Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

विस्थापनको संघारमा नेवार समुदाय र संकटमा पशुपति क्षेत्रको धर्म संस्कृति

मीरा राजभण्डारी अमात्य मीरा राजभण्डारी अमात्य
साउन ८, २०७७
- विमर्शका लागि, समाज, सँस्कृति
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    जय वागेश्वरी दथु टोलका गोविन्द डंगोलाई रातमा निद्रा र दिनमा भोक हराएको धेरै वर्ष भयो । जम्माजम्मी दुई आनामा बनेको पुरानो परम्परागत नेवारी वास्तुकलामा निर्मित उनको पुरानो सानो घर नै उनको १० जना परिवारको टाउको लुकाउने एक मात्र मेसो हो।

    पुर्वजहरुले अंशको रुपमा दिएर गएको यस थात थलोमा उनी आफु समेत १४ पुस्ताले जिवन वेसाएको उनका बाज्ये बराजुले भन्ने गरेको संझना छ उनलाई । विगतमा आफु सानै छंदा सो घरको वरी परी थुप्रै जग्गा भएको तर पछि दाजु भाईहरुको अंसबन्डा पश्चात भने सानो घरमा सिमित हुनु परेको पिडा छ उनी संग । त्यसमाथि विगतमा पशुपति मन्दीर परीसरमा रहेको लगन लाछी र भकुन्टोलको प्राचिन आवाश क्षेत्रलाई पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रको अवधरणात्मक गुरु योजनाको रुप रेखा २०५३ मातहत कन्सोन्यान्त क्षेत्र को भुवनेश्वरी उपक्षेत्र मा उल्लेख गरिए मुताविकका पाचा टोल, दथ ‘टोलहरु मध्य भकुन्टोलको १ सय १९ घरलाई जवरजस्ति प्रहरी प्रशासन, डोजर र बल समेत प्रयोग गरी कोषले हटाए पछि उनी सहितका स्थानीय वासिन्दाको अन्यौल र निरासाका दिनले निरन्तरता लिएको छ हाल पनि।

    आफनो वाल्यकाल का दौंतरी संग पाचा टोल र प्रत्येक टोल परिसर चहार्दै खेलेका ती दिनहरु, अनि जात्रा पर्वमा रमाएका रहर लाग्दा समयहरु संझदा अहिले उनलाई दिक्क लाग्छ, “परापुर्व काल देखि आफनो धर्म संस्कृति परम्परालाई धान्र्दैै उमेरले ५० लागिदा खोई कहां बाट यो विकास कोष आई पुग्यो कुन्नी, हामी नेवारहरु ले शदियौं देखि यो क्षेत्रको संस्कृति परम्परा धान्दै आयौं, अहिले हाम्रो संस्कार र धर्ममा समेत असर परी सक्यो, हाम्रो गुठी, भजन जात्रा पर्व मा हाम्रो सहभागिता नभए कसले निरन्तरता देला? उनी प्रश्न गर्छन् । लाग्छ उनलाई आफनो वास गुम्ने चिन्ताले जति पिरोलेको छ त्यसको कयौं गुणा आफनो धर्म संस्कृति गुम्ने चिन्ता छ उनलाई । डंगोल एक मात्र पात्र होईनन् जसलाई पशुपति विकास क्षेत्र कोषको गुरु योजनाले चिन्तामा पारेको होस, भकुन्टोल का १ सय उन्नाईस घरका विस्थापित समुदाय तथा वडा नं ८ गोलका २ हजार १ सय घर धुरीको का जनता आम चिन्ताको विषय हो यो । तर यस विषयमा राज्य सरकार तथा पशुपति विकास कोष यस विषयमा गम्भीर देखिदैन । तर बुझनै पर्ने बास्तिविकता के हो भने यस विषयमा समयमै सचेत नहुने हो भने यसले स्नथानीय वासीको को धर्म संस्कृति र परम्परामा प्रत्यक्ष असर त पर्छ नै, परम्परागत रुपमा प्रचनलमा रहेका पशुपति क्षेत्रको धर्म संस्कृतिमा समेत नकारात्मक असर पुग्ने पक्का छ।

    पशुपति क्षेत्र अन्र्तगत पर्ने देवपत्तन, गोल वा सुवर्ण पुर वस्तीमा प्राचीन सय देखि नौ मुल थरका नेवार, नौ ढोका, नौ गणेश लगायतका विशेषता रहेको वस्ती हो । यो प्राचिन वस्ती विगतमा उपत्यकाका निकै बलियो प्रशासनिक गढको रुपमा रहेको इृतिहासविद हरुको भनाई छ ।

