नेकपा (माओवादी केन्द्र) का नेता राम कार्की ‘पार्थ’ को किताब ‘विकल्पः समता, समाजवाद र मुक्त दुनिया’ भर्खरै प्रकाशन भएको छ। पुस्तकमा समतामूलक समाज निर्माणका लागि समाजवादी परिकल्पना र कार्ल मार्क्सले भन्ने गरेको मुक्त मानवको अवधारणामाथि विहंगम चर्चा गरिएको छ। यसका साथै पुस्तकमा लेखकले माओवादी आन्दोलनका सबल र दुर्बल पक्षबारे केलाउने प्रयत्न गरेका छन्। उनै पार्थसँग पुस्तकको सेरोफेरोमा रहेर नेपाल रिडर्सका लागि कुराकानी गरेका छन् झलक सुवेदीले।
तपाईंले बुझेको मार्क्सवाद के हो?
कार्ल मार्क्सको जीवन र कर्मलाई संक्षेपिकरण गरेर भन्ने हो भने मानिसलाई पूर्ण मानव बनाएर समतामूलक समाज निर्माणका लागि प्रतिरोध गर्न सिकाउने हो। नेपालमा विभिन्न प्रकारका बिसङ्गति छन्। त्यसको विकल्प कसले प्रस्तुत गर्न सक्छ भनेर हेरियो भने विभिन्न विचारधारामध्ये मार्क्सवाद नै उत्तम विचारधारा हो भन्ने अर्थमा मैले यसलाई बुझेको छु।
नेपाली समाजमा मार्क्सवादको प्रयोगमा कहाँ समस्या रहेको पाउनु हुन्छ र त्यसलाई कसरी हल गर्न सकिन्छ?
मुख्यतः मार्क्सको ठूलो अन्वेषण भनेकै समाजको अगुवाई गर्ने वर्ग पत्ता लगाउनु थियो। उदाहरणका लागि ऐतिहासिक रुपमा कुनै कालखण्डमा दास मालिकले, कुनै कालखण्डमा सामन्तले समाजको नेतृत्व गरे। र, हाल पुँजिपति वर्गले समाजको नेतृत्व गरिरहेका छन्। तर, समाजमा विषमता, अन्याय र अत्याचार बढ्दै गयो। पुँजिवाद, जसले भातृत्व, समानता र बन्धुत्वको नारा अघि सारेको थियो। ऊ आफ्नै आदर्शको कसीमा खरो उत्रिन सकेन। मार्क्सले बेलायतमा मजदुरको अवस्था देखेपछि अल्हादित हुँदै नयाँ कुरा पत्ता लगाएझैं आफ्नो बुबालाई पत्र लेखेका थिए। त्यसमा उनले अब यो समाजको नेतृत्व सर्वहारा वर्गले मात्रै गर्नेछ भनेका थिए।
त्यसो भन्दै गर्दा नेपालमा सर्वहारा वर्ग नै छैन भनेर पनि तर्क–वितर्क हुने गर्छ। नेपालमा यस्तो प्रसंङ्ग आउँदा मलाई लेनिनको याद आउँछ। लेनिनलाई उनकै साथी फ्रान्ज फेननले बडो व्यंग्यपूर्ण ढंगले ‘कमरेड लेनिन तपाईंलाई धन्यवाद छ ! सर्वहारा नै नभएको देशमा सर्वहाराको अधिनायकत्व लागू गरेर देखाइदिनु भयो’ भनेका थिए। सापेक्षिक रुपमा कुन वर्ग सबै भन्दा ठूलो उत्पीडनमा छ र कसले त्यसको अगुवाई गर्न सक्छ? भनेर मलाई सोध्नु भयो भने म भन्छु– जो मुक्त हुँदा समाजको कुनै पनि तप्का फेरि पराधिन हुनु पर्दैन उसैले यसको नेतृत्व गर्नुपर्छ।
जातिय मुक्तिका प्रश्नलाई कम्युनिष्ट पार्टीले आफ्नो रानजीतिको मातहत राख्न सक्दैन भनेर तपाईंले पुस्तकमा टिप्पणी गर्नु भएको छ। नेपालमा जातिय उत्पीडनलाई केन्द्रमा राखेर भएका आन्दोलनहरु प्हिचानको रानजीतिसँग जोडिन पुगे, जुन आफैमा वुर्जुवा अवधारणा हो। मार्क्सवादी आलोकमा यसलाई कसरी हेर्नु भएको छ?
