Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

ए केटीहरु! नढाँटी भन त के हामीहरु मुक्त भयौं? – सरिता श्रीस

नेपाल रिडर्स नेपाल रिडर्स
बैशाख २, २०७७
- यो हप्ता, राजनीति, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    प्रिय केटीहरु,
    सयौं बर्ष पहिले नै केहि केटीहरु हामीभन्दा धेरै अगाडिको देख्ने र सोच्ने भइसकेका थिए।
    उनीहरुको सामाजिक/राजनीतिक चेतना अग्लो थियो। सायद, म नापेर भन्न सक्दथे भने निर्धक्क भएरै यस्तो भनिदिन्थे,”ती केटीहरुका चेतना स्तर ट्रेङ्गुलेसन या अनेकौं मापन विधिले नाप्न पनि हम्मे हम्मे पर्‍यो, बहुतै उच्चो र फराकिलो रहेछ”। ती केटीहरु रोजाहरु थिए, क्लाराहरु थिए।

    जुनबेला हाम्री जिजुबज्यैहरु ढिकिजाँतोमा आफ्नो खुशी पिन्दै थिए, जुनबेला हाम्री बज्यैहरुले बाजेहरुका अनुहारमा आफ्नो खुशी केलाउँदै गर्थे र जुनबेला ईश्वरको आशीर्वाद भन्दै बर्षेनि गर्भ सहर्ष स्विकारी रहेका थिए र त्यस्ता नियतिहरु पुस्तान्तरण गर्दैथिए। त्यति नै बेला मेरी बज्यै/जिजुबज्यैहरु उभिएकै भूगोलको कुनै कुनामा ती केटीहरु महिला मुक्तिका नारा घन्काउदै थिए। उनीहरु आफुभित्र क्रान्तिको राँको बाल्दै थिए। ती केटीहरु रोजाहरु थिए, क्लाराहरु थिए।

    एउटै समयमा जन्मेका थिए। तर मेरी जिजुबज्यैहरु,बज्यैहरु ती केटीहरु जस्तै नहुनुमा उनीहरुले बाँचेका फरक फरक जिन्दगीका अनेक कथाहरू बाधक बने होलान्। गाउँको टुप्पोबाट देखिने दुनियाँ, यस्तो परिवेशमा हुर्केका जीवनका भाषा र भाकाहरु तर आफू के हो भनेर चिनिसकेका, आफू र आफूजस्ताहरुकोलागि लड्न जानिसकेकाहरुको कथा एउटै कहाँ हुन्छ र ! त्यसैकारण धेरै अगाडि थिए-ती केटीहरु, रोजाहरु, क्लाराहरु।

    ए मेरा दौंतरी केटीहरु!

    नढाँटी भन्दा म आफूलाइ यो समयको पुस्ता हो भन्दा कता कता संकोच मान्दछु। सय बर्ष अघिका ती केटीहरुका आवाजहरु सम्झिन्छु अनि त लाजले झन् शीर निहुरिन्छ। १०० बर्ष पछिको आजको समयमापनि हाम्रो पुस्ताका केहि केटीहरु खुशी खुशीका साथ बजै/जिजुबज्यैहरुको नियति भोग्न तयार छन्। कस्तो शर्मनाक !

    कानून भन्छ- तिमीहरुलाई स्वच्छ हावा समेतको अधिकार छ तर त्यही हावाले छुने मनहरु यहाँ एकैनासका छैनन्। केहि केटा मनहरु छन्, केहि केटी मनहरु छन्। हो! हामी ती हावाहरुलाइ एउटै जस्तो भएर स्पर्श गरिरहेका छैनौ। 

    म निडर थिएँ तर पनि मेरो बाबालाई कहिल्यै प्रश्न गर्नसकिन,”मेरी आमाको जीवन तिम्रो भन्दा फरक किन छ?”, भाइ/दाइहरुलाई कहिल्यै भनिन ,”तिमी र म हर एक कुरामा समान हक राख्दछौ”, श्रीमानलाई कहिल्यै बुझाउन चाहिन,”मैले तिमीजस्तै भएर बाच्नुछ”। हो! म जब जब इतिहासका ती खास खास केटीहरुलाइ सम्झन्छु, मलाई खस खस हुन्छ। आफूलाइ दुनियाँको सबैभन्दा फुच्चे केटी भएको सोच्न बाध्य हुन्छु जो आफूभित्र कुनै आगो हुर्काउन संकोच मान्दछे।

    आज आएर इतिहासका केहि खास पात्रहरुबारे यसरी गम्भीर हुनुका धेरै कारणहरु छन्। उनीहरु प्रविधि र पहुँचका हिसाबले आज हामी बाँचेको भूमि भन्दा धेरै पछाडि थिए तर उनीहरुको चेतना धेरै अगाडि थियो।  केटीहरु ! हाम्रा हात हातमा दुनिया बुझाउने प्रविधि छ, त्यस प्रविधिको सूचनाको प्रयोगमा आफूलाई अब्बल साबित बनाउँदै छौं। तर त्यस सब्बलताले हामीलाई बोल्न पर्ने वाणी बोलाएन। कता कता हामी आफ्नो समयको आवाज बन्न डराएँ झैं लाग्दैछ। हाम्री बज्यैहरु, जिजुबज्यैहरु नजानेरै धेरै कुराहरु बोलेनन् र नियतिवादका अगाडि घुँडा टेके तर हामी बुझेरैपनि बोल्ने हिम्मत गरिरहेका छैनौ। बरु, सहनशील केटी हुनुमा खुशी मान्दैछौ।

    ए हामी केटीहरु !

    रोजाहरु, क्लाराहरु झैं महिला मुक्तिको कुरा त हामीले गरिनैरह्यौं तर नढाँटी भन त के हामीहरु मुक्त भयौ?

    तिमीहरुकै माझकी एक केटी

    सरिता श्रीस 

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.