    पशुपति क्षेत्र अन्र्तगत पर्ने देवपत्तन, गोल वा सुवर्ण पुर वस्तीमा प्राचीन सय देखि नौ मुल थरका नेवार, नौ ढोका, नौ गणेश लगायतका विशेषता रहेको वस्ती हो । यो प्राचिन वस्ती विगतमा उपत्यकाका निकै बलियो प्रशासनिक गढको रुपमा रहेको इृतिहासविद हरुको भनाई छ । यस क्षेत्रको धार्मिक र सास्कृतिक मुल्य मान्यता नेपालका लागि मात्र नभई विश्वकै लागि मौलिक छन् । नेवारी संकृति, धर्म र परम्परामा आधारित यहांका जात्रा, पर्व र धार्मिक परम्पराको आफनै मौलिकतालाइृ ऐतिहासिक घटनाक्रमले पनि असर नपारेको होईन । गोपाल वंशिय इतिहास बोकेको यो सांस्कृतिक र धार्मिक वस्तीमा हुने परम्परागत सांस्कृतिक पर्व र धर्म परम्परालाई कालान्तरमा केही थप र परिमार्जत गर्दै लैजाने परम्परा पनि रहि रह्यो।

    विगतमा नेवार समुदायका गुरु पुरोहित राजोपाध्याय (जुजु बाज्या ) हरुले नित्य पुजा अचर्ना गर्ने परम्परालाई दक्षिण भारतका ब्राह्मण पण्डितले मुल भट्टका रुपमा बाट निरन्तरता दिने प्रचलनमा परिमार्जित भएको स्थानीय बुढापाका हरु बताउंछन् । जसको पुष्टी अझै पनि राजोपाध्याय हरु पशुपति नाथका गुरु दक्षिणामुर्ति लगायतका मन्दीर हरुमा पुजारी रहे बाट हुन्छ । जे होस आफनो प्रचलित परम्परा र आस्था मुताविक आफनो आराध्य देव पशुपति, जय वागेश्वरी, वत्सलेश्वरी भुवनेश्वरी लगायतका पुजा अर्चना तथा जात्रा मेला पर्वमा भने आफनै मौलिक परम्परालाई निरन्रता दिने काम भने भई रह्यो । अझै पनि पशुपतिमा हिन्दु वैदिक तथा तान्त्रिक विधि बाट पुजा हुने परम्परालाई यथावत निरन्तरता दिई नै रहेको छ।

    हिन्दु, तान्त्रिक र बौद्ध धर्मको अद्धिवतिय धार्मिक सदभावनाको उदाहरण बनेको छ पशुपति नाथको मन्दिर क्षेत्र र यसका धार्मिक तथा सांस्कृतिक पर्व । तर पशुपति क्षेत्र विकास कोषको स्थापना पश्चात जग्गा र धमाधम जग्गा अधिग्रहण गर्ने कार्यले मौलिक परम्परा तथा संस्कृतिमा अतिक्रमण हुदै गएकोमा स्थानिय वासिन्दाको लागि चिन्ताको विषय बनेको छ। कारण एका तर्फ यसको गुरु योजनाले हजारौं वर्ष देखि आदि भुमिका रुपमा वसोवास गर्दै आएका नौ मुल थरका आदिवासी जनजाति नेवारका वस्तीलाई विस्थापित गरेको छ भने अर्को तर्फ मौलिक परम्परा र संकृतिमा आधारित धार्मिक अनुस्थानमा समेत अतिक्रम भएकोे गुनासो स्थानिय वासीको छ । कारण कुनै पनि धर्म संस्कृति र परम्परालाई अनुसरण र निरन्तरता दिने काम ती क्षेत्रका स्थानिय वासिन्दाको तथा समुदाय विषेशको सहभागिता आवश्यक रहने अर्थमा ती समुदाय सो स्थानबाट विस्थापित भए पश्चात ती संस्कार तथा परम्पराको मौलिकपन र त्यसको निरन्तरता संकटमा पर्ने गर्दछ । यस अर्थमा राजोपाध्याय, राजभण्डारी (भण्डारी), वैद्य, कमार्चाय, मानन्धर, डंगोल, कपाली लगायतका नौ मुल थरका नेवारहरुले व्यवस्थापन गर्दै आएको पशुपति क्षेत्रको जात्रा पर्व धान्न्लाई हालका दिनमा हम्मे परेका प्रसस्तै उदाहरण हरु छन्।

    विगतमा भकुन्टोल, बनकाली तथा भुवनेश्वरीका आसपासका डंगोल लगायतका नौ मुल थरका नेवारहरुका वस्तीलाई विस्थापित गरे पश्चात हाल त्यहां संचालन हुने देशोद्धार जात्रा वत्सलेश्वरी जात्रा, मचातिया जात्रा (त्रिशुल जात्रा) लगायतका जात्राहरुमा खट बोक्ने, धिमे बाजा बजाउने लगायतका कार्यमा सहभागि हरुको कमी हुदै गएको छ।