पहिचानका अनेकौँ आयाम छन्। त्यसमध्येको महत्वपूर्ण आयाम आर्थिक पहिचान नै हो। त्यसैले मैले के भन्ने गरेको छु भने जनजातिको आन्दोलन दलित आन्दोलनसँग नजोडिएसम्म उनीहरुको पनि मुक्ति हुँदैन। अथवा भन्नुस दलित मुक्त भएको दिन उनीहरु पराधिन हुनुपर्ने अवस्था रहँदैन। त्यसैगरी दलित आन्दोलनले मार्क्सवाद र वर्गलाई समाउन सक्दैन भने त्यो पनि स्वभाविक रुपमा पहिचानको आन्दोलनमा फेरिन पुग्छ। त्यो एनजीओ/आईएनजीओको गरिखाने भाँडो बन्न सक्छ तर दलितको वास्तविक मुक्ति आन्दोलन बन्न सक्दैन।
चिन्तन प्रणाली वा विचारधाराको निर्माण कसरी हुने गर्छ?
मैले सिकेको मार्क्सवादको प्रारम्भिक कुरा के हो भने कसैको पनि विलक्षणतामा भर नपर। मार्क्स स्वयं विलक्षण होइनन्। समाजविज्ञानका धेरै अनुसन्धानकर्ताको अनुसन्धानमा टेकेर मार्क्स देखा परेका हुन्। लेनिनको सन्दर्भमा पनि त्यही हो। त्यसो हुनाले नेपालमा पनि विलक्षण मानिसबाट स्वाट्ट समाधान आउँछ भन्ने होइन। त्यसका निम्ति हामी छलफलमा जानु पर्यो। हामीले अहिलेसम्म के सोच्यौँ भने यहाँसम्म कुनै नेताको अद्भूत ज्ञान र क्षमताले ल्याइदिएको हो र उसले पनि हो मैले नै यहाँसम्म ल्याएको हो भन्न थाल्यो। जबकी, जनताले आफ्नो अजङ्गको काँधमा बोकेर उनीहरुलाई यहाँसम्म पुर्याइदिएका हुन्। त्यसैले हामीले दलितको मुक्तिका निम्ति दुईजना दलित नेतालाई पदमा राखिदिएर हुँदैन। बरु दलितसहित समाजको व्यापक जनसमुदायलाई विहंगम बहसमा सामेल गराएर निष्कर्ष निकाल्न र त्यसलाई लागू गर्नमा ध्यान दिनुपर्छ। त्यति गर्दा पनि हाम्रो निष्कर्ष सही नै हुन्छ भन्ने छैन। त्यसमा पनि कमजोरी देखापरे भने फेरि छलफलमा जानुपर्ने हुन्छ।
कसैको पनि विलक्षणतामा भर नपर। मार्क्स स्वयं विलक्षण होइनन्। समाजविज्ञानका धेरै अनुसन्धानकर्ताको अनुसन्धानमा टेकेर मार्क्स देखा परेका हुन्। लेनिनको सन्दर्भमा पनि त्यही हो। त्यसो हुनाले नेपालमा पनि विलक्षण मानिसबाट स्वाट्ट समाधान आउँछ भन्ने होइन। त्यसका निम्ति हामी छलफलमा जानु पर्यो। हामीले अहिलेसम्म के सोच्यौँ भने यहाँसम्म कुनै नेताको अद्भूत ज्ञान र क्षमताले ल्याइदिएको हो र उसले पनि हो मैले नै यहाँसम्म ल्याएको हो भन्न थाल्यो। जबकी, जनताले आफ्नो अजङ्गको काँधमा बोकेर उनीहरुलाई यहाँसम्म पुर्याइदिएका हुन्।
म तपाईंलाई उदाहरण दिन चाहन्छु। समाजवादको परिकल्पनाकार मार्क्स र एंग्लेल्स होइनन्। उनले आफ्नो गोथा कार्यक्रमको आलोचना भन्ने पुस्तकमा साम्यवादका दुई अवस्था– अर्लि स्टेज र हाइयर स्टेजबारे व्याख्या गरेका हुन्। त्यही अर्लिस्टेज समाजवाद हो भनेर लेनिनले विहंगम व्याख्या गरे। तर, के त्यो विचार लेनिनको दिमागमा स्वाट् आएको थियो? त्यो भन्दा धेरै अघि तुगानुन बालानोस्कीले त्यो विचार अघि सारेका थिए। उनी युक्रेनका मार्क्सवादी थिए। यसअर्थ हामीले बुझ्ने के हो भने त्यतिबेलाको साम्यवादी आन्दोलनलाई कसरी अघि बढाउने भन्ने सन्दर्भमा त्यहाँको समाजमा विहंगम छलफल भइरहेको थियो। त्यसै छलफलको जगमा टेकेर लेनिनले आफ्नो व्याख्या प्रस्तुत गरेका थिए। त्यसैले समाजवादको अध्ययन गर्ने जो कोहीका लागि लेनिन महत्वपूर्ण चिन्तक हुन आउँछन्।
मुक्त मानवको निर्माण अथवा भन्नुस सिंगो मानवजातिलाई उत्पीडनबाट मुक्त गराउने मार्क्सको परिकल्पना के थियो?
