Date
बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026
Wednesday, April 29, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

यौन उत्पीडन र शक्ति सम्बन्ध

कतिका लागि यौन उत्पीडन सामान्य घटना मात्रै होइन, बरु पुरुषको विशेषाधिकार नै हो। कुनैपनि पुरुषसँग कुरा गर्दैमा, हाँस्दैमा, उसँग ‘डेट’ जाँदैमा र सँगै बसेर रक्सि खाँदैमा ती महिलामाथि यौन सम्बन्ध राख्नुलाई अधिकार ठान्ने पुरुष मानसिकताले महिलालाई स्वतन्त्र भएर हिँडडुल गर्न वर्जित मात्रै गर्दैन, महिलालाई भोग्याको रुपमा चित्रित गरेको हुन्छ।

नम्रता मिश्र नम्रता मिश्र
फाल्गुन १७, २०७९
- विचार, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    हाम्रो समाजमा यौन उत्पीडनका विषयमा अझैपनि साँघुरो बुझाई छ। जसले गर्दा पीडक सबै ठाउँमा निर्धक्क हुन्छ भने पीडित जीवनभर विभिन्न लाञ्छना र आरोपहरू झेल्न बाध्य हुन्छन्। यौनजन्य हिंसा तथा उत्पीडन एउटा यस्तो अपराध हो, जसले एकातिर घरगाउँ देखि राष्ट्रियस्तरका न्यूज च्यानलसम्म चर्चा पाइरहेको हुन्छ भने अर्कोतर्फ यसलाई कुनै खास घटना नै नमान्ने मानसिकता सँगसँगै व्याप्त भइरहेको हुन्छ। खासगरी विशेषाधिकार प्राप्त व्यक्तिहरू यौन उत्पीडनका खास मापदण्डमा मात्रै विश्वास गर्छन्। पितृसत्ताका संरक्षकहरू यौन उत्पीडनका पीडकलाई संरक्षण दिने र पीडितलाई प्रश्न र लाञ्छनाको हिलो छ्याप्ने काममा संलग्न भएका हुन्छन्। जसमा कुनै खास लिङ्गका मानिस हुन्छन् भन्ने छैनन्, महिला, पुरुष वा अन्य पितृसत्ताका पक्षपोषक हुन्छन्।

    पीडितमाथि थप पीडा
    यौन उत्पीडनको अर्थ लिंगमा आधारित कुनैपनि तरिकाको उत्पीडन हो। यो उत्पीडन धेरै प्रकारका र धेरै स्तरमा हुने गर्छ। छेडछाड, बलात्कार र हिंसा मात्रै यौन उत्पीडन होइनन्। लिङ्गको आधारमा कुनैपनि तरिकाको उत्पीडन यौन उत्पीडन हो। जस्तैः बिना स्वीकृति वा वा मानसिक तनाव दिएर नांगो तस्बिर माग्नु, पीडितको ‘अस्वीकृति’ लाई आफू अनुकूल स्वीकृतिको रुपमा व्याख्या गरिनु पनि यौन उत्पीडन हुन्।

    यौन उत्पीडन खासगरी असमान शक्ति सम्बन्धमा हुने गर्छ। असमान शक्ति सम्बन्ध परिवार देखि विश्वस्तरमा हुने गर्छ। उमेर, लिङ्ग, जात, धर्म, वर्ग र कयौं अन्य कारकहरूका कारण शक्तिको गतिशीलता धेरै प्रभावित हुन्छ। जस्तैः कथित माथिल्लो जातबाट कथित तल्लो जातमा हुने उत्पीडन, पुरुषले महिलामाथि गर्ने उत्पीडन, बुवाले छोरीमाथि गर्ने उत्पीडन, धनी व्यक्तिले गरीबमाथि गर्ने उत्पीडन आदि असमान शक्ति सम्बन्धमा हुने घटना हुन्। यसले गर्दा पीडितले आफूमाथि भएको उत्पीडनविरुद्ध उत्रिन समेत सक्दैनन् र पीडकको प्रायः संरक्षण हुने गर्छ। पीडक कुनै राजनीतिक, सामजिक र आर्थिक रुपमा शक्तिसम्पन्न छ भने त्यस्तो अवस्थामा एउटा ठूलो जमातले पीडितलाई विश्वास गर्दैन।

    यहाँ उल्लिखित उदाहरणहरूमा बाइनरीको प्रयोग गरिएको छ। जहाँ बाइनरी हुन्छ, त्यहाँ पदानुक्रम (हाइरार्की) हुन्छ, जसमा एउटा पक्ष अर्को भन्दा बढी शक्तिशाली र श्रेष्ठ हुन्छ। उ आफू भन्दा तल्लो वर्गलाई दबाएर राख्न चाहन्छन। जस्तैः पुरुष महिलालाई दबाउन चाहन्छ। यसैगरी महिला–महिला बीचमा गोरो छाला भएकी महिलाले आफूलाई कालो छाला भएकी महिला भन्दा श्रेष्ठ मान्छिन्। त्यसैले यौन उत्पीडनको सवालमा समाजको यो जटिल पाटो छुटाउनै नहुने विषय हो।

