Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

धनीले पृथ्वी बर्बाद पारे तर गरीबले जिम्मेवारी भुल्नुहुन्न

प्रकाश अजात प्रकाश अजात
बैशाख १, २०७८
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    संयुक्त राष्ट्रसंघका अनुसार विश्वका एक प्रतिशत धनीमानीहरूले विश्वका सबैभन्दा गरीब ५० प्रतिशत मान्छेले भन्दा दोब्बर कार्बन उत्सर्जन गर्छन्। अर्थात् एक प्रतिशत धनीमानीहरूले पृथ्वीमा सबैभन्दा धेरै प्रदुषण गर्छन्, पृथ्वीलाई हानी पुर्‍याउँछन्। उल्लेख्य यो छ कि धनीमानीहरू प्रायः धनी देशकै वासिन्दा हुने गर्छन्।

    के हो कार्बन ? यसले पृथ्वीलाई कसरी हानी गर्छ?

    हामीले उद्योग चलाउन होस्, आगो बाल्न होस् या कुनै सामान उत्पादन गर्न, त्यसका लागि कुनै न रूपमा उर्जाको प्रयोग हुन्छ। त्यस उर्जामार्फत कार्बनडाइअक्साइड, कार्बन अथवा हरित गृह ग्याँस उत्पादन हुन्छ। सरल रूपमा भन्नुपर्दा, हामीले जुनसुकै काम गर्दा या सामान उत्पादन गर्दा त्यसमा उर्जा लाग्छ, सो प्रक्रियामा कार्बनडाइअक्साइड निस्कन्छ। जति धेरै कार्बनडाइअक्साइड उत्पादन हुन्छ, पृथ्वीमा उति नै ताप वृद्धि हुन्छ। उत्ति नै प्रदुषण फैलन्छ।

    पृथ्वीको तापक्रम धेरै बढ्नु पृथ्वीको स्वास्थ्यकै लागि एकदमै खतरापूर्ण हुन्छ। पृथ्वीको स्वास्थ्य बिग्रँदा यहाँ बस्ने मानिसलगायत सबै जीवको स्वास्थ्य संकटमा पर्छ। अनेक स्वास्थ्य र वातावरणीय महामारी आइपर्छ। तुवाँलोका कारण अहिले नै पनि नेपालीहरूलाई श्वासप्रश्वासका रोग टन्नै देखिएका छन्। दिर्घकालिन रूपमा वायुप्रदुषणका कारण फोक्सोका क्यान्सरलगायतका रोगहरू देखिन्छन्।

    पृथ्वीमा तापक्रम बढ्दा हिमालको हिउँ पग्लिन्छ र समुद्री तटमा पानीको तह बढ्छ। जसका कारण समुद्री किनारमा बस्ने मानिसहरूको जीवन संकटमा पर्न जान्छ। समुद्री तटमा बस्ने असंख्य मान्छेहरू भोलिका दिनमा अन्यत्र बसाइँसराईँ थाल्ने अवस्था सिर्जना हुन्छ। त्यसले ठूलाठूला मानवीय संकटहरू निम्त्याउँछ।

    वनजंगल, कार्बन फुटप्रिन्ट र दहीदुध/मासु

    घण्टा, दिन, महिना, बर्षमा हामी आफ्ना कारणले जति कार्बनडाइअक्साईड निकाल्छौँ, हामीले फाल्ने कार्बनडाइअक्साइडको त्यो अनुपात/तौललाई नै ‘हाम्रो कार्बन फुटप्रिन्ट’ भनिन्छ। हामीले पृथ्वी र आफ्नो स्वास्थ्यबारे गम्भीर भएर सोच्न सक्यौँ भने कम कार्बनडाइअक्साइड निकालेर हामीले पृथ्वीको जलवायु परिवर्तनमा ठूलो भूमिका खेल्न सक्छौँ। जति कम कार्बनडाइअक्साइड, उति कम जलवायु परिर्तनको असर।

    र, अर्को कुरा, पेट्रोल, डिजललगायतका इन्धन प्रयोग हुने गाडी, धेरै धुवाँ फाल्ने उद्योगधन्दा र अत्यधिक प्राकृतिक स्रोतहरू प्रयोग हुने पशु उद्योगहरू कार्बनडाइअक्साइड धेरै फाल्नमा जिम्मेवार छन्। फोटोसेन्थेसिस प्रक्रियाबाट वायुमण्डलमा रहेको कार्बनडाइअक्साईडलाई रुखहरूले संचित गर्ने गर्दछन्। त्यसो हुँदा वनजंगल मासिँदा पनि कार्बनडाइअक्साइडको मात्रा पनि बढ्न जान्छ। यसर्थ, रुखबिरुवा र जंगल नासिनु पनि पृथ्वीबासीका लागि हानिकारक छ। जलवायु परिवर्तनलाई कम गर्नका लागि वनजंगल विनास पनि रोक्नुपर्ने देखिन्छ।

