Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

सेपियन्स : एक समीक्षा

होमो सेपियन्सको रूपमा मानव जातिको विकास लगभग १५ लाख बर्ष पहिले अफ्रिकामा भएको थियो। यी होमो सेपियन्सहरू हामीसँग धेरै मिल्दाजुल्दा थिए। हरारी विश्वास गर्छन् कि सेपियन्सहरूको मस्तिष्कको आकारले उनीहरूलाई आफ्ना पुर्खाहरूबाट अलग गर्छ।

nepal_readers nepal_readers
पुस १८, २०७८
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    -अमिता शिरेन-

    अमिता शिरेन राजनीतिक कार्यकर्ता र अनुवादक हुन्। सोही कारण उनीमाथि भारतीय राज्यसत्ताले कारबाही गरिसकेको छ। उनी ८ महिनापछि मार्च १४ मा जेलबाट छुटेकी थिइन् । उनले हान सुइनको प्रख्यात पुस्तक ‘मोर्निङ डेल्युज’लाई हिन्दीमा ‘सुबाह का सैलाब’ नामबाट अनुवाद गरेका छिन्, जुन यस वर्ष (२०२०) संवाद पब्लिकेशन्सले प्रकाशित गरेको थियो। यसअघि बोलिभियाका खानी मजदुर डोमितिलाको जीवनीमा आधारित पुस्तक ‘लेट मी स्पिक’को हिन्दी अनुवाद ‘मेरी कहानी मेरी जुबानी नाम’ प्रकाशित भइसकेको छ।
    प्रख्यात लेखक युवल नोवा हरारीको पुस्तक ‘सेपियन्स’, जुन आजकाल सबैभन्दा बढी बिक्रेताको रुपमा चर्चामा छ, अमिताले यहाँ यसबारे छानबीन गरिरहेकी छिन्। आज कोरोनाको समयमा आजको ‘सुपर ह्युमन’ न त रोगबाट बच्न सक्छ न भोकबाट बच्न सकिरहेको अवस्थामा आजको मानिसलाई ‘सुपर ह्युमन’ भनेर वर्णन गर्ने यो बेस्ट सेलर पुस्तकको खोजी गर्नु आवश्यक छ।

     

     

    युवल नोहा हरारीद्वारा लिखित ‘सेपियन्सः ए ब्रीफ हिस्टरी अफ ह्यूमन काइन्ड’ पढेँ। जब इतिहासको किताब संसारभर हटकेक जस्तै बिक्न थाल्छ, तब त्यसिमाथि अलिकति जिज्ञासा र अलिकति शंका पैदा हुन्छ। यो पुस्तक २०११ मा मूलतः हिब्रु भाषामा लेखिएको थियो। प्रकाशित भएदेखि २०१४ सम्म आइपुग्दा यो पुस्तक सनसनीपूर्ण बन्यो। युवल नोहा हरारी इजरायलको हिब्रु विश्वविद्यालयका विश्व इतिहासका प्राध्यापक समेत हुन्।

    पुस्तकमा उनले त्यो मानवको सम्पूर्ण इतिहास उल्लेख गर्ने प्रयास गरेका छन् र मान्छे अब महामानव बन्ने यात्रामा रहेको ठहर गर्छन्। यसो गर्दा हरारीको कलम एकैसाथ विगतबाट वर्तमान र भविष्यमा तैरिन्छ। उपन्यासको जस्तो मजा लिन सकिने भाषा छ यसमा। कहिलेकाहीँ भाषा र शैलीमा रमाइलोपन पुस्तकको कमजोरी बन्न जान्छ र विषयलाई हल्का बनाउन थाल्छ। मानवताको इतिहास यति सरल र रैखिक छैन कि त्यसलाई सहजै सुन्दर भाषामा बुनेर प्रस्तुत गर्न सकिन्छ। पुरै पुस्तकमा कतैकतै अति सरलीकरण छ, जुन अमान्य लाग्छ।

    यस पुस्तकमा हरारीले मानवजातिको इतिहास आजसम्म तीनवटा क्रान्तिबाट गुज्रिएको बताउँछन्ः

    १. संज्ञानात्मक क्रान्ति
    २. कृषि क्रान्ति
    ३. वैज्ञानिक क्रान्ति

    हरारीका अनुसार ब्रह्माण्डको उत्पत्ति करिब १३.५ अर्ब वर्षअघि बिगब्याङ (महाविस्फोट) मार्फत् भएको हो। भौतिक र रसायन हुँदै जीवविज्ञानको माध्यमबाट पृथ्वीमा जीवनको अवस्था लगभग ३.८ अर्ब वर्ष पहिले तयार भएको थियो। करिब ७० हजार वर्षअघि पृथ्वीमा रहेको एक विशेष प्रकारको प्राणी होमो सेपियन्सले विशेष प्रकारको ढाँचामा छाँटकाँट गरेर ‘संस्कृति’ सिर्जना गरेको थियो। मानवको यही संस्कृतिको विकासलाई पछि गएर इतिहास भनियो।

    होमो सेपियन्सको रूपमा मानव जातिको विकास लगभग १५ लाख बर्ष पहिले अफ्रिकामा भएको थियो। यी होमो सेपियन्सहरू हामीसँग धेरै मिल्दाजुल्दा थिए। हरारी विश्वास गर्छन् कि सेपियन्सहरूको मस्तिष्कको आकारले उनीहरूलाई आफ्ना पुर्खाहरूबाट अलग गर्छ। हरारीका अनुसार केही आकस्मिक आनुवंशिक परिवर्तनका कारण सेपियन्सको मस्तिष्कको आकार केही ठूलो भएको थियो, जसले पछि संज्ञानात्मक क्रान्ति ल्यायो।

    ‘जीन सिद्धान्त’लाई हरारी बारम्बार छुन्छन्। र, धेरै स्पष्ट रूपमा यसमा कुनै पनि विवादास्पद प्रस्तावहरू गर्नबाट बचेर अगाडि बढ्छन्। एक अनुसन्धानलाई उद्धृत गर्दै उनले पश्चिम एसिया र युरोपमा पाइने निएन्डरथल प्रजातिका अवशेष केही युरोपेली र पश्चिम एसियाली (जसमा इजरायल पनि रहेको छ) मानिसको अवशेषसँग मिल्दोजुल्दो रहेको बताउछन् ।

    हरारी बताउँछन् कि सेपियन्सहरूले निएन्डरथल जातिका मानिसहरूसँग तिनीहरूको सबै आनुवंशिक कारणहरूले गर्दा घुलमिल हुन सकेनन्, तिनीहरूसँग सन्तान जन्माउन सकेनन्, जसले गर्दा तिनीहरूको विनाश भएको हुनसक्छ। हरारीको यो प्रस्तावले आजको जातीय सिद्धान्त नजिक लैजान्छ। यसरी सेपियन्सको मस्तिष्कको आकारमा अचानक आएको आनुवंशिक परिवर्तनको कारणबाट सेपियन्स आजको मानव बन्ने इतिहास सुरु हुन्छ।

    यसबाट संज्ञानात्मक क्रान्ति सुरु हुन्छ। मान्छेले ढुङ्गाका औजारहरू बनाउन थालेबाट सो क्रान्ति सुरु हुन्छ र भाषाको आविष्कार हुँदै अगाडि बढ्छ। मानिसले एकअर्कासँग कुरा गर्नु र सूचनाको आदानप्रदान गर्नुपर्ने आवश्यकता रहेकै कारण भाषाको आविष्कार भएको हरारी बताउँछन्। उनले यसलाई ‘गसिप थ्योरी’ भनेका छन्। तर उनको सिद्धान्त विश्वासयोग्य देखिँदैन। खासमा भाषाको विकासमा श्रम र समुदायको सामूहिकीकरण मुख्य रूपमा निर्णायक भएको छ।

    यस संज्ञानात्मक क्रान्तिपछि, मानव जाति कृषि क्रान्तितर्फ प्रवेश गर्दछ, जसलाई हरारीले अहिलेसम्मको सबैभन्दा ठूलो धोकाको रूपमा वर्णन गर्दछन्। कृषि क्रान्तिले मानिस हरेक हिसाबले खुम्चिएको वा सीमित भएको उनको विश्वास छ। पशुपालनबाट सुरु हुन्छ, मान्छेको क्रुरता र नृशंसता। मान्छे अब जनावरहरूलाई आफ्नो खाना बनाउन थाल्छ र अन्य श्रममा पनि पशुलाई प्रयोग गर्छ। (स्मरणीय छ, हरारी आफैं दहीदुधसमेत नखाने शाकाहारी हुन्। यहाँ उनी इतिहासकार होइन, पशुप्रेमी अभियन्ताका रूपमा प्रस्तुत हुन्छन्। हरारीले आफ्नो कुरा बताउनका लागि तथ्यलाई सुन्दर ढंगले प्रयोग गर्छन्, तर उनले आफ्नो कुरालाई कारणको सन्दर्भमा राख्दैनन्। हरारीले कृषि क्रान्ति हुनुको कुनै भौतिक कारण बताउँदैनन्। जबकि हामी जान्दछौं कि कृषि क्रान्ति अचानक हुने घटना होइन।

    परिवार, राज्य र ईश्वरलगायतका संस्था मानव कल्पनाको उपज हुन् भन्ने विश्वास हरारीको छ। उनले यसलाई काल्पनिक व्यवस्था भनेका छन्। ईश्वरदेखि समाज र पूँजीवादसम्म सबै मानिसको विचार व्यवस्था कसरी बन्छ भन्नेबारे हरारीले जवाफ दिएका छैनन्। यस अवधिमा मानिसले धेरै आविष्कारहरू गर्दछ, जसले मानवताको विकासमा योगदान पुर्‍याउँछ। जस्तोकि : लेखन, पैसा, सम्पत्ति, धर्म, बजार, मेसिन, औद्योगिकीकरण, युद्ध र साम्राज्य आदि।

    कृषि क्रान्तिदेखि वैज्ञानिक क्रान्तिको बीचमा हरारीले मध्यकालिन काललाई पटक्कै छुँदैनन्। त्यसैगरी, विश्वभरको कुरा गर्दा हरारीले इजरायल–प्यालेस्टाइन सम्बन्धमा त्यो विश्व इतिहासको हिस्सा नभएको जस्तो एक लाइन पनि लेख्दैनन्। कृषि क्रान्तिदेखि वैज्ञानिक क्रान्तिसम्मको समयसम्म आइपुग्दा हरारीको मानसिक, बौद्धिक र दार्शनिक झुकाव बुझ्न सकिन्छ। विशेष गरी वैज्ञानिक क्रान्तिको भागमा, उनको दृष्टिकोण धेरै स्पष्ट हुन्छ। अन्त्यमा आइपुग्दा उनी स्पष्ट रूपमा प्रतिक्रियावादी दर्शनको प्रतिनिधि बनेको देखिन्छ।

    पुस्तकको अन्त्यमा हरारीले वैज्ञानिक प्रगतिलाई बढी चर्चा र प्रशंसा गर्छन्। प्रविधिको आधारमा मानिसले जसरी विकास गरिरहेको छ, आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरिरहेको छ, त्यसले भविष्यमा आर्टिफिसियल इन्टेलिजेन्स सेपियन्सभन्दा धेरै अगाडि जाने हरारीको दाबी छ। प्राकृतिक चयनको सट्टा मानिसहरूले मानव–रोबर्ट सिर्जना गर्न थाल्छन्। उनको तर्क छ, ‘यसो भएसँगै सेपियन्स कालको अन्त्य हुनेछ र मानिस अलौकिक महामानव बन्नेछ।’ उनका अनुसार यो वैज्ञानिक प्रगति पुँजीवादको सहयोगले मात्र सम्भव भएको हो। यही कारणले आज हरारीले संसारको कुनै पनि कुनामा एक जना पनि भोको देख्दैनन् र उनी यसलाई पुँजीवादको सफलता मान्छन्।

    ‘७० हजार वर्ष पहिलेको एक जनावरले आज आफैंलाई सम्पूर्ण ग्रहको स्वामीका रूपमा रूपान्तरण गरेको छ। आज मान्छे स्वयं ईश्वर बन्ने संघारमा उभिएको छ।’ यति हुँदाहुँदै पनि आज मानिस आफू के चाहन्छ भन्ने कुरा उ स्वयंलाई थाहा नभएको हरारीको विश्वास छ। उ आजको जस्तो /जति गैरजिम्मेवार कहिल्यै भएन। हरारीले यी पङ्कतिहरूसहित पुस्तकको अन्त्य गर्छन्, जसमा उनको सम्पूर्ण दर्शनको सार छ– ‘के चाहन्छु भन्ने कुरा आफैंलाई थाहा नभएको एक गैरजिम्मेवार र असन्तुष्ट ईश्वरभन्दा खतरनाक अरू केही हुन सक्ला?’