पहिले हामी के विषयमा स्पष्ट हुनुपर्छ भने साम्यवाद मार्क्सको लक्ष्य र परिकल्पना होइन। साम्यवादको अवधारणा खासगरेर फ्रेन्चबाट आएको हो। मार्क्सको व्याख्या र बुझाईमा साम्यवादपछि स्वतन्त्र मानिसको इतिहास शुरु हुन्छ। त्यस अघिसम्म मानिस आवश्यकताकै संसारमा अल्मलिन्छ। यस विषयमा मार्क्सका प्रतिभाशाली अनुयायी अर्नेष्टो चे ग्वेभाराले राम्रो व्याख्या गरेका छन्। उनको ‘क्रिटिकल नोट्स अफ पोलिटकल इकनोमी’ भन्ने पुस्तकमा उनले मार्क्सको परिकल्पनालाई अघि बढाउने काम गरेका छन्। उनले नयाँ मानव भनेको के हो र त्यसको निर्माण कसरी हुन्छ भनेर व्याख्या गरेका छन्।
स्वभाविक रुपमा क्युवामा क्रान्ति भएर सत्तामा पुग्दा उनीहरुमा ३५ कटेका कोही पनि थिएनन्। तर, उनीहरुमा क्रान्तिप्रतिको लगाव र भोक धेरै थियो। उनीहरु दिनभर मन्त्रालयमा काम गर्थे र साँझ परेपछि एउटा हलमा भेला भएर मार्क्सवादको वैचारिक अध्ययन र बहस गर्थे। खासमा उनीहरुलाई वैचारिक दिशा तय गर्नुपर्ने आवश्यकता थियो। यस्तै छटपटी हामी बोल्सेविकहरुमा पनि देख्छौँ। तर, हाम्रोमा त्यस्तो हुन सकेन। समाजवादको रक्षा ठूलो अर्थतन्त्र र सैन्य क्षमताले नभई नयाँ मानवले गर्ने हो भनेर हामीले पनि बुझ्न सकेनौँ। मलाई लाग्छ हामीले नयाँ मानवको लस्कर तयार पार्न सक्यौँ भने यो आन्दोलनको गरिमा अघि बढ्छ होइन भने यो विश्रिंखलित भएर जान्छ।
तपाईं मार्क्सले अघि सारेको मुक्त मानवको अवधारणा र उदारवादीहरुले अघि सारेको मुक्त मानवबीच के समानता र भिन्नता देख्नु हुन्छ?
