालाई कसरी सुधार्नुहुन्छ? स्वास्थ्यलाई कसरी सुधार्नुहुन्छ? रोजगारीलाई कसरी सुधार्नुहुन्छ? हामीलाई ‘तिमीहरूको सिद्धान्त र वाद के?’ भनेर सोधियो। हामीले शिक्षावाद भनिदियौँ। शिक्षामा सुधार गर्नुछ, त्यसैले शिक्षावाद। स्वास्थ्यमा सुधार गर्नुछ, त्यसले स्वास्थ्यवाद। रोजगारमा सुधार गर्नुछ, त्यसैले रोजगारवाद। भ्रष्टाचारविरुद्ध सुशाशनवाद। यसलाई समग्रमा सेन्टर टु लेफ्ट पनि भन्न सक्नुहुन्छ अथवा दिवंगत हुनुभएका उज्जल दाइले भन्ने गरेको ‘हामी लेफ्ट राइट लेफ्ट राइट गर्दै फरवार्ड जाने हो।’ जब राष्ट्रियता, संस्कृति र राम्रा परम्पराको कुरा आउँछ, त्यसलाई त बचाउने हो। त्यस हिसाबले हेर्दा हामीलाई राइट पनि भन्न सक्नुहुन्छ। तर मुलतः हामी सेन्टर टु लेफ्ट नै हो।

    राजनीति छोड्ने हल्ला
    म राजनीतिमैं छु, राजनीति नै गर्ने भनेर लागेको हो। हामीले त पार्टी शुरु गर्दा नै देउवा, ओली र प्रचण्डलाई रिप्लेस गर्ने भन्ने हो। यसो भन्दा गलत सन्देश नजाओस्, तर रविन्द्र मिश्रजीलाई त मैले गन्दा नि गन्दिनँ। किनभने गत भदौमा जब रविन्द्र मिश्रजीले पार्टीको विधान मिचेर एकल बैठक बोलाउनुभयो, जुन हाम्रो विधानले दिँदैन। त्यो बैठकलाई हामीले बहिस्कार गर्‍यौँ र त्यसपछिका कुनै पनि बैठकका निर्णयहरू हामीले स्वीकारेका छैनौँ। विवेकशील साझामा भदौपछि भएका सबै क्रियाकलाप गैरकानुनी हो।

    राजनीतिक रूपमा त रविन्द्रजी अगाडि बढ्नुभएको छ। व्यक्तिगत रूपमा त राजा चाहियो पनि भन्न पाइयो, संघियताको बिरोध गर्न पनि पाइयो। धर्मको राजनीति पनि गर्न पाइयो। हामीचाहिँ संविधानवादलाई टेकेर अगाडी बढिरहेका छौँ।

    चुनाव
    भारतमा ३ पटक कार्यकाल चलाएको कांग्रेस पार्टीलाई केजरिवालको आम आद्मीले रिप्लेस गरेको हो। अहिले पन्जाबमा पनि त्यो देखिएको छ। त्यसैले राजनीतिमा ठूलो सानो भन्ने हुँदैन तर हाम्रोमा राष्ट्रियभन्दा अन्य पार्टीहरुले चुनाव चिन्ह पाउँदैनन, यो दुर्भाग्य हो। हामीले पनि तराजु चिन्ह पाउँदैनौँ, उहाँहरूले पनि पाउनुहुन्न। यद्यपि तराजु कसको भन्नेबारे अदालतमा बहस चलिरहेको छ। त्यस विषयमा मैले अदालतमा मुद्दा हालेको छु। र, अर्को कुरा, सक्ने ठाउँमा आउने चुनावमा हामीले स्वतन्त्र रुपमा उमेद्वार उठाउँछौँ। एउटा स्थानीय तह वा वडा जित्यौँ भने पनि त्यसमा हामीले भनेको राजनीतिक मोडल अपनाएर काम गर्छौँ। र, लगत्तै हामी राष्ट्रिय निर्वाचनको तयारी गर्न थाल्छौँ।

    अरुलाई हिजोका दिनमा ‘मम चाउमिन’ भन्नुभयो रवीन्द्रजीले तर रविन्द्र मिश्र नै मम चाउमिन वा त्योभन्दा व्याक भएर राप्रपामा मिल्न थाल्नुभएको छ। लोकतन्त्रमा त्यो पनि रोज्न पाइन्छ। म उहाँको विचारको सम्मान गर्छु तर प्रगितशील र युवाको पार्टी भन्दै गर्दा यो दिशा रोज्ने कुरा गलत हुन्छ। दोस्रो कुरा, हामी किन यस्तो भयौँ भन्दा विवेकशीलबाट आएका धेरै साथीहरु २० बर्षको हाराहारीका हुनुभयो। यसो सोच्दा हाम्रा अधिकांश साथीहरू कि करियरमा फोकस छन् कि शिक्षामा। या आफ्ना सम्बन्ध निर्माण गर्नमा व्यस्त छन्। यसरी हेर्दा विवेकशीलका साथीहरू राजनीतिका लागि भर्खरैका युवा पो भए कि!