    अर्को भुल्न नहुने तथ्य, हामीले अति सरल जीवन जियौँ भने हाम्रा कारण कार्बनडाइअक्साइड कम उत्पादन हुन्छ। किनकि खाद्य, लत्ताकपडालगायतका जेसुकै सामग्री बनाउनका लागि उर्जाको खर्च हुन्छ। त्यसो हुँदा कम सामान उपयोग गर्न सके पृथ्वीलाई कार्बन भार कम पर्न जान्छ। सोही कारण अचेल वातावरण अभियन्ताहरू उपभोग्य सामानहरू कम किन्ने, कतिपय सामानलाई पुर्नप्रयोग गर्ने, धेरै लुगा कपडा प्रयोग नगर्ने, पेट्रोल डिजल प्रयोग हुने गाडी कम चढ्ने या नचढ्ने, बरु पैदल हिँड्ने, साइकल चढ्ने या विद्युतीय साधन प्रयोग गर्ने गर्दछन्।

    मासु र दहीदुध उत्पादनका लागि पनि धेरै उर्जा खपत हुने भएकाले खासगरी युरोप र अमेरिकाका धेरैजसो वातावरण अभियन्ताहरूले अचेल दहीदूध, माछामासु नै खान छाडेका छन्। खाए पनि त्यसको अनुपात घटाएका छन्। सिधै अन्न र सागपात खानुभन्दा महिनौँ लगाएर धेरै अन्न, घाँस र पानी खुवाएर उत्पादन गरेको मासु र दुग्धपदार्थले वातावरण नास गराउने भएकाले उनीहरूले यस्तो उपाय अवलम्बवन गरेका हुन्।

    रिपोर्टको कुरा

    र, पछिल्लो पटक सार्वजनिक भएको एक बेलायती रिपोर्टले खासगरी धनीमानीहरूले आफ्नो जीवनमा व्यापक परिवर्तन नगरेसम्म जलवायु परिवर्तनमा कमी नआउने बताएको हो। यो रिपोर्ट ‘व्यवहार परिवर्तनमा बढोत्तरी गर्नेबारेको क्याम्ब्रिज सस्टेनिबिलिटी आयोग’ले जारी गरेको हो।

    सन् १९९० देखि सन् २०१५ भएको कार्बन उत्सर्जन वृद्धिमा यो ‘तथाकथित प्रदुषक सम्भ्रान्त/धनी वर्ग’को योगदान थियो। रिपोर्टका लेखकहरूले धनीमानी मान्छेहरूलाई आफ्ना ठूला गाडीहरू (सभ स्पोर्ट युटिलिटी भेइकल)को प्रयोग नगर्न, बारम्बार विमान नचढ्न र आफ्ना घरहरूलाई प्राकृतिक रूपमै न्यानो बनाउन आग्रह गरेका छन्।

    प्राय चिसो वातावरण हुने अमेरिका र युरोपलगायतका देशहरूमा बस्ने मान्छेमध्ये कतिपयले आफ्नो घरलाई प्राकृतिक रूपमै न्यानो रहने प्रविधि प्रयोग गर्छन्। कतिपयले नियमित रूपमा बिजुली वा अन्य इन्धनको उपयोग गरेर घरलाई न्यानो राख्छन्। धनीमानी मान्छेहरूसँग कुस्त पैसा हुने हुँदा उनीहरू आफ्ना ठूला घरहरूमा चौबिसै घन्टा बिजुली वा अन्य इन्धनको प्रयोग गरेर घरलाई न्यानो राख्न कुनै समस्या हुँदैन। तर यसरी चौबिसै घण्टा उर्जाको प्रयोग गर्दा त्यसले पृथ्वीलाई नै तातो बनाइराखेको हुन्छ। जसका दिर्घकालिन असरहरू भयावह हुनसक्छन्।

