Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

जनताको बहुदलीय जनवादः क्रान्तिको कार्यक्रम कि सिद्धान्त?

जनताको बहुदलीय जनवाद मार्गदर्शक सिद्धान्त होइन। मार्क्सवादको मार्गदर्शनमा वर्तमान क्रान्तिको कार्यक्रम हो, बस् । जे हो त्यसलाई होइन भन्नु पनि झुठ हो। जे होइन त्यसलाई हो भन्नु पनि झुठ हो। यसले क्रान्ति होइन भ्रान्ति मात्र सृजना गर्दछ।

सच्चिदानन्द जोशी सच्चिदानन्द जोशी
अशोज ११, २०७८
- यो हप्ता, राजनीति
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सिद्धान्त के हो?
    जनताको बहुदलीय जनवाद (जवज) सिद्धान्त हो की होइन भने निर्क्यौैल गर्नु पूर्व सिद्धान्त के हो र यसले के गर्छ तर्फ ध्यान दिनु जरुरी छ। त्यसपछि मात्रै यो प्रष्ट हुनेछ कि जबज सिद्धान्त हो कि होइन।

    सिद्धान्त एउटा मानक हो। तथ्यवाट सत्य पत्ता लगाउने सार्वभौम नियमहरु सहितको मानक। तथ्यहरु सत्य हुन पनि सक्छन् र नहुन पनि सक्छन्। कुनै तथ्यहरु सत्य नै रहेछन् भने पनि सान्दर्भिक वा सम्बन्धित नहुन पनि सक्दछन् वा अर्को तथ्यको तुलनामा समान प्रभावकारी नहुन पनि सक्छन्। कम वा अप्रभावकारी र असान्दर्भिक तथ्यहरुले सत्य नै भए पनि योगदान दिन सक्दैनन्। तथ्यहरु आफैले बोल्दैनन्। तिनीहरु सिद्धान्तको आलोकमा हेरिने हुन्। सिद्धान्तको लेन्सले हेरिने हुन्। सिद्धान्तको अभावमा सबै तथ्यहरु बराबर महत्वका लाग्न थाल्छन्। कतिपय महत्वपूर्ण र सान्दर्भिक तथ्यहरु पनि वेवास्तामा पर्न सक्छन् भने कतिपय कम महत्वका वा महत्वहीन र आसान्दर्भिक वा अप्रभावकारी तथ्य पनि महत्वपूर्ण र सान्दर्भिक मानिन सक्छन्। दुवै अवस्थामा गलत बुझाई बन्न जान्छ र अन्ततः गलत निष्कर्ष निस्कने हुन्छ। त्यस्तै सत्य हुनु र सिद्धान्त हुनु एउटै होइन । तथ्यहरु सत्य हुन् भन्दैमा हरेक तथ्यले कुनै मानकको आवश्यकता नठानी आफैलाई सिद्धान्त घोषणा गर्दै हिड्नु उत्तरआधुनिकता हो। यस्तो खेल हो जहाँ कुनै नियम चाहिदैन। मार्क्सवादले त्यस्तो अनुमति दिदैंन।

    अदालतका सबै फैसला नजीर हुँदैनन्। नजीर बन्न पनि एउटा सामान्य सर्वभौकिता आवश्यक पर्दछ। ‘म जहाँ उभिएको छु पंक्ति त्यहींबाट शुरु हुन्छ’ को उदण्ड अराजकता अन्तत ‘म नै राज्य हुँ’ मा पतन भएर टुङ्गिन्छ। त्यसैले तथ्यहरुको सत्यता, सान्दर्भिकता र महत्व सिद्धान्तको कसिमा घोटिएर तय हुन्छ, आफैलाई सिद्धान्त घोषणा गरेर होइन। परिस्थितिवस कसीको भन्दा सुनको मूल्य बढी भएको हुनसक्छ तर सुनको कसी सुन आफै हुदैन। सुनले सुन हुनमा नै गर्व गर्नुपर्छ कसी हुनमा होइन र त्यस्तो गर्व गर्न पनि कसीमा घोटिनै पर्दछ। तथ्यहरुले सिद्धान्तको विकासमा योगदान त पक्कै गर्दछन् तर जाँच्‍ने कसी सिद्धान्त हो जाँचिने तथ्य सिद्धान्त होइनन्।

    जनवाद के हो ?
    सिद्धान्तका वारे यति कुरा गरिसके पछि अव जाऔं जनवाद तिर। मार्क्सवादीहरु दुनियाँमा दुईखाले जनवाद (लोकतन्त्र/ Democracy) को अस्तित्वलाई मान्दछन्। क्रान्तिको नेतृत्व पूँजीपति वर्गले गरेको, क्रान्ति पछि उसैको अधिनायकत्व चलेको र शोषणमा आधारित पूँजीको प्राधान्यता रहेको समाज निर्माण हुने जनवाद अर्थात् पुरानो जनवाद र जनताको नेतृत्वमा संयुक्त मोर्चाले क्रान्ति गर्ने, क्रान्ति पछि संयुक्त अधिनायकत्व कायम हुने र शोषणरहित समाजवादी समाज निर्माण हुने जनवाद अर्थात् नयाँ जनवाद।

