Wednesday, March 22, 2023
  • Login
  • Register
No Result
View All Result
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result

Home » यौन उत्पीडन र शक्ति सम्बन्ध

यौन उत्पीडन र शक्ति सम्बन्ध

कतिका लागि यौन उत्पीडन सामान्य घटना मात्रै होइन, बरु पुरुषको विशेषाधिकार नै हो। कुनैपनि पुरुषसँग कुरा गर्दैमा, हाँस्दैमा, उसँग ‘डेट’ जाँदैमा र सँगै बसेर रक्सि खाँदैमा ती महिलामाथि यौन सम्बन्ध राख्नुलाई अधिकार ठान्ने पुरुष मानसिकताले महिलालाई स्वतन्त्र भएर हिँडडुल गर्न वर्जित मात्रै गर्दैन, महिलालाई भोग्याको रुपमा चित्रित गरेको हुन्छ।

नम्रता मिश्र by नम्रता मिश्र
March 1, 2023
- विचार, विमर्शका लागि
A A
1.1k
VIEWS
Share on FacebookShare on Twitter

हाम्रो समाजमा यौन उत्पीडनका विषयमा अझैपनि साँघुरो बुझाई छ। जसले गर्दा पीडक सबै ठाउँमा निर्धक्क हुन्छ भने पीडित जीवनभर विभिन्न लाञ्छना र आरोपहरू झेल्न बाध्य हुन्छन्। यौनजन्य हिंसा तथा उत्पीडन एउटा यस्तो अपराध हो, जसले एकातिर घरगाउँ देखि राष्ट्रियस्तरका न्यूज च्यानलसम्म चर्चा पाइरहेको हुन्छ भने अर्कोतर्फ यसलाई कुनै खास घटना नै नमान्ने मानसिकता सँगसँगै व्याप्त भइरहेको हुन्छ। खासगरी विशेषाधिकार प्राप्त व्यक्तिहरू यौन उत्पीडनका खास मापदण्डमा मात्रै विश्वास गर्छन्। पितृसत्ताका संरक्षकहरू यौन उत्पीडनका पीडकलाई संरक्षण दिने र पीडितलाई प्रश्न र लाञ्छनाको हिलो छ्याप्ने काममा संलग्न भएका हुन्छन्। जसमा कुनै खास लिङ्गका मानिस हुन्छन् भन्ने छैनन्, महिला, पुरुष वा अन्य पितृसत्ताका पक्षपोषक हुन्छन्।

पीडितमाथि थप पीडा
यौन उत्पीडनको अर्थ लिंगमा आधारित कुनैपनि तरिकाको उत्पीडन हो। यो उत्पीडन धेरै प्रकारका र धेरै स्तरमा हुने गर्छ। छेडछाड, बलात्कार र हिंसा मात्रै यौन उत्पीडन होइनन्। लिङ्गको आधारमा कुनैपनि तरिकाको उत्पीडन यौन उत्पीडन हो। जस्तैः बिना स्वीकृति वा वा मानसिक तनाव दिएर नांगो तस्बिर माग्नु, पीडितको ‘अस्वीकृति’ लाई आफू अनुकूल स्वीकृतिको रुपमा व्याख्या गरिनु पनि यौन उत्पीडन हुन्।

यौन उत्पीडन खासगरी असमान शक्ति सम्बन्धमा हुने गर्छ। असमान शक्ति सम्बन्ध परिवार देखि विश्वस्तरमा हुने गर्छ। उमेर, लिङ्ग, जात, धर्म, वर्ग र कयौं अन्य कारकहरूका कारण शक्तिको गतिशीलता धेरै प्रभावित हुन्छ। जस्तैः कथित माथिल्लो जातबाट कथित तल्लो जातमा हुने उत्पीडन, पुरुषले महिलामाथि गर्ने उत्पीडन, बुवाले छोरीमाथि गर्ने उत्पीडन, धनी व्यक्तिले गरीबमाथि गर्ने उत्पीडन आदि असमान शक्ति सम्बन्धमा हुने घटना हुन्। यसले गर्दा पीडितले आफूमाथि भएको उत्पीडनविरुद्ध उत्रिन समेत सक्दैनन् र पीडकको प्रायः संरक्षण हुने गर्छ। पीडक कुनै राजनीतिक, सामजिक र आर्थिक रुपमा शक्तिसम्पन्न छ भने त्यस्तो अवस्थामा एउटा ठूलो जमातले पीडितलाई विश्वास गर्दैन।