    रिपोर्टका लेखकहरूले बेलायत फर्कने हवाई यात्रीहरूमाथि यसअघि लगाइएको कर हटाउने सरकारी निर्णय फिर्ता गर्न पनि आग्रह गरेका छन्। नियमित रूपमा हवाईजहाज लगायतका ठूला र धेरै इन्धन प्रयोग हुने सवारी प्रयोग गर्दा पनि वायुमण्डलमा कार्बनडाइअक्साइड धेरै निक्लन्छ। रिपोर्टका लेखकहरूले बेलायती सरकारले केही पहिले हटाएको ‘कम कार्बनडाइअक्साइड उत्सर्जन गर्ने घर’लाई दिएको सहायता रद्ध गर्ने निर्णय पनि उल्ट्याउन आग्रह गरेका छन्।

    सो रिपोर्ट लेख्ने समूहमा ३१ जना व्यक्तिहरू सहभागी थिए, जसले ‘मान्छेको वातावरणसम्बन्धी व्यवहार’को अध्ययन गरेका थिए। यो टोलीलाई कार्बन उत्सर्जन कम गर्नका लागि सबैभन्दा बढी प्रभावकारी माध्यम पत्ता लगाउन अह्राइएको थियो। तर कतिपय आलोचकहरूले भने वायुमण्डलबाट कार्बन घटाउनका लागि मान्छेको दैनिक बानी र व्यवहार बदल्ने कुरामा जोड दिनुभन्दा प्रविधिमा सुधार गर्नुपर्ने बताउँछन्। मान्छेको आदत र व्यवहार घटाउने कुरा सहज र लोकप्रिय नहुने तिनको तर्क छ। हुन पनि हो, आफूलाई सहज लागेको बानी छाड्न निकै नै कठिन हुन्छ। तर यहाँ त हाम्रो भविष्यका सन्तानको अस्तित्वको कुरा छ!

    सो रिपोर्टका प्रमुख लेखक तथा ससेक्स विश्वविद्यालयका प्रोफेसर पिटर नेवेल भन्छन्, ‘प्रविधिमा सुधार गरिनुपर्ने कुरामा पूर्णत सहमत छौँ तर तत्कालै कठोर कदमहरू चाल्नुपर्ने बेला भइसक्यो, किनभने कार्बन उत्सर्जन बढेको बढ्यै छ। जुनसुकै कुरा अति उपभोग गर्ने हाम्रो बानी हामीले अब घटाउनुपर्छ। र, त्यो कामको सुरुवातचाहिँ प्रदुषक सम्भ्रान्त/धानीमानीहरूबाटै गर्नुपर्छ। किनकि उनीहरूले आफ्नो भागमा आइपर्ने उत्सर्जनभन्दा धेरै नै बढी कार्बन वायुमण्डलमा उत्सर्जन गर्ने गरेका छन्। यी तिनै व्यक्ति हुन्, जो धेरैजसो विमानमार्फत यात्रा गरिरहन्छन्, ठूलाठूला गाडीहरू चलाउँछन् र सबैभन्दा ठूला घरहरूमा बस्छन्।’

    धेरै विमान यात्रा गर्नु पनि पृथ्वीका लागि हानिकारक

    नेवेलको भनाई छ, ‘जति धेरै ठूला गाडी भयो, उति धेरै प्रदुषण, जति ठूला घर भए, त्यसलाई न्यायनो राख्न उत्तिकै इन्धन प्रयोग। उनीहरूलाई प्राकृतिक रूपमै घर तताउने इन्सुलेसन प्रविधिको पनि चिन्ता छैन किनकि उनीहरू विद्युत र अन्य इन्धनको महसुल तिर्न सक्छन्। जबकि यि तिनै मान्छे हुन्, आफूले चाहे भने जस्तोसुकै गुणस्तरीय इन्सुलेनसन र सोलर प्यानेल आफ्नो घरमा हाल्न सक्छन्। तर उनीहरूलाई यसतर्फ मतलबै छैन ।

    प्रोफेसर नेवेलको जोड छ, ‘जलावयु पविर्तन रोक्ने कुरा सामूहिक प्रयत्न हो भनेर बुझ्नपर्छ। यस्तो अवस्थामा धनीहरूले आवश्यकताभन्दा ज्यादा उपभोग नगरेर, साधनस्रोतको दोहन नगरेर गरीब मान्छेहरूका सामु उनीहरू उदाहरण पनि बन्न सक्छन्।’ नोवेलको दावी छ, ‘हवाइजहाजमा धेरै यात्रा गर्ने कतिपय धनीमानीहरू ठान्दछन् कि हवाइजहाजमा उडेरै धेरै कार्बन उत्सर्जन गरे पनि वृक्षारोपणलगायतका अन्य वातावरणसम्बन्धी कार्यक्रमहरूलाई सहयोग गरेर उनीहरूले सन्तुलन नै कायम गरिरहेका छन् । तर त्यस्तो होइन।

