Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नयाँ वर्गः पहिचानका लागि केही प्रशङ्ग

नेपाल रिडर्स नेपाल रिडर्स
फाल्गुन १३, २०७६
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    मिलोवान जिलास (१२ जून १९११-२० अप्रिल १९९५) युगोस्लाभिया कम्युनिष्ट पार्टीका जोसिप ब्रज टिटो पछिका दोस्रो बरियताका नेता र युगाेस्लाभियाका उप-प्रधानमन्त्री समेत थिए। तर सोभियत संघमा स्तालिनकरणका साथ ‘नयाँ वर्ग’को उदय भएको देखेपछि र टिटोसँगको उनको मतभिन्नता पछि उनले आफूलाई प्रजातान्त्रिक समाजवादी करार गर्दै ‘नयाँ वर्ग’नामक पुस्तक लेखेका थिए। हाल नेपालमा कम्युनिष्ट पार्टीहरुको नेतृत्वलाई  कार्यकर्ताहरुले नयाँ वर्ग को उदय हुने सम्भावनाबारे सजग गराइरहँदा जिलासको पुस्तकका केही प्रशङ्गहरु नेपाली कम्युनिष्टको लागि सान्दर्भिक हुने हुनाले यहाँ प्रस्तुत गरेका छौं। (सम्पादक)

    एउटा पार्टीमा नयाँ वर्ग जन्मिन्छ भन्ने कुरा अनौठो लाग्न सक्छ। आम रूपमा पार्टी भनेको बौद्धिक र आर्थिकरूपले सबल बनेका वर्गहरू र तप्काहरूको उत्पादन हो, तर यदि कसैले क्रान्ति अघिको रूस र अन्य राष्ट्रिय शक्तिहरू हावी भएका अन्य देशहरूको वास्तविक अवस्थाहरूलाई नियाल्छ भने, यस्ता पार्टीहरू विशिष्ट प्रकारका अवसरहरूका उत्पादन हुन्छन् र पार्टीहरू त्यस्ता हुनुमा कुनै अस्वाभविकता वा आकस्मिकता हुँदैन। बोल्सेभिकवादको जरो रूसी इतिहासको धेरै परसम्म गएको भएता पनि, यो १९ औं सदीको अन्त्य र २० औं शताब्दीको प्रारम्भमा रूस रहेको विशिष्ट अन्तरराष्ट्रिय सम्बन्धहरूको ढाँचाको प्रतिफल थियो। रूस आधुनिक विश्वमा पूर्णराजतन्त्रको हैसियतमा रहन सक्ने अवस्था थिएन र औद्योगिक क्रान्ति गर्नका लागि रूसको पूँजीवाद ज्यादै कमजोर र विदेशी शक्तिहरूको स्वार्थमा निर्भर थियो। यो क्रान्ति नयाँ शक्तिले मात्र कार्यान्वयन गर्न सक्थ्यो वा सामाजिक व्यवस्थामा हुने फेरबदलद्वारा मात्र सम्भव हुन सक्थ्यो। त्यो समयसम्म त्यस्तो कुनै नयाँ वर्ग थिएन। तर क्रान्तिले त्यसका लागि आवश्यक हुने शक्तिहरू, नेताहरू, सङ्गठनहरू र विचारहरू उत्पादन गर्‍यो।

    जसरी सामन्तको सामाजिक उत्पत्ति कृषि समाजमा र बुर्जवाको सामाजिक उत्पत्ति व्यापारिक र कालिगढ समाजमा भयो त्यसरी नै नयाँ वर्गको सामाजिक उत्पत्ति कथित सर्वहारा वर्गको अधिनायत्वको नाममा भयो। राष्ट्रिय परिस्थितिअनुसार यसमा अपवादहरू हुन्छन् तर आर्थिक रूपले अल्पविकसित देशहरूको पछ्यौटे सर्वहारा वर्गमा नयाँ वर्गको उत्पत्ति हुने कच्चा पदार्थ निहीत हुन्छ।

    अरु सत्ताले जस्तै कम्युनिष्ट सत्ता र सरकारले पनि जनताको सुर र आन्दोलनको हेक्का राख्नुपर्छ।

    अन्य मालिक वर्ग जस्तै यो पनि विशेष वर्ग हो भन्ने कुराको प्रमाण यसको स्वामित्व र अन्य वर्गहरूसँग यसको सम्बन्धमा भेटिन्छ। यसै प्रकारले कुनै व्यक्ति कुन वर्गको सदस्य हो भन्ने कुरा स्वामित्वका कारण उनले प्राप्त गर्ने भौतिक तथा अन्य विशेष सुविधाहरूले देखाउँछ।

    यदि हामीले यो नोकरशाहीतन्त्र वा नयाँ मालिक वर्गको सदस्यता स्वामित्वमा निहित (राष्ट्रियकरण गरिएका भौतिक वस्तुहरु माथि) विशेषाधिकारको उपयोगमा आधारित भएको मान्ने हो भने नयाँ वर्ग वा राजनीतिक नोकरशाहीतन्त्रको सदस्यता समाजले अनुमोदित गरेको कार्यहरूबाट भन्दा भौतिक वस्तुहरु तथा विशेषाधिकारमा धेरै आय हुने कुरा प्रतिविम्वित हुन्छ।

    नयाँ वर्गको प्रत्यक्ष र वास्तविक निर्माता स्तालिन थिए। उनी तुरुन्त प्रतिक्रिया दिने र अशिष्ट विदुषक अपठित व्यक्ति थिए।

    व्यवहारमा नयाँ वर्गको स्वामित्वजन्य सुविधाले पार्टी एकाधिकारको रूपमा आफूलाई मात्र अधिकार प्राप्त भएको देखाउँछ। यसले राजनीतिक नोकरशाहीतन्त्रको तर्फबाट राष्ट्रिय आय वितरण गर्ने, तलब सुविधा तोक्ने, आर्थिक विकासलाई निर्देशित गर्ने र राष्ट्रियकरण गरिएका र अन्य सम्पत्तिलाई बेचविखन गर्छ। कम्युनिष्ट कर्मचारीलाई धेरै धनी र काम गर्न नपर्ने मानिस ठान्ने आम मान्छेले यस्तै देख्छ।

    क्रान्ति अगाडि कम्युनिष्ट पार्टी सदस्यताको अर्थ बलिदान हुन्थ्यो। पेशेवर क्रान्तिकारी हुनु भनेको सबैभन्दा ठूलो सम्मान हुन्थ्यो। जब पार्टीले सत्ता सुदृढ गरिसक्छ, तब पार्टी सदस्यताको अर्थ सुविधा प्राप्त वर्गमा पर्नु हुन्छ। र पार्टीको केन्द्रमा सर्वशक्तिवान शोषक र मालिक विराजमान हुन्छन्।

    ट्रट्स्की कुशल वक्ता, भब्यशैली, कुशलतापूर्वक वादविवाद गर्न सक्ने, उच्च बौद्धिकता भएका सुसंस्कृत व्यक्ति थिए, तर ट्रट्स्कीमा एउटै कमी थियो वास्तविकताको ज्ञान। उनी त्यस्तो अवस्थामा क्रान्तिकारी बन्न चाहन्थे जुनबेला जीवन सामान्य थियो।

    मार्क्स देखि ख्रुस्चेभसम्मका नेताहरू तथा उनीहरूले अपनाएका विधिहरू विविध प्रकारका र परिवर्तनशील थिए। मार्क्सलाई अरुलाई आफ्ना विचार व्यक्त गर्नबाट रोक्नुपर्छ भन्ने कहिल्यै लागेन। लेनिन आफ्नो पार्टीभित्र हुने स्वतन्त्र छलफलहरूप्रति सहिष्णु रहे र पार्टी नेताको त कुरै छाडौं पार्टी मञ्चले पनि “सही ” अथवा “गलत” विचारको अभिव्यक्तिलाई नियमन गर्नुपर्छ भन्ने ठानेनन्। स्तालिनले सबै प्रकारका अन्तरपार्टी छलफलहरूको उन्मुलन गरे र विचार अभिव्यक्तिको अधिकारलाई मात्र केन्द्रीय फोरम अर्थात् आफ्नै अधिकार बनाए। अन्य कम्युनिष्ट आन्दोलनहरू भिन्न थिए। उदाहरणका लागि अन्तराष्ट्रिय श्रमिक युनियन (पहिलो अन्तर्राष्ट्रिय) विचारधारात्मक रूपले मार्क्सवादी थिएन बरु त्यो त विभिन्न खाले समूहहरूको युनियन थियो र उसले आफ्ना सदस्यहरूको सर्वसम्मत निर्णयहरू मात्र ग्रहण गर्थ्यो। लेनिनको पार्टी एक प्रकारको प्रजातन्त्रसहितको आन्तरिक क्रान्तिकारी नैतिकता र वैचारिक पूर्णरूपले एक समान संरचनाको मेल भएको अग्रगामी समूह थियो। स्टालिनको समयमा पार्टी विचारधारात्मक चाखरहित मानिसहरूको झुण्डमा परिणत भयो। यस्ता मानिसहरू विचार माथिबाट प्राप्त गर्दथे तर आफूलाई अपार सुविधा प्रदान गर्ने व्यवस्थाको रक्षा गर्न कृत संकल्पित र एक ढिक्का हुन्थे। वास्तवमा मार्क्सले कहिल्यै पार्टी बनाएनन् ; लेनिनले आफ्नो पार्टी बाहेक समाजवादीसहित अन्य सबै पार्टी ध्वस्त पारे। स्टालिनले बोल्सेभिक पाटीको मियालाई नयाँ वर्गको मियो बनाउदै र पार्टीलाई कसैसँग सरोकार नराख्ने – (अनुत्तरदायी) र रङ्गहिन सुविधाप्राप्त समूहहरूमा रूपान्तरण गर्दै पार्टीलाई दोस्रो दर्जामा झारे।

    नयाँ वर्ग पिंधमा फराकिलो माथि उक्लदै जाँदा साँघुरिदै जान्छ एकल वा सानो कटरीमा सिमित हुन्छ।

    नयाँ वर्गको प्रत्यक्ष र वास्तविक निर्माता स्तालिन थिए। उनी तुरुन्त प्रतिक्रिया दिने र अशिष्ट विदुषक अपठित व्यक्ति थिए। उनी उग्र, कठमुल्लावादी र कुशल प्रशासक थिए, उनी एक जर्जियाली थिए जसलाई वृहत् रसियाको नयाँ शक्तिले उसलाई कहाँ पुर्‍याउदैछ भनेर अरु कसैलाई भन्दा राम्ररी थाहा थियो। उनले सबैभन्दा क्रुर उपायद्वारा नयाँ वर्गको निर्माण गरे र यसो गर्दा उनले त्यही वर्गलाई समेत बाँकी राखेनन्। अतः उनलाई शिखरमा पुर्याउने वर्ग नै पछि गएर उनको बेलगाम र निर्मम स्वभावका सामु कायल हुनु पर्‍यो। उनी त्यस वर्गको साँचो नेता तबसम्म रहे जबसम्म त्यो वर्ग निर्माण हुदै थियो र त्यसले शक्ति प्राप्त गर्दै गयो।

    नयाँ वर्गको स्थापना सरल ढङ्गबाट अघि बढेन। उसले अस्तित्वमा रहेका वर्गहरू र वास्तविकतासँग आफ्ना क्रान्तिकारी आर्दशहरूको तालमेल मिलाउन नसक्ने क्रान्तिकारीहरूको कटु विरोधको सामना गर्नु पर्‍यो। सोभियत संघमा क्रान्तिकारीहरूको विरोध ट्राट्स्की र स्तालिनको द्वन्द्वमा स्पष्ट देखा पर्‍यो। स्तालिन र टाट्स्कीबीचको द्वन्द्व वा पार्टीभित्रको विपक्ष र स्तालिनबीचको द्वन्द्वका साथै सत्ता र किसान वर्ग बीचको द्वन्द्व औद्योगिकीकरण अघि बढ्दै गर्दा नयाँ वर्गको शक्ति र अधिकार बढ्दा अझ प्रकट रूपमा अगाडि आयो।