यहाँ उल्लिखित उदाहरणहरूमा बाइनरीको प्रयोग गरिएको छ। जहाँ बाइनरी हुन्छ, त्यहाँ पदानुक्रम (हाइरार्की) हुन्छ, जसमा एउटा पक्ष अर्को भन्दा बढी शक्तिशाली र श्रेष्ठ हुन्छ। उ आफू भन्दा तल्लो वर्गलाई दबाएर राख्न चाहन्छन। जस्तैः पुरुष महिलालाई दबाउन चाहन्छ। यसैगरी महिला–महिला बीचमा गोरो छाला भएकी महिलाले आफूलाई कालो छाला भएकी महिला भन्दा श्रेष्ठ मान्छिन्। त्यसैले यौन उत्पीडनको सवालमा समाजको यो जटिल पाटो छुटाउनै नहुने विषय हो।

पीडितलाई हिम्मत दिनुपर्छ
तुलनात्मक रुपमा पछिल्लो समय यौन उत्पीडन र हिंसाविरुद्ध महिलाहरू बोल्न थालेका छन्। परिवारको इज्जतको डर, समाजका प्रश्न र छिछिदुरदुरलाई झेल्दै भएपनि महिला प्रहरीसम्म पुग्न थालेका छन्। प्रहरी तथा अदालतबाट सोधिने अन्टसन्ट प्रश्न र चरित्रमाथिको आशंका मार्फत अर्को ‘बलात्कार’ को शिकार हुन बाध्य छन्, महिला।

यदि हामीले पितृसत्ताको तल्लो स्तरको राजनीतिलाई बुझ्न थाल्यौं भने आधा भन्दा बढी प्रश्नहरूको जवाफ हामीलाई आफैं प्राप्त हुन्छ र यौन उत्पीडनका विरुद्ध लडाई अझै सशक्त हुन्छ।

जे होस्, आजभोलि महिलाहरू आफूमाथिको अन्याय सहने पक्षमा छैनन्। सामाजिक सञ्जालमा ह्याजट्याग टाइम्स्अप र ह्याजट्याग मीटू जस्ता अभियानका माध्यमबाट उत्पीडकहरूका कर्तुतहरूको पर्दाफास भएका छन्। कायर मर्दाङगीको घुँडा टेकाउनका लागि अपमान सहेरै भएपनि महिलाहरू मैदान उत्रिएका छन्। यसरी उत्रिनेहरूलाई सामाजिक न्याय र समानतामा विश्वास राख्ने जोकोहीले सहयोग गर्नुपर्छ, प्रश्न र शंका होइन।

तपाईंहरुलाई रुचि लाग्न सक्छ

सही राजनीतिको लक्ष्य: उत्पीडनबाट मुक्ति

सही राजनीतिको लक्ष्य: उत्पीडनबाट मुक्ति

March 19, 2023
पूँजीवाद र साम्राज्यको संक्षिप्त इतिहास

पूँजीवाद र साम्राज्यको संक्षिप्त इतिहास

March 18, 2023
किन आवश्यक छ बहुध्रुवीयता?

किन आवश्यक छ बहुध्रुवीयता?

March 5, 2023
लघुवित्तः साहूकारको पूँजीवादी अवतार

लघुवित्तः साहूकारको पूँजीवादी अवतार

February 28, 2023

यदि हामीले पितृसत्ताको तल्लो स्तरको राजनीतिलाई बुझ्न थाल्यौं भने आधा भन्दा बढी प्रश्नहरूको जवाफ हामीलाई आफैं प्राप्त हुन्छ र यौन उत्पीडनका विरुद्ध लडाई अझै सशक्त हुन्छ।

योनीमा बसेको पितृसत्ताको इज्जत
पितृसत्ताका लागि उसको इज्जत महिलाको यौनमा बसेको हुन्छ, अर्थात् बलात्कार हुनुलाई ‘इज्जत लुटिनु’ जस्तो भाष्यले प्रतिनिधित्व गर्ने गरिन्छ। जस्तैः कुनै घरकी महिलामाथि बलात्कार, छेडछाड वा कुनै प्रकारको हिंसा हुन्छ भने यसलाई त्यो घरका पुरुषहरूको इज्जतमाथि आक्रमणको रुपमा लिइन्छ। एउटा पुरुष महिलाको ‘इज्जत लुटेर’ अर्को पुरुषको इज्जतमाथि धावा बोलिरहेको हुन्छ। यदि कोही व्यक्तिमाथि गम्भीर बदला लिनु छ भने उसको घरका महिला सदस्य सबैभन्दा बढी निशानामा पर्ने गर्छ।

बदलाका लागि महिलामाथि यौन उत्पीडनको साहारा लिइनु समाजको डरलाग्दो तथ्य हो, महिलालाई घरको इज्जत सम्झिने परम्परागत सोचको उपज पनि हो यो। यौन उत्पीडन एउटा पीडित महिला र उसको परिवारमाथिको ‘दाग’ होइन, यो एउटा सिंगो समाजको धब्बा हो। कुनैपनि समाजमा बलात्कार तथा यौन उत्पीडनको सामान्यीकरण गरिन्छ भने, त्यो समाज रोगी छ। यही रोगी समाजले नै अपराधीलाई खुलेआम बाँच्ने हिम्मत प्रदान गरिरहेको हुन्छ।

के यौन उत्पीडन आम हो?
कतिका लागि यौन उत्पीडन सामान्य घटना मात्रै होइन, बरु पुरुषको विशेषाधिकार नै हो। कुनैपनि पुरुषसँग कुरा गर्दैमा, हाँस्दैमा, उसँग ‘डेट’ जाँदैमा र सँगै बसेर रक्सि खाँदैमा ती महिलामाथि यौन सम्बन्ध राख्नुलाई अधिकार ठान्ने पुरुष मानसिकताले महिलालाई स्वतन्त्र भएर हिँडडुल गर्न वर्जित मात्रै गर्दैन, महिलालाई भोग्याको रुपमा चित्रित गरेको हुन्छ।

त्यसैले कतिपय चर्चित घटनाहरूमा परिवारका सदस्य र पछिल्लो समय सामाजिक सञ्जालका प्रयोगकर्ताहरू ‘भिक्टिम ब्लेमिङ’मा तछाडमछाड गरेको देखिन्छ। पीडित महिलालाई ‘त्यो केटासँग किन गइस’ ‘किन बोलिस’ ‘किन हाँसिस’ जस्ता प्रश्न गरिनुले अदालतको न्याय प्रक्रिया समेत प्रभावित भएका उदाहरणहरू छन्।

समाजमा जात र लिङ्गको आधारमा सदियौंदेखि भेदभाव गर्दै आएको यो मनुवादी सोचसँग मात्रै होइन, यही हाइरार्कीका आधारमा हुने यौन उत्पीडन जस्तो गम्भीर अपराधलाई सामान्यीकरण गर्ने प्रवृत्तिविरुद्ध पनि लड्नु छ।

न्यायालयमा संवेदनशीलता
न्याय व्यवस्थामा लैंगिक संवेदनशीलता र जागरुकता सबैभन्दा बढी जरुरी छ, जसबाट पीडितलाई थप उत्पीडन हुने खालका प्रश्न नसोधिउन्, र जहाँ प्रमाण पेश नभएकै आधारमा बिना कुनै प्रमाण पीडितमाथि झुटा आक्षेप नलागुन्। यौन उत्पीडनमा परेकालाई न्याय दिने काममा संलग्न सबैलाई सुरक्षित कार्यस्थल उपलब्ध हुन जरुरी छ, जसले गर्दा न्यायको फैसला प्रभावित नहोस्।
यस्तै पीडित परिवारका अभिभावकले यौन शोषणलाई सामान्यीकरण गर्नु हुँदैन, यौन शोषण जस्तो जघन्य अपराधको सामान्यीकरण गर्नुपनि अपराध हो। यस्तै परिवारले इज्जतको डरमा आफ्ना छोरीहरूको ज्यान लिनु, उनलाई थप पीडा दिनु र दोष लगाउनुपनि अपराध हो।

सबै लिङ्गका मानिस समान छन् र कोही पनि कुनैपनि आधारमा श्रेष्ठ हुँदैनन् भन्ने पाठ शिक्षा प्रणालीमा समावेश हुन आवश्यक छ। तबमात्र आफूभन्दा तल्लो तहको व्यक्तिमाथि कुनैपनि प्रकारको अपराध गर्ने छुट आफूसँग छैन भन्ने कुराको महशुस धेरैमा हुनेथियो।

पहिलो कदम शिक्षा
यौन उत्पीडन र बलात्कार जस्तो विषयमा पनि समाज अझै चेतनशील हुन नसक्नु भनेको हाम्रो शिक्षा प्रणाली कमजोर सावित हुनु हो। यी विषयमा हाम्रा विद्यालय तथा विश्वविद्यालय सुरुवातबाट नै संवेदनशील हुन्छन् भने मात्र समाजले दिने विचारमा परिवर्तन आउन सक्छ। सबै लिङ्गका मानिस समान छन् र कोही पनि कुनैपनि आधारमा श्रेष्ठ हुँदैनन् भन्ने पाठ शिक्षा प्रणालीमा समावेश हुन आवश्यक छ। तबमात्र आफूभन्दा तल्लो तहको व्यक्तिमाथि कुनैपनि प्रकारको अपराध गर्ने छुट आफूसँग छैन भन्ने कुराको महशुस धेरैमा हुनेथियो।

नारीवादी शिक्षा आजको आवश्यकता हो। नारीवादले पुरुषको विरोध गर्दैन, यसले समाजमा जकडिएर बसेको पितृसत्ताको विरोध गर्छ। नारीवादले नारी मात्रको अधिकारको वकालत गर्दैन, यसले पिँधमा परेका र पारिएका सबै मानिसका अधिकारका लागि लड्ने कुरा गर्छ। जात, लिङ्ग, धर्म, वर्ग वा जुनसुकै आधारमा हुने हिंसालाई नारीवादले नकार्छ। त्यसले समाजमा सबै मानिसको अस्तित्वको उत्तिकै मूल्य छ भनेर बुझ्नका लागि नारीवाद बुझ्नुपर्छ।

यदि पितृसत्ता एउटा तागत हो भने नारीवाद यो तागतविरुद्ध लड्ने हिम्मत हो। हामीले यो हिम्मतलाई अझै बढाउँदै जानु छ। शताब्दी देखिको दमनले सिर्जिएको हामीभित्रको तापलाई अब शक्तिमा बदल्नु छ। त्यसैले अब हामीले बोल्ने मात्रै होइन, अब चिच्याउने बेला भइसकेको छ।

(फेमिनिजम इन इन्डियाबाट भावनुवाद।)

ShareTweet

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
नम्रता मिश्र

नम्रता मिश्र

Related Posts

सही राजनीतिको लक्ष्य: उत्पीडनबाट मुक्ति

सही राजनीतिको लक्ष्य: उत्पीडनबाट मुक्ति

by झलक सुवेदी
March 19, 2023

मेरो पुस्ता वा म भन्दा १०/१५ वर्ष अगाडि वा पछाडिको पुस्ता खासगरी दुई कुरामा अल्मलिएको छ। एकथरी सत्ताको जोडघटाउ वा...

पूँजीवाद र साम्राज्यको संक्षिप्त इतिहास

पूँजीवाद र साम्राज्यको संक्षिप्त इतिहास

by डेभिड रोभिक्स
March 18, 2023

हाम्रा बालबालिकाहरूको बुद्धि भुट्ने पाठ्यसामग्रीहरु लेख्ने कल्पनाकारहरु छ्यासछ्यास्ति भएपनि 'हुने र नहुने','धनी र गरीब', 'शासक र शासित वर्ग' बीचको द्वन्द्वको...

किन आवश्यक छ बहुध्रुवीयता?

किन आवश्यक छ बहुध्रुवीयता?

by इमरान बुक्कुस
March 5, 2023

युक्रेन युद्ध सुरु भएको एक वर्ष भइसकेको छ। गत साल २४ फेब्रुअरीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २ लाख सैनिकलाई युक्रेन...

लघुवित्तः साहूकारको पूँजीवादी अवतार

लघुवित्तः साहूकारको पूँजीवादी अवतार

by आनन्द
February 28, 2023

पछिल्ला केही महिनामा आन्ध्र प्रदेशमा गरीबहरूले आत्महत्या गरेका धेरै घटनाहरू सार्वजनिक भएका छन्। आत्महत्या गर्ने अधिकांश व्यक्ति कुनै न कुनै...

के हिन्डेनबर्ग रिपोर्टले भारतीय कुलिनतन्त्रमा संकट ल्याएको हो ?

के हिन्डेनबर्ग रिपोर्टले भारतीय कुलिनतन्त्रमा संकट ल्याएको हो ?

by जयती घोष
February 22, 2023

प्रधानमन्त्री नरेन्द्र मोदीसँगको साँठगाँठका कारण भारतीय अर्बपति गौतम अडानी एसियाकै धनी व्यक्ति बन्न पुगे। विश्वकै धनीहरू मध्येमा पर्ने अडानीको उदयले...

राजनीतिले निरन्तर सत्यको पक्षमा उभिने जोखिम उठाउनैपर्छ

राजनीतिले निरन्तर सत्यको पक्षमा उभिने जोखिम उठाउनैपर्छ

by केशव दाहाल
February 15, 2023

वैकल्पिक राजनीति वैकल्पिक राजनीति भनेको गतिशिल राजनीति हो। अग्रगामी राजनीति हो। भविष्य उन्मुख राजनीति हो। समय, समाज र सपनालाई एकाकार...

Leave Comment

सिफारिस

पूँजीवाद र साम्राज्यको संक्षिप्त इतिहास

पूँजीवाद र साम्राज्यको संक्षिप्त इतिहास

4 days ago
किन आवश्यक छ बहुध्रुवीयता?

किन आवश्यक छ बहुध्रुवीयता?

2 weeks ago

सामाजिक सञ्जालमा पुग्नुहोस्

  • गृहपृष्ठ
  • कृषि
  • दस्तावेज
  • मत-अभिमत
  • विचार
  • समाज
  • हाम्रो बारे

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

No Result
View All Result
  • Home

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

Welcome Back!

Sign In with Google
Sign In with Linked In
OR

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Sign Up with Google
Sign Up with Linked In
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In