    वृक्षारोपण कार्यक्रम र हावाबाटै कार्बनडाइअक्साइड नियन्त्रण गर्ने योजनाहरू उति सक्षम प्रमाणित भएका छैनन्। अब धनीमानीहरूले कम हवाई यात्रा गर्नुपर्छ र ठूलाठूला गाडीहरू कम कुदाउनु पर्छ। धनीमानीहरूले विद्युतीय गाडी नै कुदाएपनि त्यो गाडी बनाउने क्रममा भएका स्रोतको दोहनका कारण त्यसले कार्बनडाइअक्साईड धेरै फ्यालेको हुन्छ। यसर्थ, हामी सबैले गाडी कम कुदाउनमै कल्याण छ।’

    ‘वातावरण संरक्षण संजाल’ नामक बेलायती संस्थामा काम गर्ने साम हल ‘व्यापारहरूलाई बढी वातावरणमैत्री बनाएर, वातावरणसम्बन्धी जिम्मेवार कानुनहरू लागू गराएर र वातावरणमैत्री योजनाहरूलाई सरकारी सहयोग र अनुदान दिँदा कार्बन उत्सर्जन घट्ने’ बताउँछन्। उनको तर्क छ, ‘व्यापक जरिवाना लगाएर र जीवनमै परिवर्तन गर्न लगाएर भन्दा पनि विद्युतीय गाडी र नयाँ सफा प्रविधिहरूमा जोड दिन सके त्यसमा जनताको व्यापक समर्थन मिल्छ।’

    नेवेलचाहिँ अहिलेको राजनीतिक संरचनाले धनीमानि र तिनीहरूका संस्थालाई मनलाग्दी गर्न दिएको आरोप लगाउँछन्। केही अघि सम्पन्न बेलायती ‘जलवायु सभा’ले प्रस्तुत गरेको रिपोर्टले पनि कार्बन घटाउनका लागि कडा व्यवहारहरू, जस्तै: मासु र दुग्धको उपभोग घटाउने, धेरै प्रदुषण फैलाउने सभ गाडीहरूमाथि प्रतिवन्ध लगाउने र नियमित हवाइ उडानहरूमा कर लगाउने प्रस्ताव गरेको थियो।

    तर नियमित हवाई उडानमाथि कर लगाउने विषयलाई कतिपयले व्यक्तिगत स्वतन्त्रतामाथिको अवरोधका रूपमा बुझ्छन्। किनकि कुनै मान्छे कत्तिको हवाई यात्रा गरिरहेको छ भन्ने कुरा तय गर्न उनीहरूको यात्रामाथि निगरानी राख्नुपर्ने हुन्छ । त्यसमाथि ‘मल्टिपल पासपोर्ट’ भएका मान्छेहरूको ट्र्याक राख्न पनि कठिन हुनजान्छ।

    धनीमाथि कडा हुनैपर्छ

    तर नेवेलको रिपोर्ट भन्छ, ‘पेरिस एग्रिमेन्टले खोजेको लक्ष्य हाम्रा जीवनका व्यवहारहरूमा व्यापक परिवर्तन नल्याएसम्म प्राप्त हुनेवाल छैनन्। खासगरी धनीमानीहरूले आफ्नो जीवनशैलीमा व्यापक परिवर्तन ल्याउनैपर्छ। एउटा गतिमा जलवायु परिवर्तनका लक्ष्यहरू प्राप्त गर्ने हो भने हामीले खुम्चनै पर्छ । प्रकृतिको दोहन घटाउनुपर्छ। जीवन पद्धति बदल्नैपर्छ।’

    लामो समयदेखि जलवायु परिवर्तनमा धनी र धनी राष्ट्रहरू बढी जिम्मेवार हुनुपर्ने तर्क आइरहेका छन्। र, भारतजस्ता देशहरूले बारम्बार आफूहरूले कार्बन उत्सर्जन बढाउन पाउनु पर्ने तर्क गर्दै आइरहेका छन्। उनीहरूको बुझाइ छ, ‘प्रतिव्यक्ति हिसाब गर्दा पनि हामीले अन्य धनी राष्ट्रका तुलनामा कम उर्जा उत्सर्जन गरेका छौँ । हामीमाथि किन दवाब?’