    विगतमा भकुन्टोल, बनकाली तथा भुवनेश्वरीका आसपासका डंगोल लगायतका नौ मुल थरका नेवारहरुका वस्तीलाई विस्थापित गरे पश्चात हाल त्यहां संचालन हुने देशोद्धार जात्रा वत्सलेश्वरी जात्रा, मचातिया जात्रा (त्रिशुल जात्रा) लगायतका जात्राहरुमा खट बोक्ने, धिमे बाजा बजाउने लगायतका कार्यमा सहभागि हरुको कमी हुदै गएको छ । संभवत विकास कोषको ‘वि’४ क्षेत्रको पंत्तिमा परेका दथु टोल, पाचा टोल लगायतका वस्ती हरु पनि यदि हटाइएमा ती जात्रा पर्व लोप हुने पक्का छ । पशुपति क्षेत्रको जात्रा पर्वमा नौ मुल थरका नेवार समुदायका हरेकका जिम्मेजारी तथा कार्य भार पनि आआफनै खालको छ । पशुपति मन्दिर भित्र पुजा संचालन गर्ने, भट्टहरुलार्इृ सघाउने, चढाईएका सुन चांदी लगायतका बहुमुल्य सामानको संरक्षण गर्ने पशुपतिको लागि महा भोग पकाउने, खट बोक्ने, पशुपति नाथको लागि जनै बनाउने, फूल प्रशाद व्यवस्था गर्ने, भोग चढाउन तरकारी को जोहो गर्ने, जात्रा पर्वमा बली चढाउने, पुजाका लागि आवश्यक ढकी बुन्ने लगायतका सवै कार्यमा नौ मुले नेवारका हरेक समुदायको समान सहभागिता रहन्छ।

    गोल वा देवपत्तन र पशुपति क्षेत्रको ऐतिहासिक पृष्ठभुमि र नौ मुल थरका नेवारको अवस्थिति
    पशुपति क्षेत्र भित्र पर्ने तथा काठमाडौ मुख्य शहर देखि उत्तर पुर्व ४८ किलोमिटरको दुरीमा अवस्थित गोल वा देवपत्तन –देउपाटन) एक प्राचिन वस्ती हो । नेपालका आदिवासी जनजाति समुदाय अन्तर्गत २७ नम्बरमा सुचिकृत नेवार समुदायका नौ मुलका थर हरुको वर्चस्व रहेको गोल वा देवतत्तन वस्तीको आफनै मौलिक परम्परा र धर्म स्ंकृति रहेको छ । विगतमा नौ मुले नेवारको आदि भुमि गोलमा कालान्तरमा स्थानीय जनताले जग्गा बेच विखन गरेका र पर्ति जग्गा माथि अतिक्रमण भएकै कारण कारण अन्य जातिको समेत बसाई बाक्ल्दिै गएको छ । यस वस्तीमा छिर्नका लागि तत्काल अवस्थामा नौ द्धार, वस्तीको सुरक्षार्थ नौ क्षेत्रपालकौ रुपमा नौ श्री गणेशको मन्दीर को स्थापना गरिएको छ । नौ प्राचिन द्धारको अवशेष मा हाल सिफल को सेतो ढोका, चावेल गणेश मन्दीरको उत्तर पश्चिमको ढोका (हाल परिर्वतित), पुर्व उत्तरमा गौरी घाट पुल नजीकको सेतो ढोका –हाल हटाईएको ) तथा हाल पर्यटन केन्द्र रहेको तील गंगा मा रहेको ढोका (हाल परिर्वतित)मा अवस्थित छ । कुनै बेला कुल नौ प्रवेश द्धार रहेको गोलको मा हाल ४ ढोका बाहेक भेटिदैन।

    तात्कालीन नेपाल सरकार युवा खेलकुद तथा संस्कृति मन्त्रालयले विक्रम संवत २०५५ साल कार्तिक २३ गते राजपत्रमा प्रकासित गरेको सुचना मा पशुपति क्षेत्रको सिमाना अन्र्तगत पुर्वी सिमानमा गुह्यश्वरी मन्दिरको ९८४ फिट पुर्वतर्फ वागमती नदी को उत्तर किनारा देखि दक्षिण शिवपुरी बाबाको आक्षम वरपरको काठमाडौ महानगर पालिका को ८ नं वडाको कित्ता नं १ को पुरै जंगलको भित्री भाग पारी एयरर्पोटबाट तील गंगा चक्रपथ निक्लने कच्ची बाटो, पश्चिममा काठमाडौ महानगर पालिकाको वडा नं ७ लगायत, वडा नं ७ को भगवानस्थान हुंदै रातो पुल चक्रपथ गौशाला चोक निस्कने भाग सम्म, उत्तरमा काठमाडौ वडा नं ७ को लगायत का क्षेत्र दक्षिणमा रातो पुलबाट गौशाला चोक तर्फ जाने काठमाडौ महानगर पालिका वडा नं ८ लगायतका क्षेत्र देखि गौशाला चोक देखि एयरर्पोट सम्म जाने कच्ची मोटरबाटो समेतको क्षेत्रलाई किटानी गरिएको छ।