    अनि साझाका साथीहरू अर्थात् रविन्द्रजीहरू ५५–५६ बर्षको उमेरमा राजनीति गर्न थाल्नुभयो। राजनीति थालेको ५–७ बर्ष भन्दा बढी भएको छैन। पहिले एकदमै रुपान्तरणका कुरा गर्नुभयो तर अहिले आएर खाली एउटै मात्रै भए नि सांसद हुन पाए हुन्थ्यो भन्नेमा पुग्नुभयो। त्यसैले, हामीहरू ‘टू योङ्ग’ र उहाँहरु ‘टू म्याचुअर्ड’ भएर पो बिग्रियो कि भन्ने पनि लाग्छ। अर्कोचाँहिँ नेतृत्वको असफलता हो। अतः म कहिल्यै पनि नागरिकलाई दोष दिनेवाला छैन। नागरिकले भदौ २ गते पार्टी एकिकरण भएर दर्ता भएको पार्टीलाई मंसिरमा २ लाख १२ हजारले भोट त दिएको हो नि। अब म ति नागरिकलाई गाली गरेर तिमीहरूको चेतना छैन भनेर कसरी भन्नु?

    कतिपय मान्छेहरू नेपाली समाज नै खत्तम भन्छन्। यदि समाज नै खत्तम नै हुन्थ्यो भने मैले १० बर्षदेखि कहाँ राजनीति गर्न सक्थेँ? मलाई त समाजले उल्टै साथ र सहयोग गरेको छ। बाटोमा हिँड्दा ‘मिलन तिमीले राम्रो गर्दैछौ’ भनेको छ र म राजनीतिमा छु।

    अघिल्लो पटक म काठमाडौंको क्षेत्र नम्बर ९ बाट चुनाव लडेको थिए। म ५–७ जना सहयोगी लिएर प्रचारप्रसारमा गएँ र मैले चानचुन ३ लाख जति चुनावमा खर्च गरेँ। धेरै खर्च पनि गरेको होइन। मलाई ५ हजार मान्छेले भोट दिए। म के ठान्छु भने त्यो ५ हजारमध्ये ५ सयले जित्छ भनेर दिए होलान्। तर ४५ सय जनताले ‘यो मान्छे राजनीतिमा बस्नुपर्छ, राजनीतिबाट यो व्यक्ति भाग्नुहुन्न’ भनेर भोट दिएका हुन्।

    मैले मेरो निर्वाचन क्षेत्रको कुरा गरिरहेको छु। यो देशैभरिको कुरा हो। मनाङ मुस्ताङमा हाम्रो नेता कार्यकर्ताको त कुरै छोडौँ, त्यहाँ त हाम्रा झिङ्गाभुसुना पनि थिएन भन्छन्, मान्छेहरू। तर ती ठाउँबाट पनि १०० बढी भोट आएको छ। त्यो आशाको भोट हो। तर हामीले आफ्ना कमजोरीहरूबारे समीक्षा भने गर्नैपर्छ। समीक्षा गरेरै अघि बढ्नुपर्छ।

    अहिले नेपालमा सयभन्दा बढी पार्टी छन्, तपाईँलाई यी सबै पार्टीका अध्यक्षहरूको नाम नै थाहा छैन होला। कति पार्टीको नाम नै थाहा छैन। आठ दसवटाबाहेक त पार्टीको नाम पनि तपाईँलाई नै थाहा छैनहोला, मलाई पनि थाहा छैन। त्यसैले पार्टी हुनु महत्वपूर्ण कुरा होइन, हामीले बोक्ने एजेण्डा र त्यसमा हामी कति प्रतिबद्व छौं भन्ने कुरा मुख्य रहेछ। अहिले म र साथीहरू जो मूल बाटो भनेर लागेका छौँ, यसमा हामीले जे भनेर शुरु गरेका थियौँ, त्यसमा प्रतिबद्व रहेका छौँ। विवेकशील पार्टी भनेर निर्वाचन आयोगमा कसको के भन्ने कुरासममेत मलाई त्यति मतलब छैन। विप्लवको पार्टी त अहिलेसम्म दर्ता नै भएको छैन। तर नि उनको एउटा धार त छ नै। प्राविधिक या कानूनी रूपमा तराजु कता भन्ने कुरा महत्वपूर्ण होइन, एजेण्डा महत्वपूर्ण हो।

    सेन्टिमेन्टको राजनीति?

    सेन्टिमेन्टको राजनीति गर्ने उदेश्यका साथ रविन्द्रजीले जुन कुरा ल्याउनु भयो, त्यसलाई म कुनै तंरगका रूपमा लिन्नँ। यो देशमा दिनमै अनेक तरंग आउँछन् तर त्यस्ता तरंगले देशलाई कति हित गर्छ, पार्टीलाई कति हित गर्छ? हाम्रो भर्खरै बनेको ‘वेवी संविधान’लाई कति हित गर्छ? हाम्रो भविष्य कतातिर डोर्‍याउँछ? मोदी पनि जितिरहेका छन्, केजरिवाल पनि जितिरहेका छन्, हामीले कस्तो राजनीति गर्ने भन्ने कुरा महत्वपूर्ण हो। हाम्रो राजनीतिचाहिँ ‘डेलिभरि’को राजनीति हो। र, वादका बारे कुरा गर्दा हामी संविधानवादी हौँ। ५०–६० बर्ष अघि बनेको संविधान भारतमा पटक–पटक संशोधन भएर काम गरिरहेको छ। अमेरिकामा २ सय वर्ष पुरानो संविधानले काम गरिरहेको छ। भनेपछि नेपालमा ७० बर्षमा ७ वटा संविधान बनिसके। अब संविधानलाई गिजोल्ने काम नगरौँ। यो संविधानको उपलब्धिलाई रक्षा गर्दै, भएका त्रुटीलाई सुधार्दै हामी अघि बढ्नुपर्छ भन्ने लाग्छ। यो नै नेपाललाई चाहिने सबैभन्दा ठूलो ‘वाद’ हो जस्तो लाग्छ। हामी संविधानवादमा टेकेर सहभागिमूलक लोकतन्त्रलाई अगाडि बढाउँदै नागरिकलाई सामाजिक सेवाको डेलिभरी दिने एजेण्डा बोकेर अघि बढ्छौँ।

    महेन्द्रले जब लोकतन्त्र मासेर सत्ता आफ्नो हातमा लिए, त्यतिखेर विपिले लोकतन्त्रको मुद्धा छोडेर महेन्द्रसँगै लागेको भए सायद नेपालमा लोकतन्त्र आउन अर्को २०–३० वा सय बर्ष कुर्नुपथ्र्यो। नेताले आफ्नै जीवनकालमा मैले भनेकै हुनुपर्छ भन्यो भने मुद्दा बिग्रन्छ। भोली मैले नभएर हाम्रा पार्टीका मभन्दा पछाडिका पुस्ताले यो देशको नेतृत्व गरे भने त्यो पनि मेरो विजय हो। राजनीतिमा म नै केन्द्रमा हुनुपर्छ भन्ने सोच चाहिँ घातक हुँदोरहेछ।

    जहाँसम्म रविन्द्रजीको कुरा छ, आधारभुत बुझाइमा नै उहाँमा म समस्या देख्छु। उहाँको विचार के हो मलाई थाहा छैन। उहाँ गणतन्त्रवादी हो वा राजावादी हो, म अलमलमा छु। उहाँ आफैँ म गणतन्त्रवादी पनि होइन, राजतन्त्रवादी पनि होइन, नेपालवादी हुँ भन्नुहुन्छ। तर अहिले त राजावादी पार्टीमा छिर्न तयार भएर बस्नुभएको छ। तर हामी संविधानवाद र गणतन्त्रभन्दा पछाडि जाने अवस्था छैन। गणतन्त्रलाई उन्नत गणतन्त्र बनाउने हो। यसका विकृति हटाउने हो। यो संघियतालाई अझै सुधार्ने हो। सुदृढ बनाउने हो। यसका विसंगतिलाई कम गर्दै लैजाने हो।

    यो युगमा धर्मको त राजनीति गर्नै हुँदैन। कला, सँस्कृति र सम्पदा बचाउने कुरामा कुनै दुईमत छैन, बचाउनुपर्छ तर धर्मको नाममा सेन्टिमेन्टको राजनीति गर्ने हो भने त हामी कहाँ पुग्छौँ होला? अब धर्मवाद र राष्ट्रवादको राजनीति हराउँदै जान्छ। डेलिभरिको राजनीति बिस्तारै सबैतिर उदाउँदै जान्छ। हामीले भबिष्यमूखी र आशावादी राजनीति गर्ने हो। जनता तर्साएर ‘म आइन भने देश बर्बाद हुन्छ’ भनेर कसैले पत्याउँछजस्तो मलाई लाग्दैन।

    हेर्नुहोस् भिडियो –

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      मिलन पाण्डे

      मिलन पाण्डे

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.