    पूँजीवाद समाजवाद सम्म पुग्‍ने अनिवार्य बाटो हो। पूँजीवादी युग पार नगरी कुनै पनि समाज समाजवाद तर्फ अघि बढ्दैन, वढ्न सक्दैन। हिजो त्यस्तो पूँजीवादी यूग पूँजीपति वर्गले आफ्नो नेतृत्वमा ल्याएको थियो। तर आज कैयौं पारिस्थितिहरुले पूँजीपति वर्गले आफ्नो क्रान्तिकारी चरित्र गुमाई सकेको हुँदा श्रमिक वर्गले नै आफ्नो नेतृत्वमा पूँजीवादी क्रान्ति सम्पन्न गरेर अघि बढ्नु पर्ने अभिभारा आएको हो। श्रमिक वर्गले आफ्नै हित (समाजवादमा पुग्न) का लागि नै पूँजीपति वर्गलाई समेत मुक्त पार्दछ र संयुक्त जनवादी सत्ताको भरमा समाजवाद तर्फ संक्रमणको लागि भौतिक तथा सांस्कृतिक निर्माणतर्फ अघि बढ्छ। त्यस प्रकारको जनवादी क्रान्ति यस अघि पुँजीपति वर्गले सम्पन्न गरेका जनवादी क्रान्ति भन्दा रुपमा मात्र होईन सारमा पनि भिन्न हुन्छन्, हुनेछन्। त्यसको लक्ष्य फरक छ,हुनेछ। यो नै अहिलेसम्म विकसित भएको मार्क्सवादी सिद्धान्तको शिक्षा हो। यसै सिद्धान्तको आलोकमा कतिपय मुलुकमा यस्ता क्रान्ति सम्पन्न भएका छन्। कतिपय मुलुकमा जारी छन्। कतै यसलाई नयाँ जनवाद भनियो, कतै जनताको जनवाद वा कतै राष्ट्रिय जनवाद। नेपालको तत्कालिन विशिष्ट पारिस्थिति र अन्तर्राष्ट्रिय अनुभवहरुको आधारमा विभिन्न थप विशेषताहरुलाई समेत समेटेर यसलाई जनताको बहुदलीय जनवाद भनियो।

    जनताको वहुदलीय जनवाद के हो?
    का. मदन भण्डारीका अनुसार जनताको वहुदलीय जनवाद भनेको यस्तो जनवादी राज्यसत्ता (अधिनायकत्व) हो जसको शासन प्रणालीमा वहुदलीय प्रतिस्पर्धा रहेको हुन्छ। अर्थात् यसमा क्रान्ति पछि स्थापना हुने राज्यसत्ता (अधिनायकत्व) जनवादी (लोकतान्त्रिक–Democratic) हुने र त्यो पुरानो जनवाद जस्तो पूँजीपति वर्गको एकलौटी नभई जनताको समेत संयुक्त राज्यसत्ता हुने भएकोले वहुवर्ग विच प्रतिस्पर्धालाई यसले स्विकार गर्दछ। वर्गीय समाजमा दलहरुले वर्गहरुको राजनीतिक प्रतिनिधित्व गर्ने भएकोले त्यस्तो प्रतिस्पर्धा दलीय हुने समेत यसले स्विकार गरेको छ। यहि तथ्यहरु र थप केही विशेषता समेत अंगिकार गरिएको यो (जवज) नयाँ जनवाद नै हो।

    जबज कार्यक्रम हो,सिद्धान्त होइन

    का. भण्डारीले पनि जनवाद पुरानो र नयाँ गरी दुईखालको हुने र अवको क्रान्ति पुरानो खाले नभई नयाँ खाले हुने कुरालाई स्विकार गर्नुभएको छ। उहाँले केवल त्यस नयाँ जनवादी क्रान्ति पछि संयुक्त सत्ता स्थापना हुने भनिसकेपछि केवल मजदुर वर्गको पार्टीले मात्र शासन संचालन गर्ने व्यवहार गलत सावित हुदै गएकोले नयाँ जनवादको प्रयोगमा रहेका कमीकमजोरीहरु हटाई मानव जातिले आर्जन गरेका कतिपय उपलव्धिहरुलाई सम्मान साथ थप गरी शासन प्रणालीमा वहुदलीय प्रतिस्पर्धा सहितको जनवादको कुरा गर्नुभएको छ। त्यस्तो शासन प्रणालीमा वहुदलीय प्रतिपर्धालाई स्विकार गर्दा आईपर्ने थप जटिलताहरुको व्यवस्थापनका लागि मानव जातिले सभ्यता विकासका क्रममा आर्जन गरेका कयौं उपलब्धीहरु समेत थप गरेर जनताको वहुदलीय जनवाद नामाकरण गरिएको हो।