    भारतलगायत गरीब मुलुक र गरीबहरूको वकालत गर्ने विभिन्न संस्थाहरूले गर्ने यस्तो तर्कमा दम भएपनि भोलिका दिनमा पृथ्वीमा आउने विनासले सबैभन्दा प्रभावित यहाँका निम्छरा र गरीब नागरिकहरू नै हुनेछन्। निश्चय नै धनीमानीहरूले गर्ने अति धेरै सामानको खरिद र अति धेरै उपभोग जलवायु संकटको प्रमुख जिम्मेवार हो। तर जलवायु परिवर्तनले भोलि ल्याउने महाप्रलयमा धनीमानीहरूलाई बाँच्न र उम्कन गरीबहरूलाई भन्दा धेरै सहज हुनेछ। जबकि गरीबहरूलाई त्यस संकटबाट बँच्न कठीन हुनेछ। यसर्थ, पृथ्वीको जलवायु परिवर्तनमा हामीले जानेबुझेसम्म कम प्रदुषण बनाउनेतर्फ अघि बढौँ। प्रकृतिमा उपलब्ध स्रोतहरूको कम प्रयोग गरौँ। प्रकृतिको शोषण रोकौँ। जिउनकै लागि अत्यावश्यक कृयाकलापहरू त हामीले गर्नैपर्छ तर प्राकृतिक स्रोत साधनको निमर्म दोहन नगरौँ। कम स्रोत र साधन प्रयोग गरौँ।

    सकिन्छ पैदल हिँडौँ, सकिन्न, साइकलमा यात्रा गरौँ। सम्भव भएसम्म सार्वजनिक सवारीमा यात्रा गरौँ । सकिन्न, सवारीमा सेयरिङ उपायहरू अपनाऔं। सम्भव भएसम्म घरमै खाना र खाजा बनाएर खाउँ। खाना खेर नफालौँ। सकेसम्म सागपात र अनाज खाउँ । दुध र माछामासु कम गरौँ, सकिन्छ नखाउँ। सामान र लत्ताकपडा किनेको किन्यै नगरौं। यसरी जीवनलाई सबैले अति सामान्य बनाउने हो भने हामीभन्दा अझै गरीबहरूको जीवन पनि सहज हुनेछ । अनि त्यसले कम कार्बनडाइअक्साइड उत्सर्जन हुनेछ।

    सारमा भन्नुपर्दा, धनीहरूले पृथ्वीको दोहनमा बढी भूमिका खेले। उनीहरू गैरजिम्मेवार भए भन्दैमा मध्यम वर्गीय, निम्न मध्यम वर्गीय र गरीबहरूले पनि गैरजिम्मेवार हुनुहुन्न। किनकि संकटका समयमा आपतमा पर्ने भनेकै हामी हौँ। हामीले हामीलाई जन्म दिने पृथ्वीप्रति जिम्मेवारी नभुलौँ। हाम्रा बच्चाहरूका लागि प्रदुषणयुक्त पृथ्वी नछाडौँ। हामी यति धेरै जिम्मेवार बनौँ कि, हाम्रा अभियानहरूले सम्भ्रान्त र धनीहरूले पनि हाम्रो जीवनशैली अनुसरण गर्न सकुन्। किनकि पृथ्वी बाँचे तिनका सन्तान पनि यो धर्तीमा बाँच्न पाउनेछन्।

    र, अन्त्यमा

    एउटा उदाहरण पेश गरौँ। कुनै डुंगामा एकदमै मोटा व्यक्ति र अर्का एकदमै दुब्ला व्यक्ति यात्रारत थिए। अचानक सामान्य हुरी आयो र डुंगा ढलपल हुन थाल्यो। डुंगा ढलपल हुनुमा मोटो व्यक्ति बढी जिम्मेवार थियो तर ‘तेरै कारण डुंगा डुब्ने भयो’ भनेर दुब्लाले भन्न थाल्यो र डुंगालाई बचाउने प्रयत्न गरेन भने डुंगामा सवार दुबै जनाको ज्यान जाने सम्भावना रहन्छ । यसर्थ, जलवायु परिवर्तनका असर कम गर्नका लागि पनि समाजका मध्यम वर्ग, निम्न मध्य वर्ग र गरीबहरूले पनि उत्तिकै जिम्मेवार हुनैपर्छ। डुंगालाई डुब्नबाट जोगाउनुपर्छ।

     

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      प्रकाश अजात

      प्रकाश अजात

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.