    जय बागेश्वरी मन्दीर देखि पश्चिम दक्षिणमा अवस्थित एक गोलो ढुंगा जुन यद्यपि पुजा गरिन्छ त्यसै ढुंगाको नाममा सो वस्तीको नाम रहन गएकोे दावी छ । यी क्षेत्र का वीच रहेको गोल मा आदिकालीन नौ मुल थरका नेवारहरुकोे थात थलोको रुपमा परिचित छ।

    यी क्षेत्र का वीच रहेको गोल मा आदिकालीन नौ मुल थरका नेवारहरुकोे थात थलोको रुपमा परिचित छ । यस प्राचीन वस्तीको नाम गोल कसरी रहन गयो भन्ने खोजकै विषय हुन सक्छ । तर स्थानीय वासिन्दाको तर्क अनुसार जय बागेश्वरी मन्दीर देखि पश्चिम दक्षिणमा अवस्थित एक गोलो ढुंगा जुन यद्यपि पुजा गरिन्छ त्यसै ढुंगाको नाममा सो वस्तीको नाम रहन गएकोे दावी छ । अर्को तर्फ लिक्ष्वीकालिन राज्य व्यबस्थामा वस्ती विशेषको नामलाई बुझाउन ग्वल शब्दको प्रयोग गरिन्थ्यो । तर लिच्क्षविकालीन अभिलेख हरुमा नै ग्वल शब्दको प्रयोग भए बाट यो शब्द लिच्क्षवीकालीन शासन व्यबस्था भन्दा पहिले नै प्रयोगमा आएको अनुमान गर्न सकिन्छ । नेवारी समुदायमा अद्यापि देवपत्तनलाइै गोल नै भन्ने प्रचलन रहेको छ।

    धार्मिक सदभावनाको अद्धितिय उदाहरण पशुपति क्षेत्र
    राजोपाध्याय, राजभण्डारी (भण्डारी), वैद्य, कर्माचार्य, विसेत, शाक्य, मानन्धर, कपाली, लगायत नौ मुल थरका नेवार हरुको व्यबस्थापनमा पशुपति नाथ लगायत यस क्षेत्रका सवै मन्दीरहरु मा नित्य पुजा तथा जात्रा पर्व संचालन हुंदै आएको छ । तात्कालीन वर्ण व्यबस्था अनुसार ब्राहमण, क्षेत्री, वैश्य र शुद्र जातिको संयोजन र सहकार्यमा पशुपति क्षेत्रको धार्मिक तथा सांस्कृतिक व्यबस्थापन लाई जातिय तथा धामीर्क सदभावको उत्तम नमुनाको रुपमा लिन सकिन्छ । जसमा राजोपाध्याय हरुले मुल भट्ट सहित भट्टहरु लाई दिक्षा दिने, राजभण्डारी हरुले भट्टहरुलाई पुजा का लागि सहयोग गर्ने, कर्माचार्यहरु ले उन्मत्त भैरव भुवनेश्वरी र गुह्यश्वरी लगायतका तान्त्रिक विधि बाट पुजिने मन्दीरको पुजा गर्ने, वैद्यहरु ले विरामी हेर्ने, घाट व्यबस्थापन गर्ने, मानन्धर हरुले बाला चतुर्दशीका दिन सदबीउ छर्ने, डंगोल हरुले जात्रा पर्वमा खट बोक्न, दाफा भजन गाउने, महा भोग, महास्नान लगायतका कार्यमा सघाउने, कपाली हरुले मन्दीर परिशरको सरसफाई गर्ने, वाजा बजाउने जस्ता श्रम विभाजनका आधारमा आ आफनो जिम्मेवारीमा कार्य सम्पन्न गछर्न् जुन प्रचलन अध्यापि चली रहेकै छ। जातिय सदभावना कै अनुपम उदाहरणको रुपमा श्री पिंगला माई (बज्रेश्वरी) को जात्रामा तत्कालीन जातिय व्यवस्था अनुरुप ब्राहमण, क्षेत्री वैश्य शुद्र को समान सहभागितामा देशोद्धार पुजा लगायतका जात्रा पर्व संचालन गर्दै आएको छ। त्यस्तै तिकिचा जात्रामा कपडाको बुद्धको स्तुप (मुकुट) लाई गोल वा देवपत्तनमा घुमाई पशुपतिको शिरमा राखि छायाँ दर्शण गराउने परम्परा समेत भए बाट नेपालमा हिन्दु र बौद्ध धर्म लाई बराबर रुपमा सम्मान गरेको प्रमाणित हुन्छ।

    जातिय सदभावना कै अनुपम उदाहरणको रुपमा श्री पिंगला माई (बज्रेश्वरी) को जात्रामा तत्कालीन जातिय व्यवस्था अनुरुप ब्राहमण, क्षेत्री वैश्य शुद्र को समान सहभागितामा देशोद्धार पुजा लगायतका जात्रा पर्व संचालन गर्दै आएको छ।

    पशुपति क्षेत्रका संचालनमा आफनै मौलिक नियम पनि छन्। राजण्डारी तथा विशेत हरुलाई पशुपतिको चार किल्ला बाहिर बच्चा जन्माउन निषेध छ । किवदन्ती अनुसार चार किल्ला बाहिर जन्मेका शिशुहरु कालान्तरमा पशुपति नाथ मन्दीर भित्र पुजा कार्यका लागि बर्जित गरिने हुंदा यो प्रचलन पनि यथावत छन् । पुजा अर्चणाकै सन्र्भमा पशुपति नाथ को मन्दीर भित्र र बाहिर हिन्दु वैदिक तथा तान्त्रिक विधि बाट नित्य पुजा लगायत अन्य जात्रा पर्वको समेत संचालन हुन्छ । विहानको पुजा वैदिक विधि बाट हुन्छ भने बेलुका दाल भात सहित चौरासी व्यञ्जनका परिकार हरु मन्दीरमा चढाईने गरिन्छ । हरेक पुुिर्णमाका दिन पशुपति नाथको मन्दीरको दक्षिणी भागमा चौरासी व्यञ्जन सहितको महा भोग लगाईन्छ जसमा नेवारी परम्परा अनुसारको समय बजी सहितका परिकार हुन्छन्।

    पशुपति क्षेत्रका जात्रा पर्व तथा यसको महत्व
    काठमाडौ उपत्यकका अन्य क्षेत्रका जात्रा पर्व भन्दा फरक र मौलिक परम्परामा आधारित जात्रा पशुपति क्षेत्रमा मनाईन्छन् । काठमाडौ उपत्यकका हरेक जात्रा पर्वको शुरुवाट पनि यहीं बाट हुने गर्छ । काठमाडौ उपत्यकाका मातृका देवी र देवता जो तान्त्रिक विधि बाट पुजिन्छन् ती देवताहरुको ती देवताहरुको जात्रा चैत्र कृष्ण परेवाका दिन चिपालु (निमन्त्रणा) पुजा गरी शुभारम्भ गरिने परम्परा रही आएको छ । वत्सलेश्वरी माता मातृका शक्तिकी ज्येष्ठ शक्ति भएको कारण वत्सलेश्वरी जात्राको शुभारम्भ गरे पश्चात मात्र काठमाडौ उपत्यकाका अन्य देवी देवता मातृका शक्तिको जात्रा गर्ने प्रचलन रही आएको छ ।

    यस क्षेत्रमा हुने प्रमुख जात्रा पर्वहरु मध्य दुदु च्याँय् च्याँय् निमन्त्रणा यात्रा,देशोद्धार पुजा, श्री पिंगलामाई (बज्रेश्वरी ) मा कुमारी पुजा, श्री पिंगलामाई (बज्रेश्वरी )को दुनिया पुजा, श्री पिंगलामाई (बज्रेश्वरी ) को जात्रा, श्री वत्सलेश्वरी मन्दीरमा देशोद्धार पुजा, देशाद्धारको कामाना सहित स्याल कराउने, वत्सलेश्वरीको जात्रा लगायतका जात्रा पर्व यहांका मौलिक संस्कृतिमा आधारित जात्रा। पर्व हरु हुन् । त्यस्तै गंगा माई जात्रा, त्रिशुल जात्रा, रोपाईं जात्रा, खडग जात्रा, शिवरात्रि लगायतका जात्रा पर्व हरु यस क्षेत्रका प्रमुख पर्वहरु हुन् । खासगरी चैत देखि वैशाख सम्म प्रत्यक महिना खास पर्व जात्रा यस क्षेत्रका विशेषताकै रुपमा रहेको छ ।

    पशुपति क्षेत्रका जात्रा पर्व, आर्थिक श्रोत तथा पर्यटन
    नेपालको आर्थिक तथा पर्यटनका क्षेत्रमा पनि पशुपति क्षेत्रको जात्रा पर्व तथा धर्म संस्कारले खास अर्थ राख्दछ । दैनिक औसत एक लाख रुपिया भक्त हरुबाट गरिने दान दक्षिणा बाट जम्मा हुने पशुपति क्षेत्रमा पयर्टन बाट हुने आम्दानी पनि आर्कषक छ । गत बैशाख महिनामा ९ हजार ८ सय उनन्तीस पर्यटकहरुले यो क्षेत्रको अवलोकन गरेको थियो । विशेष गरी चैत वैशाख र भदौ अशोजमा पर्यटकको सिजन हुने गरेको र ती पर्यटकहरु हिन्दु विधि अनुसार गरीने मुत्यु पर्यन्त दाह संस्कार तथा जात्रा पर्व तथा पुरातात्विक वास्तुकला हरु लगायतका समाजिक सांस्कृतिक अवलोकन गर्न पशुपति आउने गरेकोे पाईन्छ ।

    नौ मुले नेवारको विस्थापन र संकटमा धर्म संस्कृति
    पशुपति क्षेत्रको धर्म संकृति र परम्परा आफनै मौलिक दर्शनमा आधारित रहेको छ । पुजाका विधि विधान देखि यहां संचालन हुने हरेक जात्रा पर्वमा समेत आफनै मौलिकता र दर्शन रहेको छ । पशुपति क्षेत्र समस्त विश्वमा रहेका हिन्दु, वौद्ध लगायतका लागि पावन भुमी तीर्थ हो । तर्सथ यसको विकास तथा उत्थानको उद्येश्य राखी तत्कालीन नेपाल सरकारले विक्रम संवत २०४४ सालमा पशुपति क्षेत्र विकास कोष ऐन स्थापना गरे पश्चात पुर्व रानी ऐश्वर्यको अध्यक्षतामा गठित यो कोषले पशुपति नाथको गरिमा एवं महत्व अनुरुप पशुपति क्षेत्रको योजनावद्ध स्याहार, सम्भार, संरक्षण लगायत विकास निमार्णका कार्य तथा यस क्षेत्रका प्राचीन एतिहासिक, धार्मिक, सांस्कृतिक तथा राष्ट्रि«य महत्वका वास्तुकला लगायतका सामग्री तथा प्राकृतिक सम्पदाको संरक्षण तथा यहां सचालन हुने राजगुठी लगायतका गुठी हरु, परम्परागत धार्मिक रीति रिवाज वमोमि पुजा आाजा संचालन गर्ने उद्येश्य लिएको थियो । यस अर्थमा कोषको गरिमा र जिम्मेवारी लाई सरहाना गर्नैै पर्ने हुन्छ ।

    पशुपति क्षेत्रको धर्म संकृति र परम्परा आफनै मौलिक दर्शनमा आधारित रहेको छ । पुजाका विधि विधान देखि यहां संचालन हुने हरेक जात्रा पर्वमा समेत आफनै मौलिकता र दर्शन रहेको छ । पशुपति क्षेत्र समस्त विश्वमा रहेका हिन्दु, वौद्ध लगायतका लागि पावन भुमी तीर्थ हो ।

    तर धार्मिक सहिष्णुता र सद्भावको केन्द्रको रुपमा रहेको यस क्षेत्रको पर्व जात्रा तथा धार्मिक अनुष्ठानहरु भने हालका दिनमा क्रमस संकटमा पर्दै गएको पशुपति क्षेत्रका बासिन्दाको गुनासो छ । विगतमा श्रम विभाजन अन्र्तगत कपाली हरुले पशुपतिमा महा भोग लगाईदा महाभोग भित्र राखिने सुनको प्रतिमा निकाले पछि मात्र अरुले सो महा भोगलाई छुन पाउने व्यवस्था थियो । त्यस्तै नवग्रहमा चढाईएका सामग्रीमा समेत उनीहरुको अधिकार रहन्थ्यो तर अहिले कपाली हरुलाई पशुपति विकासले सो अधिकार बाट बंचित मात्र गराएको छैन उनीहरुलाई कोष बाट खासै आर्थिक सुविधा पनि दिएको छैन । यस्ता धामर्मिक तथा सास्कृतिक अतिक्रमणका थुप्रै उदाहरणहरु स्थानीय वासीहरु संग छ । अर्को तर्फ २०५८ मंसीर एघार गते संकट काल लागु भए पश्चात विक्रम संवत २०५९ सालमा स्थानीय वासी लाई निकै कम समयको म्याद ताकेतामा भकुन्टोल लगन लाछि टोलका स्थानीय वासिन्दालाई उठीवास गराएका कारण यस क्षेत्रको जात्रा पर्वमा संलग्न नौ मुले नेवार हरुको सहभागिता लाई निरन्तरता दिन कठिनाई भई रहेको अनुभव “ज्यापु पुच पशुपति” का कार्यवाहक अध्यक्ष तथा सिर्जनसिल युवा क्लव का पुर्व उपाध्यक्ष राम कृष्ण डंगोललाई छ । वस्ती हटाईए पछि ती क्षेत्रका वासिन्दाले संरक्षण गरेका कैयन दुर्लभ मुर्ती हरु हराई सकेको बताउंने डंगोलको पशुपति क्षेत्र विकास कोषको स्थापना पश्चात नेवारहरुको वस्ती उठाउने बाहेक खासै उपलब्धिमुलक कार्य नभएको उनको बुझाई छ ।

    जवकि विश्व सम्पदा सुचिमा सुचिकृत पशुपति क्षेत्र लगायतका पुरातात्विक महत्वका प्राचीन वस्तीहरुका मठ मन्दीर घर तथा भौतिक संरचनाहरु विश्व सम्पदाको खतरा सुचिमा पर्न सक्ने संकेत गर्दै ती संरचनालार्ई पुरानै मौलिक ढांचामा बनाई बास्तुकलात्मक वातावरणको जगेर्णा गर्न प्रोत्साहित गर्न तात्कालीन युवा, खेलकुद तथा संस्कृति मन्त्रालय को मिति २०५५ असार ३ गते टिप्पणी सदर भएको थियो । तर पशुपति क्षेत्र विकास कोषले विश्व सम्पदा सुचिमा परेको पशुपति क्षेत्रका गुठी जग्गाहरु हरु तथा त्यहांका आदिवासी जनजाति नेवार समुदायका घर जग्गा अधिग्रहण गरी यहांको मौलिक सस्कृतिलाई धरापमा पारेको बुझाई छ, स्थानीय बासिन्दा तथा युवा संघका पुर्व केन्द्रिय सदस्य जलद वैद्यको ।

    अन्र्तराष्ट्रिय मानव अधिकार, आदिवासी जनजाति हरुको अधिकार तथा संवैधानिक व्यबस्था
    समस्त विश्वका मानव जातिको अन्र्तनिहित प्रतिष्ठा, समानता र अधिकारहरुको सम्मानका लागि अन्र्तराष्ट्रिय मानव अधिकारको विश्वव्यापि घोषणा पत्रले जाति, लिंग, भाषा, धर्म, लगायत सामाजिक सम्पत्ति लाई स्वतन्त्र रुपमा प्रयोग गर्न पाउने प्रत्याभुति सो घोषणा पत्रको धारा २ ले दिएको छ । यसै आधारमा अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि संख्या १६९ तथा आदिवासी तथा जनजाति सम्वन्धी महासन्धि, १९८९ ले मानव अधिकारको विश्वब्यापी घोेषणापत्र, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्वन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र, नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र र भेदभाव निवारण सम्वन्धी थुप्रै अन्तर्राष्ट्रिय लिखतका ब्यवस्थाहरुलाइ आधार मानी आदिवासी जनजाति हरुलाई आफ्नो वसोवास रहेका राज्यहरुको संरचनाभित्र आफ्m्ना संस्थाहरु, जीवन पद्दति तथा आर्थिक विकास माथि नियन्त्रण गर्न पाउने, आफ्ना पहिचान, भाषा र धर्महरु कायम राखी विकास गर्ने अधिकारको प्रत्याभुति दिएको छ ।

    थुप्रै अन्तर्राष्ट्रिय लिखतका ब्यवस्थाहरुलाइ आधार मानी आदिवासी जनजाति हरुलाई आफ्नो वसोवास रहेका राज्यहरुको संरचनाभित्र आफ्m्ना संस्थाहरु, जीवन पद्दति तथा आर्थिक विकास माथि नियन्त्रण गर्न पाउने, आफ्ना पहिचान, भाषा र धर्महरु कायम राखी विकास गर्ने अधिकारको प्रत्याभुति दिएको छ ।

    साथै सो महा सन्धीको प्रत्येक धाराहरुले आदिवासी जनजातिका सामाजिक सांस्कृतिक धार्मीक तथा आध्यात्मिक म«ुल्य मान्यता, कानुन तथा प्रचलनलाई राज्यले संरक्षण दिनु पर्ने, सामाजिक तथा सांस्कृतिक पहिचान, परम्परा तथा प्रथा र संस्थाहरुप्रतिको सम्मान राख्दै निजहरुका सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकारहरुको पूर्ण कार्यान्वयनको प्रवद्र्धन गर्ने, सम्वन्धित जनताका संस्थाहरु, सम्पत्ति, श्रम, संस्कृति र वातावरण तथा व्यक्तिहरुको सुरक्षाको लागि उपयुक्ततानुसार विशेष उपायहरु पारित गरिने लगायतका अधिकार हरु उल्लेखित छन् । सो महासन्धी लाई नेपालले अनुमोदन समेत गरी सकेका अवस्थामा र नेपालको संविधान २०७२ ले समेत नेपालको आदिवासी जनजाति समुदायको संस्कृति धर्म र परम्परालाई निरन्तरता दिन विगतका संविधानहरु तथा वर्तमान नेपालको संविधानको धारा ३२ को उपधारा ३ र धारा ५१ राज्यका नीति निर्देशक सिद्धान्त अन्र्तगत सामाजिक न्याय र समावेशीकरण सम्बन्धि नीतिको भाग ८ ले आदिवासी जनजातिहरु को संस्कृति परम्परालाई संरक्षण र संवर्दन गर्ने नीति सुनिश्चित गरेको छ । यस अर्थमा विगतमा जे जस्ता तृति र कमी कमजोरी भएता पनि समग्र राष्ट्र र विश्वकै सम्पदामा सुचिकृत पशुपति क्षेत्रको मौलिकता र गरिमालाई यथावत राखी सो क्षेत्रका आदिवासी जनजातिको भुमी तथा धार्मिक सांस्कृतिक लगायतका अधिकार स्थापित गरी आफनो परम्रागत थात थलोमा निर्वाध जिवन यापन र धर्म संस्कृतिको अभ्यास गर्न राज्यले ठोस नीति अवलम्बन गर्न आवश्यक छ ।

    निश्कर्ष
    धर्म संस्कृति परम्परा राष्ट्रका पहिचान हुन । विशेष गरी मानव सभ्यताको विकास र पहिचानका लागि बनेका जात्रा पर्व, संस्कार तथा गुठी हरु कुनै एक वर्ग समुदायको मात्र नभई समग्र राष्ट्रकै सम्पत्ति हो । जसको संचालनका लागि मानव संसाधनको आवश्यकता रहन्छ । एउटा वस्ती स्थापना केवल मानविय जिवन यापनका लागि मात्र होईन ती क्षेत्रले सम्बिन्धित धर्म संस्कृति मुल्य मान्यता र जीवन शैलीलाई समेत निरन्तरता दिई रहेको हुन्छ ।

    एउटा वस्ती स्थापना केवल मानविय जिवन यापनका लागि मात्र होईन ती क्षेत्रले सम्बिन्धित धर्म संस्कृति मुल्य मान्यता र जीवन शैलीलाई समेत निरन्तरता दिई रहेको हुन्छ । धर्म संस्कृतिको अभ्यास मानव समुदाय बाट हुने कारण अमुक प्राचीन वस्तीका वासिन्दाई विस्थापित गरिने क्रमले ती धर्म संस्कृति हरु क्रमस लोपोन्मुख हुंदै जाने संभावना प्रचुर रहन्छ जसले राष्ट्र«को गौरव, गरिमा र पहिचान समेत धरापमा पर्ने खतरा त रहन्छ ।

    धर्म संस्कृतिको अभ्यास मानव समुदाय बाट हुने कारण अमुक प्राचीन वस्तीका वासिन्दाई विस्थापित गरिने क्रमले ती धर्म संस्कृति हरु क्रमस लोपोन्मुख हुंदै जाने संभावना प्रचुर रहन्छ जसले राष्ट्र«को गौरव, गरिमा र पहिचान समेत धरापमा पर्ने खतरा त रहन्छ नै समग्र देशकै आर्थिक, सास्कृतिक र पर्यटन व्यवशाय समेत प्रत्यक्ष रुपमा प्रभावित हुने गर्दछ । अर्काेतर्फ आदिवासी जनजातिका अधिकार सुनिश्चित गर्दै विकासका अग्रगामी पहल हरुलाई निरन्तरता दिएका विश्वका अन्य राष्ट्रहरुको नीति तथा अभ्यास लाई आत्म सात गर्न पनि जरुरी हुन्छ । युरोपिय महादेशका सामी जातिका आदिवासी जनजातिहरु लाई नर्वे, फिनल्याण्ड लगायतका देशहरुले उनीहरुलाई स्वतन्त्र रुपमा आफनो राजनैतिक सास्कृतिक अभ्यास गर्न सामी पार्लियामेन्टको अभ्यास गर्न समेत छुट दिएका उदाहरण विश्वमा छ ।

    यस अर्थमा निकट भविश्यमा पशुपति क्षेत्र विकास कोषले बनाउने भु उपयोग र संरचनागत गुरु योजनाले अन्र्तराष्ट्रिय मानव अधिकार, आदिवासी जनजातिका अधिकार तथा लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ को धारा २६ लगायतका धारा तथा राज्यका नीति निर्देशक सिद्धान्तले ले सुनिश्चित गरेको हक अधिकार समेतलाई अवलम्बन गर्नु आवश्यक छ । जसका लागि निकट भविश्यमा बन्ने भु उपयोग र संरचनागत गुरु योजना’ को लागि आवश्यक प्रिक्वालीफिकेशन का लागि कोषको पहलकदमीमा स्थानीय आदिवासी जनजाति का नेवार समुदाय लगायतका आदिवासी जनजाति समुदाय, विज्ञ तथा संचार क्षेत्र समेतको संलग्नतामा वृहत छलफल र बहस हुनु आवश्यक छ । जसका लागि कोषका वर्तमान सदस्य सचिव गोविन्द टंडन सकारात्मक रहेको छ ।

    (इन्डिजिनियस भ्वाइस मा २७ जेष्ठ, २०७३ मा प्रकाशित)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      मीरा राजभण्डारी अमात्य

      मीरा राजभण्डारी अमात्य

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.