    पीडितलाई हिम्मत दिनुपर्छ
    तुलनात्मक रुपमा पछिल्लो समय यौन उत्पीडन र हिंसाविरुद्ध महिलाहरू बोल्न थालेका छन्। परिवारको इज्जतको डर, समाजका प्रश्न र छिछिदुरदुरलाई झेल्दै भएपनि महिला प्रहरीसम्म पुग्न थालेका छन्। प्रहरी तथा अदालतबाट सोधिने अन्टसन्ट प्रश्न र चरित्रमाथिको आशंका मार्फत अर्को ‘बलात्कार’ को शिकार हुन बाध्य छन्, महिला।

    यदि हामीले पितृसत्ताको तल्लो स्तरको राजनीतिलाई बुझ्न थाल्यौं भने आधा भन्दा बढी प्रश्नहरूको जवाफ हामीलाई आफैं प्राप्त हुन्छ र यौन उत्पीडनका विरुद्ध लडाई अझै सशक्त हुन्छ।

    जे होस्, आजभोलि महिलाहरू आफूमाथिको अन्याय सहने पक्षमा छैनन्। सामाजिक सञ्जालमा ह्याजट्याग टाइम्स्अप र ह्याजट्याग मीटू जस्ता अभियानका माध्यमबाट उत्पीडकहरूका कर्तुतहरूको पर्दाफास भएका छन्। कायर मर्दाङगीको घुँडा टेकाउनका लागि अपमान सहेरै भएपनि महिलाहरू मैदान उत्रिएका छन्। यसरी उत्रिनेहरूलाई सामाजिक न्याय र समानतामा विश्वास राख्ने जोकोहीले सहयोग गर्नुपर्छ, प्रश्न र शंका होइन।

    यदि हामीले पितृसत्ताको तल्लो स्तरको राजनीतिलाई बुझ्न थाल्यौं भने आधा भन्दा बढी प्रश्नहरूको जवाफ हामीलाई आफैं प्राप्त हुन्छ र यौन उत्पीडनका विरुद्ध लडाई अझै सशक्त हुन्छ।

    योनीमा बसेको पितृसत्ताको इज्जत
    पितृसत्ताका लागि उसको इज्जत महिलाको यौनमा बसेको हुन्छ, अर्थात् बलात्कार हुनुलाई ‘इज्जत लुटिनु’ जस्तो भाष्यले प्रतिनिधित्व गर्ने गरिन्छ। जस्तैः कुनै घरकी महिलामाथि बलात्कार, छेडछाड वा कुनै प्रकारको हिंसा हुन्छ भने यसलाई त्यो घरका पुरुषहरूको इज्जतमाथि आक्रमणको रुपमा लिइन्छ। एउटा पुरुष महिलाको ‘इज्जत लुटेर’ अर्को पुरुषको इज्जतमाथि धावा बोलिरहेको हुन्छ। यदि कोही व्यक्तिमाथि गम्भीर बदला लिनु छ भने उसको घरका महिला सदस्य सबैभन्दा बढी निशानामा पर्ने गर्छ।

    बदलाका लागि महिलामाथि यौन उत्पीडनको साहारा लिइनु समाजको डरलाग्दो तथ्य हो, महिलालाई घरको इज्जत सम्झिने परम्परागत सोचको उपज पनि हो यो। यौन उत्पीडन एउटा पीडित महिला र उसको परिवारमाथिको ‘दाग’ होइन, यो एउटा सिंगो समाजको धब्बा हो। कुनैपनि समाजमा बलात्कार तथा यौन उत्पीडनको सामान्यीकरण गरिन्छ भने, त्यो समाज रोगी छ। यही रोगी समाजले नै अपराधीलाई खुलेआम बाँच्ने हिम्मत प्रदान गरिरहेको हुन्छ।

    के यौन उत्पीडन आम हो?
    कतिका लागि यौन उत्पीडन सामान्य घटना मात्रै होइन, बरु पुरुषको विशेषाधिकार नै हो। कुनैपनि पुरुषसँग कुरा गर्दैमा, हाँस्दैमा, उसँग ‘डेट’ जाँदैमा र सँगै बसेर रक्सि खाँदैमा ती महिलामाथि यौन सम्बन्ध राख्नुलाई अधिकार ठान्ने पुरुष मानसिकताले महिलालाई स्वतन्त्र भएर हिँडडुल गर्न वर्जित मात्रै गर्दैन, महिलालाई भोग्याको रुपमा चित्रित गरेको हुन्छ।