    ट्राट्स्की कुशल वक्ता, भब्यशैली, कुशलतापूर्वक वादविवाद गर्न सक्ने, उच्च बौद्धिकता भएका सुसंस्कृत व्यक्ति थिए, तर ट्रट्स्कीमा एउटै कमी थियो वास्तविकताको ज्ञान। उनी त्यस्तो अवस्थामा क्रान्तिकारी बन्न चाहन्थे जुनबेला जीवन सामान्य थियो। उनी दैनिक जीवनका आमोद —प्रमोदमा रमाउने र उच्च आदर्शहरूलाई विलकुलै बेवस्ता गर्ने भिन्दै नयाँ वर्गमा रूपान्तरण भएको पार्टीलाई क्रान्तिकारी पुनरजीवन प्रदान गर्न चाहन्थे। नयाँ वर्गले शासनमा बलियो पकड जमाएर सुविधाको मिठासको अनुभव गर्न थालेको समयमा उनले युद्ध, भोक र मृत्युबाट आजित भइसकेको आम जनयुद्धबाट सकृयताको अपेक्षा गरे। ट्राट्रस्कीको आतिसवाजीले सुदुर स्वर्गको आस देखायो तर थकित मानिसहरूमा उत्साह भर्न सकेन। उनले उक्त परिघटनाको दुखद् पक्षलाई सटिक रूपमा बुझे पनि तिनको अर्थ बुझ्न सकेनन्। यस बाहेक उनी कहिल्यै पनि बोल्सेभिक थिएनन्। यो उनको दोष र पूँजी थियो। क्रान्तिको नाममा पार्टी नोकरशाहीतन्त्रको विरोध गर्ने क्रममा उनले उनले थाहै नपाई पार्टी सम्प्रदायको र नयाँ वर्गको विरोध गरे।

    मार्क्सलाई अरुलाई आफ्ना विचार व्यक्त गर्नबाट रोक्नुपर्छ भन्ने कहिल्यै लागेन। लेनिन आफ्नो पार्टीभित्र हुने स्वतन्त्र छलफलहरूप्रति सहिष्णु रहे र पार्टी नेताको त कुरै छाडौं पार्टी मञ्चले पनि “सही ” अथवा “गलत” विचारको अभिव्यक्तिलाई नियमन गर्नुपर्छ भन्ने ठानेनन्।

    स्तालिनले न धेरै अगाडि न धेरै पछाडि हेरे। उनले आफूलाई नयाँ सत्ता अर्थात् नयाँ वर्ग वा राजनीतिक नोकरशाहीतन्त्र र नोकरशाहीतन्त्रवादको प्रमुखको रूपमा स्थापित गरे र त्यसको नेता र सङ्गठक बने। उनले प्रवचन दिएनन्, उनले निर्णयहरू गरे। उनले पनि सुनौलो भविष्यको वाचा गरे तर त्यस्तो खालको भविष्य जसमा नोकरशाहीतन्त्रले सम्भाव्यता देख्थ्यो किनभने उसको जीवनमा दिन प्रतिदिन सुधार भइरहेको थियो र उसको स्थिति बलियो बन्दै थियो। उनी कुनै रङ्ग र सुवास नमिसाई बोल्ने गर्थे तर यस प्रकारको ठेट भाषा नयाँ वर्गले राम्ररी बुझ्थ्यो। ट्राट्स्की क्रान्तिलाई युरोपमा फैलाउन चाहन्थे स्तालिन यस्तो विचारको विरोधी थिएनन् तर यस्तो खतरापूर्ण अभिभाराले उनलाई मातृभूमि रूस र विशेष गरी नयाँ व्यवस्थालाई सृदृढ बनाउने र रूसी राष्ट्रको शक्ति र प्रतिष्ठा बढाउने चिन्ताबाट रोक्न सकेन। ट्राट्स्की भूतकालका क्रान्तिकारी मानिस थिए भने स्तालिन वर्तमानका अतः भविष्यका मानिस थिए। स्तालिनको विजयमा वास्तवमा सोभियत सरकारभित्रको नोकरशाहीतन्त्रको भ्रष्टाचार र क्रान्तिकारी उद्देश्यबिच ट्राट्स्कीले क्रान्ति विरुद्ध प्रतिक्रान्तिकारी भएको देखे।

    नयाँ वर्ग सबैभन्दा बढी भ्रमित र आफूबारे सबैभन्दा कम सचेत वर्ग हो। तर यसको विपरित प्रत्येक निजी पूँजीपति वा सामन्तलाई आफू विशेष जानकारयुक्त सामाजिक वर्ग पर्छु भन्नेमा सचेत थियो। आमरुपमा त्यो वर्ग आफू मानव जातिलाई सुखी राख्न आवश्यक भएको र उ विना जताततै लथालिङ्ग र बारबादी छाउनेछ भन्नेमा विश्वास गर्थ्यो। नयाँ वर्गमा परिणत भएका कम्युनिष्ट सदस्य पनि आफू विना समाज  र पार्टी पछाडि धकेलिने छ र डुब्नेछ भनी विश्वास गर्छन्। तर ऊ आफू नयाँ मालिक वर्गको सदस्य वा सो नयाँ वर्गका दाश  भइसकेको वा हुनेबारे सचेत नहुन सक्छन्।

    नयाँ वर्ग र राजनीतिक सरकार एउटै कुरा होइन, तर त्यसलाई उक्त सरकारबाट निर्माण गरिएको र सहयोग प्राप्त हुन्छ। सम्पत्तिको उपयोग, भोगचलन र वितरण, पार्टी र त्यसको माथिल्लो तहका मानिसहरूको विशेष विशेषाधिकार भित्र पर्छन्।

    अन्य वर्गहरुमा जस्तै नयाँ वर्गमा पनि केहि व्यक्तिहरु निरन्तर पछि परिरहन्छन् र अन्य केही व्यक्तिहरु भर्‍याङ माथि चढिरहन्छन्। नयाँ वर्गमा को को पर्छन् भनी समाजशास्त्रीय रुपले तोक्न सम्भव भएता पनि त्यसो गर्न कठिन हुन्छ, किनभने नयाँ वर्ग आम जनता र अन्य तल्ला वर्गहरुमा राम्ररी घोलिएको र फैलिएको हुन्छ र त्यो निरन्तर परिवर्तन भईरहेको हुन्छ।

    नेपोलियनका प्रत्येक सिपाहीले बलाध्यक्षको छडी आफ्नो झोलामा सिउरिए जस्तै सिद्धान्ततः माथि उक्लने बाटो सबैका लागि खुला हुन्छ। त्यो बाटोमा हिड्न चाहिने एउटै योग्यता भनेको पार्टी अर्थात् नयाँ वर्ग प्रति ईमान्दार र पुर्ण बफादारी हुुनु हो। नयाँ वर्ग पिंधमा फराकिलो माथि उक्लदै जाँदा साँघुरिदै जान्छ एकल वा सानो कटरीमा सिमित हुन्छ।

    जसरी सामन्तको सामाजिक उत्पत्ति कृषि समाजमा र बुर्जवाको सामाजिक उत्पत्ति व्यापारिक र कालिगढ समाजमा भयो त्यसरी नै नयाँ वर्गको सामाजिक उत्पत्ति कथित सर्वहारा वर्गको अधिनायत्वको नाममा भयो।

    अरु सत्ताले जस्तै कम्युनिष्ट सत्ता र सरकारले पनि जनताको सुर र आन्दोलनको हेक्का राख्नुपर्छ। कम्युनिष्ट पार्टीको पृथकपना र उसको पंक्तिमा स्वतन्त्र जनमतकै अभावका कारण सत्ताले जनताको वास्तविक अवस्थाबारे बुझ्न सक्दैन। तर उनीहरूको असन्तुष्टिले उच्च नेताहरूको माथिङ्गल हल्लाई दिन्छ। निरङ्कुश व्यवस्थापक भएता पनि नयाँ वर्ग सबै प्रकारको विरोधको प्रतिकार गर्न सक्दैन।

    यस्तो अवस्थामा नयाँ वर्ग इतिहासबाट हट्नेछ, त्यस बखत ऊ भन्दा अघिका वर्गहरू हटेकोमा भन्दा ऊ हटेकोमा कम दुःख मानिनेछ। आफ्नो दम्भलाई सुहाउने बाहेक सबै कुरालाई धुलिसात पारेको हुनाले उसले आफू स्वयंलाई असफल र शर्मनाक सर्वनाश हुन अभिशप्त बनाएको छ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.