‘शक्तिका, पदका डाडु समातेका बडाहरू
खुसाए लाभ क्यै हुन्थ्यो, जम्मै बेकामका अरू !’
लर्को लाग्छ नमस्तेको, वाह ! भन्छ थुके पनि
तँ चुकिस् भन्न सक्तैन मोडैपिच्छे चुके पनि
उसैका स्वार्थमा बग्छन् साम्राज्यका दलाल यी
थोपो माया कतै छैन, निर्धो रेट्ने हलाल यी
घोर कालो अँधेराको कारकै अगुवा भयो
हाम्रो भविष्यको बाटो झन् झन् अँधेरिँदै गयो
घिन लाज सबै त्यागे, नाङ्गै नाचे हुँडारझैँ
भैसक्यो क्रान्तिको बेला, क्रान्ति अड्क्यो कता अझै
हामीमा धूर्तले खेल्यो, फुटाल्यो, निमुखा भयौँ
छद्य रूप नचिन्नाले ठगियौँ, ठगिँदै गयौँ
भोग्नु पर्दैनथ्यो यस्तो, जनमा एकता भए
क्रान्तिका बात जानेका बुद्धिजीवी कता गए !