    समग्रमा, युवल नोहा हरारी कुनै विचारधारामा विश्वास नगर्ने उत्तर–उदारीकरण, विश्वव्यापीकरण, र साम्राज्यवादी संसारको उत्तर–आधुनिक सन्तान हुन्, जो कुनै विचारधारमा विश्वास राख्दैनन्। हरारी साम्यवादलाई घृणा गर्छन् र यसलाई हिन्दू, बौद्ध र इस्लाम जस्तै धर्म भन्छन्। वास्तवमा, साम्यवादको तिखो विरोधको पछाडि उनको डर छ, किनभने साम्यवादको भूतले हरेक युगका प्रणालीका बुद्धिजीवीहरूलाई सताइरहन्छ। हरारीका लागि पूँजीवादको कुनै विकल्प छैन। इतिहास साक्षी छ कि हरेक प्रणालीले आफ्नो पक्षमा बुद्धिजीवी–दार्शनिकहरू उत्पादन गर्छ र त्यसको ठूलोभन्दा ठूलो तस्वीर  प्रस्तुत गर्छ कि धेरै मानिसहरू त्यसबाट प्रभावित मात्र होइन, सिकार पनि हुन्छन्।

    यस व्यवस्थाको पालनपोषण गर्ने यस्तै एक बुद्धिजीवी हरारी हुन् । उनी धनी घरमा जन्मिएकाले धनी भएको र गरीवघरमा जन्मिएकाले गरीव भएको भन्छन् । धनी किन धनी हुन्छ र गरिब किन गरिब हुन्छ भन्ने कुनै कारण बताउँदैनन् । उनी गल्तीले पनि वर्गको कुरा गर्दैनन् । तथ्यलाई सुन्दर ढंगले सजाएर मात्र इतिहास बन्दैन। यदि हामी विज्ञानमा विश्वास गर्छौं भने हामीले त्यो कार्य-कारण र वर्गीय दृष्टिकोणबाट हेर्नुपर्छ। हामीले ऐतिहासिक भौतिकवादको कुरा गर्नुपर्छ।

    संज्ञानात्मक क्रान्तिबाट कृषि क्रान्तिसम्म पुग्न मानव जातिले अथक परिश्रम गरेको र अनगिन्ति त्याग गरेको कुरा हामी सबैलाई थाहा छ। हरारीले जुन संज्ञानात्मक क्रान्तिको कुरा गरिरहेका छन्, त्यसका लागि हजारौं/करोडौं वर्षको समग्र प्रयास खर्च भएको छ। हरारीले मानव श्रमको यस्तो महत्वपूर्ण भूमिकालाई रेखांकित गर्दैनन्, बरु हावामा कुरा गर्छन्। हरारीले प्रविधिको आधारमा मानिसलाई देवता भएको दावी गरेका छन्। यो सत्य हो कि विज्ञानले धेरै प्रगति गरेको छ तर प्रश्न यो हो कि यो प्रविधिमा कसको नियन्त्रण छ र यसले अन्ततः कसको हितमा काम गर्छ? यो प्रविधिको आधारमा कति प्रतिशत मानव जाति ‘भगवान’ बन्न सकेको छ?

    यही प्रस्तावनाबाट सञ्चालित यी हरारी कोरोनापछिको युगमा प्रविधिको डर देखाउँदै सिंगो मानवजातिको वर्तमान भविष्य राज्यको हातमा सुम्पने सचेत संरक्षक बनेका छन्। आज हरारीको त्यही मानव–महापुरुष पहिले अज्ञात एक भाइरसका सामु विवश देखिएको छ। भारतमा कोरोना संक्रमण र लकडाउनपछि दुःखमा आफ्नो घरतिर जान सडकमा दौडिरहेका असहाय गरीव मजदुरको पीडा सर्वविदितै छ । खानेकुराको खोजीमा भौतारिने पहिलो आदिम मजदुर अहिले पनि भोक र तिर्खाले सडकमा भौतारिइरहेको छ।

    ‘दस्तक नए समयकी’ ब्लगमा २०२० अप्रिल १३ मा प्रकाशित समिक्षा। नेपाल रिडर्सका लागि महेश पाण्डेयको अनुवाद।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.