    त्यसैले कतिपय चर्चित घटनाहरूमा परिवारका सदस्य र पछिल्लो समय सामाजिक सञ्जालका प्रयोगकर्ताहरू ‘भिक्टिम ब्लेमिङ’मा तछाडमछाड गरेको देखिन्छ। पीडित महिलालाई ‘त्यो केटासँग किन गइस’ ‘किन बोलिस’ ‘किन हाँसिस’ जस्ता प्रश्न गरिनुले अदालतको न्याय प्रक्रिया समेत प्रभावित भएका उदाहरणहरू छन्।

    समाजमा जात र लिङ्गको आधारमा सदियौंदेखि भेदभाव गर्दै आएको यो मनुवादी सोचसँग मात्रै होइन, यही हाइरार्कीका आधारमा हुने यौन उत्पीडन जस्तो गम्भीर अपराधलाई सामान्यीकरण गर्ने प्रवृत्तिविरुद्ध पनि लड्नु छ।

    न्यायालयमा संवेदनशीलता
    न्याय व्यवस्थामा लैंगिक संवेदनशीलता र जागरुकता सबैभन्दा बढी जरुरी छ, जसबाट पीडितलाई थप उत्पीडन हुने खालका प्रश्न नसोधिउन्, र जहाँ प्रमाण पेश नभएकै आधारमा बिना कुनै प्रमाण पीडितमाथि झुटा आक्षेप नलागुन्। यौन उत्पीडनमा परेकालाई न्याय दिने काममा संलग्न सबैलाई सुरक्षित कार्यस्थल उपलब्ध हुन जरुरी छ, जसले गर्दा न्यायको फैसला प्रभावित नहोस्।
    यस्तै पीडित परिवारका अभिभावकले यौन शोषणलाई सामान्यीकरण गर्नु हुँदैन, यौन शोषण जस्तो जघन्य अपराधको सामान्यीकरण गर्नुपनि अपराध हो। यस्तै परिवारले इज्जतको डरमा आफ्ना छोरीहरूको ज्यान लिनु, उनलाई थप पीडा दिनु र दोष लगाउनुपनि अपराध हो।

    सबै लिङ्गका मानिस समान छन् र कोही पनि कुनैपनि आधारमा श्रेष्ठ हुँदैनन् भन्ने पाठ शिक्षा प्रणालीमा समावेश हुन आवश्यक छ। तबमात्र आफूभन्दा तल्लो तहको व्यक्तिमाथि कुनैपनि प्रकारको अपराध गर्ने छुट आफूसँग छैन भन्ने कुराको महशुस धेरैमा हुनेथियो।

    पहिलो कदम शिक्षा
    यौन उत्पीडन र बलात्कार जस्तो विषयमा पनि समाज अझै चेतनशील हुन नसक्नु भनेको हाम्रो शिक्षा प्रणाली कमजोर सावित हुनु हो। यी विषयमा हाम्रा विद्यालय तथा विश्वविद्यालय सुरुवातबाट नै संवेदनशील हुन्छन् भने मात्र समाजले दिने विचारमा परिवर्तन आउन सक्छ। सबै लिङ्गका मानिस समान छन् र कोही पनि कुनैपनि आधारमा श्रेष्ठ हुँदैनन् भन्ने पाठ शिक्षा प्रणालीमा समावेश हुन आवश्यक छ। तबमात्र आफूभन्दा तल्लो तहको व्यक्तिमाथि कुनैपनि प्रकारको अपराध गर्ने छुट आफूसँग छैन भन्ने कुराको महशुस धेरैमा हुनेथियो।

    नारीवादी शिक्षा आजको आवश्यकता हो। नारीवादले पुरुषको विरोध गर्दैन, यसले समाजमा जकडिएर बसेको पितृसत्ताको विरोध गर्छ। नारीवादले नारी मात्रको अधिकारको वकालत गर्दैन, यसले पिँधमा परेका र पारिएका सबै मानिसका अधिकारका लागि लड्ने कुरा गर्छ। जात, लिङ्ग, धर्म, वर्ग वा जुनसुकै आधारमा हुने हिंसालाई नारीवादले नकार्छ। त्यसले समाजमा सबै मानिसको अस्तित्वको उत्तिकै मूल्य छ भनेर बुझ्नका लागि नारीवाद बुझ्नुपर्छ।

    यदि पितृसत्ता एउटा तागत हो भने नारीवाद यो तागतविरुद्ध लड्ने हिम्मत हो। हामीले यो हिम्मतलाई अझै बढाउँदै जानु छ। शताब्दी देखिको दमनले सिर्जिएको हामीभित्रको तापलाई अब शक्तिमा बदल्नु छ। त्यसैले अब हामीले बोल्ने मात्रै होइन, अब चिच्याउने बेला भइसकेको छ।

    (फेमिनिजम इन इन्डियाबाट भावनुवाद।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नम्रता मिश्र

      नम्रता मिश्र

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.