तपाईंले विराट विषयलाई हाम्रा अघिल्तिर राखिदिनु भयो। आर्थिक परिप्रेक्षमा मार्क्सले निजी सम्पत्ती र श्रमको विभाजनलाई खराबीका रुपमा व्याख्या गरेका छन्। त्यसैले एउटा भान्सेले पनि शासन चलाउनु सक्छ भनेर लेनिनले भनेका हुन्। विलक्षण कोही हुँदैन तर सबैसँग विशिष्ट गुण हुन्छन्। जब श्रम विभाजन र निजी सम्पत्तीको अन्त्य हुन्छ, त्यसपछि एउटा व्यक्ति वास्तविक मानिस बन्न पुग्छ। सरल भाषामा भन्नु पर्दा सहकार्य मात्र बाँकी रहन्छ। त्यस अघिसम्म ऊ समाजसँगै रहे पनि वास्तवमा एक्लो प्रतिस्पर्धा गरिरहेको हुन्छ किनभने समाज वर्गमा विभाजित छ।
उदारवादी विचारकहरु माथि भरिएपछि त्यसबाट चुहिन्छ र त्यही प्रक्रियाबाट निर्माण हुने समाज नै उत्तम समाज भएको बताउँछन्। अर्थात पुँजिपति ठूलो भइसकेपछि उसबाट ट्याक्स लिएर गरिबहरुको उद्धार गर्न सकिन्छ भन्ने अवधारणा त्यस खेमामा राखिन्छ। त्यस्तै अर्को जटिल विषय हो कम्युनिष्ट संस्कृति। मार्क्स–एंगेल्स त्यस्तोलाई आदर्श राज्य भन्छन् जहाँ, अराजकतावादी, बाकुनिनपन्थी, लासालका अनुयायी पनि छन्। हामीले भनेको पनि त्यही हो। तर, विश्वमा अभ्यास भएका कम्युनिष्ट सरकार हेर्नुस् त। उनीहरुले मार्क्सलाई नै बिर्से जस्तो गरी अघि बढिरहेको पाउनु हुन्छ। मैले भन्न खोजेको के भने हामीले तुवानोन, एन्टोन पेनिकोक, ट्रटस्की, रोजा लक्जेम्बर्ग, चे ग्वेभारा जस्ता कम्युनिष्ट आन्दोलनका धाराहरुको अध्ययन नै गरेनौँ। खासमा भन्दा स्टालिनले जसलाई मन पराएनन् हामीले ती विद्धवानलाई कहिल्यै पढेनौँ।
यहाँ मलाई एउटा रुसी घटना याद आयो। सन् १९१७को सोभियत क्रान्ति सम्पन्न भएपछि एकजना डक्टरले सांस्कृतिक रुपमा यो क्रान्ति नै होइन भनेर लेखे। उनको नाम बागदान्नुप थियो। विद्धवान व्यक्ति भएकाले समाजमा उनको उच्च सम्मान थियो। उनको लेख पढेर बोल्सेविकहरु जम्मा भए। त्यहाँ लेनिन, ट्रटस्की, बुखारिन सबै थिए। उनीहरु यसको जबाफ कसरी दिने भनी सल्लाह गर्न भेला भएका थिए। छलफलले त्यो पत्रको प्रतिवाद गर्ने जिम्मेवारी ट्रटस्कीलाई दियो। त्यसपछि ट्रटस्कीले ‘ह्वाट इज प्रोलेटेरियन कल्चर’ शिर्षकमा लामो लेख लेखे। भन्न खोजेको के भने त्यो समाजमा समाजवादको विकासका लागि सबैबीच सहकार्य थियो। जब सिद्धान्त र व्यवहार जोडिएर आउँछ त्यसपछि बन्ने संस्कृति नै कम्युनिष्ट संस्कृति हो भन्न सकिन्छ। नेपालमा यस विषयमा धेरै अध्ययन भएको छैन।
पार्टी जीवनमा, समाजवादी अभ्यासमा लोकतान्त्रिक हुनुलाई तपाईंले कसरी हेर्नु भएको छ? यसबारे अलिक विस्तारमा केही बताई दिनुस न।