    लेखक- सच्चिदानन्द जोशी

     

    यो कुनै नयाँ सिद्धान्त होइन। यो क्रान्तिको कार्यक्रम हो। पाँचौं राष्ट्रिय महाधिवेशनमा पारित दस्तावेज अनुसार पनि यो ‘पार्टीले सार्वजनिकरुपमा फहराएको आफ्ना लक्ष्यहरु सहितको झण्डा’ हो। सिद्धान्त त मार्क्सवाद–लेनिनवाद नै हो। उहाँले क्रान्ति पछिको शासन प्रणाली एकदलीय हुने वा बहुदलीय हुने कुरालाई समाजको क्रान्तिकालीन र क्रान्ति पछिको विशिष्ट अवस्थाले निर्धारण गर्ने विषय भएकोले त्यो सिद्धान्तको विषय होइन भन्दै प्रष्ट रुपमा ‘जनताको वहुदलीय जनवाद नेपाली क्रान्तिको कार्यक्रम हो’ भन्नु भएको छ। यति प्रष्टसँग भन्दाभन्दै पनि कतिपय मानिसहरु जवजलाई सिद्धन्त घोषणा गर्ने, ‘यो सिद्धान्त नै हो’ भन्ने ढीपि गर्ने अनि त्यसैको मार्गनिर्देशनमा क्रान्ति सम्पन्न गर्ने कुरा गर्दछन्, जुन सहि कुरा होइन।

     

     

    सिद्धान्त र कार्यक्रमको अन्तरसम्वन्ध
    जे हो त्यही भन्नु यथार्थ हो। यथार्थ के हो भने जनताको वहुदलीय जनवाद सिद्धान्त होइन कार्यक्रम हो। जनताको जनवादी क्रान्तिको सुदृढीकरणको चरणमा लागु गरिने क्रान्तिको कार्यक्रम। यो कार्यक्रम सिद्धान्त अनुसार ठीक छ कि छैन? यसले क्रान्तिको विज्ञान (मार्क्सवाद–लेनिनवाद) को उचित दिशा निर्देश लिएको छ कि छैन? यो क्रान्तिका सिद्धान्तहरुसँग कति संगत छ, कति असंगत छ? संगत पक्ष के हुन्, असंगत पक्ष के हुन्? यसलाई थप संगत बनाउन के–के गर्नुपर्छ? यसले सही परिणाम ल्याउँछ कि ल्याउदैन? यसको परिणाम अन्ततः जनताको पक्षमा हुन्छ कि प्रतिक्रियावादीहरुको पक्षमा? जस्ता प्रश्नहरुको जवाफ यसका हरेक भनाईहरुलाई, मान्यताहरुलाई मार्क्सवाद (मार्क्सवाद–लेनिनवाद) को कसीमा घोटेर हेर्ने हो। मार्क्सवादको आलोकमा यसको सत्यता जाँच्ने हो। जहाँ जहाँ यसले मार्क्सवादको परिक्षा पास गर्न सक्दैन, त्यहाँ त्यहाँ यसलाई निर्मम उपचार गर्ने हो। त्यसो गर्नुको सट्टा यसलाई नै सिद्धान्त हो भन्नु भ्रमपूर्ण र जालसाँजी कुरा हो।

    जनताको बहुदलीय जनवाद स्वयंलाई सिद्धान्त घोषणा गरिदिएर आफनो मानक आफै हुने घोषणा गर्ने, आफ्नो सिद्धान्त आफै हुने घोषणा गर्ने र आफ्नो निर्णय आफै गर्ने जस्ता मनोगत कामले जानाजान वा अन्जानमा झन् ठूलो भ्रमको सृजना गर्दछ। आफै सिद्धान्त भएपछि आफ्नो ठहरलाई कुनै कसीमा जाँचपडताल गर्नैपरेन। ठीक वा बेठीक घोषणा गर्ने प्राधिकार स्वयं आफु नै हुने भयो। यो आफु स्वयं र क्रान्तिलाई पनि दिग्भ्रमित गर्ने काम हो।

    जनताको बहुदलीय जनवाद मार्गदर्शक सिद्धान्त होइन। मार्क्सवादको मार्गदर्शनमा वर्तमान क्रान्तिको कार्यक्रम हो, बस्। जे हो त्यसलाई ‘होइन भन्नु’ पनि झुठ हो। जे होइन त्यसलाई ‘हो भन्नु’ पनि झुठ हो। यसले क्रान्ति होइन भ्रान्ति मात्र सृजना गर्दछ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सच्चिदानन्द जोशी

      सच्चिदानन्द जोशी

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.