लेनिनले शुरु गरेको पार्टी र समाजवाद एउटा इतिहासको विषय बनिसकेको छ। संसाधन, अनुभव र ज्ञानका हिसाबले हिजो लेनिन–रोजाको समयमा भन्दा आज हामी निकै उन्नत अवस्थामा छौँ। हिजो छलफल गर्न पनि धेरै मुस्किल हुन्थ्यो भने आज त हामी सातै महादेशमा एकैचोटी छलफल गर्ने अवस्थामा छौँ। तर, पनि ज्ञानलाई समृद्ध बनाएर हामी पैसा कमाउन सक्छौँ भन्ने तर्फ हामी सोच्दैनौँ। त्यसैले मेरो स्पष्ट सोच छ– उनीहरुलाई इतिहासको त्यही परिवेशमा मुल्यांकन गरौँ तर आज तपाईं–हामी रोजा र लेनिनको फेर समाएर कामै रोक्नु पर्ने छैन। उनीहरुबाट शिक्षा लिएर नयाँ विचार कसरी जन्माउन सकिन्छ त्यता ध्यान दिऊँ।
आन्दोलन र पार्टीको क्रान्तिकारीकरण नहुँदा क्रान्तिको नेतृत्व नै भावि क्रान्तिको बाधक बन्न पुग्छ। विश्वभरका क्रान्तिहरुको नियती यही हो। तर, यसले त्यो क्रान्तिको महानता कम हुँदैन। र, यो क्रान्ति एकजना व्यक्तिको मनमा लागेर बिग्रिने सप्रिने पनि हुँदैन।
लेनिनको ‘राज्य र क्रान्ति’लाई फेरी पढौँ। फेरी विश्लेषण गरौँ। हिजो के बुझियो भन्दा पनि अब के बुझिँदो रहेछ भनी हेरौँ। मात्रै कुरा के हो भने हाम्रो स्प्रिटमा लेनिन–रोजाकै गतिमा हुनु पर्यो। मार्क्सले भनेको चरणहरुकै बारेमा हामीले फेरी छलफल किन नगर्ने? समाजवाद आफै विभिन्न चरण भएर पो अघि बढ्ने हो कि? अथवा हामी अहिले कुन चरणमा छौँ? भन्ने पुनः मुल्यांकन र समिक्षा गरौँ। नेपालमा संघर्ष गरेर हामीले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता स्थापित गर्यौँ तर त्यसलाई लागू गर्न छलफल–अन्तक्रिया चाहिन्छ होला नि। होइन भने हामीले यसको रक्षा गर्न सक्दैनौँ।
तपाईं रामराजाप्रसाद सिंहको जनवादी मोर्चा, मोहनविक्रम सिंहको पार्टीमा हुँदै माओवादी जनयुद्धमा सहभागी हुनु भयो। तपाईं पछिल्लो कालमा सहभागी माओवादी आन्दोलन कुन जगमा उठेको थियो र आज कहाँ छ?
माओवादी आन्दोलन हठात एक–दुईजनाले योजना बनाएर वा कसैको तिलस्मी उपायबाट संगठित भएको आन्दोलन होइन। अथवा कुनै विदेशी डिजाईनबाट भएको थिएन। नेपालमा त्यो आन्दोलन हुनु नै थियो। तर, कुरा के हो भने त्यस आन्दोलनको जुन क्रान्तिकारीकरण भइराख्नुपर्थ्यो त्यो हुन सकेन। आन्दोलन र पार्टीको क्रान्तिकारीकरण नहुँदा क्रान्तिको नेतृत्व नै भावि क्रान्तिको बाधक बन्न पुग्छ। विश्वभरका क्रान्तिहरुको नियती यही हो। तर, यसले त्यो क्रान्तिको महानता कम हुँदैन। र, यो क्रान्ति एकजना व्यक्तिको मनमा लागेर बिग्रिने सप्रिने पनि हुँदैन।
राज्यसँग दुईटा पाखुरा हुन्छन्। पहिलो– सेना/प्रहरी, जेल/अदालत। दोस्रो– विश्वविद्यालय/नागरिक समाज, मन्दिर/चर्च/गुम्बा। हाम्रो धेरै ध्यान सेना/प्रहरीतर्फ गयो। तर, ग्राम्सीले जेलाई दिर्घकालिन महत्वको (विश्वविद्यालय, बौद्धिक वर्ग) भने त्यसैमा हाम्रो ध्यान गएन। बौद्धिक प्रभूत्व कायम नगरेसम्म हामी यो पुँजिवादी समाजमा टिक्न सक्दैनौँ। कम्युनिष्ट पार्टीहरुले आफ्नो पाठ्यक्रम बनाउँदा हार्वट मार्केज, एरी फोङहरुलाई कहिल्यै समावेश गरेनन्। जबकि उनीहरु समाजवादी आन्दोलनका सम्पदा हुन। कुरा के भने हामी यावत विषयमा जानकार हुनै पर्छ। कम्युनिष्टहरुले आफ्नो अध्ययनलाई एकांकी बनाउनु मिल्दैन। त्यसलाई समृद्ध बनाउन वेद, पुराण र उपनिषदमा के छ भनेर खोज्ने होइन, मार्क्सवादले यो समस्याको समाधान के गरी दिँदो रहेछ भनेर हुनुपर्छ।
माओवादी आन्दोलन हठात एक–दुईजनाले योजना बनाएर वा कसैको तिलस्मी उपायबाट संगठित भएको आन्दोलन होइन। अथवा कुनै विदेशी डिजाईनबाट भएको थिएन। नेपालमा त्यो आन्दोलन हुनु नै थियो। तर, कुरा के हो भने त्यस आन्दोलनको जुन क्रान्तिकारीकरण भइराख्नुपर्थ्यो त्यो हुन सकेन।
विभिन्न चरणमा विभिन्न कारण देखाउँदै विभिन्न साथीहरु माओवादी आन्दोलन छोडेर बाहिर जानु भयो। तर, कालान्तरमा उहाँहरु भौतारिँदै भौतारिँदै फेरी आन्दोलनमै गोलबद्ध हुन आइपुग्नु भयो। यसले नेतृत्वलाई के लाग्न थाल्यो भने वास्तवमा हामीले गल्ती गरेका रहेनछौँ। तर, मलाई के लाग्छ भने उहाँहरुले भन्दा धेरै आलोचना त म स्वयंले पार्टी भित्र बसेर गरेको छु। त्यसैले यस्तो आलोकाचो राजनीतिक खेल खेल्नु हुँदैन्थ्यो उहाँहरुले। हामीले भावि पुस्तालाई केही नासो त छोडेर जानु पर्छ नि। हामीसँग सत्ता हुँदा सत्ता सुम्पिएर जाने हो त्यो नहुँदा ज्ञान, अनुभव छोडेर जानु पर्छ।
सरकारमा कम्युनिष्ट छन्। संसदमा झण्डै कम्युनिष्टहरुको बहुमत छ। तर, समाजलाई निराशाले छोपेको छ। राजनीतिक पार्टीहरुप्रति जनतामा कुनै आशा छैन र समाज झन–झन दक्षिणपन्थतर्फ, हिन्दू अतिवादतर्फ अघि बढ्ने हो कि भन्ने चिन्ता बढ्दैछ यसको सुधारको सम्भावना छ कि छैन?
नेपालका कम्युनिष्ट पार्टीहरु केही वर्षयता रक्षात्मक अवस्थामा छन्। सरकारमा हुनु वा नहुनुको केही अर्थ छैन। यस्तो रक्षात्मक अवस्था किन बन्यो त भन्दा आफ्नो वैचारिकी निर्माण गर्न नसकेर हो। अहिलेका दलहरुले गणतन्त्रको रक्षा गर्नुपर्ने छ भने अब आउने निर्वाचनमा एक–दुई सय ठाउँमा दलित उम्मेदवारलाई मात्रै उठाउने सहमति गरुन। यसले सिस्टमलाई हल्लाई दिन्छ। अनि त्यसपछि त्यसमा लेखेर, बोलेर, पाठ्क्रम निर्माण गरेर पो गणतन्त्रको रक्षा हुन्छ। भाषण गरेर पनि गणतन्त्रको रक्षा गर्न सकिन्छ त? सकिँदैन।
त्यस्तै संघीयताको रक्षा गर्ने हो भने सिंहदरबारको कार्यकारी र लेखा अधिकृत पठाएर मेयरलाई आतंकित बनाउनु छाड्नु पर्यो। मेयरले आफ्नै सरकार चलाउने बनाउनु पर्यो। उसको आफ्नै लोकसेवा, महालेखा, प्रहरी हुनुपर्यो। त्यसले मात्रै संघीयताको सुनिश्चितता गर्छ। हामी गणतन्त्रवादीहरुले आक्रामक नीति नलिएसम्म पुरातनपन्थीहरु खेल्नु स्वभाविक नै हो। आफू सृजनात्मक काम नगर्ने अनि अर्कोले चुनौती दियो भनेर हुन्छ? पक्कै हुँदैन। हाम्रो चाहानाले इतिहास अगाडि बढ्दैन। आफू अनुकुलको इतिहास बनाउने हो भने सचेतन प्रयत्न गर्नुपर्छ।
हेर्नुहोस् भिडियो: